Friday, August 31, 2018

बुद्ध कहाँ उत्पत्ति हन्छन्



भगवानका शिष्य आनन्द ले भने, भगवान तपाईले भन्नुभएनकि उत्‍तम पुरूष को हुन् ? कसरी उत्‍पन्‍न हुन्छन्? तब भगवान यि सुत्रलाई भन्नुभएकोथियो। आनन्द उत्‍तम पुरूष सर्वत्र उत्‍पन्‍न हुन्नन् । ति शुद्ध मध्‍य देशमा उत्‍पन्‍न हुन्छन् । र जन्‍मबाटै धनवान् हुन्छन्। ति क्षत्रिय या ब्राह्मण कुलमा उत्‍पन्‍न हुन्छन्
दुल्‍लभो पुरिसाजज्जो न सो सब्‍बत्‍थ जायति।
यत्‍थ सो जायति धीरो तं कुलं सुखमधिति।।
पुरूष श्रेष्‍ठ दुर्लभ छ, सर्वत्र उत्‍पन्‍न हुँदैन, धीर जहां उत्‍पन्‍न हुन्छन, त्यस कुलमा सुख बढ़छ ।
यस गाथाको अर्थ बौद्धहरुले अहिले सम्म जसो गरे त्यस्तो होईन । सरल अर्थछ कि बुद्ध महा धनवान घरमां जन्मिन्छन् अनि कबीरको के हुन्छ ।  क्राइस्‍टको के हुन्छ ।  मोहम्‍मदको के हुन्छ । नानकको के हुन्छ । यि मध्यै सबै धनवान घर परिवारमा जन्म भएका होईनन । त यिनिहरु बुद्ध पुरूष होईनन् त । यो त बड़ो संक्रीर्णता हुन्छ । जैनहरुका चौबीस तीर्थंकर राजपुत्र थिए ।  हिन्दुहरुको सबै अवतार राजाहरुको छोरा र बुद्ध पनि राजपुत्र ठीक  हो । यसकारण यि वचनलाई बौद्धहरुले यहीं अर्थ लिए होलान कि बुद्ध पुरूष राज घरहरुमा जन्मिन्छन् महा धनवान।
मैले महा धनवानको अर्थ भन्छुजन्‍मै देखि नै महा धनवान् हुन्छन् यस्को अर्थ भयो कि बुद्ध पुरूष आकस्‍मिक जन्मिन्छन, जन्‍म-जन्‍मको सम्पदा लिएर । सम्पदा भित्र छ सम्पदा आंतरिक हो। महा धनवान नै जन्मिन्छ । तर बौद्धहरुले यस्को के अर्थ लिए थाहा छ ? हिंदुहरुले यस्को के अर्थ लिए ? तिनले भने कि बुद्ध पुरूष भारत मा जन्मिन्छनसबै ठाउँमा जन्मिन्न तर तिनिहरुलाई के थाहा कि नेपालमा तीन तीन बुद्ध पुरुषको जन्म भयो । भारतका बदद्धहरुले भने भारतमा बुद्धपुरुषहरु जन्मिन्छन् हो तर अहंकार जन्मीन्छन । यही हो धर्म भूमि। सदियौं देखि भारतको अहंकार आफै पूजा गरिरहेकाछन् । भारत को अहंकार भन्दै गर्यो कि देवता पनि यहां उत्पन्न हुन चाहन्छन किनकि यहां बुद्ध पुरूष जन्मिन्छ । को हुन बुद्ध पुरुष सम्राट अशोक, मोहनदास करम चन्द गान्धी, स्वामी विवेकानन्द, भिमराव एम्बेडकर,ओशो आचार्य रजनीश जस्ले आफैलाई बुद्ध पुरुष घोषणा गरेर विवादमा परे  त्यस्ता थुप्रै बुद्ध पुरुष भारतमा जन्मे नेपालमा जन्मे । भन्छन् चीन बर्मा जापानमा पनि थुप्रै बुद्ध पुरुषहरु जन्मे  बुद्ध पुरूष सर्वत्र जन्मिन्नन् कुरा त सत्य हो । वास्तवमा हरेक कुराबाट शुद्ध स्थानमा बुद्ध पुरुष जन्मिन्छन् । भारतीय बौद्धहरुले भने कि बुद्ध पुरुषहरु केवल मध्य प्रदेशमा जन्मिन्छन् यो त केवल संयोग मात्रै हो । नेपालमा बुद्ध जन्मे तर नेपालीहरुले नै यस्को महत्व जानेनन् केवल अहंकार मात्रै पाले बुद्धको अवहेलना गरे बुद्धले बनाएका नियमहरुको कुनै वास्ता गरेनन। बुद्धले भारतमा ज्ञान प्राप्त गरे तर भारतीयहरुले ज्ञान पाएनन केवल अहंकार पाले । बुद्धको उपदेश नियम शुद्ध र बैज्ञानिकछ हरेक प्राणीको रक्षा गर्ने तर धति लगाईदिए । धम्म पद पथ प्रदर्शन गर्छ तर त्यस्को कुनै ख्याल गरेनन वास्ता गरेनन । मान्छेले जनावरलाई मार्छन तर जनावरले तब मात्रै मार्छ जब भोको हुन्छ। मान्छेले त रमाइलोको लागि मार्छन । हिंसा एक खेल हो अरुको जीवन जान्छ तर तिम्रो लागि रमाइलो खेल हो। अनि  कुनै जनावरले त आफ्नो जातीको जनावरलाई मार्दैन । कुनै पशुले आफ्नो आफन्तलाई मार्दैन तर मान्छे पशु भन्दा पनि गए गुज्रेको छ आफन्तलाई पनि मार्छ । हजारौं हजारलाई बिना गल्ति मार्छ यस्को बहुल्ठीपनको कुनै सिमाना छैन। आफ्नलाई बम पड्काएर बिना सित्ती मार्छन । जनावरले त त्यस्तो गर्दैन नि । मान्छेले घृणित राजनीति गर्छ तर पशुले गर्दैन । मान्छे जब निच हुन्छ पशु भन्दा पनि खत्तमै हुन्छ  र यदि मान्छे उठे  परमात्‍मा भन्दा पनि माथि हुन्छ । पशु उठ्न सक्दैन परमात्मा हुनै सक्तैन बुद्धत्‍वको अर्थ हो: उठनु पशुत्‍वको अर्थ हो खस्नु ।  मनुष्‍य मध्‍यमा छ । जति मेहनत गर्नाले मान्छे परमात्‍मा हुन्छ । त्यति मेहनत गर्नाले पशु पनि हुन्छ । श्रेष्ठ पुरुष दुर्लभ छ उ सर्वत्र उत्‍पन्‍न हुँदैन ।

सन्दर्भ सामग्रिएस धम्‍मो सनन्तनो हिन्दिबाट नेपालीमा अनुवाद ओशो प्रवचन—67


Wednesday, August 29, 2018

बच्‍चाहरुले बुद्धमा चुम्‍बकीय आकर्षण देखे



एस धम्‍मो सनन्तनो—(कथायात्रा) 
गौतम बुद्धको नाम  नै संकीर्ण सम्प्रदायिक चित्तका मान्छेहरु  (ब्राह्मणवादिहरु ) लाई भयाक्रान्त गरिदिन्थ्यो । त्यस नाममा नै विद्रोह थियो । त्यो नाम आमूल क्रान्तिको नै पर्यायवाची थियो यस्तो भयभीत मान्छेहरु स्वयं त बुद्ध सित टाढिन्थे र आफ्ना बच्चाहरुलाई पनि टाढा राख्थे। बच्चाहरुको लागि युवकहरुको लागि उ तिनिहरुको भय स्वभावत: र अरु धेरै थियो । यस्ताहरु आफ्ना बच्चाहरुलाई भन्थ्यो कि तिमीहरु बुद्धको हावामा पनि न जाउ । तिनिहरुले त प्रतिज्ञा नै गरेका थिए कि तिनिहरु कहिल्यै बुद्ध या बुद्धकाहरुलाई अभिवादन नगर्ने ।
एकदिन केहि बच्चाहरु जेतवनको बाहिर खेलिरहेकाथिए। खेल्दाखेल्दै तिनिहरुलाई प्यास लाग्यो । तिनिहरुले भुले कि आमा बुवाले र धर्मगुरुहरुले वचनबद्ध गराएकाथिए र जेतवनमा पानी पिउन प्रवेश गरे । संयोगले भगवान बुद्ध सितै भेट भयो ।
भगवानले तिनिहरुलाई  पानी पिलाउनुभयो अरु धेरै प्रेम पनि । माथिको प्यास त मेटीयो र भित्रको प्यास जाग्यो । ति बच्चाहरु खेल इत्यादि भूलेर दिनभरी भगवान सितै यस्तो प्रेम त तिनिहरुले कहिल्यै जानेकाथिएन । न  यस्तो चुंम्कीय आकर्षण न देखेकाथिए न यस्तो सौन्दर्य न यस्तो प्रसाद ऐन यस्तो शांति न यस्तो आनन्द न त यस्तो अपूर्व उत्सव; ति बच्चाहरु भगवान मै डूबे त्यो अपूर्व रस त्यो अलौकिक रंग ति सरल बच्चाहरुको हृदयमा लाग्यो । ति बच्चाहरु दिनकै भगवानको छेउ आउन थाले र भगवान सित बिस्तारैबिस्तारै ध्यानमा पनि बस्न थाले उनको सरल श्रद्धा देख्दै ।
अनि तिनका आमा बुवालाई थाहा भयो र बेस्सरी रिसाए तर के गरोस अवेर भैसकेको थियो। आमा बुवाले धेरै सम्झाए बुझाए पण्डितपुरोहितहरुले  बच्चाहरुलाई सम्झाए बुझाए हप्काए तर्साएलोभ देखाए सामदामदण्डभेद सबै ति स्याना स्याना बच्चाहरुमा प्रयोग गरे तर जुन छाप बुद्धको लाग्यो त्यो अमीट भयो । अनि त आमा बुवा पछुताए रोए पनि । जस्ती कि बुद्धले ति बच्चाहरुलाई बिगारिदिए । यति रीस लाग्यो कि यो  भ्रष्ट गौतमले हाम्रो सोझो साझो बच्चहरुलाई मवहनी लगाएर भ्रष्ट बनाई दियो ।
अंतत: तिनिहरुको पागलपन यस्तो बढ्यो कि उनिहरुले ति बच्चाहरुलाईनै त्यागि दिने सोँचे। र एकदिन ति बच्चाहरुलाई सुम्पिदिनको लागि बुद्ध कहाँ पुगे तर यो जाने कि उनका जीवनमा पनि ज्योति जल्यो किनकि ति पनि  भएर फर्के । बुद्धको नजिक जानु अनि बुद्धको नभइ फर्कनु असम्भव पनि थियो । यिनिहरु सित नै यि गाथाहरु बुद्धले भन्नुभयो ।
केहि हिन्दु ग्रन्थ , श्रुति सुनिन्छ केहि, स्मृति। सम्झ्यो जस्ले। सबै ग्रन्थ दुई भागमा बाँडन सकिन्छश्रुति र स्मृति। कि त सुनियो, कि सम्झियो तर धर्म त हुन्छ अनुभुति, न श्रुति, न स्मृति।
बुद्ध त्यहि धर्मको प्रगाढ़ प्रतिक थिए । वहाँ भन्नु हुन्थ्योजान, स्वानुभव ले जान, अत्त दीपो भव। स्वभावत:, परम्परावादी आत्तिन्थ्यो होला, सम्प्रदायिक आत्तिन्थ्यो होला । किनकि साम्प्रदायको असली दुश्मन धर्म हो।
प्रायः मान्छेहरु सोँच्छन हिन्दुको दुश्मन मुसलमान, मुसलमान को दुश्मन हिन्दू तँ गलत सोँचहो दुबै सांप्रदायिक हों। जति लडे पनि मारे पनि वास्तविक दुश्मनी तिनका मात्रै होईन । एक एक किसिमको स्मृतिलाई मान्छ, अर्को अर्को किसिमको स्मृतिलाई मान्छ, विवाद तिनमा जति नै विवाद होस तर मौलिक मतभेद छैन । दुबै स्मृतिलाई मान्छन । दुबै अतीतलाई मान्छन ।
असल विरोध हुन्छ धर्मको र अचम्मको कुरा कि धर्मको विरोध सबै सम्प्रदाय मिलेर गर्छन ।
गौतम बुद्धको नाम संकीर्ण, साम्प्रदायिक चित्तका मान्छेहरुलाई भयाक्रांत गरिदिन्छ ।
त्यस नाममा आगो थियो भय उत्पन्न हुन्थ्यो । जब सत्यलाई स्विकारिन्छ तब निर्भय हुन्छ। सत्य निर्भय बनाउँछ ।
सत्य अभय बनाउँछ र असत्य भयभीत बनाउँछ ।
एकदिन केहि बच्चाहरु जेतवन को बाहिर खेलिरहेका थिए ।
बुद्धले प्यास लागेको लाई पानी मात्रै होईन प्रेम पनि पिलाउनुहुन्छ । बुद्धको व्यक्तित्वनै प्रेम हो । बुद्धले भन्नुभयो, ध्यानको परिसमाप्ति करुणामाछ। ध्यान जब परिपूर्ण हुन्छ तबको करुणाको ज्योति फैलिन्छ । ध्यानको दियो र करुणाको प्रकाश। ध्यानको कसौटी भनिएकोछ कि जब करुणा फैलिन्छ, प्रेम फैलिन्छ। यि स्याना स्याना बच्चा प्यास लागेर आए यिनिहरुलाई पानी पिलाए अनि बुद्धत्व पनि ।
यिनिहरुलाई नै भगवान बुद्धले  यि गाथाहरु भन्नुभएकोथियो
अवज्जे वज्जमतिनो वज्‍जे च वज्जदस्सिनो।
मिच्छादिद्विसमादाना सत्ता गच्छति दुग्‍गतिं ।।
वज्‍जन्‍च वज्‍जतो णत्‍वा अवज्‍जण्‍ज अवज्‍जतो।
समादिट्ठिसमादाना सत्‍ता गच्‍छंति सुग्‍गति ।।
जो अदोषमा दोषबुद्धि राख्ने र दोष मा अदोषदृष्टि राख्ने हुनतिनिहरु मिथ्यादृष्टिलाई ग्रहण गर्नाले दुर्गति प्राप्त गर्दछन्।
दोषलाई दोष, अदोषलाई अदोष जानेर मान्छेहरु सम्यकदृष्टिलाई धारण गरेर सुगति प्राप्त गर्दछन् ।
 जुन अदोषमा दोषबूद्धि राख्छन ।
भगवान बुद्धले भन्नुभयो कि म यहां बसेकोछु मलाई हेर, पक्षपात लिएर नजाउ अरुले के भन्छन यस्लाई बाहिर राखेर आउ र मेरो नजिक आउ र मलाई हेर निष्पक्ष भावले कन कि तिमीले निर्णय गर्न सक ।
तिमीले प्राय पाएका होलाउ, यदि तिम्रो कुनै दृष्टि छ भने तिमीले केहि देख्छौ । सूफीको एक कथाछ
एक फकीरको आफ्नो बगैचामा काम गर्दा गर्दै त्यहिँ हरायो । उ पानी पीउन घर भित्र गयो फर्केर आउँदा खुर्पा छैन !नजिकै एक छिमेकको केटो जाँदै थियो । उस्ले सोँच्यो यस्ले बाहेक अरु कस्ले लियो होला र हेर्दै चोर जस्तोछ । त्यसै कुरै नबुझि समात्नु पनि भएन । उस्ले बुझ्न थाल्यो ।
तीनदिन सम्म उस्को चाला माला हेर्दै गर्यो । जब त्यो केटो निस्कन्थ्यो यता तिर हेर्थ्यो अब त पक्का भयो कि चोर यही केटो हो । उस्ले चारैतिरबाट प्रमाण देख्यो चोर यहि केटो हो। केटोले मेरो आँखामा किन हेर्दैन अर्कै तिर हेर्छ  मेरो खुर्पा यसैले चोरेको हो।
 चौथोदिन यसो खन्न लाग्दा खुर्पा भेट्टियो । त्यो केटो निस्कन्थ्यो सँधै झैँ । उस्ले देख्यो केटोलाई । कति सोझो केटो रैछ अलिकति पनि चोर जस्तो लाग्दैन । अहिले पनि त्यसै गरि हिँडिरहेकोछ । कुनै मान्छेमा तिमीले जसरी धारणा बनाउ त्यस्तै देखिन थाल्छ । अनि तिम्रो धारणा बदल त्यस्तै देखिन थाल्छ । भगवान बुद्ध भन्नुहुन्छ, सम्यकदृष्टि त्यसलाई भनिन्छ जुन निर्धारणा हो जस्को कुनै निर्धारणा छैन । राम्रो छैन खराब छैन । समदृष्टि। न यता सोँच्छ न उता बराबर । यस्तो समतुलनको स्थिति नै नाम समदृष्टि। जस्ले मान्यो नखोजी न सोँची। बिना विचारेर, बिना अनुभव गरेर, त्यो असम्यकदृष्टि या मिथ्यादृष्टि। भगवान बुद्धले भन्नुभयो कि तिमीले हेर्न सिक आफ्नो आँखालाई अलिकत सफा गर नत्र तिमी हराउँछौ दुख पाउँछौ ।
सन्दर्भ सामग्रिःओशो एस धम्‍मो सनन्तनोबाट


जुलाहाको छोरी व्दारा बुद्धको दर्शन



एस धम्‍मो सनंतनो—(कथायात्रा) 
एक जुलाहाको छोरी गौतम बुद्धको दर्शन गर्न आईन । अत्यंत आनंद र अहोभावले उस्ले बुद्धको पाउमा अभिवादन गरिन । बुद्धले सोध्नुभयो कहांबाट आयौ नानी ? भन्ते जान्दिन उनले भनिन् उस्को उमेर धेरै पनि थिएन अठारह वर्षकि मात्रै । बुद्धले भन्नुभयो कहां जान्छौ ? भन्ते, थाहा छैन उनले भनिन् के थाहा छैन बुद्धले सोध्नुभयो उनि बोलिन भन्ते थाहाछ । जान्दछौ बुद्ध ले भन्नुभयो ? उनि बोलिन कहां भगवान अलिकतिपनि थाहा छैन
यस्तो कुरा सुनेर अरु उपस्थितहरु रिसाए । गांउका मान्छेहरुलाई थाहा थियो कपडा बुन्ने जुलाहाको छोरीहो राम्री थाहाछ । यो वाईहात कुरा गर्छि यस्तो कुरा पनि गर्ने भगवान सित ? यो कुनै शिष्टाचार हो सभ्यताहो ? बहुलायी कस्तो कुरा गर्छि भनेर गाली गरे ।
तर भगवानले भन्नुभयो पहिला उसको कुरा सुन के भन्छिन् । बुद्ध हाँस्नुभयो र भन्नुभयो छोरी यि सबै कुरा बुझेँ तिमीले के भन्यौ ।
तब त्यस युवतीले भनिन् जुलाहाको घरबाट आउँदैछु, भगवान यो त हजूरलाई थाहानैछ। अनि यि गाउँका सबैलाई थाहाछ । तर कहां बाट आउँदैछु यो जन्म कहां कहाँबाट भयो मलाई थाहाछैन। फर्केर जुलाहाको घरमै जान्छु यो पनि मलाई थाहाछ र हजूरलाई पनि थाहाछ र गाउँका सबैलाई थाहाछ यि कुरा अर्कै हो ! तर यस जन्म पछि मृत्यु भएपछि केहि थाहाछैन मलाई । त्यसैले मैले हजूर सित भनेकि हुँजब मैले सोँचे कि हजूरले सोध्दै हुनुहुन्छ कहाँबाट आउँदैछौ जुलाहाको घर बाट ? तब मैले भने जान्दछु । जब हजूरले भन्नुभयो कहाँ जाँदैछौ ? मैले सोँचे  कहां फर्केर जुलाहाको घर जान्छु ? तब मैले भने जान्दछु । तर जब मैले हजूरको आँखामा हेरेँ तब मैले भनेहोईन भगवानले यस्तो प्रश्न किन सोध्नुहोला । वहाँ सोध्दै हुनुहुन्छ कहाँ कुन लोकबाट ? कहां तिम्रो जीवनको स्रोत छ ? तब मैले भने  भगवान जान्दिन अनि फेरि मैले सोँचे जब हजूरले सोध्नुहुन्छ मैले सोँचे मरेपछि कहां जाऊंलीबुद्धले यस्तो प्रश्न के सोध्नुहोलातब मैले भने मैले जान्दिन ।
त्यसैले। तब बुद्धले यो गाथा भन्नुभयो
यो सारा लोक दृष्टिबिहिनछ । यहां देख्ने विरलैछन। जालबाट मुक्त भएको पन्क्षी जस्तै विरलै स्वर्ग जान्छ।
त्यस केटीलाई वहाँले भन्नुभयो तिमीसित आँखाछ र हेर्न सक्छौ । यि गाउँका विचरा दृष्टिबिहिनछन् । आँखा भएकाहरु जब भन्ला त दृष्टिबिहिनले बुझ्दैन, किनकि आंख  भएकाहरु यस्तै कुरा गर्छन जो दृष्टिबिहिन मान्नै सक्तैन र हुनै सक्तैन । आंखाँ भएकाहरु भन्छ, प्रकाश, आँखा भएकाहरु भन्छ, रङ्ग, पहाड हिमाल कति राम्रो ईन्द्रधनुष दृष्टिबिहिनले कसरी बुझ्ला ?
बुद्ध, कृष्ण, महावीर आँखा भएका हुन, दृष्टिबिहिनले केहि बुझ्न सक्तैन ।
हंसादिच्चपथे यंति आकासे यंति इद्धिया।
नीयंति धीरा लोकम्हा जेत्वा मारं सवाहिनिं।।
जसरी हाँस आकाशमा उडछ, यस्तो एक अर्को आकाशछअन्तरको प्राकाशजहा परमहंस उड़छन्। जसरी हाँस आकाशमा उड़छ र टाढाको यात्रा गर्छ, यस्तै परमहंस अन्तरको आकाशमा उड़्छन् र निर्वाणमा लीन हुन्छन् ।
ओशो
एस धम्‍मो  सनंतनो