परम्परा
के आफ्ना पृयजन मृतकको नाममा रोएर
कष्टपुर्वक किरीया बसेर सेतो लुगा लगाएर शैया दान गरेर केहि उपलव्धी हुन्छ र ।आमाले
प्राण त्याग गरेपछि मैले र श्रीमतीले सद्धर्मपुण्डरिक सुत्रपाठ गरेर श्रद्धन्जली
चढाउने मौका पाएको थियौं । शरीर घाटमा लगेर चीतामा राखुन्जेल सम्म शरीर नरम थियो ।
शरीरको लुगा च्यात्नु नपरेरै सजिलै निस्कीयो अरु अचम्मै माने । किनकि मृत्यु भएको
केहि समयमै शरीर कक्रक्क हुन्छ ।
हामीले गरेको वस्तु दान मृतकलाई के उपलव्धी
हुन्छ र । हुन त यो आ आफ्नो सम्रप्रदायको तथाकथित धर्मको परमपरा हो । राम
नाम सत्त है सत्त बोलो मुक्त्त है भनेर मृतकको शरीरलाई बाँसमा बांधेर
श्मशानमा लैजांदा मलामीहरु फलाक्छन् । चीतामा शव राखेर शवको परिक्रमा गरेर मुखमा
आगो लगाउंछन मुखैमा किन अन्यत्र लगाए हुंदैन र तर यो परम्परा हो रे । मैले यि सबै
परम्पराको विपरित गरें आमाको अन्त्यष्टिको समयमा । मैले बुद्धम् शरणम् गच्छामी
धम्मं शरणम् गच्छामी संघम् शरणम् गच्छामी भनेर फलाकें अरु मलामिहरु अचम्म माने हुन
पनि नेपालगंजको लागि यो नौलो कुरा भयो ।
मैले टाउको मुनीबाट आगो दिएको थिएं ।
आमाले प्राण त्याग गर्नु भन्दा ४ दिन अघि परित्राण पाठ गर्ने मौका पायौं यस्मा
मङ्गल कामना गरिन्छ। सबैले गौदान गर्ने दबाव दिरहेकाथिए । गौदान गर्नु पर्छ रे यो
हिन्दू सम्प्रदायको परम्परा हो साँच्चै गौदान गर्नु त राम्रै हो तर त्यसो कहाँ
हुन्छ र अनि गाईको गहुंतले छर्कने काम पनि गरिन म बुद्धीष्ट भएर त्यसो गरेको होईन
त्यसो गरेर कुनै बैज्ञानिक तथ्य नदेखेकोले हो अर्को कुरा हाम्रो चलनमा गहुंतलाई
प्राथमिकता दिईंदैन । घाटमै कपाल नखौरेको देखेर हिन्दूवादीहरु अचम्म माने अनि सात
दिनमा कपाल खौरेर सेतो लुगा लगाएको देखेर पनि अचम्म माने किनकि हिन्दू परम्परामा
घाटमै कपाल खौरिन्छन् अनि सेतो कोरा लगाएर कसैसित नछोईएर नुन मसला बिनाको आफै खाना
बनाएर खाने चलन छ । हामी शाक्यहरुको चलन फरकछ । उताबाट हेर्दा हामी तिर फरक यता
बाट उता हेर्दा पनि फरकै हुन्छ । अनि अरुलाई नछोईनु रे हामीले छोएको अरुले नखाने
रे अपबित्र हुन्छ रे । सातौं दिनमा आखिभौं समेत कपाल खौरीयौं र सेतो लुगा लगायौं ।
दुःख परेको देखाउनको लागि यो मलाई ठीक लाग्छ यद्यपी शाक्यहरुको प्रवज्या भैसक्ने
भएकोले सेतो लुगा नलगाएपनि हुन्छ भनिन्छ । आफन्तीहरुले चिपंथि गर्न ल्याउनेहरुलाई
सातौं दिनमै खाना ख्वाउने चलनछ तर हिन्दूवादिहरु जुठै मान्ने हुंदा त्यसदिन
खाँदैनन त्यसैले ४५औं दिनमा सपरिवार मलामी जानेहरु समेतलाई खाना ख्वाउनु पर्छ ।
चिपंथि भन्नाले सुर्खेतको अर्थात पहाडको भाषामा मानो पुर्याउने भनिन्छ । हाम्रोमा
चिउरा मिठाई फलफूल अदुवा नुन रक्सी ल्याउने चलनछ । छीः मृत्युको जुठोमा पनि रक्सी
खान्छन् र भन्नेहरु नभएको होईन् अर्काको चलन चल्तीलाई घृणा गर्नु कुरा काट्नु
नासमझ हो भन्छु म । तर्क नै गर्ने कुरा त होईन नुन नखाएर मृतकलाई के उपलव्धी हुन्छ
अनि भोकै बसेर के उपलव्धी फाईदा हुन्छ त । जे होस आ आफ्नै चलन चल्तीहो । मर्ने
बेलामा सबैले प्रायश्चीत गर्छन् अवश्य मेरो आमाले पनि गर्नुभयो र भन्नुभयो मैले
तिमीहरुलाई गाली गरें सम्पत्ती केहि बनाएर दिन सकिन जे भएपनि तिमीहरुले मेरो यति
धेरै सेवा गर्यौ जय होस । हामी दुई दाजु भाई ४५ दिन सेतो लुगा लगाएर दुःख प्रर्शन
गरिरहेकाछौं ।धेरै ठाउंमा आशोकमा बसेको देखेमा बेसाईत मान्ने रुढीवादी चलनछ ।
भवतु सब्ब ममलम् । भवतु सब्ब ममलम् । भवतु सब्ब ममलम् ।
No comments:
Post a Comment