१ अनुपश्यना
(विपश्यना) :शील, समाधि, प्रज्ञा। *
अनुपश्यना
(विपश्यना) :शील, समाधि, प्रज्ञा। * पंच-शील हो: १. हत्या न गर्नु २. चोरी नगर्नु ३. व्यभिचार नगर्नु
४. असत्य न बोलनु ५. मद्दपान न गर्नु।
२ अनुपश्यना : कायानुपश्यना, वेदनानुपश्यना, चित्तानुपश्यना, धर्मानुपश्यना!
सर्वप्रथम साधक पंच-शीलहरुको पालन गर्दै आनापान गर्छन, जस्मा
सांस (स्वाभाविक सांस)लाई हेर्दै समाधिको विभिन्न अवस्थाहरुबाट पार हुँदै मनलाई
तीक्ष्ण भन्दा तीक्षणतं गर्छन । समाधि पुष्ट गर्छन । समाधिको अवस्थाबाट फ़ेरि
प्रज्ञाको क्षेत्रमा उत्रन्छन । तब उ निरन्तर जागरूक रहँदै कायानुपश्यना, वेदनानुपश्यना, चित्तानुपश्यना
तथा धर्मानुपश्यना गर्दै निर्वाणको साक्षात्कार गर्छ ।
३ अनुपश्यना :
कायानुपश्यना, वेदनानुपश्यना, चित्तानुपश्यना, धर्मानुपश्यना!
साधक काया, वेदना (संवेदना), चित्त र धर्मको अनुपश्यना (विपश्यना) गर्दै प्रारम्भमा: * कायाको ठोसपनलाई
अनुभूति गर्छ । पटक पटकको अभ्यासबाट सूक्ष्मता भन्दा सूक्ष्मतम तर्फ बढ़छ। सिर देखि
पांउ र पांव देखि सिर सम्मको लगातार यात्रा गर्दै आफ्नो प्रज्ञा जगाउँदै चित्तबाट
विकार निकाल्छ । घोँच्दै तीक्ष्ण-चित्तले
सिर देखि पाउ र पांउ देखि सिर सम्मको यात्रा गर्दै गर्दै स्वतः शरीरको घनत्व नष्ट
हुन्छ। फ़ेरि यसै तीक्ष्णता बाट समग्र
शरीर-पिण्डलाई चीर्दै केवल माथिल्लो सतहको मात्रै होईन बरु भित्र सम्म घनीभूत
संज्ञा नष्ट गर्छ । यस प्रकार यात्रा गर्दै
साधक शरीर जगतको परमाणुहरुको सूक्ष्म सत्यता
सम्म पुग्छ, जुन यस भौतिक जगतको अंतिम सत्य हो ।
४ अनुपश्यना :
कायानुपश्यना, वेदनानुपश्यना, चित्तानुपश्यना, धर्मानुपश्यना!
* यस स्थितिमा शरीरको एक एक कण खुल्छ र खिल्छ ।
कहीं पनि संकलन, संघटन, संयोजन, संश्लेषणको नाम निशान पनि रहँदैन । जस्तै कोहि बालूवाको गीलो-पिण्ड सूख्छ, कण कणलाई बांधि राख्ने संयोजन रूपी नरम टाढा होस तब फलस्वरूप यो बालूवाको
घनीभूत पिण्ड बिघटित भएर छितरिएला । * यस्तो स्थितिमा शरीरको भीत्र बाहिर कहीं कुनै
स्थिर, शाश्वत, ध्रुव, अचल, ठोस-पदार्थ छ- यस्तो भ्रम नरहोस। * यहि भौतिक जगत अर्थात रूप-स्कंधको अन्तिम
सत्यता सम्म पुग्नुछ । * यहि रूपको सूक्ष्मतम साक्षात्कार हो, जस्मा कि भासमान प्रकट सत्य परम् सत्यको रूपमा अनुभूत हुन थाल्छ ।
५ "तेन त्यक्तेन भुञ्जीथा" (ईशोपनिषद)
भोज्य पदार्थहरुमा आशक्तिको त्याग गरि नै
त्यसको उपयोग गरौँ ! यस्को भाव भोज्य पदार्थलाई त्याग्न होईन बरु यसप्रति जुन
आसक्ति छ, त्यसलाई त्यागेर उपभोग गर्ने हो ।
६ तथागत बुद्ध
सर्वश्रेष्ठ!
यम् किञ्चि
वित्तं इध वा हूरम वा, सग्गेसु वा यम् रत्नम पंणीतम। न नो समम् अत्थि तथागतेन, इदंपि बुद्धे रत्नम पंणीतम। एतेन सच्चेन सुवतथी होतु।
यस लोकमा
अथवा अन्य लोकमा जे पनि धन सम्पत्ति छ, र स्वर्गमा जे पनि अमूल्य रत्न छ, त्यसमध्य कोहिपनि तथागतको समान श्रेष्ठ छैन। साँच्चै
बुद्धमा यही श्रेष्ठ रत्न छ! यस सत्यले कल्याण होस !!
७ तपाई भित्र जे सत्य जान्ने प्यास जागिरहेकोछ, त्यस्को स्वागत छ!
हाम्रो मानसको एक यस्तो मनोनीत केन्द्र जस्मा म, मेरो र आफ्नोपनको सार निहित छ, त्यसलाई
आत्माको नाममार कल्पित गरिएकोछ । विपस्यनाको गहराईमा जानाले यो सबै मात्र बोक्रा, सारहीन, अस्तित्वहीन
र भ्रम मात्रै लाग्छ । यसलाई नै 'अनात्मभाव'को अनुभूतिको नामले जानिन्छ । हाम्रो अन्तर्मन
केवल स्वानुभूतिलाई नै ग्रहण गर्छ ।
८ अनित्य के हो ?
अनित्यको सही
अर्थ हो जुन नित्य होईन, जुन शाश्वत होईन अर्थात यो जान्नु कि संसारमा जति चीजहरु छन्, चाहे ति सजीव होस या निर्जीव, ति स्थायी छैन, नित्य छैन अर्थात सतत परिवर्तनशील छ । जसै-जसै तपाई अनित्यताको भावना
विकसित गर्नुहुन्छ, तपाईलाई तीनै लक्षणहरु-- अनित्य, दुःख, अनात्मको बारेमा कुनै संदेह रहँदैन र तपाई निश्चय नै आफ्नो लक्ष्य प्राप्तिको
लागि अग्रसर हुनुहुन्छ । यस अनित्यलाई अर्को प्रकाको वेदनाहरु द्वारा, स्पर्श द्वारा बुझ्न सकिन्छ, यथा (१) रूप र चक्षुको स्पर्शबाट । (२) शब्द र श्रोतको स्पर्शबाट । (३) गंध र नाकको स्पर्श बाट । (४) रस र जिभ्रोको स्पर्शबाट । (५) स्प्रष्टव्य र कायको स्पर्शबाट । (६) धर्म र मनको स्पर्शबाट पनि ।
९ दैनिक जीवनमा
पनि जब तपाई अनित्यताको स्मृति बनाईराख्नुहुन्छ...
उस प्रति
जागरूक रहनुभए त यति त अनुभव गर्नुहुन्छ कि तपाईमा जे परिवर्तन भैरहेकोछ, त्यो राम्रो को लागि भैरहेकोछ- शारीरिक रूप ले पनि, मानसिक रूपले पनि । विपश्यना ध्यानको अभ्यास गर्नुपर्व अर्थात जब साधकले उति
एकाग्रता या समाधि विकसित गर्यो जति विपश्यना प्रारम्भ गर्नको लागि आवश्यक छ तब त्यस
नाम रूपको परियत्तिको स्तरमा ज्ञान प्राप्त गर्नुपर्छ चाहिए अर्थात नाम-रूपको
सैद्धान्तिक पक्ष जान्नुपर्छ, किनकि विपश्यना गर्नेवेला त्यो न केवल
परिवर्तित हुने'रूप' मा ध्यान गर्छ, बरु परिवर्तित हुने 'नाम' मा पनि र मन मा उठने
तथा सतत परिवर्तन हुने विचारहरुमा पनि ध्यान गर्छ ।
१० कहिले कहिले
साधक आफ्नो ध्यान अस्तित्वको भौतिक पक्षमा केन्द्रित गर्छन
रूपमा सतत
परिवर्तन हुने स्वभावमा, अर्थात रूपको अनित्य स्वभावमा, कहिले कहिले विचारहरुमा हुने अर्थात मनमा हुने
परिवर्तनहरुमा, अर्थात, नाम र रूप-दुबैको सतत परिवर्तन हुने स्वभावमा अर्थात नाम तथा रूप दुबैको
अनित्य स्वभावमा । जब कुनै रूपको अनित्यतामा ध्यान गर्छ तब त्यहि समय हुने नामको
अनित्यतामा पनि ध्यान गर्छ र देख्छ कि यो पनि बदलिँदैछ । यस्तो अवस्थामा त्यो एक
साथ नै नाम तथा रूप दुबैको अनित्यतामा ध्यान गर्छ ।
११ दुःख तथा
अनात्मलाई बुझ्नको लागि अनित्य नै साँचोको काम गर्छ ,
साथै अनित्यको
बुजाईबाट दुःखको पनि अन्त हुन्छ । बुद्ध द्वारा प्रतिपादित अष्टांगिक मार्गमा
हिँडेर नै अनित्यको पूरै महत्त्वलाई बुझ्न सकिन्छ । जब बुद्धको अष्टांगिक मार्ग
तथा सैंतीस बोधिपक्षीय धर्म आफ्नो सम्पूर्ण रूपमा साधकहरुलाई प्राप्त हुन्छ । अनि
तिनलाई अनित्यको ज्ञान अवश्य हुन्छ । विपश्यना ध्यानमा प्रगतिको लागि साधकलाई सबै
समय, जहां सम्भव हुन्छ, अनित्यलाई लगातार जान्दै रहनुपर्छ । बुद्धले भिक्षुहरुलाई भन्नुभएकोछ कि सबै
समय चाहे उ बसेको होस, उठेकव होस, हिँडिरहेको होस या सुतिरहेको होस; अनित्य, दुःख र अनात्मको जानकारी राख्नुपर्छ अर्थात त्यसलाई स्मृति बनाईराख्नुपर्छ ।
अनित्य र यस प्रकार दुःख तथा अनात्मको सतत जागरूकता सफलताको साँचो हो ।
१२ बुद्धले
भन्नुभयो कि जति पनि भौतिक पदार्थ छ ति कलापहरुले बनेकोछ ।
कलाप अणु
भन्दा पनि स्यानो त्यो भौतिक इकाई हो, जस्को स्वभाव छ उत्पन्न हुनु र नष्ट हुनुहो
अर्थात उत्पन्न हुने बित्तिकै नष्ट हुने क्रिया प्रारम्भ हुन्छ । प्रत्येक कलापमा
आठ आधारभूत पदार्थ छन्-- पृथ्वी, वायु, जल, अग्नि तथा वर्ण, गंध, रस र ओज। यसलाई अलग गर्न सकिँदैन । यि सबै एक साथ उत्पन्न भएर नष्ट हुन्छन, अर्थात, सतत परिवर्तनशील छ । यिनमा प्रथम चार मूलभूत गुण छन र अन्य गौण छ । आधुनिक
विज्ञानलाई पनि यस्को बारेमा ठीकले थाहा छैन । जब यि आठ एक साथ भेट हुन्छ तब कलाप
बन्छ । अर्को शव्दमा कलाप समूह त्यसलाई भनिन्छ जब यि आठ आधारभूत तत्त्व एक साथ ठूलो
संख्यामा संस्लिष्ट हुन्छ। तब यि मनुष्य या अन्य प्राणी या पदार्थको रूपमा देखिन्छ
।
१३ कलाप क्षणभरको
लागि रहन्छ, र परेली मिलक्क गर्दै अरबौ-खरबौ...
कलाप
उत्पन्न र नष्ट हुन्छ । यि कलाप सतत परिवर्तनशील छन् र विपश्यी साधक यसलाई उर्जाको
प्रवाह रूपमा अनुभव गर्न सक्छ । मनुष्यको शरीर त्यस्तो ठोस छैन जस्तो देखिन्छहै, बरु यो नामरूपको सग्लो हो । यो शरीर असंख्य कलापहरुले बनेकोछ जुन सतत
परिवर्तनशील छ । यस परिवर्तन या नाशको सही स्वभावलाई जान्नुछ। कलाप प्रत्येक क्षण
नष्ट हुन्छ र बन्छ – यस्को फुट्नु र बन्नु दु:ख नै हुन्छ - यहि दुःख सत्य हो । जब तपाई
अनित्यलाई दु:ख सम्झन थाल्नुहुन्छ तब तपाई दुःख सत्यलाई सही मानेमा बुझ्नुहुन्छ, आफैमा अनुभव गर्छन। बुद्धको शिक्षामा जस्लाई चार आर्य सत्य भनियो त्यस्मा यो
दुःख सत्य प्रथम हो किन? क्योंकि ...
१४ जब तपाई दुःखको
सूक्ष्म रूपलाई अनुभव गर्नुहुन्छ -
त्यस दुःखलाई
जस्लाई तपाई चाहेर पनि बाहिर निस्कन सक्नुहुँदैन, एकक्षिणको लागि पनि होईन, तब साँच्चै तपाईमा भय जाग्छ, तपाई निर्वेद प्राप्त गर्नुहुन्छ !
नाम-रूप जुन तपाईको अस्तित्वको आधारभूत तत्त्व हो र तपाई दुःखबाट निस्सरणको लागि, मुक्त हुनको लागि, दुःखातीत हुने तथा निर्वाण प्राप्त गर्ने मार्ग खोज्न थाल्नुहुन्छ । दुःखको
अन्त के हो, यस्को अनुभूति जब तपाई स्वयं गर्नसक्नुहुन्छ तब तपाई
सोतापन्नको अवस्था प्राप्त गर्नुहुन्छ र यति ध्यानाभ्यास गर्नुहुन्छ कि नैर्वाणिक
अवस्थाको प्राप्ति गर्नुहुन्छ, आन्तरिक शान्ति प्राप्त गर्नुहुन्छ ।
१५ बुद्धको
शिक्षाको तीन आवश्यक अंग ?: अनित्य दुःख र अनात्म !
"... बुद्धको शिक्षामा वस्तुहरुको तीन आवश्यक लक्षण
बताईएकोछ -- अनित्य, दुःख र अनात्म। यदि तपाई अनित्यलाई ठिक तरिकाले जान्नुहुन्छ तब दुःखलाई
गहराई सम्म बुझ्नसक्नुहुन्छ र अनात्मलाई पनि । अनात्म यानी, जुन म-मेरो होईन , त्यसलाई बुझ्नमा समय लाग्छ। | अनित्य, एक यस्तो सत्य हो जस्लाई अभ्यास द्वारा अनुभव गर्न सकिन्छ र नियमित अभ्यास
द्वारा नै ठिक तरिकाले बुजन सकिन्छ । त्यस्को लागि शास्त्रीय ज्ञान पर्याप्त होईन, किनकि त्यसबाट आनुभूतिक ज्ञानको प्राप्ति हुँदैन ।
१६ अनित्यको
अर्थ र स्वभाव हो ?
क्षण-प्रतिक्षण
बदल्दै रहनु । ति सतत परिवर्तित हुने क्रियाहरु स्वानुभवबाट बुझ्नसके नै यस शब्दको
अर्थ ठिक तरिकाले बुझ् सकिन्छ जसरी कि बुद्ध चाहनुहुन्थ्यो । जस्तै बुद्धको समयमा, त्यस्तै आज पनि कुनै पनि व्यक्ति अनित्यतालाई अनुभव गरेर बुझ्न सक्छ ।
चाहे उस्ले बुद्ध-साहित्यको एउटा पनि किताब नपढेको होस | अनित्यलाई बुझ्नको लागि व्यक्तिलाई कड़ाई पूर्वक र परिश्रमपूर्वक अष्टांगिक
मार्गमा हिँडनुपर्छ र शील, समाधि एवं प्रज्ञालाई जीवनमा उतार्नुपर्छ । शील समाधिको आधार हो, शील पालनले नै मनलाई एकाग्र गर्न सकिन्छ। जब मन सम्यक रूपले एकाग्र हुन्छ तब
मात्रै प्रज्ञा विकसित हुन्छ ।
१७ शील-समाधि-प्रज्ञा
: विपश्यना साधनाको यि तीनै अनिवार्य अंग!
शील समाधिलाई
पुष्ट गर्नको लागि र समाधि प्रज्ञालाई पुष्ट गर्नको लागि आवश्यकछ । प्रज्ञाको अर्थ
हो- अनित्य, दुःख र अनात्मलाई विपश्यनाको अभ्यासबाट बुझ्नु । बुद्ध यस लोकमा उत्पन्न
भएको होस नहोस, शील र समाधिको अभ्यास लोकमा गरिन्छ । यि दुबै सबै सम्प्रदायहरुमा पाईन्छ । तर
बुद्धशिक्षाको लक्ष्य हो दुःखबाट नितान्त छुटकारा पाउनु, निर्वाणको प्राप्ति गर्नु । सिद्धार्थ यहि खोजमा लागेका थिए र उन्ले प्रप्त
गरे । छः वर्ष सम्म उन्ले | कठिन तपस्या गरेर र मार्ग खोजेर पाए । उनि सम्यक सम्बुद्ध भए र देवहरु तथा | मनुष्यहरुलाई त्यहि मार्ग सिकाए जसमा हिँडेर ति स्वयं दुःखमुक्त भएकाथिए ।
१८ त्यस मार्गमा
हिँडेर कोहिपनि व्यक्ति दुःखमुक्त हुनसक्छ !
यस सम्बन्धमा
हामीले बुझ्नुपर्छ कि हामी जेपनि कर्म गर्छौँ, मानसिक, वाचिक या शारीरिक, त्यो आफ्नो एक संस्कार छोड़ेरजान्छ ।त्यो हरेक व्यक्तिको
खातामा जमा-खर्च को रूपमा जुड़दैजान्छ । यस प्रकार हरेक व्यक्तिको खातामा असल या खराब
संस्कार जमा हुँदैगर्छ जस्ले जीवनधारा चलिरहन्छ । अर्थात जीवन चलिरहने शक्तिको
लेखा-जोखा उस्को प्रतिक्षणको कर्महरु सित हुन्छ । र जब जीवन चल्छ त निश्चित रूपले
दुःख र अन्ततः मृत्यु आउँछ नै । यि संस्कारहरुबाट मुक्ति तब पाउन सकिन्छ जब
व्यक्ति अनित्य, दुःख र अनात्म लाई राम्रो सित बुझिनसकोस । यिनै तीनैलाई ठीकले बुझेर नै
संस्कारहरुबाट मुक्त हुन सकिन्छ, जुन उस्को खातामा हुन्छ ।
अनित्यलाई
बुझ्न पाउँदैन । साथ-साथै दुई कामअरु हुँदै गर्छ—जीवनलाई चलिरहनको लागि संस्कारहरुको
आपूर्ति पनि भैरहन्छ र पुरानो संस्कार निस्किरहन्छ । यो प्रक्रिया क्षण प्रतिक्षण र
प्रतिदिन चल्दैरहन्छ । पूरै तरिकाले संस्कारहरबाट छुटकारा पाउन पूरा जीवन या कैयौँ
जीवन लाग्नसक्छ । जस्ले सबै संस्कारहरुबाट मुक्ति पायो, उ सबै दुःखहरुबाट मुक्त हुन्छ किनकि जीवन-धारालाई प्रवाहित गर्नको लागि कुनै
संस्कार शेष रहँदैन । जीवनको समाप्तिमा बुद्ध या अर्हत परिनिर्वाण प्राप्त गर्छन र
दुःखबाट पूरै मुक्त हुन्छ । हाम्रो लागि जस्ले आजबाट विपश्यना साधना गर्न
प्रारम्भ गरेकोछ, यो भन्नु यथेष्ठ छकि हामीहरु अनित्यको दर्शन गरि आर्य बन्ने जुन प्रथम चरण हो
अर्थात, स्रोतापन्न बन्नुहो, त्यस अवस्थालाई प्राप्त गरौँ । स्रोतापन्न भए त
धेरै भन्दा धेरै सात पटक जन्म लिएर हामी दुःखको अन्त गर्न सक्छौँ ।
२० बुद्धको अन्तिम
शब्द!
महापरिनिर्वाण
प्राप्त गर्नु भन्दा ठीक अघि भगवानको अन्तिम बोल थियो-- वयधम्मा संखारा अप्पमादेन
सम्पादेथ। पैंतालीस वर्षसम्म बुद्धले जे
शिक्षा दिनुभयो, उसका सार हो: "यदि तपाई यो हरेकपल जान्दै रहनुभयो कि सबै संस्कार
अनित्य छ, त निश्चित रूपले एक समय आउँछ जब लक्ष्य तिर प्राप्ति गर्नुहुन्छ।"
(संदर्भ:
सत्य नारायण गोयन्का एवं सयाजी ऊ बा खिनको प्रवचनहरु तथा पुस्तकहरुबाट साभार)
हिन्दिबाट अनुवाद जीवनकुमार शाक्य
No comments:
Post a Comment