Friday, March 30, 2012

दशपारमिता



          (जीवनकुमार शाक्य)
 बौद्ध दर्शनमा यस दश पारमिताको अती नै महत्वपूर्ण स्थान रहेकोछ ।हरेक प्राणीले यसको अभ्यास नगरि हुंदैन भन्ने मेरो अध्ययन अनुसारको विचार रहेकोछ ।यसको बारेमा भरिसक्य स्पष्ट पार्ने प्रयास गरेकोछु । वास्तवमा दशपारिमिता जान्न वा यसको अभ्यास गर्न बौद्ध धर्मावलम्बी नै हुनेपर्ने कुनै आवश्यकताछैन ।
 पारमिको साधारण अर्थ पार गर्ने हो । बिभिन्न कठिन परिस्थितिलाई आफ्नै प्रयासद्वारा अरुको भर नपरि  पार गर्नुलाई पारमि भनिन्छ । शाक्यमुनी भगवान बुद्धले बिभिन्न पूर्व जन्महरुमा थुप्रै जन्महरुमा पार गरिसकेको परिस्थिति नै पारमिता हो । दश पारमितालाई बुझन् सबै भन्दा पहिला बुद्ध शव्दको बारेमा बुझ्नु आवश्यक छ । बुद्धको कुनै व्यक्तिको नाम होईन न त कुनै व्यक्ति हो । कुनै पनि व्यक्तिले स्यवं आफेनै प्रयास द्वारा आफ्नै अनुभुति द्वारा अभ्यास गरेर दुःख मुक्तिको उपाय लोकोत्तर ज्ञान हांसिल गर्ने बुद्ध हो । उन्नति गर्न नचाहने यो संसारमा मानिस विरलै होलान  । सबैको आ-आफ्नो योजना हुन्छ महान व्यक्ति अथवा महापुरुष हुनलाई उच्च गुणधर्म हुन अत्यावश्यक छ । उच्च गुणधर्म हुन उच्च कूलनै हुनुपर्छ भन्ने छैन पूर्ण धर्म बिना कुनैपनि व्यक्ति महान हुनै सक्तैन । राजाका छोरा वा पुंजिपतीको सन्तान भन्दैमा पनि हुंदैन अथवा महापण्डितको सन्तान भन्दैमा पनि  हुंदैन । न त महान महिलानै हुन सक्छ  । त्यसको लागि नैतिकता,त्याग,निष्कामता,समानता,परोपकार र अनवरत कार्यशिलता आदि गुणयुक्त व्यक्तिलेनै व्यक्ति महान हुन्छ । यस्तो गुण निर्माण गर्न तपश्याको र कठोर अभ्यासको आवश्यक्ता पर्दछ । बौद्ध ग्रन्थमा दश पारमिताको महत्वपूर्ण स्थान रहेकोछ । यसको जानकारी बिना मानिसले वास्तविकता ज्ञानलाई उच्च बनाउन सक्तैन । सिर्द्धार्थले दशपारमिता पूरा गरेपछि बुद्धत्व प्राप्त गर्नुभएको थियो । तत्कालिन अवस्थामा कपिलबस्तु  शाक्य गणराज्यका राजा शुद्धोधनका पुत्र राजकुमार शिर्द्धार्थले यहि दशपारमिताबाट पूर्ण भएर विश्व शान्तिका महानायकका रुपमा  संसार भरि चिनिए ।

Wednesday, March 28, 2012

लौ यो पनि जानेको कुरा शेयर गरौंन त प्रकृतिका जीवनोपयोगी वस्तुहरु


हाम्रो समाजमा तथा बिभिन्न ग्रन्थमा उल्लेख के गरेको पाईन्छ भने आमा भनेको ममताकि खानी हुन आफ्ना सन्तानको भरणा पोषणकोलागि हरेक प्रयत्न गरेर आफुलाई मेटाएर पनि बच्चाहरुको लालन पालन गर्दछिन् र हुन पनि हो यसो विचार गर्दा प्रकृति पनि हाम्रो आमानै हुनै हाम्रो लागि भोजनको अनेकौ सामग्रिहरु उत्पादन गरेकछिन आफ्नो छातीमा । अनौठो अनौठो खानेकुराहरु उपलव्धछन् । हामीलाई प्रयाप्त उर्जाकोलागि प्रकृतिमा जे पनिछ केवल त्यसलाई जानेर उपभधोग मात्रै गर्न सक्नुपर्यो ।
केहि प्रकृति सामग्रिको बारेमा उल्लख गर्ने जमर्को गरेकोछु ।
लहसुनःहामीलाई देनिक जीवनमा कामलाग्ने महत्यपूर्ण मसलाको रुपमा प्रयोग हुन्छ । यो एक प्रकारको यस्तो अमृत रसायन हो । प्रकृतिमा ६ प्रकारको रसायन उपलव्ध छ । जस्तैः तीतो पीरो टर्रो गुलीयो अमीलो मधुरो । यसमध्य अमीलो बाहेक सबै रस यस्मा पाईन्छ । यस्मा व्याक्ट्रियालाई नष्ट गर्ने तरल पदार्थ एल्लीसोन र प्रति जैविक तत्व एल्लीसेन पाईन्छ । जो यि दुबै पदार्थ ईथरमा सजिलै मिसिन्छ यस्का अतिरिक्त यस्मा उड्ने खालको एक तेल पनि पाईन्छ ।
लहसुन खानाले मान्छेको दाँत नङ्ग कपाल झर्न रोक्न मद्दत गर्छ ।
यस्को सेवनले वायुको रोग निवारण गर्न सक्छ नियमित सेवनले सम्भोग शक्त्ती बढाउंछ ।
यस्ले हाड बलीयो बनाउंछ र पेट सम्बन्धी धेरै रोगलाई नष्ट गर्छ । प्रत्येक दिन एक पोटी खोल्स्याएर खानाले छाला चाउरी पर्नबाट बचाउंछ ।
वात रोगकोलागि  प्रत्येक दिन १० ग्राम जति पिसेर घीउमा मिसाएर खानाले पक्षघातलाई उपयोगी हुन्छ ।
यो दादको लागि लहसुन मसीनो गरि पिसेर मह सित मिसाएर लगाएमा दादको चिलाईमा लाभ हुन्छ ।
बिच्छीले डसेको ठाउंमा २५ ग्राम जति लहसुनमा२५ ग्राम नै मह मिसाएर बिहान बेलुका चाट्नाले फाईदा हुन्छ र लहसुनमा नुन पनि मिसाएर पिसेर डसेको ठाउंमा लेप लगाउनाले बिच्छीको बिष शान्त भएर लाभ हुन्छ ।
रक्त्तचाप बढेमा पनि लहसुन मरीच सिधेनुन मिसाएर चट्नी बनाएर चाट्नाले लाभ हुन्छ । यसलाई खानाको साथमा पनि खानाले रक्त्तचाप  सामान्य हुन्छ ।
लहसुनको अचार पनि बनाउन सकिन्छ लहसुन खोल्स्याएर अमीलोको झोलमा हरीयो खुर्सानी अदुवाको चोक्टा हालेर घाममा पकाएर पनि खाईन्छ ।
प्याजः आहा प्याज गर्मीको मौसममा कति रसीलो मीठो हुन्छ खाना सित रुचिकर हुन्छ । मलाई त खाना सित १।२ पिस नभै हुन्न ।हाम्रो घर परिवारमा मसलाको लागि त अपरिहार्य नै भन्दा फरक पर्दैन चाहे गरीब होस या धनी । प्याजबाट पनि धेरै रोगको उपचारमा काम लाग्दो रैछ नि ।
कब्जीयत रहेछ भने प्रत्येक दिन खानाको साथमा प्याज खानाले लाभ हुन्छ । बवासीर पायल्सलाई पनि लाभकारीछ । १०० ग्राम प्याजको रसमा ५० ग्राम चीनी मिसाएर पिउनाले लाभ हुन्छ । चीनीको सट्टा गुँड मिसाउन पनि सकिन्छ । प्याज गर्मीको समयमा खानाले हैजा हुनबाट बचाउंछ । प्याजको रस कानमा हालनाले ठीक हुन्छ । पत्थरी रोगको लागि प्याजको रस चार चम्मच भोको खाली पेटमा पिउनाले लाभ हुन्छ । 
सन्दर्भसामग्रिःसरल प्राकृतिक चिकित्सा

Tuesday, March 27, 2012

मुदिता ( जीवनकुमार शाक्य)




मुदिता बौद्ध पालीभाषा हो । यस्को सरल अर्थ अरुको खुशीको चाहना हो । यो एउटा हुनुपर्ने मानवीय गुण हो तर नभएकोले नै समाजको अहिलेको स्थित दयनीय भएकोछ । अरुको सुख समृद्धि हुने मान प्रतिष्ठा बढने किर्ती यश सम्पत्ती बढने देखेर हर्षित हुन सक्ने अवस्थालाई मुदिता भनिन्छ । मुदितालाई बौद्ध साहित्यमा तथा विनयमा अनियार्यता प्रकट गरेको पाईन्छ । जस्तै अमीतार्थ सुत्र  दश सदगुण तृतीयमा यसरी उल्ल्ख गरेकोछ करुणा हीन मनुष्यमा करुणा भाव हिंसा प्रवृत्त मनुष्यमा महादुःखमुक्त्तभाव जागृत ईर्ष्यालु मनुष्यमा मुदिताको भावना जागृत हुन्छ । अथवा अमीतार्थ सुत्र पाठ गर्नाले मुदिताको भावना जागृत हुन्छ भनिएकोले नै हुनुपर्ने अनिवार्यता देखिन्छ । मुदिता बुद्ध कालिन अवस्थाको पाली भाषाहो अहिले पनि यो चलनमै हरेकोछ । मुदितालाई तिब्बेतेन भाषामा धाईसा अंग्र्जीमा Symapathetic joy भनिन्छ । साँच्चै मुदिता चित्त हुने व्यक्त्ती अर्काको सुख देखेर प्रशन्न हुन्छ अहा कस्तो राम्रो भयो भनेर उस्ले पटक्कै ईर्ष्या गर्दैन र भन्छ मैले नसकेको तपाईंले गर्नुभयो धेरै राम्रो भयो भनेर अनुमोदन गर्दछ । यहि मुदिता हो । आफु समान कसैको घर बनायो पदोन्नती भयो भने एकरत्ती पनि डाह नगरेर प्रशन्न हुनु नै मुदिता हो भन्ने होभने यसलाई बोधिचित्त पनि भन्न सकिन्छ । पालीमा यसरी उल्लेख गरेकोछ अभिधम्मत्थसङ्गहो पठमो भागो मुदिता बारे यसरी छ परसम्पत्ति दिस्वा मोदन्ति एताया ति मुदिता अर्थात अर्काको सम्पत्ती देखेर प्रशन्न हुनु स्वाभाव धर्म मुदिता हो ।। त्यसैले मुदिताको यथार्थ गुण चिन्नु भनेको स्वर्णकारले सुनलाई पोलेर त्जाबमा हालेर कसीमा घोटेर परिक्षण गरे जस्तै हामीले २५वटा चित्तलाई अएको मुदितालाई यसरी परिक्षण गर्न सिकन्छ । आफुले गरेको अरुप्रतिको भावनालाई मुदिता भयो भएन भनेर थाहा पाउन सकिन्छ । कतपय मुदिताको भावनालाई व्यक्त गर्न जानेन भनेपनि बोली वचनले गर्दा मुदिता नभएको जस्तो पनि देखिन्छ ।

दृष्टि विहिन हेरविचार केन्द्र सुर्खेतले रामघाटस्थित शिखर उच्च मा वि मा हेरविचार



सुर्खेत, १३ चैत्र । दृष्टि विहिन हेरविचार केन्द्र सुर्खेतले रामघाटस्थित शिखर उच्चमाविमा संचालन भएको दृष्टि विहिन छात्रावासलाई जाली सहयोग गर्ने भएको छ ।दृष्टि विहिनहरु विद्यार्थीहरु वस्ने छात्रावासको झ्याल ढोका खुला भएकाले केन्द्रले जाली सहयोग गर्ने लागेको हो । सरकारी खर्च ले संचालित उक्त विद्यालयको छात्रावासको झ्याल ढोका खुला भएकाले उनीहरु असुरक्षत हुने देखिएकाले व्यक्तिगत सहयोग रकम संकलन गरि तारजाली सहयोग गर्नलागिएको दृष्टिविहिन हेरविचार केन्द्र सुर्खेतका अध्यक्ष जीवनकुमार शाक्यले बताए । उनले दृष्टि विहिनकालागि समाजीक संजाल फेसवुकबाट सहयोगकालागि अनुरोध गरेपछि अमेरीकामा वसेका सुर्खेत निवासी सचिन शाक्यले आर्थिक सहयोग दिएको समेत बताए ।   त्यसै गरि यस हेरविचार केन्द्रले २०६९ साल बैशाखको दोश्रो साता देखि आवाशीय ब्रेललिपी तालीम संचालन गर्ने बताएकोछ । मोबाईलबाट व्यालेन्स ट्रान्सफर गरेर पनि सहयोग प्राप्त भएको बताएकोछ ।

कटकुवा धार्मिक वन तपोभूमि विपश्यना ध्यान केन्द्र सम्भावना भूमि

नेपालको ८औं विपश्यना ध्यान केन्द्र  वीरेन्द्नगर ८ सुर्खेतको कटकुवा धार्मिक वन तपोभूमि हुन सकेमा पर्यटन विकासको बलीयो आधार हुन सक्ने देखिन्छ । छ महिना अघि यहाँ सन्चालित १० दिवशीय ध्यान शिविरले केहि अनुभूति दिलाएकोछ । भगवान बुद्धले २५०० बर्ष अघि देखाउनु भएको मानिसको जिउने कला महत्वपूर्ण ध्यान बिधि एउटा सम्प्रदायबाट मुक्त्त भएर शुद्ध धर्म सिकाउने बाटो हो । सुर्खेतका केहि साधकहरु तपेर जिन्दगि जिउने कला सिकेर त्यो पुणयलाभ अरु साथीहरुलाई पनि बाँडने प्रयासमा आज विपश्यना ध्यानका क्षेत्रीय आचार्य डा रुपज्योतीले उक्त्त स्थानको अवलोकन गर्नु भई सम्भाव्यता अध्ययन गर्नु भएपछि वीरेन्द्रनगर बजारमा होटल नेपालको सभाकक्षमा विपश्याना ध्यान विधि बारे प्रकाश पार्नु भएको थियो ।



Monday, March 19, 2012

महाभारत संक्षिप्त



महाभारत हिन्दुहरुको एक प्रमुख काव्य ग्रंथ हो, जुन स्मृति वर्गमा आउंछ । कहिले कहिले खालि "भारत" भनिने यो काव्यग्रंथ भारत को अनुपम धार्मिक, पौराणिक, ऐतिहासिक दार्शनिक ग्रंथ हों । विश्वको सबै भन्दा लामो यो साहित्यिक ग्रंथ महाकाव्य, हिन्दू धर्म को मुख्य ग्रंथोंहरुमा एक हो भनिन्छ । यो ग्रन्थलाई हिन्दू धर्ममा पाँचौ वेद मानिन्छ ।[1] यद्यपि यसलाई साहित्यको सबैभन्दा अनुपम कृतिहरुमा एक मानिन्छ, तैपनि आज पनि यो ग्रंथ प्रत्येक भारतीयको लागि एक अनुकरणीय स्रोत हो त्यति मात्रै नभएर नेपाली हिन्दूहरुको लागि पनि हो जो आफूलाई हिन्दू धर्मावलम्बी भन्न रुचाउंछन र गर्व गर्छन् । यो कृति प्राचीन भारतको इतिहास को एक गाथा हो। यसैमा हिन्दू धर्म को ग्रंथ भगवद्गीता सन्निहित छ । सम्पूर्ण महाभारतमा लगभग १,१०,००० श्लोक छन् [2], जुन यूनानी काव्यहरु इलियड ओडिसी बाट परिमाणमा में दस गुणा  धेरै छ ।

हिन्दू मान्यताहरु, पौराणिक संदर्भ एवं स्वयं महाभारतको अनुसार यस काव्यको रचनाकार वेदव्यास जी लाई मान्दछन् । यस काव्य को रचयिता वेदव्यास जीले यस काव्यमा वेदहरु, वेदांगहरु र उपनिषदहरुको गुह्यतम रहस्यहरुको निरुपण गरेकोछ । यसको अतिरिक्त यस काव्यमा न्याय, शिक्षा, चिकित्सा, ज्योतिष, युद्धनीति, योगशास्त्र, अर्थशास्त्र, वास्तुशास्त्र, शिल्पशास्त्र, कामशास्त्र, खगोलविद्या तथा धर्मशास्त्र को पनि विस्तारले वर्णन गरेकोछ ।

आरम्भ

महाभारत ग्रंथ को आरम्भ निम्न श्लोक को साथमा हुन्छ :
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम्।
देवीं सरस्वतीं चैव ततो जयमुदीरयेत्।।

भगवान बुद्धको निकायहरु एक अध्ययन



  •  
  • भगवान बुद्धको परिनिर्वाणको अनन्तर बुद्धवचनहरुमा प्रक्षेप (अन्य वचनहरुलाई लिनु) र अपनयन (केहि बुद्धवचनहरु हटाउनु) नहुन दिनलाई क्रमश: तीन संगीतिहरुको आयोजन गरियो। प्रथम संगीति बुद्धको परिनिर्वाणको तत्काल पछि प्रथम वर्षावासको कालमा नै राजगृहमा महाकाश्यपको संरक्षकत्वमा सम्पन्न भयो। यसमा आनन्दले सूत्र (यसमा अभिधर्म पनि सम्मिलित छ) र उपालिले विनयको संगायन गरे। यसप्रकार यस संगीतिमा  सम्मिलित पाँचसय अर्हत भिक्षुहरुले प्रथम पटक बुद्धवचनहरुलाई त्रिपिटक आदिमा विभाजन गरे। भगवान बुद्धको परिनिर्वाण पछि एकयस वर्ष बीत्दा बित्दै आयुष्मान यशले वैशाली को वज्जिपुत्तक भिक्षुहरुलाई विनय विपरीत दश वस्तुहरुको आचरण गरेको देखे, जस्मा सुन चाँदीको ग्रहण पनि एक थियो । अनेक भिक्षुहरुको दृष्टिमा उन्को यो आचरण अनुचित थियो। यस्को निर्णय गर्नकोलागि द्वितीय संगीति बोलाईयो। महास्थविर रेवतको अध्यक्षतामा सम्पन्न यस संगीतिममा सम्मिलित सातसय अर्हत भिक्षुहरुले ति (वज्जिपुत्तक भिक्षुहरु) को आचरण विनयविपरीत निश्चित गरे। वैशालीको वज्जिपुत्तक भिक्षुहरुले महास्थविरहरुको यस निर्णयलाई अमान्य गरे र कौशाम्बीमागरे एक पृथक् संगीति आयोजना गरे, जस्मा दशहजार भिक्षु सम्मिलित भएकाथिए। यो सभा 'महासंघ' या 'महासंगीति' भनियो तथा यस सभालाई मान्नेहरु 'महासांघिक' भनिए

Sunday, March 18, 2012

अजातशत्रु को संक्षिप्त परिचय



  • अजातशत्रु (लगभग 495 ई. पू.) मगधका सम्राट बिंबिसार को छोरा थियो।
  • मगध को यस प्रतापी सम्राटले आफ्नो बुवालाई हत्या गरेर राज्य प्राप्त गरेकाथिए।
  • अजातशत्रुले अंग, लिच्छवी, वज्जी, कोसल तथा काशी जनपदहरुलाई आफ्नो राज्यमा मिसाएर एक विशाल साम्राज्यको स्थापित गरेकाथिए।
  • पालि-ग्रंथहरुमा अजातशत्रुको नाम अनेकौं स्थानहरुमा पाईन्छ, किनकि उनि शाक्यमुनी बुद्धको समकालीन थिए र तत्कालीन राजनीतिमा उस्को ठूलो हात मानिन्छ । गंगा र सोनको संगममा पाटलिपुत्रको स्थापना उनैले गरेकाहुन् । उस्को मन्त्री वस्सकार एक कुशल राजनीतिज्ञ थिए जस्ले लिच्छविहरुमा फूट गरेर साम्राज्यलाई विस्तृत गरेका थिए।