डा. अलेक्ज़ेंडर बर्ज़िन, मैट लिंडेन
मन, कुनै चीजको त्यो व्यक्तिगत, आत्मपरक अनुभव हो जुन प्रतिपल परिवर्तित भैरहन्छ।
मनको संकल्पना जटिल छ र यो विभिन्न
भाषाहरुमा फर फकर छ । बौद्ध मतमा मनको लागि संस्कृत को चित्त शब्दको उपयोग हुन्छ र यस्को अर्थ
अत्यन्त व्यापक छ । यस्मा संज्ञान, धारणा, अनुभव, मूर्त एवं अमूर्त विचार, भावनाहरु, सुख-दुःखको अनुभूति, ध्यान, एकाग्रता र बुद्धि इत्यादि अर्थ
समाविष्ट छ। जब बौद्ध मत मनको उल्लेख गर्छ तब यस्मा सबै प्रकारको मानसिक गतिविधिहरु
निर्दिष्ट छ ।
यहाँ भौतिक आधार केंद्रमा होईन – न मस्तिष्क, तंत्रिका तंत्र, हॉर्मोन्स, र न रासायनिक या विद्युतीय क्रियाहरु सम्बद्ध छ। बौद्ध मत यसमध्य कुनै पनि चीजलाई अस्वीकार गर्दैन किनकि निश्चित रूपले यि उपस्थित र अभिन्न रूपले अन्तर्निहित छ । मन कुनै यस्तो महत्वहीन चीजलाई अभिव्यक्त गर्दैन जुन मस्तिष्कमा रहेर यस्को गतिविधिहरुलाई उत्पन्न गर्छ। यस्को अतिरिक्त, बौद्ध मत सामूहिक अवचेतन अथवा सार्वभौमिक मनको ठोकुवा गर्दैन ।

मानसिक गतिविधि के हो ?
उदाहरणको लागि यदि मन र मानसिक
गतिविधि कुनै चीजको व्यक्तिगत, आत्मपरक अनुभव गर्नु छ भने क्रोधित हुनेको सटीक अर्थ के होला । यो
क्रोध आउनु र यस्को अनुभूति हुनुहो, जुनकि एकै समयमा घटित हुन्छ । कुनै
वस्तुको अनुभव गर्ने सतत धारामा ति एक साथ कुनै घटनाको व्याख्या गर्छ । यदि म
क्रोधित छु भने यो मेरो अनुभव छ तिम्रो। तर म भिन्नै मन रुपी मशीनको क्रोधको बटन दबाएकोछैन
– म बस अनुभव
गरिएको घटनाको भाग हो ।
यो कुनै चीजलाई हेर्नु जस्तै हो, जस्तै कि कुनै स्याउ वा सुन्तला
हेर्नु। वैज्ञानिक दृष्टिमा, प्रकाशको किरणहरु कार्नियाबाट हुँदै हाम्रो आँखामा प्रवेश गरेर
दृष्टिपटल ( रेटीना )को फोटोग्राही कोशिकाहरुमा मिल्छ । यो वैद्धुत सम्वेगहरुलाई
प्रकाशीय सूचना मस्तिष्कलाई सम्प्रेषित गर्नको लागि प्रेरित गर्छ, जहाँ यस्मा काम हुन्छ । यस्को
आत्मपरक अनुभव कुनै स्याउको तीन आयामी मानसिक चित्र ( मेंटल होलोग्राम )को
उद्भव छ र यहि यस्लाई हेर्ने अर्थ हो । यद्यपि मन, एक रिक्त स्थान होईन, मस्तिष्कमा कुनै न कुनैं स्थानमा स्याउको यो तीन आयामी चित्र उठ्छ, जस्को अभिव्यक्ति “मनमा केहि छ” को रूप मा हुन्छ ।
यो तीन आयामी मानसिक चित्र
(होलोग्राम )ध्वनि, गंध, स्वाद, र शारीरिक सम्वेदनको प्रतिरूप
हुनसक्छ , यहाँ सम्मकि हाम्रो
कल्पना र सपनामा पनि। तीन आयामी मानसिक चित्रको बिम्ब देख्नु उत्पन्न भैरहेको
भावना र सुख या दुःखको स्तरको पनि व्याख्या गर्छ, जुन कि मस्तिष्कको विभिन्न अन्य भागहरुबाट हर्मोन्सको स्रावमा
निर्भर गर्छ । कुनै पनि क्षण, हाम्रो मानसिक चित्रको विषय वस्तु कैयौँ कारकहरुको मिश्रण हो :
मिश्रित भावनाहरु तथा केहि हद सम्म सुख या दुःखको साथ एक वस्तु जस्तै की एक दृश्य
अथवा विचार।
तंत्रिका-विज्ञान र बौद्ध मत
1987 मा दलाई लामा र चिलीका वैज्ञानिक
फ्रांसिस्को वारेला द्वारा माइणड एण्ड लाइफ संस्थानको उद्घाटन पछि, अन्तर्राष्ट्रीय वैज्ञानिकहरुको दल र
सिद्ध बौद्ध गुरुहरुले मन र मस्तिष्कको मध्य अन्तर सम्बन्धि विभिन्न फलहरुको
अन्वेषण गरेकोछ । तंत्रिका वैज्ञानिकहरुले नयाँ र अनुभवी दुबै साधकहरुको मानसिक
गतिविधिहरुमा दृष्टि बनाई राखे । यो
उद्घाटित गरे कि निरन्तर ध्यान दिमागको तंत्रीय अस्थिरता (न्युरोप्लास्टीसिटी)लाई
प्रभावित गर्छ तथा जसबाट एकाग्रता र सहानुभूति जस्तो सकारात्मक भावनाहरु
उत्पन्न हुन्छ ।
अहिलेसम्म, पश्चिमी विज्ञान र बौद्ध मतको निष्कर्षहरले एक-अर्कालाई पूर्ण एवं समृद्ध गरेकोछ तथा बौद्ध मतानुयायिहरु एवं प्रख्यात वैज्ञानिकहरुको मध्यभएको संयुक्त प्रयास पहिचान हो त्यस बौद्ध मतको जस्लाई दलाई लामा – २१औँ सताव्दीलाई बौद्ध मत भनिन्छ ।
जीवन अनुभव गर्ने मानसिक गतिविधि बौद्ध मतानुसार ‘चित्त’ हो । यो क्रिया प्रतिक्षण परिवर्तित हुन्छ र विभिन्न मानसिक कारकहरुको साथ हुन्छ। बौद्ध मत हामीलाई सिकाउँछ कि जीवन द्वारा जे पनि प्रक्षेपित हुन्छ हामी त्यस्को शिकार हुँदैनौ यद्यपि हामी जीवनमा कसरी र के अनुभव गर्नुहुन्छ यस्मा स्वयं अभिन्न भूमिका निभाउँछ। मनलाई प्रशिक्षित गरेर हामी व्यापक स्तरमा आफ्नो अनुभवहरुलाई राम्रो रूपमा रूपान्तरित गर्न सक्छौ र निरन्तर प्रयासबाट यो सकारात्मक परिवर्तन सरल हुन्छ ।

भवतु सब्ब मङ्गलम्
No comments:
Post a Comment