Friday, August 24, 2012

मेरो गजल


तिमि बिनाको जीवन बिताउने कुनै चाह छैन ।
नबिताई नहुने यो जिन्दगिमा कुनै राह पनि छैन।
कहिले काहिं सोंच्छु तिमी नभै नहुने कस्ति हौ ?
अब त शरीर पनि यस्तो भयो स्वादिष्टको चाहछैन ।
        नबिताई नहुने यो जिन्दगि कुनै राह पनि छैन।
आज भोली कुन्नी के हो काम पनि छैन फुर्सद पनि छैन
तिम्रो जवानीलाई नियालि रहने अब कुनै चाह छैन ।
नबिताई नहुने यो जिन्दगिमा कुनै राह पनि छैन।
तिमी नै भन म के गरुं  मरुं कि बाँचु
अभावै अभावमा बित्यो जिन्दगि ।
नबिताई नहुने यो जिन्दगि कुनै राह छैन ।
बर्षाको मौसम जस्तै भयो तिम्रो प्रेम पनि
तिमी सिवाय अरुलाई हेर्ने कुनै चाहछैन ।
नबिताई नहुने यो जिन्दगिमा कुनै राह पनि छैन।
अब त शरीर र उमेरले चाहनालाई फुल्नै दिंदैन
मनले जति चाहे पनि शरीरले थाहा दिंदैन ।
      नबिताई नहुने यो जिन्दगि कुनै राह पनि छैन।
भन्नेले त के के भन्दाहुन मलाई देखेर
नदेख्नेहरुको साथ हिंडीरहन्छ कस्तो छिल्लर थाह छैन ।
       तिमि बिनाको जीवन बिताउने कुनै चाह छैन ।
       नबिताई नहुने यो जिन्दगि कुनै राह पनि छैन।

No comments:

Post a Comment