नदुख्नु थ्यो मन दुख्यो र पो भूल भयो
ईष्ट मित्र साथी भाई कस्लाई होला नचाहिने ।
गाँसिएको सम्बन्ध टुट्यो र पो भूल भयो ।
नचुक्नु थियो र वचन चुक्यो र पो भूल भयो ।
म पनि त सत्य साबित छैन होला पक्कै ।
तर सारा सर्वस्व लुट्यो र पो भूल भयो ।
नचुकुनु थियो र वचन चुक्यो
र पो भूल भयो ।
तप्प तप्प आँसु झर्नु कुनै नौलो कुरा होईन
उर्लिएर मनको बांध फुट्यो र पो भूल भयो ।
नचुक्नु थियो र वचन
चुक्यो र पो भूल भयो ।
प्रकृतिको नियमै पूरा गर्नै
पर्ने बाध्यताले
अन्जानमै नजर जुध्यो र पो भूलभयो ।
नचुक्नु थियो र वचन
चुक्यो र पो भूल भयो ।
कथा व्यथा जिन्दगिका सुन्ने एउटा जमात थियो ।
रहस्यले रङ्गमन्च उठ्यो र पो भूल भयो ।
नचुक्नु थियो र
वचन चुक्यो र पो भूल भयो ।
संगै संगै यात्रा गर्ने रहर
हुंदा हुंदै
जिन्दगिलाई हांक्ने गाडी छुट्यो र पो भूल भयो ।
नचुक्नु थियो र वचन चुक्यो र पो भूल भयो
।
नदुख्नु
थ्यो मन दुख्यो र पो भूल भयो ।
######
No comments:
Post a Comment