हाम्रो
समाजमा तथा बिभिन्न ग्रन्थमा उल्लेख के गरेको पाईन्छ भने आमा भनेको ममताकि खानी
हुन आफ्ना सन्तानको भरणा पोषणकोलागि हरेक प्रयत्न गरेर आफुलाई मेटाएर पनि
बच्चाहरुको लालन पालन गर्दछिन् र हुन पनि हो यसो विचार गर्दा प्रकृति पनि हाम्रो
आमानै हुनै हाम्रो लागि भोजनको अनेकौ सामग्रिहरु उत्पादन गरेकछिन आफ्नो छातीमा ।
अनौठो अनौठो खानेकुराहरु उपलव्धछन् । हामीलाई प्रयाप्त उर्जाकोलागि प्रकृतिमा जे
पनिछ केवल त्यसलाई जानेर उपभधोग मात्रै गर्न सक्नुपर्यो ।
केहि प्रकृति
सामग्रिको बारेमा उल्लख गर्ने जमर्को गरेकोछु ।
लहसुनःहामीलाई देनिक
जीवनमा कामलाग्ने महत्यपूर्ण मसलाको रुपमा प्रयोग हुन्छ । यो एक प्रकारको यस्तो अमृत
रसायन हो । प्रकृतिमा ६ प्रकारको रसायन उपलव्ध छ । जस्तैः तीतो पीरो टर्रो गुलीयो
अमीलो मधुरो । यसमध्य अमीलो बाहेक सबै रस यस्मा पाईन्छ । यस्मा व्याक्ट्रियालाई
नष्ट गर्ने तरल पदार्थ एल्लीसोन र प्रति जैविक तत्व एल्लीसेन पाईन्छ । जो यि दुबै
पदार्थ ईथरमा सजिलै मिसिन्छ यस्का अतिरिक्त यस्मा उड्ने खालको एक तेल पनि पाईन्छ ।
लहसुन
खानाले मान्छेको दाँत नङ्ग कपाल झर्न रोक्न मद्दत गर्छ ।
यस्को
सेवनले वायुको रोग निवारण गर्न सक्छ नियमित सेवनले सम्भोग शक्त्ती बढाउंछ ।
यस्ले
हाड बलीयो बनाउंछ र पेट सम्बन्धी धेरै रोगलाई नष्ट गर्छ । प्रत्येक दिन एक पोटी
खोल्स्याएर खानाले छाला चाउरी पर्नबाट बचाउंछ ।
वात
रोगकोलागि प्रत्येक दिन १० ग्राम जति
पिसेर घीउमा मिसाएर खानाले पक्षघातलाई उपयोगी हुन्छ ।
यो
दादको लागि लहसुन मसीनो गरि पिसेर मह सित मिसाएर लगाएमा दादको चिलाईमा लाभ हुन्छ ।
बिच्छीले
डसेको ठाउंमा २५ ग्राम जति लहसुनमा२५ ग्राम नै मह मिसाएर बिहान बेलुका चाट्नाले
फाईदा हुन्छ र लहसुनमा नुन पनि मिसाएर पिसेर डसेको ठाउंमा लेप लगाउनाले बिच्छीको
बिष शान्त भएर लाभ हुन्छ ।
रक्त्तचाप
बढेमा पनि लहसुन मरीच सिधेनुन मिसाएर चट्नी बनाएर चाट्नाले लाभ हुन्छ । यसलाई
खानाको साथमा पनि खानाले रक्त्तचाप
सामान्य हुन्छ ।
लहसुनको
अचार पनि बनाउन सकिन्छ लहसुन खोल्स्याएर अमीलोको झोलमा हरीयो खुर्सानी अदुवाको
चोक्टा हालेर घाममा पकाएर पनि खाईन्छ ।
प्याजः आहा प्याज गर्मीको
मौसममा कति रसीलो मीठो हुन्छ खाना सित रुचिकर हुन्छ । मलाई त खाना सित १।२ पिस नभै
हुन्न ।हाम्रो घर परिवारमा मसलाको लागि त अपरिहार्य नै भन्दा फरक पर्दैन चाहे गरीब
होस या धनी । प्याजबाट पनि धेरै रोगको उपचारमा काम लाग्दो रैछ नि ।
कब्जीयत
रहेछ भने प्रत्येक दिन खानाको साथमा प्याज खानाले लाभ हुन्छ । बवासीर पायल्सलाई
पनि लाभकारीछ । १०० ग्राम प्याजको रसमा ५० ग्राम चीनी मिसाएर पिउनाले लाभ हुन्छ ।
चीनीको सट्टा गुँड मिसाउन पनि सकिन्छ । प्याज गर्मीको समयमा खानाले हैजा हुनबाट
बचाउंछ । प्याजको रस कानमा हालनाले ठीक हुन्छ । पत्थरी रोगको लागि प्याजको रस चार चम्मच
भोको खाली पेटमा पिउनाले लाभ हुन्छ ।
सन्दर्भसामग्रिःसरल प्राकृतिक चिकित्सा
No comments:
Post a Comment