- बौद्ध दर्शनमा गण्डव्यूह जस्तै यो सूत्र पनि अवतंसकको एक भाग मानिन्छ । यसमा बोधिसत्त्वको दश आर्यभूमिहरुको विस्तृत वर्णन गरीएको पाईन्छ, जुन भूमिहरुमा क्रमश: अधिरोहण गर्दै बुद्धत्व अवस्था सम्म साधक पुग्छ । 'महावस्तु'मा यस सिद्धान्तको पूर्वरूप उपलब्ध हुन्छ । यस ग्रन्थमा उक्त सिद्धान्तको परिपाक भएकोछ ।
- महायानमा यस सूत्रको अतिउच्च स्थान रहेकोछ । यसलाई दशभूमिक, दशभूमीश्वर एवं दशभूमिक नामले पनि जानिन्छ ।
- आर्य असंगले 'दशभूमक' शब्दको नै प्रयोग गरेकोछ । यसको लोकप्रियता एवं प्रामाणिकता मा योह प्रमाण छ कि अत्यन्त प्राचीनकालमा नै यस्को तिब्बती, चीनी, जापानी एव मंगोलियन अनुवाद भएकोथियो ।
- श्री धर्मरक्षले यसको चीनीया अनुवाद ई. सन् २९७मा गरेको थियो । यसको प्रतिपादनको शैलीमा लामोलामो समस्त पद एवं रूपकहरुको भरमारैछ ।
- ज्ञात छ कि महायानमा दस आर्यभूमिहरु मानीन्छ, यथा- प्रमुदिता, विमला, प्रभाकरी, अर्चिष्मती, सुदर्जया, अभिमुखी, दूरङ्गमा, अचला, साधुमती एवं धर्ममेधा।
- आर्यावस्था देखि पूर्व जो पृथग्जन भूमि हुन्छ, त्यसलाई 'अधिमुक्तिचर्याभूमि' भनिन्छ । महायानमा पाँच मार्ग हुन्छन- सम्भारमार्ग, प्रयोगमार्ग, दर्शनमार्ग, भावनामार्ग एवं अशैक्षमार्ग। दर्शनमार्ग प्राप्त भएपछि बोधिसत्त्व 'आर्य' भनिन थाल्छ । उपर्युक्त दस भूमिहरु आर्यको भूमिहरु हुन । दर्शन मार्गको प्राप्ति देखि पूर्व बोधिसत्व पृथग्जन हुन्छ । सम्भारमार्ग एवं प्रयोगमार्ग पृथग्जनमार्ग हुंन र तिनको भूमि अधिमुक्तिचर्याभूमि भनिन्छ ।
- महायान गोत्रीय व्यक्ति बोधिचित्तको उत्पाद गरेर महायानमा प्रवेश गर्छ । पृथग्जन अवस्थामा सम्भार मार्ग एवं प्रयोगमार्गको अभ्यास गरेर दर्शन मार्ग प्राप्त गर्नेबित्तिकै आर्य भएर प्रथम प्रमुदिता भूमि प्राप्त गर्छ ।
- पारमिताहरु पनि दश हुन्छ, यथा-दान, शील, क्षान्ति, वीर्य, ध्यान, प्रज्ञा, उपायकौशल, प्रणिधान, बल एवं ज्ञान ( प्रज्ञा ) पारमिता। बोधिसत्त्व प्रत्येक भूमिमा सामान्यतया: यि सबै पारमिताहरुको अभ्यास गर्छ, तर प्रत्येक भूमिमा कुनै एक पारमिताको प्राधान्य हुनेगर्छ । ग्रन्थमा यि भूमिहरुको वैशिष्ट्यको विस्तृत प्रतिपादन गरीएकोछ -
प्रमुदिता
सम्बोधिलाई तथा सत्वहितको
सिद्धिलाई आसन्न देखेर यस भूमिमा
प्रकृष्ट (तीव्र) मोद (हर्ष) उत्पन्न
हुन्छ, अत: यसलाई 'प्रमुदिता' भूमि भनिन्छ । यस अवस्थामा बोधिसत्व पांच भयहरुबाट मुक्त हुन्छ, यथा- जीविकाभय, निन्दाभय, मृत्युभय, दुर्गतिभय एवं परिषद्शारद्य (लाजको) भय। जुन बोधिसत्त्व
प्रमुदिता भूमिमा अधिष्ठित हुन्छ, उ जम्बूद्वीपमाथि
आधिपत्य गर्न सामर्थ हुन्छ । यस भूमिमा
बोधिसत्त्व सामान्यत: दान, प्रियवचन, परहितसम्पादन (अर्थचर्या) एवं समानार्थता (सर्वधर्मसमता)- यि कृत्यहरुको सम्पादन गर्छ । विशेषत: यस भूमिमा उस्को दानपारमिताको पूर्ति हुन्छ ।
विमला
दौ:शील्य एवं आभोग
आदि सबै मलहरुबाट व्यपगत (रहित) हुनाले यो
भूमि 'विमला' भनिन्छ । यस भूमिमा बोधिसत्त्व शीलमा प्रतिष्ठित भएर दश प्रकारको
कुशलकर्महरुको सम्पादन गर्छ। यस भूमिमा चार संग्रह वस्तुहरुमा
प्रियवादिता एवं शीलपारमिताको प्राधान्य हुन्छ ।
प्रभाकरी
विशिष्ट (महान) धर्मको
महसुस गराउनाले यो भूमि 'प्रभाकरी' भनिन्छ । यस अवस्थामा बोधिसत्त्व सबै संस्कार धर्महरुलाई(यहाँ प्रकृतिको नियमलाई भनिएकोहो ) अनित्य, दु:ख, अनात्म एवं शून्य देख्छ । सबै वस्तुहरु उत्पन्न भएर नष्ट हुन्छ
। ति अतीत अवस्थामा संक्रान्त हुंदैन,
भविष्यमा कहीं गएर स्थित हुंदैन तथा
वर्तमानमा पनि कतै त्यसको अवस्थान हुंदैन । शरीर दु:ख स्कन्धात्मक हो- यस्तो
बोधिसत्त्व अवधारण गर्छ ।
त्यस्मा शान्ति, शम, औदार्य एवं प्रियवादिता
आदि गुणहरुको उत्कर्ष हुन्छ ।
यस भूमिमा अवस्थित बोधिसत्त्व इन्द्रको
समान बन्छ । यस भूमिमा सहित चर्या बलवती हुन्छ र शान्तिपरामिताको आधिक्य हुन्छ तथा बोधिसत्व अरुमा धर्मको महसुस गर्छ ।
अर्चिष्मती
बोधिपाक्षिक प्रज्ञा यस
भूमिमा क्लेशावरण एवं ज्ञेयावरणको दहन
गर्छ अर्थात नष्ट गर्छ । बोधिपाक्षिक
धर्म अर्चिष् (ज्वाला)को समान हुन्छ । फलत:
बोधिपाक्षिक धर्म र प्रज्ञाले युक्त
हुनाले यो भूमि 'अर्चिष्मती' भनिन्छ । बोधिसत्त्व यस भूमिमा दश प्रकारको धर्मालोकको साथ
अधिरूढ हुन्छ । बोधिपाक्षिक धर्म सैंतीस हुन्छ ।, यथा-चार
स्मृत्युपस्थान, चार प्रधान, चार ऋद्धिपाद, पाँच इन्द्रिय,
पाँच बल,
सात बोध्यङ्य र आठ आर्यमार्ग
(आर्यअष्टाङ्गिक मार्ग) बोधिसत्त्व यि बोधिपाक्षिक धर्महरुको यस भूमिमा विशेष लाभ गर्छ । अन्य पारिमताहरुको अपेक्षा यस भूमिमा वीर्यपारमिताको प्रधानता हुन्छ तथा संग्रह वस्तुहरुमा
समानार्थता धेरै उत्कर्षलाई प्राप्त हुन्छ ।
सुदुर्जया
बोधिसत्व यस भूमिमा सत्वको
परिपाक र आफ्नो चित्तको विशेष
रूपबाट रक्षा गर्छ । यि दुबै कार्य
अत्यन्त दुष्कर छ । यि माथि जय
प्राप्त गर्नाले यो भूमि 'सुदुर्जया' भनिन्छ। बोधिसत्त्व यस
भूमिमा दस प्रकारको चित्तविशुद्धिहरुलाई प्राप्त गर्छ तथा चतुर्विध आर्यसत्वको यथार्थज्ञानको लाभ गर्छ । यस स्थितिमा बोधिसत्त्वलाई
यो उपलब्धि हुन्छ कि सम्पूर्ण विश्व शून्य हो । सबै प्राणिहरुको
प्रति उसमा महाकरुणाको प्रादुर्भाव हुन्छ तथा महामैत्रीको आलोक उत्पन्न हुन्छ
। उ दान, प्रियवादिता एवं धर्मोपदेश आदि व्दारा संसारमा कल्याणको मार्गको निर्देश गर्छ
। यस भूमि मा अन्य पारमिताहरुको अपेक्षा
ध्यानपारमिताको प्रधानता हुन्छ ।
अभिमुखी
यस भूमिमा प्रज्ञाको
प्राधान्य हुन्छ । प्रज्ञापारमिताले गर्दा संसार र निर्वाण दुबैमा प्रतिष्ठित
नहुनाले यो भूमि संसार र निर्वाण दुबैको अभिमुख हुन्छ । यसैले 'अभिमुखी' भनिन्छ
। यस भूमिमा बोधिसत्व बोध्यङ्गहरुको
निष्पत्तिको विशेष प्रयास गर्छ । यस भूमिमा प्रज्ञापारमिता अन्य पारमिताहरुको
अपेक्षा धेरै प्रधान हुन्छ ।
दूरङ्गमा
सम्बोधि प्राप्त गराउने
एकायन मार्गबाट अन्वित हुनाले
यो भूमि उपाय र प्रज्ञाको क्षेत्रमा
टाढा सम्म प्रविष्ट छ, किनकि
बोधिसत्व अभ्यासको सीमालाई पार गरेकोछ, यसैले यो भूमि 'दूरङ्गमा' भनिन्छ । यस अवस्थामा
बोधिसत्त्व शून्यता, अनिमित्त र अप्रणिहित यि त्रिविधि विमोक्ष वा
समाधिहरुको लाभ गर्छ । यस भूमिमा अन्य पारमिताहरुको अपेक्षा 'उपायकौशल पारमिता' धेरै बलवती हुन्छ ।
अचला
नामबाट नै स्पष्ट छ
कि यस भूमि माथि अधिरूढ हुनाले बोधिसत्त्वको परावृत्ति (पछाडी
फर्कने) सम्भावना हुंदैन । यस भूमिमा उ
अनुत्पत्तिक धर्मक्षान्तिबाट समन्वित हुन्छ । निमित्ताभोगसंज्ञा र अनिमित्ताभोगसंज्ञा यि दुबै संज्ञाहरुबाट विचलित नहुनाले यो
भूमि 'अचला' भनिन्छ । यस भूमि को लाभ गर्नाले बोधिसत्त्व निर्वाणको पनि
इच्छा गर्दैन, किनकि यस्तो गर्नाले सबै दु:खी प्राणिहरुको कल्याण गर्ने उनको जुन प्रतिज्ञा छ,
त्यसको भङ्ग हुने आंशका हुन्छ । ति लोकमा
नै अवस्थान गर्छन । यिनको पूर्व प्रणिधान यस अवस्थामा बलवान् हुन्छ
। जुन बोधिसत्त्व यस भूमिमा अवस्थान गर्छन, उनमां आयुर्वशिता, चेतोवशिता, कर्मवशिता आदि दश
वशिताहरु तथा अशयबल, अध्याशय बल, महाकरुणा आदि दश बल
सम्पन्न हुन्छन । यस भूमिमा अन्य
पारमिताहरुको अपेक्षा 'प्रणिधान
पारमिता'
को आधिक्य रहन्छ ।
साधुमती
चार प्रतिसंविद्
(विशेष ज्ञान) हुन्छ, यथा- धर्मप्रतिसंविद्
अर्थप्रतिसंविद्, निरुक्तिप्रतिसंविद्
एवं प्रतिभानप्रतिसंविद्। यस भूमिमा बोधिसत्व यि चारैं प्रतिसंविद्मा प्रवीण
(=साधु अर्थात कर्मण्य)हुन्छ, यसैले यो भूमि 'साधुमती' भनिन्छ । धर्मप्रतिसंविद्को व्दारा वह धर्महरु स्वलक्षणलाई
जान्दछ । अर्थप्रतिसंविद्को व्दारा धर्महरुको विभागलाई जान्दछ ।
निरुक्तिप्रतिसंविद्को व्दारा धर्महरुलाई अविभक्त देशनालाई जान्दछ तथा
प्रतिभानप्रतिसंविद्को व्दारा धर्महरुको अनुप्रबन्ध अर्थात्
निरवच्छिन्नतालाई जान्दछ । यस अवस्थ्मा
बोधिसत्व कुशल र अकुशलहरुलाई निष्पत्ति को प्रकारलाई ठीक-ठीक जान्दछ । यस भूमिमा पारमिताहरुमा 'बल पारमिता'को प्राधान्य हुन्छ ।
धर्ममेघा
धर्म रूपी आकाश विविध
समाधि मुख र विविध धारणीमुख रूपी मेघहरुबाट यस भूमिमा व्याप्त हुनजान्छ, अत: यो भूमि 'धर्ममेघा' भन्छ । यो भूमि अभिषेक भूमि आदि नामहरुबाट
पनि परिचित छ । यस भूमिमा बोधिसत्त्वको
'सर्वज्ञानाभिषेक समाधि' निष्पन्न हुन्छ ।
बोधिसत्व जब यस समाधिको लाभ
गर्छ तब ति 'महारत्नराजपद्म' नामक आसनमाथि उपविष्ट
देखिन्छ । ति अज्ञानबाट उत्पन्न क्लेश रूपी अग्निको धर्ममेघको वर्णनबाट
उपशमन गर्छन । अर्थात् क्लेशरूपी अग्निलाई निभाईदिन्छ, यसैले यस भूमिको नाम 'धर्ममेघा' हो । यस भूमिमा उनको 'ज्ञानपारमिता' अन्य पारमिताहरुको
अपेक्षा प्राधान्यको लाभ गर्छ ।
भवतु सब्ब मङ्गलम् ।
No comments:
Post a Comment