महाभारत हिन्दुहरुको एक प्रमुख काव्य ग्रंथ हो, जुन स्मृति वर्गमा आउंछ । कहिले कहिले खालि "भारत" भनिने यो काव्यग्रंथ भारत को अनुपम धार्मिक, पौराणिक, ऐतिहासिक र दार्शनिक ग्रंथ हों । विश्वको सबै भन्दा लामो यो साहित्यिक ग्रंथ र महाकाव्य, हिन्दू
धर्म
को मुख्य ग्रंथोंहरुमा एक हो भनिन्छ । यो ग्रन्थलाई हिन्दू धर्ममा पाँचौ वेद मानिन्छ ।[1] यद्यपि यसलाई साहित्यको सबैभन्दा अनुपम कृतिहरुमा एक मानिन्छ, तैपनि आज पनि यो ग्रंथ प्रत्येक भारतीयको लागि एक अनुकरणीय स्रोत हो त्यति मात्रै
नभएर नेपाली हिन्दूहरुको लागि पनि हो जो आफूलाई हिन्दू धर्मावलम्बी भन्न रुचाउंछन
र गर्व गर्छन् । यो कृति प्राचीन
भारतको इतिहास को एक गाथा हो। यसैमा हिन्दू
धर्म
को ग्रंथ भगवद्गीता सन्निहित छ । सम्पूर्ण महाभारतमा लगभग १,१०,००० श्लोक छन् [2], जुन यूनानी काव्यहरु इलियड र ओडिसी बाट परिमाणमा में दस गुणा धेरै छ ।
हिन्दू मान्यताहरु, पौराणिक संदर्भ एवं स्वयं महाभारतको अनुसार यस काव्यको रचनाकार वेदव्यास जी लाई मान्दछन् । यस काव्य को रचयिता वेदव्यास जीले यस काव्यमा वेदहरु, वेदांगहरु र उपनिषदहरुको गुह्यतम रहस्यहरुको निरुपण गरेकोछ । यसको अतिरिक्त यस काव्यमा न्याय, शिक्षा, चिकित्सा, ज्योतिष, युद्धनीति, योगशास्त्र, अर्थशास्त्र, वास्तुशास्त्र, शिल्पशास्त्र, कामशास्त्र, खगोलविद्या तथा धर्मशास्त्र को पनि विस्तारले वर्णन गरेकोछ ।
आरम्भ
तैपनि महाभारतको आदिपर्वमा दिएको वर्णन अनुसारको केहि विद्वान यस ग्रंथको आरम्भ "नारायणं नमस्कृत्य" बाट, त कोहि आस्तिक पर्वबाट र अर्को विद्वान
ब्राह्मण उपचिर वसुको कथाबाट आरम्भ भएको मान्छन ।
विभिन्न नाम
यो महाकाव्य "जय" ,"भारत" र "महभारत" यि तीन नामोहरुले प्रसिद्ध छ।
वास्तवमा वेद व्यास जीले सबैभद्ददम पहिला १,००,००० श्लोकहरुको परिमाणको "भारत"
नामक ग्रंथ को रचना गरेको भनिन्छ, यसमा
उले
भारतवंशियहरुको चरित्रहरुको साथै अरु कैयौं ऋषियों, चन्द्रवंशी-सूर्यवंशी राजाहरुको उपाख्यानहरु सहित कैयौं अन्य धार्मिक उपाख्यान पनि राखे । यसपछि व्यास जीले २४,००० श्लोकहरुको बिना कुनै अन्य ऋषिहरु, चन्द्रवंशी-सूर्यवंशी राजाहरुको उपाख्यानहरुको भारतवंशिहरुलाई केन्द्रित गरेर "भारत" काव्य बनाए ।
यि दुबै रचनाहरुमा धर्म को अधर्म माथि विजय भएकोले यसलाई "जय" पनि भनिन थालियो । महाभारतमा एक कथा आउंछ कि जब देवताहरुले तराजू को एकपट्टी चारै "वेदहरु राखे र अर्को
पट्टी " भारत ग्रंथ"ई राखे "भारत ग्रंथ" सबै वेदहरुको तुलनामा सबभन्दा बढी गह्रुङ्गो साबित भयो त्यसैले"भारत" ग्रंथ को यस महानतालाई देखेर देवताहरु र ऋषीहरुले यसलाई
"महाभारत" भनेर नाम दिए र यस कथाको के कारण मनुष्यहरुमा पनि यो काव्य "महाभारत" को नामले सर्बार्धिक प्रसिद्ध भयो । महाभारतमा यस्तो बर्णन आउंछ कि वेदव्यास जीले हिमालय को
भित्रको एक पवित्र गुफा मा तपस्यामा संलग्न तथा ध्यान योगमा स्थित भएर महाभारतको घटनाहरुको सुरु देखि अन्त
सम्म स्मरण गरेर मनै मन मनमा महाभारतको रचना गरे । तर यसपछि उसको अघी एक गंभीर समस्या आईपर्यो
कि यस काव्यको ज्ञानलाई समान्य जन साधारण सम्म कसरी पुगाउन सकिन्छ भनेर विचार गरे
किनकि यसको अप्ठेरोपना र लम्बाईको कारण यो साह्रै गाह्रो थियो कसैले गल्ती नगरेरै यसरी
लेखोसकि जसरी बोल्दै गईन्छ । त्यसैले ब्रह्मा जीले भनेर व्यास गणेश जी समक्षा पुगे रे । गणेश जीले लेख्न तयार भए, तर उन्ले एक शर्त राखे कि कलम एक पटक समातेपछि काव्य समाप्त नभए सम्म बीचमा नरोकीयोस । [9] व्यासजी
जान्दथे कि यो शर्त धेरै कठनाईहरु उत्पन्न गर्न सक्छ त्यसैले उनले पनि आफ्नो
चतुरताले एक शर्त राखे कि कसैले पनि श्लोक लेख्नु भन्दा अघि गणेश जीलाई त्यसको अर्थ
बुझ्नु पर्नेछ । गणेश जीले यो शर्त प्रस्ताव स्विकार गरे । यस प्रकार व्यास जी बीच बीचमा केहि अप्ठेरो श्लोकहरु रच्दथे, तब गणेश जीले
त्यसको
अर्थ माथि विचार गर्थे तयसै
समयमा व्यास जीले केहि अर्को नयाँ श्लोक रच्दथे । यसप्रकार सम्पूर्ण महाभारत ३ वर्षको
अन्तरालमा लेखियो भनिएकोछ । वेदव्यास जीले सर्वप्रथम पुण्यकर्मा
मानवहरुको उपाख्यानहरु सहित एक लाख श्लोकहरुको
आद्य भारत ग्रंथ बनाए । तदन्तर उपाख्यानहरुलाई छोड़ेर चौबीस हजार श्लोकहरुको भारत संहिता बनाए। त्यसपछि व्यासजीले
साठीलाख श्लोकहरुको एक
अर्को संहिता बनाए,
जसको तीस लाख श्लोकहरु देवलोकमा, पंद्रह लाख पितृलोक मा तथा चौध लाख श्लोकहरु
गन्धर्वलोकमा समादृत भयो। मनुष्यलोकमा एक लाख श्लोकहरु आद्य भारत प्रतिष्ठित भयो ।
महाभारत ग्रंथको रचना पूर्ण
गरेपछि
वेदव्यास जीले सर्वप्रथम आफ्नो छोरा शुकदेवलाई यस ग्रंथको अध्ययन गराए तदन्तर अन्य शिष्यहरु वैशम्पायन, पैल, जैमिनि, असित-देवल आदिलाई यसको अध्ययन गराए । शुकदेव जीले गन्धर्वहरु, यक्षहरु
र राक्षसहरुलाई यसको अध्ययन गराए । देवर्षि नारदले देवताहरुलाई, असित-देवलले
पितरहरुलाई र
वैशम्पायन जीले मनुष्यहरुलाई यसको प्रवचन दिए भनिएको छ। यहाँनिर बिशेष गिर विचार
गर्नु पर्ने कुरा शाक्यमुनी बुद्ध जन्मेको बेलामा असित देवल ऋषी कपिलवस्तुमा
शुद्धोधनको दरवारमा आएर बालक सिद्धार्थको दर्शन गर्न आएकाथिए भनेपछि महाभारत
अर्थात कृष्णको प्रादुर्भाव हुनुभन्दा अघि सिद्धार्थ जन्म भएको देखिन्छ । कि अर्कै
असित देवल हुनुपर्छ ।
[12] वैशम्पायन जी द्वारा महाभारत काव्य जनमेजय को यज्ञ समारोहमा सूत सहित कैयौ ऋषि-मुनिहरुलाई सुनाईएकोथियो ।
विशालता
महाभारतको
विशालता र दार्शनिक गूढता न केवल भारतीय मूल्यहरुको का
संकलन हो बल्कि हिन्दू धर्म र वैदिक परम्परा को पनि सार हो । महाभारतको विशालताको
अनुमान त्यसको प्रथमपर्व मा उल्लेखित एक श्लोकबाट
लगाउन सकिन्छ :
“
|
"जो यहाँ
(महाभारतमा) छ तिमीलाई संसारमा कहिंपनि छैन कहीं न कहीं अवश्य पाईएला, जो
यहाँ छैन त्यो संसारमा तिमिलाई अन्यत्र कतै पाउंदैन"[13]
मूल काव्य रचना इतिहास
जी द्वारा महाभारत ऋषि मुनिहरुलाई सुनाउनु।
भनिन्छ किः वेदव्यास लाई महाभारत पूरा रचना गर्न ३ वर्ष लागेकोथियो , यसको
कारण यो हुन सक्छ कि त्यस समयमा लिपीको विकास त भैसकेको थिएन भनिन्छ भने कुन
लिपीमा लेखियो होला भनिन्छ कि त्यस समयमा ऋषीहरु द्वारा मुखाग्र गरेर कण्ठ
गरिन्थयो रे स्मरण गरेर सुरक्षित राखिन्थ्यो। त्यस बखत
ब्राम्हीलिपीमा लेखिन्थयो रे जुन लुम्बीनीमा अशोक स्तम्भमा भेटीएकोछ त्यस समयमा बोलचालको भाषा पनि ब्राम्ही
लिपीमा हुन्थ्यो भनिन्छ तर त्यस लिपी तथा भाषालाई बौद्ध ग्रन्थमा पाली लिपी तथा
पाली भाषा भनिएकोछ वैदिक साहित्य मौखिक रुपमा स्मरण गरेर राखिन्थ्यो । वस्तारै वैदिक युगको
पतन भएपछि ऋषिहरुको वैदिक
साहित्यहरु स्मरण हराएकोले वैदिक साहित्य लाई पाण्डुलिपि बनाएर सुरक्षित राख्ने प्रचलन चलेको भनिन्छ । यो सर्वमान् छ कि महाभारतको आधुनिक रुप कैयौं
अवस्थामा पार गरेर बनेकोछ। विद्वानहरु
द्वारा यस्को रचनाको चार प्रारम्भिक अवस्थाहरु पहीचान भएकोछ। यि अवस्थाहरु
संभावित रचना काल क्रममा निम्न लिखित देखिन्छ:
प्रारम्भिक चार अवस्थाहरु
१) सर्वप्रथम वेदव्यास द्वारा १०० पर्वहरुको रुपमा एक लाख श्लोकहरुको रचित भारत महाकाव्य, जुन पछि महाभारतको नामले प्रसिद्ध भयो ।
२) दाश्रोपटक व्यास जील भनेर शिष्य वैशम्पायन जीले पुनः यही "भारत" महाकाव्यलाई जनमेजय को यज्ञ समारोहमा ऋषि-मुनियहरुलाई
सुनाईयो ।
२०००
ईसा पूर्वः ३) तेश्रोपटक
फेरिबाट वैशम्पायन र ऋषि-मुनियहरुको
यस वार्ताको रूपमा भनिएको "महाभारत"लाई सूत जी
द्वारा फेरि १८ पर्वहरुको रुपमा सुव्यवस्थित गरेर समस्त ऋषि-मुनिहरुलाई
सुनाईयो भनिएकोछ ।
१२००-६००
ईसा पूर्वः ४) सूत जी
र ऋषि-मुनिहरु को यस वार्ताको रुपमा भनिएको
"महाभारत" को लेखन कलाको विकसित भएपछि सर्वप्रथम् ब्राह्मी वा संस्कृत मां हस्तलिखित पाण्डुलिपिहरु को रुपमा लिपीबद्ध गरिनु ।
भंडारकर
संस्थान द्वाराः यसपछि पनि कैयौं विद्वानहरु द्वारा यस्मा परिवर्तित रीतिहरुको अनुसार परिवर्तन गरीयो,जस्को
कारण उपलब्ध प्राचीन हस्तलिखित पाण्डुलिपियहरुमा कैयौं भिन्न भिन्न श्लोक पाईन्छन यस समस्याको समाधानको लागि पुणेमा स्थित भण्डार गरेरप्राच्य शोध संस्थानले पूरै दक्षिण एशियामा उपलब्ध महाभारतको सबै पाण्डुलिपिहरु (लगभग १०, ०००)
को शोध र अनुसंधान गरेर ति सबैमा एकै समान पाईने लगभग ७५,००० श्लोकहरुलाई खोजेर त्यसको सटिप्पण एवं समीक्षात्मक
संस्करण प्रकाशित गरियो, कैयौं खण्डहरु भएको १३,००० पृष्ठहरुको यस ग्रंथको सबै संसार को सुयोग्य विद्वानहरुले स्वागत गरे
भनिएकोछ ।
ऐतिहासिक एवं भाषाको प्रमाण
१०००
ईसा पूर्वः
महाभारत मां गुप्त र मौर्य कालीन राजाहरु तथा जैन(१०००-७००
ईसा पूर्व) र बौद्ध धर्म(७००-२००
ईसा पूर्व) को पनि वर्णन आउंदैन भनिएकोछ । तर बौद्ध ग्रन्थमा गुप्त र मौर्य कालीन राजाहरु तथा जैनको बारेमा
उल्ल्ख गरेको पाईनाले विवादास्पद देखिन्छ । बौद्ध ग्रन्थ अनुसार वैदीकहरु र
जैनहरुले बुद्धलाई धेरै दुख पुगाएको उल्लेखले बुद्ध वैदीक काल र जैन काल भन्दा
अघिकै हुन भन्ने प्रमणलाई कसरी नकार्ने । साथै शतपथ
ब्राह्मण (११०० ईसा पूर्व) एवं छांदोग्य-उपनिषद(१००० ईसा पूर्व)मा पनि महाभारतको पात्रहरुको वर्णन पाईन्छ
। त्यसैले यो निश्चित रुपमा १००० ईसा पूर्व भन्दा पहिलानै रचना गरिएको होला भनिएकोछ भारतका केहि
विद्वानहरुबाट।
६००-४००
ईसा पूर्वः पाणिनि द्वारा रचित अष्टाध्यायी(६००-४०० ईसा
पूर्व) मा महाभारत र भारत दुबैको उल्लेख छ तथा यस्को साथै श्रीकृष्ण एवं अर्जुनको पनि सन्दर्भ आएंछ त्यसकारण यो निश्चित छ कि महाभारत र भारत पाणिनि को कालको धेरै पहिला देखि नै अस्तित्वमा भएको पाईन्छ ।
प्रथम
शताब्दी
यूनान को पहिलो शताब्दी को राजदूत डियो क्ररायसोसटम(Dio
Chrysostom) यो
भन्दछनकि दक्षिण-भारतीयहरु सित एक लाख श्लोकहरुको एक ग्रंथ छ । जसबाट यो थाहा हुन्छकि
महाभारत पहिलो शताब्दी मां पनि एक लाख श्लोकहरुको थियो । महाभारतको कथा लानई नै पछि मुख्य यूनानी ग्रंथहरु इलियड र ओडिसीमा पटक पटक अन्य रुपले दोहराईएको, जस्तै धृतराष्ट्र को पुत्र मोह, कर्ण-अर्जुन प्रतिसपर्धा ईत्यादि।
संस्कृतको
सबैभन्दा पूरानो पहिलो शताब्दी को एमएस स्पित्ज़र पाण्डुलिपिमा
पनि महाभारतको १८ पर्वहरुको अनुक्रम
दिएकोछ ।, जस्ले यो थाहा हुन्छ कि यसकाल सम्म महाभारत १८ पर्वहरुको रुपमा प्रसिद्ध थियो, यद्यपि
१०० पर्वहरुको अनुक्रम धेरै पूरानो अवस्थामा प्रसिद्ध थियोहोला, किनकि
वेदव्यास जीले महाभारतको रचना सर्वप्रथम १०० पर्वहरुमा गरेकाथिए, जसलाई
पछि सूत जीले १८ पर्वहरुको रुपमा व्यवस्थित गरेर ऋषिहरुलाई सुनाएको
थियो ।
५औं
शताब्दी
महाराजा शरवन्थको ५औं शताब्दीको तांबाको स्लेटमा
पाईएको अभिलेख मा महाभारतलाई एक लाख श्लोकहरुको संहिता भनिएकोछ त्यो यस प्रकार रहेकोछ ।
|
„
|
||||||||
|
||||||||||
No comments:
Post a Comment