Wednesday, June 19, 2013

त्रिरत्न वन्दना र अर्थ





बुद्ध रत्न
धर्म रत्न
संघ रत्न

बुद्ध वन्दना

नमोः तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स । ईतिपिसो भगवा अरहं सम्मा सम्बुद्धो विज्जाचरण सम्पन्नो सुगतो लोकविदू अनुत्तरो पुरट्ठदम्म सारथि सत्था देवमनुस्सान बुद्धो भगवा ति ।
ये च बुद्धा अतीता च ये बुद्धा उनिअनागाता ।
पचुपन्ना च ये बुद्धा अहं वन्दामी सब्बदा ।
नत्थी मे सरणं अञ्ञं बुद्धो मे सरण वरं ।
एतेन सच् वज्जेन होतु मे जय मङ्गलम् ।
उत्तमङ्गेन वन्देहं पादपंसु वरुत्तम तं ममं ।
बुद्ध जीवितपरियन्तं सरणं गच्छामि ।
बुद्ध वन्दनाको अर्थ


भगवान अरहत सम्यकसम्बुद्धलाई नमस्का। सबैअर्थात नमस्कार तपाईलाई भगवत्ता प्राप्त गरेका अरहत भएका सबै आफै भएकाबुद्धहरुलाई । उनी भगवान अरहं ब्रम्हादिदेव मनुष्यहरुले पुजा गर्न योग्य राग व्देषादि सम्पूर्ण शत्रुलाई दमन गरिसक्नुभएका कहिल्यै गुप्तताप नगरेका । सम्मा सम्बुद्धो= सम्पूर्ण धर्मलाई बिशेष रुपले स्वयं जानेर ग्रहण गरेका ।बिज्जाचरण सम्पन्नो=तीन विद्या आठ विद्या पन्ध्रचरणले सम्पूर्ण भएका । सुगतो= मृत्यु हुनुबाट रहित भैरहेको निर्वाण प्राप्त लोकविदू=सत्तलोक संखारलोक ओकाश लोक यि तिनै लोकलाई जानेका । अनुत्तरो पुरीस दम्म सारथि= देव मनुष्य तिर्यक र वेनेय्य प्राणीहरुलाई असदिस रुपले सभ्यहुने गरी दमन गरेका । सत्था देव मनुस्सांन=ब्रम्हादिदेव मनुष्यहरुको शास्ता गुरु बुद्धो =चतुर्यार्यलाई भिन्न गरिसत्य भिन्न भिन्न गरी छुट्याई जानेका । भगवा= छ प्रकारको भाग्य गुणले सम्पन्न हुनुहुन्छ ।
उनी सम्यकसम्बुद्धलाई नमस्कार पहिला भएका बुद्धहरु पछिहुने बुद्धहरुलाई पनि मैले संधै वन्दना गर्दछु । बुद्ध बाहेक मेरो अरु शरण छैन बुद्ध नै उत्तम शरण हो । यो सत्य वचनको प्रभावले मलाई जय मङ्गलहोस । उनको पाउको धुलोलाई पनि म श्रेष्त्तम सम्झेर शीरले वन्दना गर्दछु । यदि बुद्ध प्रति केहि अपराध गरिराखेकोभए त्यसलाई बुद्धले क्षमा गर्नुहोस ।
जीवन छउन्जेलसम्म म बुद्धको शरणमा जान्छु ।
 यहाँ शरणको अर्थ बुद्धको ज्ञान धारण गर्ने हो भनेर बुझ्नुपर्छ । अभिवादन कुनै व्यक्तिको होईन शरण पनि कुनै व्यक्तिमा होईन यहाँ गौतम बुद्ध शरणम पनि भनिएकोछैन सिद्धार्थ गौतम वा शाक्यमुनी बुद्ध शरणम पनि भनिएको छैन आफू भन्दा अगाडि भैसकेका र पछि हुने बुद्धलाई अभिवादन गरिएकोछ । वहाँ मनु
ष्य मात्रको गुरु होईन देवताहरुको पनि गुरु हुनुहुन्छ त्यसैले यस्मा रत्तिभर पनि साम्प्रदायिकता छैन यस्मा संकुचित हुनुपर्ने कुरा नै छैन ।

धर्म वन्दना
स्वाक्खातो भगवतो धम्मो सन्दिटिठको, अकालिको,
एहिपस्सिको, ओपनयिको, पच्चंत्तं वेदितब्बो विञ्ञू ही ति ।
नमो तस्स निय्यानिकस्स धम्मस्स ।
ये च धम्मा अतीता च, येच धम्मा अनागता ।
पच्चुपन्ना च ये धम्मा, अहं वन्दामि सब्बदा ।
नत्थि मे सरणं अञ्ञं धम्मो मे सरणं वरं ।
एतेन सच्च वज्जेन, होतु मे जयमङ्गलं ।
उत्तमङ्गेन वन्देह, धम्मञ्च दुविधं वरं ।
धम्मे यो खलितो दोसो, धम्मो खमतु तं मम ।
धम्म जीवीत परियन्तं सरणं गच्छामि ।
धर्म वन्दनाको अर्थः

उनी भगवान बुद्धको देशना गर्नुभएको धर्म स्वाक्खातो=आदि मध्य अन्त सम्म कल्याण हुने रुपले देशना गर्नुभएकोछ । सन्दिटिठको = यहाको यही नै फःल दिने अथवा आर्यपुद्गलहरुले आफैले सात्क्षात्कार गर्न योग्य भएको । अकालिको,=समय नबित्दै फःल प्राप्त हुने । एहिपस्सिको,= आएर हेर भनिकन बोलाई देखाउन योग्य भएको । ओपनयिको=बार्यहरुलाई निब्बाण सम्म पुर्याईदिने । पच्चंत्तं वेदितब्बो विञ्ञू ही ति ।=विव्दानहरुले अलग अलग छुट्याई आफैले अनुभव गरेर जान्न बुझ्न सक्ने भएको हो ।
त्यस्ता निर्वाणमा पुर्याउने धर्मलाई नमस्कार ।
पहिले भएको धर्मलाई पछि हुने धर्मलाई र अहिले भईरहेको धर्मलाई सदैव वन्दना गर्दछु । धर्म बाहेक अरु मेरो सरण छैन धर्म नै मेरो उत्तम सरण हो यो सत्य वचनको प्रभावले मलाई जयमङ्गल होस ।
लौकिक र लोकोत्तर रुपले दुई प्रकारले पनि उत्तम भउको धर्मलाई म शीरले वन्दना गर्दछु । यदि धर्म प्रति केही अपराध गरी राखेकोभए त्यसलाई धर्मले क्षमा गर्नुहोस ।
जीवन छउन्जेल म धर्मको शरणमा जान्छु ।
अब यहाँ गहीरो रुपले विचार गर्नुपर्ने कुरा साम्प्रदायिकरुपले बुद्धधर्मलाई वन्दना भनिएकोछैन शुद्ध धर्मलाई जो पहिले देखि थियो अहिलेछ र पछि हुनेलाई भनिएकोछ । आफैले अभ्यास गरेर हेर भनिएकोछ । यहाँ गौतम बुद्धको धर्म वा सिद्धार्थ शाक्यको धर्मलाई वन्दना भनिएकोछैन कुनै व्यक्तिलाई वन्दना भनिएकोछैन । प्रकृतिमा भएको वास्तविकता नै धर्म भन्ने स्पष्टछ ।
संघको वन्दनाको अर्थ
सुपटिपन्नो भगवतो सावक संघो, उजुपटिपन्नो भगवतो सावकसंघो, ञायपटिपन्नो भगवतो सावकसंघो, सामिचिपटिपन्नो भगवतो सावकसंघो , यदिदं चत्तारि पुरिसयुगानि अट्ठपुरिसपुग्गला एस भगवतो सावकसंघो आहुनेय्यो पाहुणेय्यो दक्खिणेय्यो अञ्लिकरणीयो अनुत्तरं पुञ्ञक्खेत्तं लोकस्सा ति ।
नमो तस्स अट्डारियपुंग्गल महांघस्स ।
ये च संघा अतीता च ये च संघा अनागता ।
पच्चुपन्ना च ये संघा, अहं वन्दामि सब्बदा ।
नत्थि मे सरणं अञ्ञं, संघो मे सरणं वरं ।
एतेन सच्च वज्जेन होतु मे जय मङ्गलम् ।
उत्तमङ्गेन वन्देह, संघञ्च तिविधुज्ञमं ।
संघे यो खलितो दोसो, संघो खमतु तं मम ।
संघ जीवित परियन्तं सरणं गच्छामि ।
उनी भगवान बुद्धका श्रावक संघहरु सुपटिपन्नो= जस्तो उपदेश गर्नुभएकोहो त्यस्तै आचरण गर्नुहुने । उजुपटिपन्नो सोझो आचरण गर्नुहुने । ञायपटिपन्नो= निर्वाणको हेतुले आचरण गर्नुहुने । सामिचिपटिपन्नो= आदर सत्कार गर्न योग्य हुने रुपले आचरण गर्नुहुने । यस्ता मार्ग चार र फःल चारका हिसाबले जुन चार जोडा उत्तम पुरुषहरुहुनुहुन्छ वहाँहरु एक एकको हिसाबले आठजना पुद्गलहरु हुनुहुन्छ वहाहरु आहुनेय्यो= आह्वान गर्न योग्य हुनुहुन्छ । पाहुणेय्यो=पाहुना सत्कार गर्न योग्य हुनुहुन्छ ।। दक्खिणेय्यो= निर्वाणसम्मको विश्वास राखी दिएको दानलाई ग्रहण गर्न योग्य हुनुहुन्छ । अनजलिकरणीयो= उत्तम फलदिने आशाले हात बिन्ति गर्न योग्य हुनुहुन्छ ।अनुत्तरं पुञ्ञक्खेत्तं लोकस्सा= ब्रम्हा देव मनुष्य तीनै लोकको बेजोड भएको पुण्यरुपी बिउ रोप्न अति उत्तम खेत समान हुनुहुन्छ ।
यस्ता आठ पुद्गल महासंघहरुलाई नमस्कार । पहिले हुनुभएका संघहरु पछिहुने संघहरु र अहिले हुनुभएका संघहरुलाई पनि म संधै वन्दना गर्दछु ।
संघ बाहेक अरु मेरो सरण छैन संघनै उत्तम शरण हो । यो सत्य वचनको प्रभावले मलाई जय मङ्गलहोस ।
तीन प्रकारले उत्तमसंघहरुलाई म शीरले वन्दना गर्छु यदि संघ प्रति कुनै अपराध गरी राखेकोभए त्यसलाई संघले क्षमा गर्नुहोस ।
जीवन छउन्जेल म संघको शरणमा जान्छु ।
ल विचार गरौं कस्तोलाई संघ भनियो कस्तोको सरओमा जानलाई प्रतिज्ञा गरीयो ।
यहि हो बुद्धको शरण धर्मको शरण र संघको शरण ।



No comments:

Post a Comment