मुदिता बौद्ध
पालीभाषा हो । यस्को सरल अर्थ अरुको खुशीको चाहना हो । यो एउटा हुनुपर्ने मानवीय
गुण हो तर नभएकोले नै समाजको अहिलेको स्थित दयनीय भएकोछ । अरुको सुख समृद्धि हुने
मान प्रतिष्ठा बढने किर्ती यश सम्पत्ती बढने देखेर हर्षित हुन सक्ने अवस्थालाई
मुदिता भनिन्छ । मुदितालाई बौद्ध साहित्यमा तथा विनयमा अनियार्यता प्रकट गरेको
पाईन्छ । जस्तै अमीतार्थ सुत्र दश सदगुण
तृतीयमा यसरी उल्ल्ख गरेकोछ करुणा हीन मनुष्यमा करुणा भाव हिंसा प्रवृत्त मनुष्यमा
महादुःखमुक्त्तभाव जागृत ईर्ष्यालु मनुष्यमा मुदिताको भावना जागृत हुन्छ । अथवा
अमीतार्थ सुत्र पाठ गर्नाले मुदिताको भावना जागृत हुन्छ भनिएकोले नै हुनुपर्ने
अनिवार्यता देखिन्छ । मुदिता बुद्ध कालिन अवस्थाको पाली भाषाहो अहिले पनि यो चलनमै
हरेकोछ । मुदितालाई तिब्बेतेन भाषामा धाईसा अंग्र्जीमा Symapathetic joy भनिन्छ । साँच्चै
मुदिता चित्त हुने व्यक्त्ती अर्काको सुख देखेर प्रशन्न हुन्छ अहा कस्तो राम्रो
भयो भनेर उस्ले पटक्कै ईर्ष्या गर्दैन र भन्छ मैले नसकेको तपाईंले गर्नुभयो धेरै
राम्रो भयो भनेर अनुमोदन गर्दछ । यहि मुदिता हो । आफु समान कसैको घर बनायो पदोन्नती
भयो भने एकरत्ती पनि डाह नगरेर प्रशन्न हुनु नै मुदिता हो भन्ने होभने यसलाई
बोधिचित्त पनि भन्न सकिन्छ । पालीमा यसरी उल्लेख गरेकोछ अभिधम्मत्थसङ्गहो पठमो
भागो मुदिता बारे यसरी छ परसम्पत्ति दिस्वा मोदन्ति एताया ति मुदिता अर्थात
अर्काको सम्पत्ती देखेर प्रशन्न हुनु स्वाभाव धर्म मुदिता हो ।। त्यसैले मुदिताको
यथार्थ गुण चिन्नु भनेको स्वर्णकारले सुनलाई पोलेर त्जाबमा हालेर कसीमा घोटेर
परिक्षण गरे जस्तै हामीले २५वटा चित्तलाई अएको मुदितालाई यसरी परिक्षण गर्न सिकन्छ
। आफुले गरेको अरुप्रतिको भावनालाई मुदिता भयो भएन भनेर थाहा पाउन सकिन्छ । कतपय
मुदिताको भावनालाई व्यक्त गर्न जानेन भनेपनि बोली वचनले गर्दा मुदिता नभएको जस्तो
पनि देखिन्छ ।
मुदिताको
लक्षण
सुखी
प्राणीलाई देखेर मन प्रफुल्ल हुनु मुदिताको लक्षण हो । अनि मुदिताको लक्षणनै
प्रशन्न अथवा हर्ष हो ।
अर्काको सुख भएकोले सम्पत्ती लाभ भएकोले ईर्ष्या
नगर्नु यस्को कृत्य वा कार्य हो । अर्काको सम्पत्तीमा ईर्ष्या नगर्ने धर्म १नमा
देखिनेगरि आउने विचार प्त्यस्थान हो । शुद्ध मुदिता चित्त हुनेलाई यो लोक र
परलोकमा पनि सन्तोष हुन्छ भनेर मुदिताको बारेमा धम्मपदमा पनि यसरी ब्याख्या गरेको
पाईन्छ ।
इध मोदति पेच्च मोदति
कतपुञ्ञो उभूयत्थ मोदति ।
सो
मोदति सो पमोदति
दिस्वा कम्मविसुद्धिमत्तनो।।
यस्को
अर्थ पुण्य गर्नेलाई यस लोकमा र परलोकमा दुबै लोकमा सन्तोष हुन्छ बफुले गरेकोफ असल
शुद्धकर्म देखेर उस्लाई हर्ष तथा सन्तोष हुन्छ ।
अरुले
गरेको कुशल कर्म देखेर झन झन बृद्धि गरेर देखाउन सकोस भन्ने हृदय खोलेर खुशि हुने
स्वभाव मुदिता हो । यस्को उल्टो ईर्ष्या हो । जहाँ मुदिता चुलिएर आउंछ त्यहाँ
ईर्ष्या गर्ने स्थानै हुंदैन त्यसैले रङ्क्त्त संचार हुन नशाको आवश्यक पर्जस्तै
मुदिता रुपी मन हुन हुन धर्मचित्त रुपी भावना हुनुपर्छ । मुदिता समाजमा व्यापक हुन
सक्यो भने प्रत्येक मानिस सुखि हुन्छ । अहिले मानिसको धर्म चित्तको अभावछ । जता
ततै अधर्मचित्तकै राज्य चलेकोछ । हरेक खाद्य वस्तुमा मिसावट कमसल वस्तुको बिक्रय ।
केवल अरुको सम्पत्ती धुत्ने भावना मात्रै व्याप्त छ । अरुलाई हानी गर्नु भन्दा अघि
आफूलाई हानी गरेको त पत्तै पाउंदैन ।
भवतु सब्ब मङ्गलम्
।
No comments:
Post a Comment