- अजातशत्रु (लगभग 495 ई. पू.) मगधका सम्राट बिंबिसार को छोरा थियो।
- मगध को यस प्रतापी सम्राटले आफ्नो बुवालाई हत्या गरेर राज्य प्राप्त गरेकाथिए।
- अजातशत्रुले अंग, लिच्छवी, वज्जी, कोसल तथा काशी जनपदहरुलाई आफ्नो राज्यमा मिसाएर एक विशाल साम्राज्यको स्थापित गरेकाथिए।
- पालि-ग्रंथहरुमा अजातशत्रुको नाम अनेकौं स्थानहरुमा पाईन्छ, किनकि उनि शाक्यमुनी बुद्धको समकालीन थिए र तत्कालीन राजनीतिमा उस्को ठूलो हात मानिन्छ । गंगा र सोनको संगममा पाटलिपुत्रको स्थापना उनैले गरेकाहुन् । उस्को मन्त्री वस्सकार एक कुशल राजनीतिज्ञ थिए जस्ले लिच्छविहरुमा फूट गरेर साम्राज्यलाई विस्तृत गरेका थिए।
- कोसलको राजा प्रसेनजितलाई हराएर अजातशत्रुले राजकुमारी वजिरा सित विवाह गरेकाथिए, जस्ले काशी जनपद स्वतः उस्लाई प्राप्त भएकोथियो । यस प्रकार उस्को यस नीतिबाट मगध शक्तिशाली राष्ट्र बन्यो। तर बुवाको हत्या गरेकाले इतिहाँसमा उ संधै अभिशप्त भए।
- प्रसेनजितको राज्य कोसलको राजकुमार विडूडभले छीनेर लिएको थियो। उस्को राजत्वकाल मा नै क्रूर विडूडभले कपिलवस्तुका शाक्य प्रजातन्त्रलाई समाप्त गरेकाथिए ।
- अजातशत्रुको समयको सबै भन्दा महत्त्वपूर्ण घटना बुद्धको महापरिनिर्वाण थियो (464 ई. पू.)। त्यस घटनाको अवसरमा बुद्धको अस्थि प्राप्त गर्नको लागि अजातशत्रुले पनि प्रयत्न गरेकाथिए र आफ्नो अंश प्राप्त गरेर उस्ले राजगृहको पहाड़मार स्तूप बनाउन लगाए।
- पछि गएर राजगृहमा नै वैभार-पर्वतको सप्तपर्णी गुहाबाट बौद्ध संघको प्रथम संगति भयो जस्मा सुत्तपिटक र विनयपिटकको सम्पादन भयो। यो पनि यहि नरेशको समयमा सम्दन भएकोथियो ।
Sunday, March 18, 2012
अजातशत्रु को संक्षिप्त परिचय
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment