गौतम बुद्धले पूजा पाखण्ड
ब्रह्मबवादको विरुद्ध आन्दोलन चलाउन भएको थियो भने बौद्धहरु वहाँको पूजा किन गर्छन
?
गौतम बुद्धका अनुयायी उहाँलाई प्रसन्न गर्नको लागि, उहाँ सित केहि माग्न, स्वर्गको लोभ र नरक को भयलाएर पूजा गरिँदैन । बरु सत्य ये हो कि पूजा नै गर्दैनन उनिहरु वन्दना गर्छन, उहाँको वन्दना बुद्ध प्रति आभार प्रकट गर्नको लागि हुन्छ, ठीक त्यसै जसरी तपाई आफ्नो विद्यालयको शिक्षकको आभार प्रकट गरिन्छ | स्कुलमा शिक्षक हामीलाई पढाउँछन, जस्को लागि उनिहरुलाई पारिश्रमिक उपलव्ध हुन्छ, हामी उन्लाई नमस्कार गरेर आफ्नो आभार र आदर प्रकट गर्छौँ, आभार प्रकट नगर्नु अशिष्टता मानिन्छ ।
गौतम बुद्ध त यस्तो अनौठो शिक्षक हुनुहुन्थ्यो, जुन बुद्धत्व प्राप्ति पछि पैंतालिस वर्षहरु सम्म धम्म्चारिका गरिरहनुभयो र मानिसहरुलाई धम्म सिखाउँदै गर्नुभयो । वहाँले चाहनुभएकोभए बुद्धत्व प्राप्ति पछि कुनै आश्रममा या हिमालयमागएर बाकि जीवन निर्वाणको आनन्द लिँदै बिताउन सक्नुहुन्थ्यो तर उहाँले अनन्त करुणा र मैत्रीको साथ मान्छेहरुलाई धम्म बाँड्नुभयो . यदि वहाँले यसो नगर्नुभएकोभए त आज यो अदभुत धम्म कसरी हामी पाउँथ्यौँ ?
भगवान बुद्धलाई यसकारण पूजा गरिन्छ कि धम्म मार्गमा हिँडने प्रत्येक व्यक्ति भागवान बुद्ध प्रति कृतज्ञताले भरिन्छ र त्यहि कृतज्ञता र आभार प्रकट गर्नको लागि पूजा गर्छन । बुद्धको ज्ञान यति प्रभावी छ कि, आज पनि बैज्ञानिक युगमा त्यति नै प्रभाव छ, जति कि भागवान बुद्धले २६०० वर्ष पहिले उपदेशित गर्नुभएकोथियो । तथागत बुद्धले आफ्नो उपदेशहरुमा सबैभन्दा ७लो कुरा भन्नुभएको छ कि कनै कुरालाई यसकारण नमान कि त्यो धर्म ग्रन्थहरुमा लेखिएकोछ, या कुनै साधू सन्तले भनेकोहो, कुनै कुरालाई यसकारण नमान कि तपाईलाई मनपर्ने मान्छेले भनेका हुन । कुनैपनि कुरालाई मान्नुभन्दा पहिले त्यसलाई तर्कको कशिमा परिक्षण गरेर हेर्नु कि त्यो स्वयमको हितको साथ मानवमात्रको हितमा छकि छैन अर्थात कुनै व्यक्ति या वर्गको हितको लागि कुनै अरु व्यक्ति या वर्गको अहित गर्नु घोर सामाजिक अन्याय हो ।
बुद्धले आफ्ना अनुयाईहरुलाई राम्रो स्वत्रन्त्रता दिनुभएकोछ कुनै अरु धर्मका प्रवर्तकले यस प्रकार स्वतन्त्रता दिएको छकि छैन जाँचेर विचार गरेर हेर्नु । कुनै पनि धर्मका प्रवर्तकहरुले तर्क गर्न जाँच्न स स्वतन्त्रता दिएको पाईँदैन सारा धर्महरुमा बुद्धले मात्रै आफ्नो मतलाई जांचेर मात्रै अपनाउन या स्विकार गर्न स्वतन्त्रता दिनुभएकोछ यो उहाँको बुद्ध धम्मको आफ्नो अनुयायिहरुको लागि दिमागलाई खुला राख्ने महान सन्देश हो ।
बुद्धको शिक्षा भन्नुस या धम्ममा कुनै स्वर्गको त्रास पनि छैन पालन नगरेमा त्रास पनि छैंन । ठिक लाग्छ बैज्ञानिक लाग्छ आफ्नो र अरुको हितमा ठिक छभने मात्रै अपनाउनु स्विकार गर्नु भन्नुभएकोछ । त्यसलाई म तथागतले भनेको भन्दैमा नबुझेरै स्विकार नगर्नु भन्नुभएकोछ ।
बुद्ध दीघ निकाय १/१३मा आफ्नो शिष्य कलामों उपदेश दिँदै भन्नुहुन्छ ।.
;- ” हे कलामों , कुनै कुरालाई यसकारण नमान कि त्यो तिमीले सुनेको हो , तिमीले यस कारण नमान कि बाउ बाजेको परम्पराबाट चल्दै आएको हो , कुनै कुरालाई यसकारण नमान कि धर्मग्रन्थमा लेखिएकोछ। तिमीले यस कार० नमानकि त्यो न्याय शास्त्र अनुसार छ । कुनै कुरा यस कारण नमानकि माथिबाट हेर्दा त्यो मान्य प्रतीत लाग्छ , कुनै कुरालाई यस कारण नमान कि त्यो हाम्रो विश्वास या हाम्रो दृष्टीको अनुकूल लाग्छ कुनै कुरा यसकारण नमान कि त्यो कुन आदरणीय आचार्य द्वारा भनिएको हो कालामों ;- अनि हामिले केगर्नुपर्छ ? बुद्ध ;- …..कलामो , कशी यहि हो कि स्वयं आफू सित प्रश्न गर कि के यो कुरा स्विकार गर्नु हितकर छ ? के यो कुरा गर्नु निन्दनीय छ ? के यो कुरा बुद्धिमानहरुबाट निषिद्ध हो , के यस कुराले कष्ट अथवा दुःख ; हुन्छ कालामों, यति नै तिमीलाई यो पनि हेर्नुपर्छ कि के यो मत तृष्णा, घृणा ,मूढता ,र द्वेषको भावनाको वृद्धिमा सहायक त होईन , कालामों, यो पनि हेर्नुपर्छ कि कुनै मत -विशेष कसैलाई उन्को आफ्नो इन्द्रियहरुको गुलाम त ही बनाउँदैन, त्यसलाई हिंसामा प्रवृत्त त गर्दैन , त्यसलाई चोरी गर्न प्रेरित त गर्दैन , अंतमा तिमीले यो हेर्नुपर्छ कि यो दुःख;को लागि या अहितको लागि छैन यि सबै कुराहरुलाई आफ्नो बुद्धिले जाँच हेर, र तिमीलाई स्विकार गर्न लायक छभने मात्रै नै यसलाई अपनाउनु ।
भवतु सब्ब मङ्गलम् ।
No comments:
Post a Comment