Friday, August 24, 2012

गजल जीवनको


मान्छे भई मान्छेलाई मान्छे किन चिन्दैनौ ।
धनी मान्छेले निमुखालाई मान्छे किन गिन्दैनौ ।
सुनका गहना तडकर भडक सक्कली र नक्कलीछन् बजारमा ।
सबै पंहेला गहनाहरुलाई सुन किन भन्दैनौ ।
        धनी मान्छेले निमुखालाई मान्छे किन गिन्दैनौ ।
अपाङ्गताहरु दृष्टिबिहिनतालाई नै भेदभाव गर्छौ ।
शील सदाचार के हो तथ्यज्ञान केहो चिन्दैनौ ।
धनी मान्छेले निमुखालाई मान्छे किन गिन्दैनौ ।
       सरकार चलाउनेले दृष्टिबिहिनताको आवाज छन कत्ति ।
       बुद्ध नेपालमा जन्मे तर बुद्धको धर्म भावना बुझ्दैनौ ।
            धनी मान्छेले निमुखालाई मान्छे किन गिन्दैनौ ।
धर्म र सुम्प्रदायमा के बिभेद छ  अभ्यास गरि हेर ।
       शान्तिपूर्ण समुन्नत समाज केहो अर्थ बुझ्दैनौ ।
  धनी मान्छेले निमुखालाई मान्छे किन गिन्दैनौ ।

       राष्ट्र र राष्ट्रीयताको भाषा टोपी नलाउंदै चिनिन्न ।
       स्वाधिनताको लागि संघर्ष गर्दै कैयौं शहीदहरु चिन्दैनौ ।
  धनी मान्छेले निमुखालाई मान्छे किन गिन्दैनौ ।
       नेपाल कहाँ सम्म थियो अब त टिष्टा र नालापानी पुग्नुपर्छ ।
       देशको मुक्तीका लागि थुप्रै जिउंदा शहीदलाई राज्यले गिन्दैनौ ।
       शील समाधी र प्रज्ञा नभएको मान्छे कस्तो हो ।
         मान्छे भई मान्छेलाई मान्छे किन चिन्दैनौ ।
               धनी मान्छेले निमुखालाई मान्छे किन गिन्दैनौ ।
                                                     #####

No comments:

Post a Comment