Thursday, August 23, 2012

गजल सोमनाको


आफू स्वयम् गरि खान अवस्थाले हुन्दिएन
हाम्रो आवाज मरिगए यो राज्यले सुन्दिएन ।
झ्वाट्ट हेर्दा चट्ट देखिने टाउकाहरु गन्दैगयो ।
अल्पमतका अपाङ्गको गिदी सम्म गन्दिएन ।
    हाम्रो आवाज मरिगए यो राज्यले सुन्दिएन ।
   आफू मैत्री  नीति नियम आफै बनाउन मन थियो ।
हामी जस्ता नेत्रहीनलाई सभासद चुन्दिएन ।
हाम्रो आवाज मरिगए यो राज्यले सुन्दिएन ।
अपाङ्गता सरुवा रोग झै सर्छहोला जस्तैगरि
ठेस लागेर लडदा पनि हात सम्म छुन्दिएन 
हाम्रो आवाज मरिगए यो राज्यले सुन्दिएन ।
सर्वहारा निमुखालाई राहत दिने नीति ल्यायो ।
असहाय र अपाङ्गलाई एक डोरी उन दिएन।
हाम्रो आवाज मरिगए यो राज्यले सुन्दिएन ।
दायां बायाँ ठेस लागेर खाडलमा खस्नुपर्छ ।
हामी मैत्री बाटो घाटो कहिं कसैले खन्दिएन ।
हाम्रो आवाज मरिगए यो राज्यले सुन्दिएन ।
कालोबजार  आडम्बरी दिनानुदिन चर्किंदैछ ।
सहिसत्य अपराधी साबित गरी थुन्दिएन ।
हाम्रो आवाज मरिगए यो राज्यले सुन्दिएन ।
आफू स्वयम् गरि खान अवस्थाले हुन्दिएन ।
                                  
                                      









  सोमना खड्का ( दृष्टिबिहिनता)










No comments:

Post a Comment