एक पटक भगवान बुद्ध एक धनी मान्छेको घरमा भिक्षा मांग्न
जानुभयो । धनी मान्छेले भन्यो, 'तपाई भीख किन माग्नुहुन्छ ?
भगवान् मुस्कुराउनुभयो र भन्नुभयो, 'खेती नै गर्छु, दिन रात गर्छु र अन्न उत्पन्न गर्छु।'
त्यस मान्छेले सोध्यो, 'यदि
तपाई खेती गर्नुहुन्छ भने, तपाईसित गोरु कहाँछ, अन्न कहां छ ?'
भगवान बुद्धले भन्नुभयो, 'मैले अंतः
करणमा खेती गर्छु । विवेक मेरो हलो र संयम तथा वैराग्य मेरो गोरु हो ।'
मैले
प्रेम, ज्ञान र
अहिंसाको बिउ छर्छु र पश्चातापको पानीले त्यसलाई सिँचाई गर्छु। सबै उपज मैले विश्वलाई
बाँड्छु । यहि मेरो
खेती हो ।
अतः विवेक, संयम, वैराग्यको सहायताले प्रेम, ज्ञान, अहिंसाको
बीज अंतःकरणमा छरौँ र पश्चातापको पानीले सिँचौँ। प्राप्त उपज़ सारा विश्वलाई बांडौ, सबैको कल्याण गरौँ, सबैको मंङ्गल गरौँ ।
भवतु सब्ब मङ्गलम् ।
No comments:
Post a Comment