निर्वाण को शाब्दिक अर्थ हो -
'निभेको' (दीयो आगो, आदि)। तर बौद्ध,
जैन धर्म र वैदिक धर्ममा यसको विशेष अर्थ छ। श्रमण
विचारधारामा (संस्कृत:
निर्वाण;पालि :
निब्बान;) पीड़ा या दु:खबाट मुक्ति पाउने स्थिति हो। पालीमा "निब्बाण" को अर्थ हो
"मुक्ति पाउनु- अर्थात, लोभ,
घृणा र भ्रम को आगोबाट मुक्ति। यो बौद्ध
धर्म को ध्रुवसत्य हो र जैन धर्मको मुख्य सिद्धांत ।
यद्यपि
'मुक्ति' को अर्थमा निर्वाण शब्दको प्रयोग
बिभिन्न हिन्दू ग्रन्थहरुमा पाईन्छ, तथापि यो शब्द बौद्धहरुको पारिभाषिक हो। सांख्य, न्याय, वैशेषिक, योग, मीमांसा (पूर्व) र वेदान्तमा क्रमशः मोक्ष,
अपवर्ग, निःश्रेयस, मुक्ति या स्वर्गप्राप्ति तथा कैवल्य शब्दहरुको व्यवहार भएकोछ
तर बौद्ध दर्शनमा बराबर निर्वाण शब्द नै आएकोछ र त्यसको विशेष रूपले व्याख्या
गरीएकोछ ।
बौद्ध
धर्मको दुई मूख्य शाखाहरुछन्—हीनयान
र महायान । यसमध्य हीनयान शाखाको सबै ग्रन्हरुथ पाली भाषामा
छ र बौद्ध
धर्मको मूल रूपको प्रतिपादन गर्छ । महायान शाखा कहे पछिको हो भनिन्छ र यसको सबै
ग्रंथ सस्कृतमा लेखिएकोछ । महायान शाखामा नै अनेक आचार्यहरु द्वारा बौद्ध सिद्धांतहरुको
निरूपण गहीरो तर्कप्रणाली द्वारा दार्शनिक दृष्टिबाट भएको हो । प्राचीन
कालमा वैदिक आचार्यहरुको जुन बौद्ध आचार्यहरुबाट शास्त्रार्थ हुन्थ्यो ति प्रायः महायान शाखाका थिए । अतः निर्वाण शब्दको के
अभिप्राय हो यसको निर्णय तिनकै वचनहरु द्वारा हुनसक्छ । बोधिसत्व नागार्जुनले
माध्यमिक सूत्रमा लेखेको छ कि 'भवसंततिको
उच्छेद नै निर्वाण हो', अर्थात्
आफ्नो संस्कारहरु द्वारा हामी पटक पटक जन्मको बन्धनमा बाँधिन्छौं यसले त्यसको
उच्छेद द्वारा भवबन्धनको नाश हुनसक्छ । रत्नकूटसूत्रमा बुद्धको यो वचन छ राग,
द्वेष र मोहको क्षयबाट
निर्वाण हुन्छ। बज्रच्छेदिकामा बुद्धले भन्नुभएकोछ कि निर्वाण अनुपधि
हो, त्यसमा कुनै संस्कार रहँदैन । माध्यमिक सूत्रकार चंद्रकीर्ति ले निर्वाणको सम्बंन्धमा भनिएकोछ कि
सर्वप्रपंचनिवर्तक शून्यतालाई नै निर्वाण भनिन्छ । यो शून्यता या निर्वाण
के हो ! न
यसलाई भाव भन्न सकिन्छ, न
अभाव । किनकि भाव र अभाव दुबैको ज्ञानको क्षपको नै नाम त निर्वाण हो, जो अस्ति र नास्ति दुबै भावहरुको पर र
अनिर्वचनीय हो ।
माधवाचार्य
ले पनि आफ्नो सर्वदर्शनसंग्रह
मा शून्यताको यही अभिप्राय भनिएकोछ—'अस्ति, नास्ति, उभय र अनुभय यस चतुष्कोटिबाट विनिमुँक्ति नै शून्यत्व हो'
। माध्यमिक सूत्रमा नागार्जुन
ले भनेको छ कि अस्तित्व (हो) र
नास्तित्व (होईन)को अनुभव अल्पबुद्धि नै गर्छन । बुद्धिमानहरु यि दुबैको अपशमरूप
कल्याण प्राप्त गर्छन । उपयुक्त वाक्यहरुबाट स्पष्ट छ कि
निर्वाण शब्द जुन शून्यताको बोधक हो त्यसबाट चित्तको ग्राह्यग्राहकसम्बंन्ध नै छैन
। म पनि मिथ्या, संसार
पनि मिथ्या
। एक कुरा ध्यान दिनुपर्ने छ कि बौद्ध दार्शनिक जीव या आत्माको पनि प्रकृत सत्ता
मान्दैनन् । ति एक महाशून्यको अतिरिक्त अरु केहि मान्दैन ।
भवतु सब्ब मङ्गलम् ।
No comments:
Post a Comment