विगत् केहि वर्षहरुमा यूरोप तथा अमेरीकाको हजारौं रोमन कैथोलिकहरुले बौद्ध धर्म धारण गरेकाछन,
जस्मा इटलीका विश्व प्रसिद्ध फुटबाल खेलाड़ी राबर्टो बज्जियो तथा
हालीबुडको सुपर स्टार रिचार्ड गेरे पनि सम्मिलित छन् हैं। पछिल्लो
दिन रोमको एक समाचारपत्रले साक्षात्कारमा
सोभियत संघो पूर्व राष्ट्रपति गोर्वाचोवले ठीकै भनेकाहुन कि 'एक्काईसौ
सताव्दी बुद्धको सताव्दी हुन्छ ।`
"मैंले तिमीलाई नाउ दिएको थिएँ नदी पार गर्नको लागि यो होईन कि
पार भएपछि टाउकोमा राखेर हिंडन।" भगवान बुद्धको यस उक्तिबाट उहाँको तर्क-संगत दर्शनको सपष्ट झलक
पाईन्छ। उहाँको सर्वाधिक महत्वपूर्ण शिक्षा यो थियो कि सत्यलाई पहिले तर्कको
परिक्षणमा जाँच, अनि त्यसमा विश्वास गर। यसलाई उहाँले आफ्नो शिक्षाहरुमा पनि लागु गर्नुभो
। वहाँले सपष्ट भन्नुभएकोछकि मेरो कुरा
यसकारण मान्ने होईन कि म (बुद्ध) स्वयम्ले भन्दैछु , बरु 'सत्य होस` तब मान। अहिले सम्म यस धर्तीमा कुनै दार्शनिक या ईश्वरले आफ्नो
बारेमा यस्तो भनेकोछैन ।
छब्बीससय वर्ष पूर्व जब बुद्धको
विचार विकसित भयो त्यस समय नेपाल र भारत मा जम्मा ६२ विचारधाराहरु मत केन्द्र प्रचलित थियो, जस्मा ऊंच-नीचमा आधारित वैदिक विचारधारा सर्वोपरि थियो जो अहिले सम्म छ । तथ्यको यदि ठीक तरिकाले
हेर्नेहोभने यहि स्यानो ठूलोमा आधारित वर्ण व्यवस्थाको विरोधमा तथागत् बुद्धको दर्शन विकसित भयो ।
यही कारण थियो कि आर्य संस्कृतिको रक्षा
गर्ने नारा दिने तत्वोंले हरेक सताव्दीमा बौद्ध धर्मलाई सिध्याउने षड्यंत्र जारी
गर्यो र अहिले सम्म गरिरहेकैछन् । त्यहि षड्यंत्रबाट आजको 'संघ परिवार` विद्यालय पाठ्यक्रमा पनि आर्य
संस्कृति को गुणगानगर्दै एकातिर तरफ वर्ण व्यवस्थालाई न्यायोचित मानिरहेकाछन,तथाकथित पूर्व राजालाई बिष्णुको
अवतार मान्दैछन र अको तिर बौद्ध धर्मलाई रोक्ने हरेक
प्रयत्न जारीछ । यति सम्मकि देशको राज्यसत्ता हाँक्नेहरु कर्मचारीहरुको राजनैतिक
कार्यकतृहरुको बलमिच्याई चलेकोछ ।
बुद्धको बुवा शक्यवंशीय शुद्दोधनको राजधानी
कपिलवस्तु जहिले पनि नजिकैको राज्य कोसलको निशानामा थियो । अंततोगत्वा कोसलको राजा विड्डुभले शाक्यहरुलाई
संहार गरेर खत्तमै गर्यो तथा बुद्धको प्रिय स्थान श्रावस्ती को राजा प्रसेनजितलाई
आफ्नै छोराले पदच्युत गर्यो । प्रसेनजित बुद्धको प्रशंसक मगध सम्राट अजातशत्रु बाट
भाग्यो, बाटैमा मर्यो
अजात शत्रु वास्तवमै दुष्ट थियो यिनि बिम्बिसार पुत्र थिए। मान मानव बिचमा ठूलो
स्यानोको बिभेद तथागत् बुद्धको दर्शनले यहि मान्यताहरुको विरूद्ध चाँडै नै एक
विश्वव्यापी आन्दोलनको रूप लियो । अचम्म त
यो कुरा भयो कि बुद्धको यो महान दर्शन चीन, जापान, श्रीलंका, वर्मा, थाईलैंड, वियतनाम, कम्बोडिया, लाओस, मध्य एशिया, साइबेरिया समेत लगभग सम्पूर्ण एशिया, तथा संसारको अन्य लाखौंको बीच आज
पनि विकासमान छ, तर सतावदीयौ पहिले आफ्नो जन्मभूमि नेपाल र भारतबाटै किन विलुप्त भयो ? वास्तविकता त यो हो वैदीक संस्कृतिका हिमायतिहरुले नेपाल भारतमा बौद्ध धर्मको तहसनहस
गरिदियो । आज बौद्ध धर्मको बढ़िरहेको
प्रभावले छटपटाएर त्यसलाई हिन्दू धर्मको अभिन्न अंग सिद्ध गर्न विश्वव्यापी अभियान चलाईरहेकोछ । यहाँ बुद्ध
धर्म र हिन्दू धर्म कुनै फरक होईन बिष्णुका अवतार हुन हिन्दू धर्मकै एक शाखा हो
भनेर षडयन्त्र गर्छन तर प्रश्न यो उठ्छ कि यदि
हिन्दू धर्म तथा बौद्ध धर्म एकै होर हिन्दू धर्म कै शाखा हो भने किन विश्व भरीका
मान्छेहरु बौद्ध धर्मको सट्टामा हिन्दू धर्मलाई किन अपनाएन किन बुद्धको प्रतिमा
स्थापना गर्दा टाउको दुखाईको बिषय बनेर प्रतिबन्ध लगाउँछन ? स्पष्टछ, वर्ण व्यवस्था तथा स्यानो ठूलोको कारण हिन्दू धर्म कहीं अन्त
फैलिएन । एक समय यस्तो पनि थियो जब दुनियाको
एक-तिहाई जनसंख्याको बौद्धहरु थिए ।
जहां सम्म बौद्ध धर्मकोकुरा छ, यो अरु धर्म समप्रदाय जस्तो छैन। बुद्धले जहिले पनि 'धम्म` भन्नुभयो । पालीमा 'धम्मको अर्थ सिद्धांत हुन्छ,तर संस्कृतमा गलत अनुवाद गरेर यसलाई 'धर्म` बनाईदियो । बुद्धको दार्शनिक विचार मूल रूपमा आर्य-सांस्कृतिक
मान्यताहरुको विपरित ईश्वरलाई नमान्नु, आत्माको अमरत्वलाई नमान्नु,कुनै ग्रंथ लाई स्वत: प्रमाण न मान्ने तथा जीवनलाई केवल यहि शरीर सम्म सीमित मान्से सम्बद्ध थियो । एक पटक
आत्मा तथा पुनर्जन्ममा दुई भिक्षुहरुको बीचमा
चलिरहेको बहसमा हस्तक्षेप गर्दै बुद्धले भन्नुभयो कि जुन कुनै वस्तुको पनि जन्म हुन्छ, त्यसको विनाश अवश्यंभावी छ,तर त्यस रुपमा होईन ,त्यसको रूप बदलिन्छ,जस्लाई बुद्धले 'प्रतीत्य-समुत्पाद` भन्नुभयो तथा जस्मा आत्माको लागि कुनै स्थान छैन । यसलाई सपष्ट गर्दै बुद्धले
भन्नुभयो कि कुनैपनि जीवधारीको मृत्युको साथै त्यसको संधैको लागि व्यक्तिगत विलोप
हुन्छ,जसलाई निर्वाण भनिन्छ, अर्थात्
पुनर्जन्म सित सम्पूर्ण मुक्ति। यही प्रतीत्य-समुत्पाद बुद्धको दर्शनको एकमात्र साँचो हो, जस्को कारण दुनियाको अनेकौ वैज्ञानिक दार्शनिकहरुले वहाँलाई विश्वको पहिलो वैज्ञानिक भने ।
बुद्ध यस दुनियालाई ईश्वरको कृति मान्दैनन । वहाँको तर्क यो थियो कि घैंटो
माटोको रूपान्तर हो अर्थात् माटोको गुण घैटोमा गयो। यसै तरिकाले यदि बच्चा जन्मिन्छ,भने त्यो आफ्नो आमा बुवाको रूपान्तर हुनजान्छ, न कि कुनै ईश्वरको कृतिको । मनुष्य
अत्याचारी तथा दु:खदायी हुन्छ, त्यसैले मानव समाजको धेरै बहुमत दु:खी हुन्छ । यदि मनुष्य ईश्वरको रूपान्तरभएकोभए
के ईश्वर स्वयं अत्याचारी एवं
दु:खदायी हो ? त्यो हालै आएको नेपाल भारतको
उत्तराखण्डको बाढी पहिरीले मच्चाएको बिनाशकारीले प्रमाणित गरेकोछ नि यदि ईश्वर त्यस्तो
होईन भने मनुष्य त्यसको रूपान्तर या कृति पनि होईन । यहि दार्शनिक पृष्ठभूमिमा बुद्धले बौद्धगयामा महाज्ञान प्राप्त गरेर
दु:ख छ, दु:खको कारण छ, दु:खको निवारण छ तथा
दु:खबाट मुक्तिछ,को रहस्य स्वयम्को अभ्यासबाट पत्ता लगाए । बुद्धको समकालीन राजा
बिम्बसार, अजातशत्रु तथा प्रसेनजितले बौद्ध धर्मको विकास मा धेरैनै
महत्वपूर्ण योगदान दिनुको कारण नै बुद्धको यहि तर्क सिद्धान्तबाट प्रभावित भएर हो, ईसा पूर्व तेश्रो
सताव्दीमा भारतका सम्राट अशोकले यसलाई
विश्वव्यापी बनाउन चमत्कारिक काम गरे । सम्राट अशोकको प्रयास नेपाल भारत श्रीलंकादेखि
लिएर यूनान सम्म बौद्ध धर्मको गूंजायमान
सुनिनथाल्यो।
यहि अवसरमा पुष्यमित्र तथा
मिहिरकुल दुई यस्ता शासक भए, जस्ले बौद्ध धर्मलाई समूल नष्ट गर्ने कोशिश गर्यो। पुष्यमित्रले अन्तिम भारतका मोर्य बौद्ध सम्राट
बृहद्रथलाई ई.पू. १८७मा मारेर शुंगवंशको स्थापना गरेकोथियो। पुष्यमित्र बृहद्रथको सेनापति थियो । सोह्रौं
सताव्दीका महान तिब्बती बौद्ध भिक्षु तथा इतिहाँसकार
तारानाथको अनुसार पुष्यमित्र बौद्ध धर्मको घनघोर दुश्मन थियो तथा उस्ले भारतको मध्य प्रदेशबाट लिएर
पंजाबको जालन्धर सम्म सैकड़ों बौद्ध बिहारहरु
ध्वस्त गर्नुको साथै अनेकौ विद्वान भिक्षुहरुको हत्या गरैकोथियो । पुष्यमित्र
ईसा मसीहको जन्म भन्दा पूर्व बौद्ध धर्मको गूंजायमान येरुशलम सम्म
पुगिसकेकोथियो। यसैकारण हो कि बुद्ध को करुणा तथा शान्तिको झलक बाइबिलमा स्पष्ट
देखिन्छ । अनेक यूरोपी विद्वानहरुले पनि यस तथ्यलाई स्विकार गरेकोछकि बुद्धको ईसा मसीहमा गहीरो प्रभाव
परेकोथियो, विशेष रूपले उनका चर्च-सिस्टम
बौद्ध बिहारहरुको प्रतिरूप हो। पहिलोसताव्दी बाट एकहजार सताव्दीको बीच अश्वघोष, नागार्जुन, आर्यदेव, मैत्रेय, असंग, वसुबन्धु, दिग्नाग, धर्मपाल, शीलभद्र, धर्मकीर्ति, देवेन्द्रबोधि, शाक्यबोधि, शान्त रक्षित, कमलशील, कल्याणरक्षित, धर्मोत्तराचार्य, मुक्तकुंभ, रत्नकीर्ति, शंकरानंद, शुभकार गुप्त तथा मोक्षकार गुप्त आदि अनेकौ बौद्ध दार्शनिक उत्पन्न भयो । बुद्धको अनात्मवादलाई शून्यवाद भनिन्थ्यो । ति
पूंजीवादको पनि प्रबल विरोधी थिए ।
नागार्जुन दोश्रो सताव्दीका दार्शनिक थिए । चौथौ सताव्दीका पेशावर निवासी असंग अद्वैत विज्ञानवादको प्रवर्तक थिए। उन्का भाई वसुबन्धुले अयोध्यामा बसेर बौद्ध
त्रिपिटकको सारको रूपमा 'अभिधम्म कोश`को रचना गरेकाथिए। हिन्दू दार्शनिक कुमारिल भट्ट तथा आदि शंकराचार्यको
सारा दर्शन बौद्धहरुको खण्डन-मण्डनमा आधारित
छ । कुमारिल भट्टले बौद्ध धर्मलाई 'फाटेको दूध`भनेर त्यसमा यो आरोप लगायो कि उस्को भ्र्ममा
परेर विभिन्न राजाहरुले वैदिक कर्मकांडहरुलाई नष्ट गरिदियो । स्तविकता यो हो कि
बौद्ध धर्मले हिंसाको बलमा कहिल्यै कुनै परिवर्तन गरेन, बरु तर्कसंगत मस्तिष्क परिवर्तनको माध्यम
बाट वैदिक कुरीतिहरुलाई बदलेकाथियो, जबकि कुमारिल भट्टले स्वयं विभिन्न राजाहरुलाई उक्साएर बौद्ध धर्मलाई
समूल नष्ट गर्ने अभियान चलाएको थियो, जस्मा आदि शंकराचार्य पनि
सम्मिलितभए । हिन्दू राजा शशांक नरेन्द्र वर्धन वैदिक धर्मका अनुरागी थिए। उन्ले मौका पाएर हिन्दू धर्मको विजय अभियानको यज्ञमा बोध गयाको जुन बोधि वृक्षको काखमा
बसेर तथागतले ज्ञान प्राप्त गरेका थिए, त्यस बोधिद्रुमलाई काटीदियो र बौद्ध मंदिरमा अधिकार स्थापित गरेर बुद्धको मूर्तिलाई पर्खाल उठाएर बनद गरिदियो
जस्तै आजभोली पनि बौद्ध बिरोधीहरु बुद्ध बिहारहरु भत्काउने बौद्धहरुलाई दुख दिने
गर्छ। केवल यतिमात्रै कहाँ हो र, तिनल तीन पटक त्यस बोधी वृक्षको जरा
उखेलेर नष्ट गर्यो कहाँ सम्मको रीस र दुष्टकाम होलन । कुमारिल भट्टले उत्तर भारतमा सर्वत्र विजयीभएर बुद्ध र
जैन धर्मको प्राधान्यलाई नष्ट गरें । ईतिहाँसलाई हेर्नेहो भने
यि कुमारील भट्ट र शंकाराचार्यले बुद्धधर्मको न त कुनै चैत्य बिहार केहि देख्न
चाहेनन् । बौद्ध विनाशको बाँकि अधूरो काम
शंकराचार्यले पूरा गर्यो । यसो हेर्दा सुर्खेतको काँक्रेबिहारलाई शंकराचार्यले नै
नष्ट गरेको होईन भन्ने नमिल्ने देखिन्छ । शंकराचार्यले बड़ो चलाकीले बौद्ध धर्म को विरूद्ध अभियान चलाएकोथियो, यहांसम्म कि जनतामा भ्रम उत्पन्न गर्नको लागि उन्ले आफ्नो पुस्तक 'दसावतान स्न्नानेत`मा बुद्ध वन्दनामा एक श्लोक पनि लेखे, जस्मा भगवान बुद्धलाई सबैभन्दा ठूला योगीको रूप मा प्रस्तुत गरेर ध्यानमग्न अवस्थामा उन्को आँखा नाकमा
झरेको बताएर पागपनको प्रदर्शन गरेकाछन। शंकराचार्यले बुद्धलाई आफ्नो मस्तिष्कको
परिचालक पनि भनेकाछन,तर अर्कोतिर
उनले बौद्ध स्थलहरु बिहारहरु नष्ट
गर्दै हिंडने अभियानै चलाए । आचार्य शंकरको तथाकथित 'विश्व विजय` अभियान कुनै अरु नभएर वास्तव मा बौद्धहरुमाथि हिंसक
विजयको अभियान थियो जो अहिले पनि बिभन्न बहाना जारी नै राखेकोछ । शंकरले यसलाई'विश्व विजय` यसकारण भनेकाथिए, किनकि उनको समय (आठौ सताव्दी)सम्म बौद्ध धर्म विश्वको कैयौं देशहरुमा
फैलिसकेको थियो । यस प्रकार पांचौ सताव्दीबाट दसौं सताव्दीको बीच वर्ण व्यवस्थामा
आधारित ब्राह्मणवाद या आधुनिक
हिन्दूत्वको जष बस्यो । यो त्यहि समय थियो जब वर्ण व्यवस्थालाई ईश्वरीयसाबित गर्ने अनेक हिन्दू
ग्रंथहरुको रचना गरीयो,जस्मा याज्ञवल्क्य स्मृति, मनुस्मृति, गीता, महाभारत, कौटिल्यको अर्थशास्त्र, वाल्मीकि रामायण तथा सारा पुराण आदि सम्मिलित थिए । यि सबै ग्रंथहरुमा
वर्ण व्यवस्थालाई ईश्वरीय साबित गर्दै
बौद्ध दर्शनमा आक्रमण गरीयो बुद्धको कुरै नउठाई । एउटा पनि हिन्दू ग्रंथ त्यस्तो
छैन, जस्मा वर्ण व्यवस्थालाई ईश्वरीय नभनिएको
होस । हिन्दूहरु यि ग्रंथहरुलाई ईश्वरको मुखबाट निस्केको अनन्तकालीन भनेर रहस्यमयी सिद्ध गर्ने सतत्
प्रयत्न गरिरहन्छन र गर्दै पनि छन, तर एक अकाट्य सत्य यो हो कि यद्यपि बौद्ध दर्शनिकहरुले जहिलेपनि वर्ण व्यवस्थाको विरोध गरे, त्यसैले त्यसलाई पुनर्जीवित गर्ने उद्देश्य ले ब्राह्मणहरुले नयाँ ग्रंथहरुको रचना गरेर त्यसलाई 'इश्वरीय` बनाईदियो, जबकि यि सबै ग्रनथ
बुद्ध पछिका हुन त्यहि भएर त त्यहाँ बुद्धका कुराहरु बुद्धका बिरोधका कुराहरु उठेकाछन
। गीताको अठारौं अध्याय केवल वर्ण व्यवस्थालाई
ईश्वरीय भन्नको लागि रचना गरीएकोछ । कौटिल्यको 'अर्थशास्त्र`मा दलित विरोधी कानून हो । याज्ञवल्क्य
स्मृतिमा बौद्धहरुको दर्शनलाई
अपशकुन भनेकाछन । वाल्मीकि रामायणमा बौद्धहरुलाई चोर जस्तै दण्ड दिनुपर्ने कुराको
उल्लेखछ । ब्राह्मणहरुले लाखौं बौद्ध भिक्षुहरुको हत्या गरायो बौद्ध बिहारहरुलाई
ध्वस्त गरेपछि बाँकि बचेकालाई मंदिरहरुमा परिवर्तन गरेको थियो भन्ने प्रमाण अहिले
स्पष्ट देखन सकिन्छ, त्यहि यस कुत्सित उद्देश्यको साथ बड़ो चलाकीले बुद्ध प्रति तथाकथित 'आत्म सात्करण`को सिद्धान्तलाई अपनाउँदै 'अग्निपुराण`मा वहाँलाई विष्णुको नवौं अवतार घोषित गरेकोथियो,साथै बुद्धको नैतिक शिक्षाहरु आफ्नो बनाएर ब्राह्मणरुले मान्छेहरुको
समक्ष प्रस्तुत गर्न शुरू गरे । कति
सम्म वैर कि पाली भाषा सम्मलाई पनि प्रतिबंधित गरिदिए, आज पहिला हिन्दू वैदिक यज्ञहरुमा हजारौं गाईको वली चढ़ाईन्थ्यो, अनि मासु पनि खान्थे । सर्वप्रथम तथागत बुद्धले नै यि बलिहरुको विरूद्ध संघर्ष गरेर
गोहत्या बन् गराएको थियो तथा वहाँले स्वयं गाघलाई आमा भनेर पुकारेका थिए । 'दीर्घ निकाय` समेत अनेकौ
बौद्ध ग्रंथहरुमा यस्को उदाहरण पाईन्छ। गौमाता तथा गौहत्या सित सम्बंधित बुद्धको
शिक्षालाई अपहृत गरेर ब्राह्मणहरुले उल्टो आरोप बौद्धहरुमा लगाए कि ति गोमांस भक्षण गर्छन जबकि रामले बनवि
जाँदा गौमास खाएको उल्लेख धेरै ठाउँमा भेटिन्छ र बौद्धहरुलाई बिभिन्न ब्राह्मणहरुले
यति धेरै प्रचार गरे कि देश भीनै बौद्ध बदनाम गरे जो कि वास्तविकता त्यो होईन। जब
कि बुद्धले कुनै प्राणीलाई हत्या गर्ने प्रतिबंधित नै गरेर प्रतिज्ञा गराएकाथिए
जसलाई पंचशीलमा पहिलो हरफमै उल्लेख भएकोछ । यिनि ब्राम्हणहरुले बौद्ध भिक्षु भिक्षामा जे दिए पनि खान्थे जस्मा
मासुपनि राखिदिन्थे बिरोधीहरु। स्वयं तथागत् बुद्धले कुशीनारामा चुन्दक नामको कामी लोहार द्वारा भोजदानमा दिएको
सुकरभद्दव भन्ने कन्दमुललाई सुंगुरको मासु खाएर निर्वाण प्राप्त गर्यो भनेर प्रचार गरे । यस प्रकार हिजो बुद्धको नैतिक
शिक्षाहरुमा ब्राह्मणहरुले उल्टो गरेर बौद्धहरुलाई
जहिले पनि बदनाम गरे र अहिले पनि गरिनै रहेकाछन ।
भारतको कुशीनगरको विश्व प्रसिद्ध
सात मीटर लामो सुनौलो मूर्तिलाई तीन टुक्रा गरेर फोडेर फालीयो। नालंदा विश्वविद्यालयलाई जलाएर संधैको लागि नष्ट
गरीदियो । यो भन्दा पहिला हिन्दू राजा शशांकले नालंदा विश्वविद्यालयलाई जलाएकाथिए । यिनिहरुले बौद्ध बिहारहरु
बौद्धहरुलाई नष्ट गर्ने कुकर्म बाहेक अरु केहि गरेरन । जलाउँदा बचेको बहुमूल्य
बौद्ध ग्रंथहरु जीवित बचे केहि भिक्षु आफ्नो रक्त रंजित चीवरहरुमा लुकाएर बर्मा, नेपाल तथा तिब्बत लगेर लुकाएकाथिए । स्मरण रहोस कि हजरत मोहम्मदको समय बौद्ध पश्चिम एशिया मां फैलिसकेको थियो, यसकारण त्यहाँ अरबी भाषीहरुले 'बुद्ध पूजा`लाई गलत उच्चारण गरेर 'बुत पूजा`भनेर विरोध गरे, जस्ले मुस्लिम हमलावार जहां पनि गए, उनिहरुले बुद्ध मूर्तिहरु तोडफोड गरे । मुस्लिम विजेताहरुले अफगानिस्तान देखि
लिएर मध्य एशिया सम्म फैलिएको बौद्ध धर्मलाई
समूल नष्ट गरे । यसो तुलना गरेर हेर्ने हो भने हिन्दूहरु र मुश्लीम केहि फरक भएन
भन्दा अत्युक्ति नहोला ।
यदि हिन्दू धर्मको शाखा बौद्ध
धर्म र बुद्ध बिष्णुको नवौ अवतार भएको भए र उदार भएकोभए, यस धर्तीबाट उत्पन्न विश्वको सर्वश्रेष्ठ दर्शन बौद्ध धर्मलाई क्रूरताको साथ नष्ट गर्न थिएन। सोवियत
संघका पूर्व राष्ट्रपति गोर्वाचोवले ठीकै भन्का हुन : 'एक्काईसौं सताव्दी बुद्धको सताव्दी हुनेछ।`विश्व विपश्यनाचार्य सत्यनारायण
गोयन्काजीले पनि अब यस क्षेत्रबाट बुद्धको शान्तीको उद्घोष गुन्जिनेछ । साँच्चै
गुन्जिन थालेकोछ ।
सन्दर्भ सामग्री डा तुलसी रामको लेख र ईन्टरनेट बाट
बौद्ध ग्रन्थ त्रिपिटक
No comments:
Post a Comment