रचनाकाल
केही भारतीय विद्वान भन्दछन कि यो ६०० ईपू भन्दा पहिला लेखिएको हो । त्यसपछि युक्ति यो छ कि महाभारत जुन यस पश्चात आएको बौद्ध धर्म को बारे मां मौन
छ । यद्यपि त्यसमा जैन, शैव, पाशुपत आदि अन्य परम्पराहरुको वर्णन गरिएकोछ। त्यसैले
रामायण गौतम
बुद्धको
काल भन्दा पूर्वकै हुनुपर्छ । हरेक
घटनाक्रमले प्रमाणित गरेको देखिन्छ । भाषा-शैलीले पनि यो पाणिनि को समय भन्दा पहुनु पर्छ ।
“
|
रामायणको
पहिलो र अन्तिम कांड संभवत: पछि जोडिएको अनुमान छ।
अध्याय दुई देखि सात सम्म अधिकान्श यस कुरामा जोड दिईएकोछ कि राम विष्णु को अवतार थिए। केहिको भनाई अनुसार यस
महाकाव्यमा यूनानी र कैयौं अन्य संदर्भबाट थाहा हुन्छ कि यो पुस्तक दोश्रो सताव्दी ईसा
पूर्व भन्दा पहिलाको हुन सक्तैन तर यो धारणा विवादास्पद छ। ६०० ईपू भन्दा पहिलाको
समय यसकारणले पनि ठीक छ कि बौद्ध जातक
रामायणको पात्रहरुको वर्णन गर्दछ जबकि रामायणमा जातकको चरित्रहरुको वर्णन छैन । यहिंनिर
अनुमान लगाएर बुझ्नुपर्ने कुरा आफ्नो भन्दा पहिलाको कुरा बर्णन गरिन्छ पछिको त
भविष्यवाणी हो । विद्वान पण्डितहरु राम्रो सित अध्ययन नै नगरि अन्धभक्त भएर बयान
गर्ने गर्दछन् ।
|
„
|
हिन्दू कालगणनाको अनुसार रचनाकाल
रामायणको समय त्रेतायुगको मानिन्छ। भारतीय कालगणनाको अनुसार समयलाई
चार युगहरुमा बिभाजन गरिएकोछ- सत्ययुग, त्रेतायुग, द्वापर युग र कलियुग। एक कलियुग ४,३२,००० वर्ष को, द्वापर ८,६४,००० वर्ष को, त्रेता युग १२,९६,००० वर्षको तथा सत्ययुग १७,२८,००० वर्षको हुन्छ। यस गणनाको अनुसार रामायणको
समय न्यूनतम ८,७०,००० वर्ष (वर्तमान कलियुग को ५,२५० वर्ष + बीत्यो द्वापर युगको ८,६४,००० वर्ष) सिद्ध हुन्छ । कतिपय विद्वान यसको
तात्पर्य इसा पू. ८,००० देखि लगाउनु आधारहीन छ। अन्य विद्वान ई यो भन्दा पनि पुरानो
मान्दछन् ।
रामकथाको इतिहास
तुलसीदास जी को अनुसार सर्वप्रथम श्री रामको कथा भगवान श्री शंकर ले माता पार्वती जीलाई सुनाईएको थियो रे । जहाँ भगवान शंकर पार्वती जीलाई भगवान श्री राम को कथा सुनाई रहेका थिए त्यहां काग (कौवा)को एक गुंड थियो र
त्यसभित्र बसेको कागले पनि त्यस कथालाई सुनिरहेको थियो । कथा
पूरा भएपछि पहिलानै पार्वती लाई निद्रा लाग्यो तर कागले पूरै कथा सुने । त्यहि
पंक्षीको पुनर्जन्म काकभुशुण्डि] को रूप मां भयो। काकभुशुण्डिले यो कथा गरुड़ लाई सुनाए । भगवान शंकरको मुखबाट निस्केको श्रीराम को यो पवित्र कथा अध्यात्म
रामायण को नाम प्रख्यात छ। अध्यात्म
रामायणलाई
नै विश्वको सर्वप्रथम रामायण मानिन्छ रे।
मन परिवर्तन भएपछि एक डाँकुबाट ऋषि बने र ज्ञानप्राप्ति पछि वाल्मीकिले भगवान श्री राम को यस वृतान्तलाई पुनः श्लोकबद्ध गरे । महर्षि वाल्मीकिबाट श्लोकबद्ध भगवान श्री राम को कथा लाई वाल्मीकि
रामायणको
नामले जानिन्छ । वाल्मीकि लाई आदिकवि भनिन्छ र वाल्मीकि
रामायण लाई आदि रामायणको नामले पनि जानिन्छ भनेर
उल्लेख छ ।
तुलसीदास जीले पनि भगवान श्री राम को पवित्र कथालाई हिन्दि भाषा में लिपिबद्ध गरे । सन्त तुलसीदास जीले आफू द्वारा लिखित भगवान श्री राम को कल्याणकारी कथाबाट परिपूर्ण यस ग्रंथको नाम रामचरितमानस राखे । सामान्य रूपमा रामचरितमानस लाई तुलसी
रामायण को नामले जानिन्छ ।
कालान्तरमा
श्री रामको कथालाई को बुद्धि, ज्ञान तथा मतानुसार अनेकौं फटक लखेकाछन। नेपालका आदिकवि
भानुभक्त अआचार्यले पनि नेपालीमा रामायण लेखेर जनजन गाउं गाउंमा फिजाए यस प्रकार
अनेकौं रामायणहरु रचना भएकोछ।
संक्षिपतमा रामायण-कथा
हिन्दू शास्त्रहरुको अनुसार भगवान राम, विष्णु को अवतार थिए । यस अवतारको उद्देश्य मृत्युलोकमा
मानव जातिलाई आदर्श जीवन मार्गदर्शन दीनु थियो। अन्ततः श्रीरामले राक्षस जातिको
राजा रावणको हत्या गरेर धर्मलाई
पुनर्स्थापना गरे भनेर उल्ख गरेकोछ ।
बालकाण्ड
अयोध्या नगरी मां दशरथ नाम को राजा थिए जसको कौशल्या, कैकेयी र सुमित्रा नामको श्रीमतीहरु थिए। कसैबाट पनि सन्तान भएको
थिएन त्यसले सन्तान प्राप्तिको लागि अयोध्यापति दशरथले आफ्नो गुरु श्री वशिष्ठ को आज्ञाले पुत्रकामेष्टि यज्ञ गराए जसलाई ऋंगी
ऋषिले
सम्पन्न गरे । भक्तिपूर्ण आहुतिहरु पाएर अग्निदेव प्रसन्न भएर र उनी स्वयम् प्रकट भएर राजा दशरथलाई हविष्यपात्र (खीर, पायस) दिए जसलाई उनले आफ्ना श्रीमतीहरुलाई बाँडे । खीर खाएपछि परिणामस्वरुप रानीहरु गर्भवती भईन् र कौशल्याको गर्भबाट रामको, कैकेयीको गर्भबाट भरतको तथा सुमित्राको गर्भबाट लक्ष्मण र शत्रुघ्न को जन्म भयो भनिएकोछ ।अर्थात यहां विचार गर्नु
पर्ने कुरा दशरथ सन्तान जन्माउनको लागि असमर्थ थिए । आजभोली टेष्ट्युब जस्तै
त्यतिबेला सन्तान उत्पादनको लागि सहयोग लिएको पाईन्छ ।
सीता स्वंयवर
राजकुमारहरु
ठूला भएपछि आश्रम को राक्षसहरुबाट सुरक्षित हुन ऋषि विश्वामित्र राजा दशरथबाट राम र लक्ष्मण लाई मांगेर आफ्नो साथमा लगे। रामले ताड़का र सुबाहु जस्ता राक्षसहरुलाई मारेर मारीचलाई बिना फल वाला बाणले हानेर मारेर समुद्र पारी पठाईदिए । उता लक्ष्मणले राक्षसहरुको सबै सेनाहरुलाई खत्तम पारे ।
धनुषयज्ञ को लागि मिथिलाका राजा जनकको निमन्त्रणा
पाएपछी विश्वामित्र राम र लक्ष्मण को साथमा मिथिला (जनकपुर) आए। बाटोमा रामले गौतम मुनिको श्रीमतीअहल्या को पनि उद्धार गरे। मिथिलामा राजा जनक को छोरी सीता सित स्वयंवर को पनि आयोजना थियो जहाँ कि जनकको
प्रतिज्ञा अनुसार शिवधनुष लाई भांचेर राम ले सीता सित विवाह गरे। प्रयास त त्यहां उपस्थित अरुले पनि गरेका थिए तर रामको शक्तीको
अगाडी अरुको लाग्ने त कुरै थिएन जो स्वयम् भगवान बिष्णुको अवतार जो थिए । राम र सीताको विवाहको साथै गुरु वशिष्ठ ले भरत लाई माण्डवी सित, लक्ष्मणलाई उर्मिला सित र शत्रुघ्नलाई श्रुतकीर्ति सित विहे गरि दिए ।
अयोध्याकाण्ड
रामको बिहे भएपछि राजा दशरथ ले राम को राज्याभिषेक गर्न चाहे । यसमा देवताहरुलाई चिन्ता भयो कि रामलाई राज्य प्राप्ती भएपछि रावणको हत्या असम्भव हुन्छ। व्याकुल भएर तिनीहरुले
देवी सरस्वती सित कुनै प्रकारले उपाय गर्न प्रार्थना गरे। सरस्वतीले मन्थरा, जो कैकेयी को दासी थिईन्, उनले बुद्धि घुमाई दिए। मन्थरा को सल्लाहले कैकेयी कोपभवन मां गईन्। दशरथ जब मनाउन आए तब कैकेयीले उनी सित वरदान मांगिन कि भरतलाई राजा बनाईयोस र रामलाई चौध वर्षकोलागि वनवास पठाईयोस ।
राम को साथमा सीता र लक्ष्मण पनि वनवास तर्फ लागे । ऋंगवेरपुर मां निषादराज गुह ले तीनै जनाको खुबै सेवा गरे किनकि तिनी त एक त राजा दशरथका
छोराहरु थिए अर्को उनी बलिष्ठ थिए धेरै काम लाग्ने ।केहि आनाकानी गरेपछी बल्लतल्ल केवट ले तीनै जनालाई गंगा नदी पारी तारी दिए । प्रयाग पुगेर रामले भारद्वाज मुनि सित भेटे । त्यहांबाट राम यमुना स्नान गरेर वाल्मीकि ऋषिको आश्रम पुगे। वाल्मीकिबाट भएको मन्त्रणा अनुसार राम, सीता र लक्ष्मण चित्रकूटमा बस्न थाले । यहाँ निर विचार गर्नुपर्ने कुरा
शाक्यमुनी बुद्धले पनि भारव्दाज सित भेटेको बौद्ध ग्रन्थमा उल्लेखछ ।के बुद्ध राम
भन्दा पछिका हुन त कि राम बुद्ध पछिका हुन् ।
अयोध्या मा छोराको चिन्ता गर्दा गर्दै दशरथको मृत्यु भयो । दशरथलाई वनवास पठाउने मनै थिएन
श्रीमती कैकेयीको वचनले हारेको थियो ।वशिष्ठले भरत र शत्रुघ्नलाई उस्को मावल बोलाए। फर्केर आएपछि भरतले आफ्नो आमा कैकेयी , कुटिलताको लागि धेरै नै भत्सर्ना गरे र गुरुहरुको
आज्ञानुसार दशरथको अन्त्येष्टि
क्रिया गरे । भरतले अयोध्याको राज्यलाई अस्वीकार गरे र रामलाई फर्काएर ल्याउन आफ्ना साथीहरुको साथमा चित्रकूट गए । कैकेयीलाई पनि आफूले गरेको कर्म पति
पश्चाताप त भयो । सीताको आमा बुवा सुनयना र जनक पनि चित्रकूट पुगे । भरत तथा अरु सबैले फर्केर राजकाज सम्हाल्न अनुनय विनय गरे जसलाई
रामले
बुवाको आज्ञा पालन गर्न र रघुवंश को नियम पालन गर्न सबैको अनुरोधलाई अस्विकार
गरिदिए ।
भरत आफ्नो हितैषी साथहरुका साथमा रामको खराउ लिएर अयोध्या आए । उन्ले रामको त्यस खराउलाई राज सिंहासन बिराजमान गरेर स्वयं
नन्दिग्राममा बस्न थाले । राम भक्त तथा हिन्दूवादीहरुले यस्तो गर्न सकेको भए
हुन्थ्यो नि तर ठीक उल्टोछ ।
यहाँ राजा रामले प्रजाको लागि उद्घोष गरेको महत्वपूर्ण कुरा
यस प्रकार छ ।
यस काण्ड सर्ग १०९ श्लोक ३४मा यस प्रकार उल्लेख गरेकोछ ।
यथा हि चोरः तथा हिबुद्धस्तथागतं नास्तिकमत्र विद्धि ।
तस्माद्धि यःशक्यतमः प्रजानां स नास्तिके नाभिमुखा बुधः स्यात ।
यथा हि चोरः तथा हिबुद्धस्तथागतं नास्तिकमत्र विद्धि ।
तस्माद्धि यःशक्यतमः प्रजानां स नास्तिके नाभिमुखा बुधः स्यात ।
अर्थः जसरी चोर दण्डनीय हुन्छन त्यसै प्रकार वेदविरोधी
बुद्ध मतावलम्बी पनि दण्डनीय छन् । तथागत र नास्तिकलाई पनि यहाँ त्यसै दर्जामा
सम्झिनुपर्छ । त्यसैले प्रजाउपर अनुग्रह गर्नलाई राजाद्वारा जुन नास्तीकलाई दण्ड
दिन सकिन्छ उनलाई त चोर समान दण्ड दिलाओस परन्तु जो वशको बाहिर छन् उस नास्तिकउपर
विद्वान ब्राम्हण कहिल्यै उन्मुख नहोउन् उ संग वार्तालाप नगरोस ।
अरण्यकाण्डः
केहि समय पछि रामले चित्रकूटबाट प्रस्थान गरेर अत्रि ऋषिको आश्रम पुगे। अत्रि ले रामको स्तुति गरे र उस्को श्रीमती अनसूया ले सीतालाई पतिव्रत
धर्म को बारेमा सिखाए। त्यहांबाट राम शरभंग मुनि सित भेटे। शरभंग मुनि केवल राम को दर्शनको लागि नै कामना गरेर बसेकाथिए । राम को दर्शनको अभिलाषा पूरा भएपछि योगाग्निबाट आफ्नो शरीलाई
जलाएर अर्थात आत्म हत्या गरेर ब्रह्मलोक गए ।
राम अघि बढेपछि हाडहरुको थुप्रो देखे जसको बारेमा मुनिहरुले ने रामलाई भने कि राक्षसहरुले अनेक मुनिहरुलाई मारेर खाए त्यसैको
हाडहरुहुन् यसमा रामले प्रतिज्ञा गरे कि सम्पूर्ण राक्षसहरुलाई मारेर पृथ्वीलाई राक्षस विहीन गरिदिन्छु । राम फ्रि अघि बढे बाटोमा सुतीक्ष्ण, अगस्त्य आदि ऋषिहरु सित भेटे र भेट्दा दण्डक
वनमा
प्रवेश गरे उन्को भेट जटायु सित भयो। रामले पंचवटीलाई आफ्नो वास स्थान बनाए ।
सीता
हरण
पंचवटीमा रावण को बहिनी शूर्पणखा ले आएर राम सित बिहे गर्न निवेदन- गरे। राम ले उ मेरो भाई मेरो श्रीमतीको साथमाछ उ कहां जाउ भनेर पठाईदिए
। लक्ष्मणले शूर्पणखाको निवेदनलाई मानेन र शत्रुको बहिनी भन्ने थाहा
पाएर उसको नाक र कान काटी दिएर विरुप बनाईदिए । यहांनिर विचार गर्नुपर्ने कुरा रावण सित कहिले
दुश्मनी भयो अथवा शत्रुता भयो । जबकि सिताको हरण नै भएकोछैन ।यहाँ त्यत्तिकै रामको
बदमासी देखिन्छ ।
शूर्पणखा ले खर-दूषण को सहायता माग्यो र उ आफ्नो सेना लिएर रामसित
लड्न आए । लड़ाईमा रामले खर-दूषण र उसको सेनालाई परास्त मात्रै होईन सबैलाई
सिद्ध्याईदिए । शूर्पणखाले गएर आफ्नो दाजू रावण सित सबै बृत्तान्त सुनायो र आफ्नो स्थिति
देखायो। रावणले आफ्नो बहिनीको बेहाल देखेर बदला लिनको लागि मारीचलाई स्वर्णमृग बनाएर पठाए । सिताले स्वर्णमृग देखेपछी सीताले अबोध बालिकाले जस्तै मृगको छाला
जसरी भएपनी ल्याईदिनु भनेर ढिप्पी गरिन् । यहाँ राम सिता प्राणीहरु प्रति प्रेम नभएको देखिन्छ ।लक्ष्मण लाई भाउजुको राम्रो सित हेरविचार गर्नु भनेर
अह्राएर राम स्वर्णमृग रूपी मारीचलाई मार्न मृगको पछी पछी लागे। मारीच रामको बाण लागेर मर्यो । मर्दा मर्दै रामको
आवाज बनाएर करायो ‘हे लक्ष्मण’ भनेर यो सुनेर सीताले लक्ष्मणलाई भनिन् हेर हेर तिम्रो दाजूलाई
केभयो भनेर जिद्दी गरेर लक्ष्मण आवाज आएतिर पठाईदिए । लक्ष्मणले जानु भन्दा अघि घेरा बनाएर यो भन्दा
बाहिर नआउनु भाउजू भनेर रामको आवाज आएतिर गयो । त्यहि अवसर पारेर रावण जोगीको भेष
धारण गरेर भिक्षा माग्न आएर लक्षमण घेरा भन्दा बाहिरबाट भिक्षा दिन भनेर सीतालाई छल गरेर हरण गरेर लंका लगे । बाटोमा जटायूले रोक्ने
धेरै प्रयत्न गरे सितालाई बचाउन रावणले उसको प्वांखमा प्रहार गरेर काटीदिएर छट्पटी अवस्थामा छाडीदिए ।
सीतालाई नदेखेर राम अत्यन्त दुखी भएर विलाप गर्न लागे । बाटोमा घाईते जटायु सित भेट भएपछि उसले रामलाई रावणबाट आफ्नो यो दुर्दशा भएको र सीतालाई हरण गरेर दक्षिण दिशा तर्फ लगेको बताए । यति
बृत्तान्त भनेपछि जटायु ले आफ्नो प्राण त्याग गरे र रामले जटायुको अन्तिम
संस्कार गरेर सीताको खोजमा त्यस घना जंङ्गलमा पसे । जब रावणले
हरेर दक्षिण तर्फ लगे भन्ने थाहा पाउंदा पाउंदै खोज्दै जङ्गल तिर भौंतारिनु आवश्यक
थिएन । बाटोमा रामले दुर्वासाको श्रापले गर्दा राक्षस भएका गन्धर्व कबन्धलाई मारेर उसको उद्धार गरे र शबरीको आश्रममा पुगे ।शबरीले गुलीयो छ कि अमीलो भनेर
चाखेर दिएको जुठो बयर उसको भक्ती देखेर रामले खाए । यस प्रकार राम सीताको खोजमा
त्यस घना जंङ्गलमा भौंतारेर अघि बढे भनिएकोछ । जबकि रावणले हरण गरेर लगे भनेपछि
अवश्य लंका पुगाए होला भनेर भगवानले अवश्य थाहा पाएको हुनुपर्नेहो ।
किष्किन्धाकाण्ड
राम ऋष्यमूक पर्वत नजिक आईपुगे । त्यस पर्वतमा आफ्ना मन्त्रिहरुको
साथमा सुग्रीव बस्थे । सुग्रीवले, यस आशंकामा कि कतै बालिले मार्न
ति वीरहरुलाई पठाएको हो कि, हनुमानलाई राम र लक्ष्मणको विषयमा जानकारी पाउनको लागि ब्राह्मणको रूपमा
पठाएको हो कि । बालिले पठाएको होईन भन्ने थाहा पाएर हनुमान ले राम र सुग्रीव को मित्रता गरिदए रे । सुग्रीवले राम भगवान लाई सान्त्वना दिए कि सिता पाईहालिन्छ उन्लाई खोज्न उस्ले पनि
साथ दिने र भाई बालि ले आफू माथि गरेको अत्याचारको बारेमा पनि बताए । रामले बालिको छलपूर्वक हत्या गरेर सुग्रीवलाई किष्किन्धाको राज्य तथा बालिको छोरा अंगदलाई युवराज बनाए भनिएकोछ ।
राज्य पाएपछि सुग्रीव विलासमा लिप्त भए र वर्षा तथा शरद् ऋतु पनि गयो। राम रिसाएपछि सुग्रीवले वाँदरहरुलाई सीता को खोजमा पठाए। सीताको खोजीमा गएका बांदरहरुलाई एक गुफामा एक
तपस्विनीको दर्शन पाए । तपस्विनीले खोज दललाई योग शक्तिले समुद्रकिनारमा पुगाईदिए जहाँ उस्को सम्पाती सित भेट भयो। सम्पातीले बाँदरहरुलाई भने कि रावणले सीता लाई लंका अशोकवाटिका मा राखेकोछ। जाम्बवन्त ले हनुमानलाई समुद्र नाघ्न उत्साहित गरे ।
सुंदरकाण्ड
हनुमान लंका तर्फ
उडेर प्रस्थान गरे ।पखेटा नभएका राम भक्त हनुमान उडेर समुद्र नाघे । सुरसाले हनुमान को परीक्षा लिए र उस्लाई योग्य तथा सामर्थ्यवान
पाएर आशीर्वाद दिए। बाटोमा हनुमानले छाया समात्ने राक्षसीको हत्या गरे र लंकिनी माथि प्रहार गरेर लंकामा सजिलै प्रवेश गरे । हनुमानको रावणको भाई विभीषण सित भेट हुन्छ । जब हनुमान अशोकवाटिका मा पुगे तब रावणले सीतालाई धम्क्याई
रहेका थिए रे । रावण गए पछि त्रिजटाले सीतालाई सान्तवना दीए। एकान्त भएपछि हनुमानले सीता सित भेट गरेर उन्लाई रामको चीनो दिए। हनुमानले अशोकवाटिका को विध्वंस गरेर रावणको छोरा अक्षय
कुमार लाई मारी दिए । मेघनाथले हनुमान लाई नागपाश मा बांधेर रावणको सभामा लग्यो । रावणको प्रश्नको उत्तरमा हनुमानले आफ्नो परिचय राम को दूत बताए । रावणले हनुमानको पुच्छरमा तेल हालेको कपडा बेरेर आगो लगाई
दिए । हनुमान उफ्री उफ्री सारा लङ्कालाई आगो लगाईदिए । यहाँ
विचार गर्नु पर्ने महत्वपूर्ण कुरा के देखिन्छ भने रावणले सितालाई हरण गरेर लगेपनि
पनि कुनै व्यभिचार गरेका छैनन् र कुनै नोक्सान पनि पुर्याएको पनि देखिन्न तर रामको
तर्फबाट हत्या तोड फोड नास गरेको स्पष्ट देखिन्छ । यदि रवणले चाहेकोभउ बल जफ्ती
गर्न सक्थे ।
हनुमान सीताको नजिक पुग्छ । सीताले आफ्नो चूड़ामणि दिएर विदा गरे । उ फर्केर समुद्र पारी आएर सबैं
बांदर सित भेटेर सबै फर्केर सुग्रीव कहां पुगे । हनुमानको उत्पात काम देखेर राम साह्रै खुसिभए । राम बाँदर सेनाको साथमा
समुद्र किनारमा पुगे । उता भाई विभीषणले दाजू रावणलाई राम सित वाईहात वैरभाव नगर भनेर
सम्झाए । आफ्नो भाई राम तिर लागेर कुरा गरेको देखेर रावणले विभीषण लाई अपमान गरेर लङ्काबाट निकालीदियो । विभीषण रामको शरणमा पुग्यो र रामले उसलाई लंकाको राजा घोषित गरे । फेरि यहांनिर एउटा नमिल्ने
कुरा राम कोहो र लङ्काको राजा भाईलाई घोषणा गर्ने यो सोझै पौणारिक दादिगिर्दी
देखिन्छ ।
रामले समुद्र सित बाटो
मागे । बाटो नपाएपछि रामले रीस देखायो र उस्को रीसबाट डराएर समुद्रले स्वयं आएर रामलाई विन्ती गरेपछि नल र नीलबाट पुल बनाउने उपाय बताए भनिएकोछ । समुद्र पानीले भगवान
रामको क्रोध देखेर डराए रे अस्वभाविक तर्क यो केवल मनोरन्जनको लागि रचनाकार
वाल्मिकीले शव्द बनाएको स्पष्ट हुन्छ । रामले समुद्र पानीलाई रीस देखाएर के गर्न
सक्छ भगवान न भए ढुङ्गा पनि बनाईदिन सक्छ त्यसैले समुद्र मान्छ् झैं थुरथर डराएर
बाटो देखाए । भगवानले पानी सित बाटो माग्नु त नपर्ने हो भनेर मैले बुझें।
लंकाकाण्ड (युद्धकाण्ड)
जाम्बवन्त को आदेशले नल-नील दुबैहरुले वाँदर सेनाको सहायता पाएर समुद्रमा पुल बनाए । श्री रामले श्री रामेश्वरको स्थापना गरेर भगवान शंकरको पूजा गर्छन् र सेना सहित समुद्रको पारी
पुग्छन् । समुद्र पारी पुगेर राम बास बसे। पुल बनेको र राम समुद्र पारी आईपुगेको कुरा सुनेर
रावणको मन व्याकुलता छायो रे । मन्दोदरी को राम सित दुश्मनी नगर्नु भनेर सम्झाउंदा पनि रावण मानेन । यता राम आफ्नो बाँदर सेनाको साथमा सुबेल
पर्वतमा बस्न
थाले । अंगद राम को दूत भएर लंकामा राजा रावण कहाँ पुगे र उस्लाई रामको शरणमा आउने आदेश दियो तर रावण किन मान्थे । जाबो एउटा सामान्य बाँदरले
लङ्काको राजालाई शरणमा आउन आदेश दिने देख्दा नेपालमा बिदेशको बल मिच्याई झल्को
देखिन्छ । शान्तिको सबै प्रयास असफल भयो र युद्ध गर्नु पर्ने बाध्यता युद्ध आरम्भ भयो
। लक्ष्मण र मेघनादको मध्य घोर युद्ध भयो । शक्तिबाणको प्रहारले भगवान रामका भाई लक्ष्मण मूर्क्षित भए। उनको उपचारको लागि हनुमान सुषेण वैद्यलाई बैलाएर ल्याए र संजीवनी लिन पठाए । गुप्तचरबाट समाचार पाएर रावणले हनुमानको काममा बाधाको लागि कालनेमि लाई पठाए त्यसलाई हनुमानले हत्या गरिदिन्छ । औषधि नचिनेर हनुमानले पूरै पर्वतलाई नै उठाएर ल्याए रे । बाटोमा हनुमानलाई राक्षस ठानेर भगवान रामका भाई भरतले बाण हानेर मूर्क्षित बनाईदिए वास्तविकता थाहा पाएर आफ्नो बाणमा बसालेर लंका पठाईदिए रे । भगवानको शक्ती भएका बाणमै बस्नु पर्ने
आवश्यकता त थिएन भक्ती गरेपछि के लाग्छ । यति बेलाः सम्म पनि दाजू रामका भक्त तथा
दूतलाई पनि नचिन्नु अचम्मै हो । यता औषधि ल्याउन ढीलो भएको देखेर भगवान राम भाई
मर्ने चिन्ताले विलाप पो गर्न थाल्छन्। ठीक समयमा
हनुमान औषधिको पहाडै लिएर आईपुग्छ र वैद्य सुषेण को उपचारले लक्ष्मण स्वस्थ भए भनिएकोछ ।
रावणले युद्ध गर्न कुम्भकर्णलाई उठाए। कुम्भकर्णले पनि रावणलाई शरणमा जान सल्लाह दिए तर रावण मानेनन्।
युद्धमा कुम्भकर्ण रामको हातबाट परमगति प्राप्त गरे । लक्ष्मणले मेघनाद सित युद्ध गरेर हत्या गरिदिए । राम र रावणको बिचमा घोर युद्ध भए र अन्त मा विभीषणले सुझाव दिए अनुसार रावण रामको हातबाट अग्नी बाणबाट मृत्यु भयो।रामको जीत भयो । विभीषणले सहयोग गरेवापत रामले लंकाको राज्य उपहार दिएर राम सीता र लक्ष्मण को साथमा पुष्पकविमान बाट अयोध्या प्रस्थान गरे ।
उत्तरकाण्ड
उत्तरकाण्ड राम कथा को उपसंहार हो। सीता, लक्ष्मण र समस्त वाँदरसेनाको साथमा राम अयोध्या फर्के। राम को भव्य स्वागत भयो, भरत को साथ साथै अयोध्यामा आनन्द व्याप्त भयो । वेद शिव को स्तुति को साथमा राम को राज्याभिषेक सम्पन्न भयो । अभ्यागतहरुको विदाई भयो। रामले राजा भएपछि उपदेश दिए र प्रजाले पनि कृतज्ञता प्रकट गरे ।
चारै दाजु भाईका दुई दुई छोरा जन्मे । रामराज्य एक आदर्श बन्न गयो ।
उपरोक्त कुराहरुको साथ साथै
गोस्वामी तुलसीदास जीले उत्तरकाण्डमा श्री राम-वशिष्ठ संवाद, नारद जी को अयोध्या आएर रामचन्द्र जी को स्तुति गर्नु, शिव-पार्वती संवाद, गरुड़ मोह तथा गरुड़ जी को काकभुशुण्डि जी सित रामकथा एवं राम-महिमा सुन्नु, काकभुशुण्डि को पूर्वजन्मको कथा, ज्ञान-भक्ति निरूपण, ज्ञानदीपक र भक्तिको महान महिमा, गरुड़ को सात प्रश्न र काकभुशुण्डिको उत्तर ईत्यादि विषयहरुको
पनि विस्तृत वर्णन गरेकोछ ।
जहाँ
तुलसीदासले उपरोक्त वर्णन लेखेर रामचरितमानसलाई समाप्त गरेकोछ त्यहीं आदिकवि
वाल्मीकि आफ्नो रामायणमा उत्तरकाण्डमा रावण तथा हनुमानको जन्म सीता को निर्वासन, राजा नृग, राजा निमि, राजा ययाति तथा रामराज्य मां कुकूरको का न्यायको उपकथाहरु लवकुश को जन्म, राम द्वारा अश्वमेघ
यज्ञ को अनुष्ठान तथा त्यस यज्ञमा उनको छोराहरु लव तथा कुश बाट महाकवि वाल्मिक रचित रामायण गायन, सीताको रसातल प्रवेश,]लक्ष्मणको परित्यागको पनि वर्णन गरेकोछ।
वाल्मीकि रामायणमा उत्तरकाण्डको समापन रामको महाप्रयाण पछि भएकोहो ।
रामायणको शिक्षा
रामायणको सबै चरित्र आफ्नो धर्मको पालन गर्दछन् भनिएकोछ । अर्थात धर्मको अर्थ
कर्तव्यहो भन्ने स्पष्ट छ । वास्तवमा लंकाको राजामा अपार शक्ती भएता पनि सिता माथि
कुनै अभद्र व्यवहार गरेको देखिंदैन । तर जंगलमा बस्दा जस्ले चाकरी पुगायो उस्को
लागि बिरोधिको हत्या गर्न पनि नपरेको देखिन्छ । रामको कुशल निशाना भएता पनि बिभिषणको
सहयोग बिना जित्न सक्तैन । अर्थात घरकै आफन्त बिरोधी भएपछी के लाग्छ ।
- राम एक आदर्श पुत्र हो। बुवाको आज्ञा उनको लागि सर्वोपरि मानेकोछ । पतिको रूपमा रामले संधै एक पत्नी व्रतको पालन गरेको देखिन्छ । राजाको रूपमा प्रजाको हित को लागि स्वयंको हितलाई हेय सम्झन्छन् भन्ने देखिन्छन। विलक्षण व्यक्तित्व देखिन्छ उन्को । उनी अत्यन्त वीर्यवान, तेजस्वी, विद्वान, धैर्यशील, जितेन्द्रिय, बुद्धिमान, सुंदर, पराक्रमी, दुष्टहरुको दमन गर्ने, युद्ध एवं नीतिकुशल, धर्मात्मा, मर्यादा पुरुषोत्तम, प्रजावत्सल, शरणागतलाई शरण दिने, सर्वशास्त्रहरुको ज्ञाता एवं प्रतिभा सम्पन्न छन् भनेर उलेल्ख गरेता पनि धेरै ठाउंमा विवादास्पद देखिन्छन।
- सीताको पतिव्रता महान छ। सबै वैभव र ऐश्ववर्यलाई त्याग गरेर रामको साथमा बन जान्छीन् । तर बालहठ जिद्दी स्वभावले गर्दा स्वर्ण मृगको पछाडी दौडीनु अनर्थ देखिन्छ भन्ने या श्रीमती प्रति प्रेम भन्ने ।
- रामायण भातृ-प्रेमको पनि बडो राम्रो उत्कृष्ट उदाहरण पनि झल्कीएकोछ । जहाँ ठूला दाजू प्रति अगाध मायाको कारण लक्ष्मण पनि साथमा वन जान्छन् त्यहीं भरत अयोध्याको राजगद्दीमा दाजूको अधिकार भएकोले आफू नबसेर सम्मानपूर्वक रामको पादुकालाई विराजमान गराउंछन् ।यो रामायणको साह्रै महत्वपूर्ण पक्ष देखिन्छ ।
- कौशल्या एक आदर्श माता हुन। आफ्नो छोरा रामलाई सौता कैकेयीले गरेको अन्याय बिर्सेर कैकेयीको छोरा भरत लाई त्यतीनै मायाँ गर्छिन जति रामलाई गरिन।यहाँनिर सौताको छोरा र आफनोमा कुनै बिभेद गर्दैनन यो उदाहरणीय चित्रण हो ।
- हनुमान एक आदर्श भक्त हुन, उनी रामको सेवा को लागि जे गर्न पनि तयार हुन्छन् ।यो एउटा मालीक भक्तीको नमुना हो भनेमा अत्युक्ती नहोला । शक्तिबाणले बेहोस भएका लक्ष्मण को सेवामा औलोकिक बल देखाएकाछन् जो संजीवनी पहाडै उठाएर ल्याए उनैको कारणले लक्षमणलाई पुनर्जन्म प्राप्त भएको देखिन्छ । रचनाकारले धेरै ठाउंमा अस्वभाविक रुपले कथालाई रोचक बनाउन भक्तीको पराकाष्ठा नाघेर प्रस्तुति गरेको स्पष्ट देखिन्छ ।
- रावण को चरित्र बाट पनि अपार शिक्षा पाईन्छ कि अभिमान नाशको कारण बन्छ ।नकारात्मक पक्षबाट हेर्ने हो भने धेरै ठाउंमा औंल्याउने स्थिति देखिन्छ ।
रामायण
को चरित्रहरुबाट सीखेर मनुष्यले आफ्नो जीवनलाई सार्थक बनाउन सक्छ।
रामायण द्वारा प्रेरित अन्य साहित्यिक महाकाव्यः
वाल्मीकि
रामायणबाट
प्रेरित भएर सन्त तुलसीदास ले रामचरितमानस जस्तो महाकाव्य को रचना गरे जुन कि वाल्मीकिले रचना गरेको संस्कृतमा लेखेको रामायणकै हिंदी
संस्करण हो । रामचरितमानसमा हिंन्दू आदर्शहरुको उत्कृष्ट वर्णन छ त्यसैले यसलाई हिंन्दू
धर्म को प्रमुख ग्रंथ हुने श्रेय प्राप्त भएको हो र
प्रत्येक हिन्दु परिवारमा मात्रै नभएर संगतमा भएका अन्य धर्मावलम्बि
परिवारमा पनि भक्तिभावको साथमा पठन पाठन गिरन् चलनछ ।
यसैको प्रेरणाले हुन सक्छ आदिकवि भानुभक्त आचार्यले
नेपालीहरुको जनबोली भाषामा रामायणाको रचना गरेर चर्चित भए ।
No comments:
Post a Comment