यो कथा त्यसबेलाको हो जब शास्ता जेतवनमा हुनुहुन्थ्यो । एकदिन एक
भिक्षु कुनै एक उपासकको घरमा भोजन दानको लागि गए भोजनदान पछि श्रेष्ठिले आग्रह गरे
“भन्ते ! जीवनको दुःखहरुबाट मुक्तहुने बाटो भनिदिनुहोस । तब भिक्षुले सम्झाए
आफ्नो सम्पत्तीको तीन भाग गर । एक भागले व्यापार गर दोश्रो भागले परिवार चलाउ
तेश्रो भागले धर्म कर्ममा लगाउ । “
श्रेष्ठिले कथनुसार धनको बिभाजन गर्यो । तर उस्को मन मानेन कि उ
दुःखबाट मुक्त हुन सक्छ । त्यसैले त्यो भिक्षुकहाँ गएर सोध्यो कि उस्ले के
गर्नुपर्छ । भीषुले सम्झाए सर्वप्रथम उसलाई त्रिरत्नमा दृढ श्रद्धा राख्नुपर्छ ।
त्यसपछि उस्ले पंचशील पालन गर्नुपर्छ । यि पंचशील हुन् १ चोरी नगर्ने २ झूठो
नबोल्ने ३ हिंसा नगर्ने ४ मादक पदार्थको सेवन नगर्ने ५ पराई स्त्रीको साथमा
कामाचार नगर्ने । त्यसपछि दश शिक्षापदहरुको अनुसरण गर्नुपर्छ अनि तीस
शिक्षापदहरुको र यस प्रकार बुद्ध धर्मको अनुगमन गर्नुपर्छ ।
श्रेष्ठी पुत्र भिक्षु बने । तर उनलाई यि शीलहरुको अनुपालन गर्न
गाह्रो भैरहेकोथियो । त्यसैले उ फेरि गृहस्त धर्म अपनाउन सोंच्न थाले । आफ्नो
साधना प्रति लापरवाहि भयो शरीरबाट कमजोर भयो ।
शास्तालाई यस्को जानकारी भयो वहाँले भिक्षुलाई सल्लाह दिनुभयो कि उ
संयमित होउ र साथै यो गाथा भन्नु भयो ।
गाथाः सुदुद्दसं सुनिपुरणं यत्थकामनिपातिनं ।
चित्तं रक्खेथ मेधावी चित्तं गुत्तं सुखावहं ।।
अर्थः बुद्धीमान व्यक्तिलाई
चाहिन्छ कि दुष्कर देखिने
अत्यन्त चतुर जहाँ चायो
त्यहाँ जाने चित्तको रक्षा गरोस ।
सुरक्षित चित्त धेरै नै
सुखदायी हुन्छ ।
No comments:
Post a Comment