Sunday, June 23, 2013

बुद्ध मौन हुने कथा..






भनिन्छ बोधिसत्व सिद्धार्थलाई जब बुद्धत्व प्राप्त भयो तब सात दिन सम्म चुप रहे । चुप यति मधुर थियो । यस्तो  रसपूर्ण थियो ,यस्तो रौ रौं नुहायो, सराबोर थियो, बोलने इच्छा नै जागेन । बोलने भाव नै उव्जेन । भनिनन्छ, देवलोक काँप्न थाल्यो । कथा बडो मधुर छ ।

यदि कतै देवलोक भएको भए अवश्य काँप्योहोला पनि ।
भनिन्छ ब्रह्मा स्वयं पनि आत्तिए रे, किनकि कल्प बीत्छ , हजारौं हजार वर्ष बीत्छ, तब मात्रै कोहि  व्यक्ति बुद्धत्व उपलब्ध हुन्छ । यस्तो शिखरबाट यदि निमन्त्रणा देओस जो तल अन्धकारमा हराएको मान्छेछन, उन्लाई त शिखरको खबर पनि नपाउला । ति यसो हेर्न पनि नसक्ला ।

अहँ आवाज त बुद्धलाई दिनै पर्छ । बुद्धलाई मनाउनु पर्ला । चाहे जो मौनको मालिक भयो । उस्लाई बोल्नको लागि मजबूर नै गर्नु पर्छ ।

भनिन्छ, ब्रह्मा सबै देवताहरुको साथमा बुद्धको अगाडी उपस्थित भएर चरणमा झुके । हामीले देवत्व भन्दा पनि माथि राखेकाछौं । सारा संसारमा यस्तो भएकोछैन । हामीले बुद्धत्वलाई देवत्वको माथि राखेका छौं । कारण छदेवता पनि  बुद्ध हुन चाहन्छन् । तर मानवले मात्रै आफ्नो प्रयास व्दारा बुद्ध हुन सक्छ ।

देवता सुखी होलान, स्वर्गमा होलान । अझै मुक्त छैनन, अझै मोक्षबाट टाढा छन् ।  उनीहरुको चाहना समाप्त भएकोछैन । अझै तृष्णा मेटीएकोछैन । अझै प्यास मेटीएकोछैन । उनीहरुले अरु राम्रो संसार पाएकाछन र सुन्दरी महिला पाएकाछन् ।

भनिन्छ स्वर्गमा स्यानो स्यानो ढूङ्गा पनि छैन, हीरा जवाहरात छन् हैं। भनिन्छ स्वर्गमा जो पहाड़ छ,ति शुद्ध स्फटिक माणिकका हुन । भनिन्छ, स्वर्गमा जो फूल फुल्छन ति ओईलाउँदैनन् । परम सुख छ ।
तर स्वर्गबाट पनि झर्नु पर्छ । किनकि सुखबाट पनि दुखमा फर्कनुपर्छ । सुख र दुख एकै सिक्काका दुई पाटा हुन । कोहि नरकमा छन् । कोहि स्वर्गमा । जो नर्कमाछन् ति नरकबाट बच्न चाहन्छ । जो स्वर्ग मा छन ति स्वर्गबाट बच्न चाहन्छन । दुबै चिन्तातुर छन् । दुबै पीड़‍त छन र हैरान छन । जो स्वर्गमा छन, ति पनि कुनै लाभको कारण त्यहाँ पुगेकाहुन । एकले आफ्नो लोभको कारण पाप गरे होलान् गा। एक ले लोभको कारण पुण्य गरे होलान । लोभमा फर्क छैन यहाँ। कुनै न कुनै तरिकाले लोभ मै छन् ।

बुद्धत्वको चरणमा ब्रह्मा झुकेर भने- तपाईं बोल्नुहोस ! तपाई बोल्नुभएन भने महा दुर्घटना हुन्छ । र एक पटक यो सिलसिला भयो भने तपाईं यो परम्परा बिगार्नुहुन्छ । बुद्ध सदा बोल्छन । तिन्लाई बोल्नैपर्छ । जो न बोल्ने क्षमता  पाए, तिनलाई बोल्नमा केहि अन्धालाई पाउन सक्ला, अँध्यारोमा भौंतारीयो भने भेट्न सक्ला । तपाई चुपनलाग्नुस, तपाई बोल्नुहोस
बडो मुश्कीलले मनाए बोल्न । कथाको अर्थ यति मात्रै हो कि जब तिमी मौन हुन्छौ त अस्तित्व पनि प्रार्थना गर्छ कि बोल, करुणालाई जगाउँछ । तिनलाई बाटो पनि केहि थाहा छैन । तिनिहरुलाई मार्ग पनि केहि थाहा छैन । अँधेयारोमा छाम्छन । तिनमा करुणा गर । पछाडी फर्केर हेर ।


साधारण मान्छे वासनाले बोल्छ, बुद्ध पुरुष करुणाले बोल्छ । साधारणमान्छे यसकारण बोल्छ कि बोल्नाले शायद केहि पाईन्छ, बुद्ध पुरुष यसैले बोल्छन कि शायद बोल्नाले केहि बाँडिन्छ । बुद्ध यसैले बोल्छन कि तिमी पनि सहभागि होउ उनको परम अनुभवमा। तर पहिला शर्त पूरा गर्नुपर्छ । मौन हुने, शून्य हुने।

जब ध्यान खिल्छ, जब ध्यानको वीणामा संगीत झन्किन्छ, जब मौन खुल्छ, तब शास्त्र निर्मित हुन्छ, जस्लाई मैले शास्त्र भने, त्यो यस्ताको वाणी हो, जो वाणीको पारी गएका थिए । र जब पनि कहिल्यै कोहि वाणीको पारी गयो, उस्को वाणी शस्त्र हुनजान्छ। आप्त हुनजान्छ । उस्लाई वेदहरुको पुनः जन्म हुनथाल्छ ।

पहिला त मौनलाई साध, मौनमा उतर;अनि चाँडै नै त्यो समय पनि आउँछ । त्यो स्थान आईपुग्छ । जहां तुम्रो शून्यबाट वाणी झन्किन्छ । तब त्यस्मा प्रामाणिकता हुन्छ सत्य हुन्छ । किनकि तब तिमी अरुको भयको कारण बोल्दैनौ ।

तिमी अरुसित केहि माग्नको लागि बोल्दैनौ । तब तिमी दिनको लागि बोल्छौ, भय कस्तो । कोहि लेओस त ठीक, कोहि न लिए त ठीक। लीए त उसको सौभाग्य, न लिए त उसको दुर्भाग्य तिम्रो के छ ? तिमीले बाँडीदियौ । जो तिमीले पायौ बाँड्दै गयौ । तिमीलाई यो लान्छना होला कि तिमी कृपण थियौ। जब पायौ त लुकाएर बस्यौ ।

-
ओशो

No comments:

Post a Comment