- भगवान बुद्धको परिनिर्वाणको अनन्तर बुद्धवचनहरुमा प्रक्षेप (अन्य वचनहरुलाई लिनु) र अपनयन (केहि बुद्धवचनहरु हटाउनु) नहुन दिनलाई क्रमश: तीन संगीतिहरुको आयोजन गरियो। प्रथम संगीति बुद्धको परिनिर्वाणको तत्काल पछि प्रथम वर्षावासको कालमा नै राजगृहमा महाकाश्यपको संरक्षकत्वमा सम्पन्न भयो। यसमा आनन्दले सूत्र (यसमा अभिधर्म पनि सम्मिलित छ) र उपालिले विनयको संगायन गरे। यसप्रकार यस संगीतिमा सम्मिलित पाँचसय अर्हत भिक्षुहरुले प्रथम पटक बुद्धवचनहरुलाई त्रिपिटक आदिमा विभाजन गरे। भगवान बुद्धको परिनिर्वाण पछि एकयस वर्ष बीत्दा बित्दै आयुष्मान यशले वैशाली को वज्जिपुत्तक भिक्षुहरुलाई विनय विपरीत दश वस्तुहरुको आचरण गरेको देखे, जस्मा सुन चाँदीको ग्रहण पनि एक थियो । अनेक भिक्षुहरुको दृष्टिमा उन्को यो आचरण अनुचित थियो। यस्को निर्णय गर्नकोलागि द्वितीय संगीति बोलाईयो। महास्थविर रेवतको अध्यक्षतामा सम्पन्न यस संगीतिममा सम्मिलित सातसय अर्हत भिक्षुहरुले ति (वज्जिपुत्तक भिक्षुहरु) को आचरण विनयविपरीत निश्चित गरे। वैशालीको वज्जिपुत्तक भिक्षुहरुले महास्थविरहरुको यस निर्णयलाई अमान्य गरे र कौशाम्बीमागरे एक पृथक् संगीति आयोजना गरे, जस्मा दशहजार भिक्षु सम्मिलित भएकाथिए। यो सभा 'महासंघ' या 'महासंगीति' भनियो तथा यस सभालाई मान्नेहरु 'महासांघिक' भनिए ।
- यस प्रकार बौद्ध संघ दुई भाग या निकायमा बाँडीयो, स्थविरवादी र महासांघिक। पछि गएर भगवानको परिनिर्वाणको २३६ वर्ष पछि सम्राट अशोकको कालमा आयोजित तृतीय संगीतिको समय सम्म बौद्ध संघ अठारह निकायहरुमा विकसित भएकोथियो ।
- महासांघिक पनिम कालान्तरमा दुई भागमा बिभाजित भयो-
- एकव्यावहारिक र
- गोकुलिक।
- गोकुलिक बाट पनि दुई शाखाहरु विकसित भयो, यथा-
- प्रज्ञप्तिवादी र
- बाहुलिक या बाहुश्रुतिक।
- बाहुलिक बाट चैत्यवादी नामक एक अरु शाखा प्रकट भयो। यस प्रकार महासांघिकबाट पाँच शाखाहरु निस्के, जो महासांघिकको साथमा जम्मा ६ निकाय हुन्छ ।
- अर्कोतिर स्थविरवादी पनि पहिला दुईभागमा विभाजन भए, यथा- वज्जिपुत्तक र महीशासक। वज्जिपुत्तक ४ भागमा विभाजन भए, यथा-
- धर्मोत्तरीय,
- भद्रयाणिक,
- छन्रागरिक (षाण्णागरिक) र
- सम्मितीय।
- महीशासकबाट पनि दुई शाखाहरु विकसित भयो, यथा-
- धर्मगुप्तिक र
- सर्वास्तिवादी।
- सर्वास्तिवादिहरुबाट क्रमश: काश्यपीय, काश्यपीयबाट सांक्रान्तिक र सांक्रान्तिकबाट सूत्रवादी सौत्रान्तिक निकाय विकसित भए। यस प्रकार स्थविरवादी निकायबाट ११ निकाय विकसित भयो, जो स्थविरवादी निकायको साथमा जम्मा १२ हुन्छ। दुबैप्रकारको निकायभेद मिलेर जम्मा अठारह निकाय हुन्छन् ।
निकायहरुको
परिभाषा
- महासांघिक स्थविरवाद सर्वास्तिवाद एकव्यावहारिक लोकोत्तरवाद प्रज्ञप्तिवादी वात्सीपुत्रीय सम्मितीय महीशासक धर्मगुप्तक काश्यपीय विभज्यवाद
निकाय-परम्परा
आचार्य विनीतदेव आदि
प्रमुख आचार्यहरुको मान्यता छ कि चार नै मूल निकाय छन, जस्ले पछि गएर सबै
अठारह निकाय विकसित भए। ति हुन्-
- आर्य सर्वास्तिवादी, आर्य महासांघिक,
- आर्यस्थविर एवं आर्य सम्मितीय।
मूलसंघबाट जो यो
विभाजन भयो या अठारह या त्यस भन्दा बढी निकायहरुको जुन जन्म भयो, त्यो कुनै
गतिशील श्रेष्ठ धर्मको लक्षण हो, न
कि ह्रासको। भगवान बुद्धले स्वयं नै कुनै पनि शास्ता को वचन या कुनै पवित्र ग्रन्थको वचनलाई अन्तिम
प्रमाण मान्नबाट आफ्नो अनुयायी भिक्षुहरुलाई मनाहि गरिएकोथियो । उहाँले स्वतन्त्र
चिन्तन, आफ्नो
अनुभवको प्रामाणिकता, वस्तुसङ्गत
दृष्टि र उदार विचारहरुको
जुन बीज भिक्षुसंघमा निक्षिप्त (स्थापित गर्नुभयो,
त्यहि बीजहरुबाट
कालान्तरमा विभिन्न शाखाहरु वाला सद्धर्म रूपी महावृक्ष विकसित भयो,
जस्ले भारत नेपाल सहित
विश्वको कोटि-कोटि विनेय जनहरुको आकांक्षाहरु आफ्नो पुष्प, फल,
पत्र र छायाँ द्वारा पूर्ण गरे र आज पनि गर्दैछन् ।
अठारह
निकायहरुको सामान्य सिद्धान्त
आचार्य वसुमित्र, भावविवेक आदि महापण्डितहरुको ग्रन्थहरुको
दार्शनिक सिद्धान्तहरु बाट पनि अठारह निकाय प्राय: सहमत छन्-
ज्ञानमा ग्राह्य
(विषय) को आकारको अभाव
बौद्ध दार्शनिकहरुमा
यस विषयमा पर्याप्त चर्चा उपलब्ध छ कि
ज्ञान जब आफ्नो विषयमा प्रवृत्त हुन्छ, तब विषयको आकारलाई ग्रहण गरेर अर्थात
विषयको आकारबाट आकारित (साकार) भएर विषय ग्रहण गर्छ या निराकार रहंदै।
सौत्रान्तिकहरुको मान्नु छ कि चक्षुर्विज्ञान नीलाकार भएर नील विषयमा
प्रवृत्त हुन्छ। उन्को भनाई छकि जुन समय चक्षुर्विज्ञान उत्पन्न हुन्छ, त्यस
समय उस्को ग्राह्य (नील आलम्बन) निरुद्ध रहन्छ। किनकि
नील आलम्बन कारण हो र चक्षुर्विज्ञान उस्को कार्य। कारणलाई कार्यबाटसे नियत पूर्ववर्तहरु
हुनुपर्छ त्यसैले नील आलम्बन चक्षुर्विज्ञानबाट एक क्षण पूर्व निरुद्ध हुन्छ। तर ज्ञानमा
विषयको आकार विद्यमान हुनाले
त्यो ज्ञान 'नीलज्ञ' भनिन्छ।
ज्ञानमा स्वसंवेदनत्वको
अभाव
वैभाषिक प्रमुख सबै
अठारह निकायहरुमा ज्ञानमा जस्तै ज्ञेय (विषय) को आकार मानिंदैन अर्थात जस्तै त्यसलाई
निराकार मानिन्छ, त्यसै
प्रकार ज्ञानमा
ग्राहक-आकार अर्थात आफ्नो स्वरूप (स्वयं)लाई ग्रहण गर्ने आकार पनि मानिंदैन।
स्वयं (आफ्नो स्वरूप)लाई ग्रहण गर्ने ज्ञान
'स्वसंवेदन' भनिन्छ।
आशय यो कि ति (वैभाषिक आदि) स्वसंवेदन मानिन्न। ज्ञात छ कि बौद्ध नैयायिक सौत्रान्तिक
आदि चार प्रत्यक्ष मान्दछ-
- इन्द्रिय प्रत्यक्ष, मानस प्रत्यक्ष,
- स्वसंवेदन प्रत्यक्ष र योगी-प्रत्यक्ष।
यसमा बाट वैभाषिक आदि किनकि स्वसंवेदन मान्दैन, त्यसैले
यिनको मतमा
शेष तीन प्रत्यक्ष नै मानिन्छ ।
बाह्यार्थको अस्तित्व
वैभाषिक आदिको मतमा
ज्ञानमा अतिरिक्त बाह्य वस्तुहरुको सत्ता
मानिन्छ। ति रूप,
शब्द आदि बाह्य वस्तुहरु परमाणुहरुबाट आरब्ध (निर्मित) हुन्छ, न कि विज्ञानको परिणामको रूपमा मानिन्छ-
जस्तै कि योगाचार
विज्ञानवादी मान्दछ। योगाचार मतानुसार समस्त बाह्यार्थ आलयविज्ञान या मनोविज्ञानमा स्थित वासनाको
परिणाम हुन्छ। वैभाषिक यस्तो मान्दैन। वैभाषिक मतानुसार घट आदि पदार्थहरुमा स्थित
परमाणु चक्षुरिन्द्रियको
विषय हुन्छ तथा चक्षुरिन्द्रियमा स्थित परमाणु चक्षुर्विज्ञानको आश्रय हुन्छ। त्यसैले
यिनको मतमा परमाणुबाट निर्मित
ष्ट आदि स्थूल वस्तुहरुको वस्तुसत्ता मानिंदैन। सौत्रान्तिकहरुको मतानुसार
घट आदिमा स्थित प्रत्येक परमाणु चक्षुर्विज्ञानको विषय हुंदैन, अत: चक्षुर्विज्ञानमा भासित हुने घट आदि
स्थूल वस्तुहरुको वस्तुसत्ता
मानिन्छ। जस्तै वैशेषिक दार्शनिक अवयवहरुबाट अतिरिक्त एक अवयवी द्रव्यको सत्ता स्विकार गर्दछ, त्यस्तै
वैभाषिक मान्दैन, त्यसैले घट आदिको अन्तर्गत विद्यमान परमाणु नै
इन्द्रियको विषय हुन्छ।
तीनै कालहरुको सत्ता
जो सबै अतीत, अनागत र प्रत्युत्पन्न कालहरुको
अस्तित्व मान्छन्, ति
सर्वास्तिवादी चार प्रकार का छन्हैं,
यथा-
- भावान्यथिक। यस मतको प्रमुख आचार्य भदन्त धर्मत्रात हुन्। यिनको अनुसार अध्वों (कालहरु) मा प्रवर्तमान (गतिशील) धर्महरुको द्रव्यतामा अन्यथात्व हुंदैन। केवल भावमा अन्यथात्व हुन्छ ।
- लक्षणान्यथिक। यस्को प्रमुख आचार्य भदन्त घोषक हुन्। यिनको अनुसार अध्वहरुमा प्रवर्तमान अतीत धर्म यद्यपि अतीत-लक्षणबाट युक्त हुन्छ, तैपनि त्यो प्रत्युत्पन्न र अनागत लक्षणबाट पनि अवियुक्त हुन्छ ।
- अवस्थान्यथिक। यस्को प्रमुख आचार्य भदन्त वसुमित्र हुन्। यिनको अनुसार अध्वहरुमा प्रवर्तमान धर्म भिन्न-भिन्न अवस्थाहरुलाई प्राप्त गरेर अवस्थाको दृष्टिले भिन्न-भिन्न निर्दिष्ट गरिन्छ, न कि भिन्न-भिन्न द्रव्यको दृष्टिले भिन्न-भिन्न निर्दिष्ट हुन्छ।
- अन्यथान्यथिक। यस्को प्रमुख आचार्य भदन्त बुद्धदेव हुन् । यिनको अनुसार अध्वहरुमा प्रवर्तमान धर्म पूर्व, अपरको अपेक्षाबाट भिन्न-भिन्न भनिन्छ ।
निरुपधिशेष निर्वाण
वैभाषिक आदि निकायहरुको
मतमा निरुपधिशेष निर्वाणको अवस्थामा
व्यक्तित्वको सर्वथा निवृत्ति (परिसमाप्ति) मानिन्छ। यस अवस्थामा अनादि
कालमा चल्दै आएको व्यक्तिको नाम-रूप सन्तति सर्वथा शान्त हुन्छ, जस्तै दीयो नीभेपछि उस्को कुनैपनि
प्रकारको सन्तति अवशिष्ट हुंदैन।
बोधि भन्दा पूर्व
गौतम बुद्धको पृथग्जन हुनु
यी निकायहरुको
मतानुसार जन्म ग्रहण गर्दाको समय राजकुमार सिद्धार्थ पृथग्जन नै थिए। उ बोधिसत्त्व अवश्य थिए
र मार्गको दृष्टिबाट सम्भारमार्गको अवस्थामा विद्यमान थिए। घरबाट बाहिर भएर
प्रव्रज्या ग्रहण गर्दाको
अनन्तर जुन समय बोधिवृक्षको मूलमा समाधिमा स्थित थिए, तब उन्ले क्रमश: प्रयोगमार्ग, दर्शनमार्ग र भावनामार्गलाई प्राप्त गरे।
अन्तमा उन्ले
त्यहि आसनमा सम्यक् सम्बुद्धत्व प्राप्त
गरे।
स्थविरवाद
परमार्थ धर्म विचारः
अठारह निकायहरुमा स्थविरवाद पनि एक हो। यि दिनमा विश्वमा दुई नै
निकाय जीवित छन्-
- स्थविरवाद र
- सर्वास्तिवाद की विनय-परम्परा।
- स्थविरवादको परम्परा श्रीलंका, म्यामांर, थाईलैण्ड, कम्बोडिया आदि दक्षिण पूर्वी एशियाई देशहरुमा प्रमावी ढंगले प्रचलित छ। त्यसलाई विस्तृत पालिसाहित्य विद्यमान छन र आज पनि रचनाहरु भैरहेकाछन्। अत: संक्षेपमा यहाँ त्यसको परमार्थसत्य तथा शीलसमाधि र प्रज्ञाको परिचय दिईएकोछ । शील, समाधि र प्रज्ञा नै मार्गसत्य हो, जसबाट निर्वाण (मोक्ष) जस्तो परमार्थसत्य एवं परम पुरुषार्थलाई प्राप्ति सम्भव छ ।
परमार्थ
जो आफ्नो स्वभावलाई
कहिल्यै पनि छोड्दैन तथा जस्को स्वभावबाट कहिल्यै पनि परिवर्तन हुंदैन यस्तो तत्त्व 'परमार्थ'
भनिन्छ।
जस्तै लोभको स्वभाव (लक्षण)
आसक्ति या लोभीपन हो । यो चाहे मनुष्यमा होस अथवा पशुमा होस आफ्नो आसक्ति
या लोभीपन स्वभावलाई कहिल्यै छोड्दैन। भौतिक (रूप) वस्तुहरुमा पनि पृथ्वीको स्वभाव 'कठोर'
हुनुहो । यो पृथ्वी कहीं पनि कुनैपनि अवस्थामा आफ्नो कठोर स्वभावलाई
छोडदैन। त्यसैले चित्त, स्पर्शवेदना
आदि चैतसिक, पृथ्वी
अप् आदि
महाभूत र भौतिक वस्तु (रूप) तथा निर्वाण परमार्थ भनिन्छ।
चित्त-चैतसिकः
- यद्यपि चित्त-चैतसिक पृथक्-पृथक् स्वभाव भएको हुन तथापि यि दुबै एक विषय (आलम्बन) मां एक साथ उत्पन्न भएर एक साथ निरुद्ध हुन्छन्। यिनमध्य वर्ण, शब्द आदि विषयहरु (आलम्बन)लाई सामान्य रूपेण जान्नु मात्र 'चित्त' हो। यहाँ चित्त द्वारा आलम्बनको ग्रहण गर्नु या प्राप्त गर्नु नै 'जान्नु' भनिन्छ। जान्नु, ग्रहण गर्नु, प्राप्त गर्नु, परिच्छेद (उद्ग्रहण) गर्नु, यि पर्यायवाची हुन्।
- चित्त, मन र विज्ञान एकै अर्थ को वाचक हो जो संचय गर्छ। (चिनोति), त्यो चित्त हो। यही मनस् हो, किनकि यो मनन गर्छ (मनुते)।यही विज्ञान हो, किनकि त्यो आफ्नो आलम्बनलाई जान्दछ (आलम्बनं विजानाति)।
चैतसिकः जब
कुनै चित्त उत्पन्न हुन्छ, तब
स्पर्श वेदना आदि चैतसिक पनि
उत्पन्न हुन्छ। चित्त सित सम्बद्ध भएर उत्पन्न हुने कारण, चित्तमा हुने त्यो स्पर्श वेदना आदि धर्महरुलाई, 'चैतसिक'
भनिन्छ।
यहाँ 'चित्त' आधार हो तथा चैतसिक त्यसमा हुने आधेय हों-
यस्तो सम्झनु हुंदैन । होँ, यो
ठीक हो कि पूर्वगामी चित्तको अभावमा चैतसिक हुन सक्दैन, यस
स्थिति मा
चित्तको नहुनाले चैतसिकहरुको कृत्य हुंदैन,
चित्तबाट सम्बद्ध
हुदा नै ति सम्भव छन्,
अत: चित्तमा हुने स्पर्श वेदना आदि धर्म चैतसिक हुन- यस्तो पनि भनिन्छ। यो ठीक
पनिहो, किनकि
स्पर्श वेदना आदि सदा
सर्वथा चित्तमा सम्प्रयुक्त हुन्छ। चित्तको बिना चैतसिक आफ्नो आलम्बनहरुलाई
ग्रहण गर्नमा असमर्थ हुन्छ। यसैले चित्त-चैतसिकहरुको साथ-सा उत्पाद निरोध मानिन्छ तथा साथै
समान आलम्बनको ग्रहण एवं समान
वस्तु (इन्द्रिय) को आश्रय गर्नु मानिन्छ।
रूपःचित्त
चैतसिक मनुष्यको चेतन (अभौतिक) पदार्थ (धर्म) हों,
यस्लाई बौद्ध
परिभाषामा 'अरूप
धर्म' या
'नाम
धर्म' भनिन्छ।
यो नाम धर्म यद्यपि
भौतिक (रूप) धर्महरुको आश्रय गरेर नै ही उत्पन्न हुन्छन्। तथापि ति भौतिक
(रूप) धर्महरुको संचालन पनि गर्छन् । यस्को अभिप्राय यो हो कि यदि
रूप धर्म भएकोभए त अरूप (नाम)¬ धर्म
पनि हुंदैनथ्यो। यदि अरूप (नाम)
धर्म नभएकोभए त रूप धर्म निष्प्रयोजन हुन्छन। यद्यपि भगवान बुद्धको प्रधान प्रतिपाद्य निर्वाण थियो
र निर्वाण प्राप्तिको लागि कुशल, अकुशल
अरूपधर्महरुको विवेचन गर्नु पनि आवश्यक थियो,
तथापि रूप धर्महरुको विवेचन को बिना अरूपधर्महरुको विवेचन सम्भव थिएन, फलत: उलन्ले २८ प्रकारको भौतिक धर्महरुको विवेचन गरे। यस प्रकार
मनुष्य जीवनमा यद्यपि अरूपधर्म
प्रधान छ, तथापि
रूपधर्महरुको पनि अनिवार्यता छ। अत: सबै अभिधर्मशास्त्र रूपहरुको पनि विश्लेषण गर्छन्।
पृथ्वी अप् आदि २८ रूपहरबाट
पृथ्वी अप्, तेजस, वायु वर्ण, गन्ध,
रस र ओजस् यि आठ रूप सदा एक साथ रहन्छ। परमाणु, जुन सूक्ष्म पदार्थ मानिन्छ, त्यसमा पनि
यि आठ
रूप रहन्छ। यिनमध्यबाट पृथ्वी, अप्
तेजस् र वायुलाई
'महाभूत' भनिन्छ।
किनकि यि चार रूपहरुको स्वभाव र द्रव्य
अन्य रूपोहरु भन्दा महान हुन्छन्हैं तथा यिनै मूलभूत हुन्छन यि
चार महाभूतहरुको आश्रय
लिएर नै वर्ण आदि अन्य रूपहरुको अभिव्यक्ति हुन्छ। वर्ण, गन्ध आदि रूपहरुको हामीलाई तब मात्र प्रत्यक्ष हुनसक्छ, जबकि यिनको मूलमा संघातरूप महाभूत
होस। जब महाभूतहरुको संघात होला तब वर्ण गन्ध आदिको पनि प्रत्यक्ष हुनसक्छ
।
मनुष्यको शरीरमा
विद्यमान चार महाभूतहरुको स्वभावलाई जान्नको लागि माटोबाट बनेको मुर्ति लाई उपमाबाट
विचार गरिन्छ। एक-एक रूप-समुदाय
(कलाप) मा विद्यमान यि चार महाभूतहरुलाई प्राकृत चक्षु द्वारा हेर्न सकिंदैन, ति
परमाणु नामक अत्यन्त सूक्ष्म रूप-समुदाय (कलाप) हुन्छन्हैं अनेक रूपहरु (कलापहरु-रूप-समुदायहरु)को
संघात हुंदा नै त्यसलाई प्राकृत
चक्षु द्वारा हेर्न सकिन्छ। यस प्रकार अनेक रूप-समुदायहरु
(कलापों)को संघात
हुंदा मनुष्यको भौतिक शरीर बन्दछ। भौतिक शरीर हुनमका मनुष्यको पूर्वकृत कर्म (चेतना) मुख्य
कारण हुन्छ।
निर्वाणःचित्त, चैतसिक र रूप धर्महरुको यथार्थ ज्ञान भएपछि
निर्वाणको साक्षात्कार
गर्न सकिन्छ। यथार्थ ज्ञानको प्राप्ति गर्नकोलागि साधना (विपश्यना) गर्नु पर्छ। साधना (विपश्यना)
द्वारा जो ज्ञानलाई प्राप्त गर्छ,त्यो
आर्यपुद्गल हो, आर्यपुद्गल
नै निर्वाणको साक्षात्कार गर्न सक्छ। जस्को दु:ख र दु:ख को कारण (तृष्णा-समुदय)
निवृत्त हुन्छ, त्यो नै निर्वाणको साक्षात्कार गर्नसक्छ, अत: दु:ख तथा तृष्णा बाट आत्यन्तिकी निवृत्ति
नै 'निर्वाण' भनिन्छ।
यद्यपि निर्वाण दु:खहरु भन्दा आत्यन्तिकी
निवृत्ति मात्र को निरोध मात्रलाई भनिन्छ, तथापि त्यो अभाव भन्नसकिंदैन, किनकि त्यो
आर्यजनहरुको द्वारा साक्षात गर्ने योग्य छ अर्थात निर्वाण ज्ञानप्राप्त आर्यजनहरुको विषय (आलम्बन)
हुनबाट अभाव भन्न सुकिंदैन।
वस्तुत: त्यो अत्यन्त सूक्ष्म धर्म हुनाले साधारण जनहरु द्वारा
जान्ने तथा भन्ने योग्य नहुंदा पनि त्यो आर्यजनहरुको विषय हुन्छ। त्यसैले निर्वाणलाई एक
परमार्थ धर्म भनिन्छ ।
निर्वाण शान्ति सुख
लक्षण वाला हो। यहाँ सुख दुई प्रकारको हुन्छ-
- शान्ति सुख एवं
- वेदयितसुख।
शान्तिसुख वेदयितसुख
को जस्तै अनुभूतियोग्य सुख होईन। कुनै एक विशेष वस्तुको अनुभवनभएर त्यो उपशमसुख मात्रै
हो अर्थात दु:खहरु बाट उपशम हुनुनै छ। निर्वाणको स्वरूप को विषयमा आजभोली नाना
प्रकारको विप्रतिपत्तिहरु छन्। केहि मान्छेहरु निर्वाणलाई रूप विशेष एवं नाम विशेष
भन्दछन। केहि मान्छेहरु भन्छन कि नाम-रूपात्मक स्कन्धको भित्र अमृत जस्तै एक
नित्यधर्म विद्यमान छ,
जो नामरूपहरुको निरुद्ध हुंदा पनि अवशिष्ट रहन्छ, त्यस
नित्य, अजर, अमर,
अविनाशीको रूपमा विद्यमान रहनु नै निर्वाण हो, जस्तै-
अन्य भारतीय दार्शनिकहरुको
मत मा आत्मा। केहि मान्छेहरुको मत छ कि निर्वाणको अवस्थामा यदि नामरूप धर्म नभए त त्यस अवस्थामा
सुखको अनुभव पनि कसरी होला
इत्यादि।
शील-विमर्श
समाधि—विमर्श
समाधिः
- शोभन विषयहरुमा प्रवृत्त राग, द्वेष मोह बाट रहित पवित्र चित्त (कुशल चित्त) को एकाग्रता (निश्चलता) लाई समाधि भनिन्छ। समाधिको अर्थ समाधान हो। अर्थात् एक आलम्बन (विषय) मां चित्त चैतसिकहरुको बराबर (सम्) तथा राम्रोसित (सम्यक्) प्रतिष्ठित हुनु या राख्नु (आघान) 'समाधन' हो। यसैले जुन तत्त्वको प्रभावबाट एक आलम्बनमा चित्त-चैतसिक बराबर र राम्रोसित विक्षिप्त र विप्रकीर्ण नहुंदै स्थित हुन्छ, त्यस तत्त्वलाई 'समाधि' भनिन्छ।
- पंतजलिले पनि चित्तको वृत्तिहरुको निरोधलाई 'योग' भनेकवछ।[1]
- व्यासले योगलाई समाधि भनेकोछ।[2]
- वृत्तिकारले योगको अर्थ 'समाधान' भनेकवछ।[3]
- यस प्रकार बौद्ध र बौद्धेत्तर आचार्यहरुले 'समाधि' शब्द को व्युत्पत्ति समानरूपले गरेकोछ।
- अंगुत्तरनिकाय मा बुद्धले समाधिको बहुलताबाट वर्तमान जीवनमा सुखपूर्वक विहार (दृष्टिधर्म-सुखविहार), दिव्यचक्षु-ज्ञान, स्मृति-सम्प्रज्ञानबाट सम्पन्नता र क्लेश (आस्त्रव) क्षय आदि अनेक गुण भनेकाछन्हैं।[4] यस प्रकार समाधिको अर्थ एकाग्रता बाट धेरै महनीय र गम्भीर सिद्ध हुन्छ ।
कर्मस्थान
कर्मस्थान दुई प्रकारको
हुन्छ, यथा-
शमथ कर्मस्थान र विपश्यना
कर्मस्थान। योगी जुन आलम्बनहरुलाई आफ्नो भावनाकृत्यको
सम्पन्नताको लागि साधन बनाउंछ, त्यसलाई
'कर्मस्थान' भन्दछ।
पृथ्वी, अप्
आदि चालीस प्रकारको साधन
'समाधि' को आलम्बन' (शमथ कर्मस्थान) हो। तथा पंचस्कन्धात्मक
नाम-रूप आदि
साधन प्रज्ञाको विषय (विपश्यना कर्मस्थान) हो। आनापानस्मृति – बौद्ध साधनामा श्वास र प्रश्वासलाई 'आनापान'
भन्दछ। यसलाई
पातंजल योग-दर्शन मा 'प्राणायाम' भनेकाछन्।
यो श्वास-प्रश्वास (आनापान)
समाधिलाभ को लागि एक उत्कृष्ट साधन हो। यो ठीक पनि हो, किनकि प्राण
नै जीवन हो। प्राणनै समस्त संसारको मूल कारण हो। प्राणको बिना
प्राणीको जीवित रहनु असम्भव छ। सबै जीवहरुको लागि प्राण
अनिवार्य अंग हो। जब
देखि जीव जन्म लिन्छ, तब
देखि नै श्वास-प्रश्वास प्रक्रिया प्रारम्भ हुन्छ। यसैले बौद्ध र बौद्धेतर भारतीय
योगशास्त्र मां प्राणायाम या आनापान
का अत्यधिक महत्त्व प्रतिपादित किया गया है। तर प्राणायाम र आनापानमा अलिकति फरक के
छ भने आनापनमा स्वास केवल आएको गएको स्थितिलाई हेर्ने मात्रै हो । प्राणायाममा
स्वासलाई कसरत गर्नु पर्छ अर्थात आफ्नो नियन्त्रणमा कसरी पठाउने र कसरी लिने ।
विशुद्धि र ज्ञान
यहाँ योगी नाम-रूप
संस्कार धर्महरुको प्रति केवल अनित्य या दु:ख या अनात्मको भावनामात्रबाट मार्ग एवं फल
ज्ञान प्राप्त गर्न सक्तैन, अपितु त्यसलाई
संस्कार धर्महरुको अनित्य, दु:ख
एवं अनात्म-यि तीन स्वभावहरु (लक्षणहरु)
बाट
विपश्यना-भावना गर्नु पर्छ। मार्ग प्राप्तिको पूर्व-क्षणमा यदि संस्कार
धर्महरुको अनित्य स्वभावलाई हेर्छ भने त्यो मार्ग एवं फल अनिमित्तविमोक्ष भनिन्छ। यदि मार्ग
प्राप्ति को पूर्व-क्षणमा संस्कार
धर्महरुलाई दु:ख स्वभाव अथवा अनात्म स्वभाव हेर्छ भने त्यो मार्ग एवं फल अप्रणिहित
अथवा शून्यताविमोक्ष भनिन्छ।
भवतु सब्ब मङ्गलम् । भवतु सब्ब मङ्गलम् । भवतु
सब्ब मङ्गलम् ।
No comments:
Post a Comment