Thursday, August 23, 2012

एक गजल



                                                               जीवनकुमार शाक्य

हजूरको दर्शन गर्न गएको गजूरको दर्शन गरेर आएं ।
जिन्दगि सेवामा समर्पण गर्दा हजूरको आश्वान पाएं 
भोजनमा नूनको कमिले गर्दा आंसु मुछेर खाएं ।
         हजूरको दर्शन गर्न गएको गजूरको दर्शन गरेर आएं ।
देख्नेहरुको तिरस्कार भएर के भो आँखा नदेख्नेहरुको मायाँ पाएं ।
संगीतको ताल नजानेर केभो शोरमा शोर मिलाएर गीत गाएं ।
अनुमानको पनि एउटा हद हुन्छ भने मैले अकुत सम्पत्ती कमाएं।
             हजूरको दर्शन गर्न गएको गजूरको दर्शन गरेर आएं ।
घाम र पानीको मलाई कुनै परवाह छैन बेसाहाराहरुको सहारा बनाएं ।
धनसम्पत्ती र सुख त अभिसाप नै भयो अभाव र दुःखलाई साथ बनाएं।
युवा छंदा पिरती लाउन जानिन दृष्टिबिहनताहरु सित मायाँ लाएं ।
             हजूरको दर्शन गर्न गएको गजूरको दर्शन गरेर आएं ।
के खायो के खाएन के भयो के गर्यो हेरकपल उतै मन लगाएं ।
छामेर लेखपढ गर्ने  छामेरै संसार देख्ने सेवाको संस्था बनाएं ।
आफ्नो कमाईको अलिकति भाग खुत्रुकेमा खनाएर पनि मगन्ते जनाएं ।
             हजूरको दर्शन गर्न गएको गजूरको दर्शन गरेर आएं ।
गजल रचना गर्छु भन्दा भन्दै यस्तो कबिता पो बनाएं ।
पत्रकारिता मेरी ईतिहांस भएछ त्यसैले त बुढो पत्रकार भनाएं ।
जिन्दगि डेरामा बिताई ऋण पाएर एउटा घर बनाए ।
के कमाए के गुमाए जिन्दगिमा आफूलाई समाजस्वी बनाएं ।
          हजूरको दर्शन गर्न गएको गजूरको दर्शन गरेर आएं ।



No comments:

Post a Comment