एकदिनएक श्रावस्तिवासी आफ्नो हराएको गाई खोज्दै जङ्गलमा घुम्दै थगाकेर
पनि भेट्टीएन।भिक्षुहरुबाट अवश्य नै खानेकुरा केहि पाईएला यो सोंचेर बिहार भित्र
पस्यो । त्यहाँ केहि भोजनअहिले केहि बचेको थियो। भिक्षुले आगन्तुक कुलपुत्रलाई
देखेर भन्यो यस पात्रमा अलिकति भोजन बचेकोछ खाउ । उस्ले त्यो भोजन खायो । भोजन
स्वादिष्ट थियो । उस्लाई मीठो लाग्यो । भिक्षुहरु सित सोधेर थाहाभयो कि बौद्ध
बिहारमा प्रतिदिन उपासकहरुले भोजन दान गर्थ्यो । त्यो खुशि भयो र सोंच्यो यति
परश्रम को जिन्दगि के फाईदा? किन म पनि
प्रवज्जित नगरुं । बिना कुनै परिश्रम कै स्वादिष्ट भोजन खान पाईन्छ भने । यस्तो
सोंचेर उस्ले भिक्षुहरुसित प्रवज्याको लागि निवेदन गर्यो। भिक्षुहरुले स्विकृत
गरेरप्रवज्जित भयो ।अब उसलाई गृहस्तहरुबाट लाभ सत्कार पाउन थाल्यो । शारिरीक
परिश्रम गर्नुपर्ने केहिथिएन र केहि दिनमा मोटायो र उस्ले विचार गर्यो कि घरघर गएर
भिक्षाटन गर्न बेकारछ किन फेरि गृहस्थ नहोउं अनि उ गृहस्थ भयो । तर गृहस्थजीवनमा त
शारिरीक परिश्रम गर्नुपर्छ त्यसैले उ फेरि दुब्लायो । अनि फेरि उस्लाई बिहारको
सम्झना आयो ।भिक्षुहरुलाई प्रवज्जित गरिदिन अनुरोध गर्यो । भिक्षुहरुले पनि फेरि
प्रवज्जित गरिदियो । यस प्रकार प्रवज्जित हुने र गृहस्थ हुने क्रम जारी
भयो।भिक्षुहरुले उस्को मनको स्थितिदेखेर सोंच्यो यो चित्तको अधिन भएर यसप्रकार
गरिरहेकोछ । त्यसैले भिक्षुहरुले उस्को नाम नै चित्तहस्त राखिदियो ।चित्तहस्तको
घरबाट बिहार र बिहार बाट घर आउने जाने क्रममा उस्को श्रीमती गर्भवती भईन । सातौं
पटकको कुरा हो जङ्गलबाट फर्केर उस्ले खेतीको औजार घरमा राखेर सोंच्यो र देख्यो
उस्को श्रीमती खाटमा सुतेकिथिईन र सारी यताउती फैलिएर नाङ्गिएकि थिईन र घुर्दै
मुखबाट र्याल निकालेकिथिईन नाकबाट आवाज आईरहेकोथियो । उस्को फुलेको शरीर देखेर
यस्तो लाग्यो मानो एक लाश हो । त्यस शरीरलाई देखेर उस्लाई लाग्यो यो जीवन त
साँच्चै दुःखमय छ । म कतिपटक भीक्षु भएँ तर श्रीमतीको माँयाले गर्दा भिक्षु भएर
बस्न सकिन । यो आईमाईको शरीर पनि अनित्य हो दुःखपूर्णछ । यस्तो सोंचेर उस्ले आफ्नो
चीवर लियो र सातौंपटक प्रवज्जित हुन गयो ।
चित्तहस्त पूरै मार्ग यो संसार दुःखमयछ यसमा चिन्तन गरिरह्यो । विहार
पुग्दा पुग्दै उस्ले स्रोतापन्न स्थिति प्राप्त गर्यो । बिहारमा पुगेर सातौंपटक
भिक्षुहरुलाई प्रवज्याको लागि अनुरोध गर्यो । भिक्षुक्षुहरुले मानेन र भन्यो तिमीले
प्रवज्याको महत्व के जान्यौ र । तम्रो अनुहार सडकमा भएको ढुङ्गा जस्तै पटक पटक रगड
खाएकोजस्तै छ तर कुनै असरछैन तिमीलाई अब बानी नै परिसक्यो तिमीलाई प्रवज्या हुन
सक्तैन । भन्ते !
एकपटक अन्तिमपटक
कृपा गर्नुहोस मलाई प्रवज्या दिनुहोस । भिक्षुहरुले पुरानो उपकारको सम्झेर उस्लाई
फेरि प्रवज्या गरिदियो केहिदिनमै अर्हत भयो ।
उता ठट्टा गरेर भिक्षुहरुले चित्तहस्त भन्न थाल्यो के छ चित्तहस्त ? धेरैदिनभयो यसपटकश त गृहस्थ हुन ढीलो भयो त तब
चित्तहस्तले भन्यो संसारमा आसक्ति रहनाले म अहिले सम्म पटक पटक घर जाँदै गरें तर
अब त्यसघरमा मेरो अब आसक्ती रहेन अब म जाँदीन । भिक्षुहरुलाई लाग्यो चित्तहस्तले
झूठो बोलीरहेकोछ । अतः उस्लाई भगवानको समक्ष लगेर सबै कुरा भने । तब शास्ताले
भन्नुभयो कि उस्ले साँचो बोलिरहेकोछ । पहिला यस्को चित्त स्थिर थिएन त्यसैले पटक
पटक आउने जाने गर्थ्यो तर अब अर्हत्व प्राप्त गरेर चित्त स्थिर भएकोछ । त्यसैले अब
उस्लाई पटक पटक आउने जाने आवश्यक पर्दैन । तब भगवानले यो गाथा भन्नुभयो।
फन्दनं चपलं चित्तं दूरक्खं दुन्निवारयं ।
उजुं करोति मेधावी उसुकारो व तेजनं ।
अर्थः यो चित्त चंचल
छ चपल छ कठीनाईले
यसको संरक्षण र कठिनाई
बाट निवारण हुन्छ ।
मेधावी पुरुष यसलाई
त्यस्तै सिधा गर्छ जसरी बाण बनाउने गर्छ ।
भवतु सब्ब मङ्गलम् ।
No comments:
Post a Comment