Saturday, April 28, 2012

सप्तरत्न आर्यधन (संक्षिप्त परिचय)



                                          सप्तरत्न आर्यधन




धनको बारेमा कसैलाई परिचय दिईरहनु पर्दैन होला । धन कस्लाई मन पर्दैन र कस्लाई चाहिंदैन र चाहेत्यो गरीब होस वा धनी । हरेक मानिस अवश्य धनवान हुन चाहन्छन्। धन प्राप्तीकै लागि मानिसहरु भरमग्दूर प्रयत्न गर्छन मेहनत गर्छन बदमासी गर्छन ठीक बेठीक छुट्याउंदैनन पाप धर्म  योग्य अयोग्य केहि छूट्याउंदैन । पुस्तौं पुस्ताका आफ्ना सन्तानका लागि धनआर्जन गर्न चाहन्छन । धनको लागि नै बाबु छोरा नाती दाजुभाईमा क्लेश उत्पन्न हुन्छ । मरेर जानुपर्ने यो शरीरले सकुन्जेल धन आर्जन गर्न के के मात्रै गर्दैन तर सबै छोडेर जानुपर्छ भनेर पटक्कै सोंच्दैन । हामी हाम्रो मन लोभले भरीएकोछ । धन नचाहिने होईन अवश्य चाहिन्छ हरेक कार्य गर्न धन नभै हुंदैन । वास्तवमा धन बाँच्ने एक आधारभूत मात्रै होईन अनुभूत आवश्यकताहो तर यहि साध्य त होईन । धनको लागि कूल ईज्जत मान प्रतिष्ठा गमाएर चरित्र हीन दुश्शील भएर जस्तोसुकै गर्न पछि नपर्ने मुर्खताहो । शान्तिका महानायक भगवान बुद्धले सातवटा आर्यधन कमाउनुपर्ने सप्तरत्न आर्यधन बनाउनुपर्ने उपदेश दिनुभएकोछ । हामीले हाम्रो जीवनयापनको सन्दर्भमा आर्यधनको महत्वपूर्ण स्थान रहेकोछ । यदि मानिस आर्थिकरुपले धनले सम्पन्नछ तर कर्मले विचार विपन्न छभने त्यसको कुनै सार्थकता हुंदैन कुनै अस्तित्व हुंदैन । धनले विपन्न हुनु भन्दा विचारले विपन्न भयोभने बरबाद हुन्छ । विचारले विपन्न भयोभने उस्ले नत आफूलाई जन्मदिने आमाबुवाको अस्तीत्वको कुनै मान मर्यादा गर्छ देश त परै जावस । धन मात्रैले सम्पन्नछ र आर्यधनले विपन्न छभने आदर्श व्यक्त्ती हुन सक्दैन । भगवान बुद्धको उपदेश अनुसार मानव महामानव बन्न, पुरुष सत्पुरुष बन्न आध्यात्मिक गुण सम्पत्ती अनिवार्यछ ।
के हो त सप्तरत्न आर्यधनः सप्त भन्नाले त स्पष्टैछ सात रत्न भन्नाले बहुमुल्य बस्तु र आर्य भन्नाले राम्रो सभ्य र धन भनेकव त भौतिक सम्पत्ती भैहाल्यो । सातवटा राम्रो सभ्य बहुमुल्य सम्पत्ती यि हुन् 
, श्रद्धाधन 
, शीलधन 
३ हिरि (लज्जा) धन, 
४ ओतप्प (भय) धन, 
५ श्रुतधन  ६ त्यागधन, 
७ प्रज्ञाधन । यि अनिवार्यछ ।
केहो त सप्तरत्न आर्यधन जो कोहि व्यक्त्तीमा हुने धन होईन । यो केवल सत्पुरुषहरुमा हुने धनहो । सत्पुरुष असत्पुरुषको बारेमा भगवान बुद्धले यसरी उपदेश गर्नुभएकोछ । भिक्षु हो । यहाँ कोही प्राणी हिंसा गर्नबाट टाढा रहन्छ, चोरीबाट टाढा रहन्छ, व्यभिचार गर्दैन, झूठो बोल्दैन, चुक्ली गर्दैन, कडावचन बोल्दैन, अरुको निन्दा चर्चा गर्दैन, लोभी हुंदैन, द्वेषी हुंदैन र सम्यकदृष्टिको हुन्छ यसलाई सत्पुरुष भनिन्छ । जस्ले पंचशील सदाचारलाई पालन गर्छ उ सत्पुरुष हो । सत्पुरुष भन्दा पनि झनै सत्पुरुष यहां कोहि कोहि आफु पनि प्राणी हिंसा गर्नबाट टाढा रहन्छ अनि अरुलाई पनि हिंसा गर्नबाट बचाउंछ वा गर्न लगाउंदैन गर्दैन, आफू चोरी बाट टाढा रहन्छ र अरुलाई पनि चोर्न दिंदैन वा बचाउंछ, आफु व्यभिचार गर्दैन र अरुलाई पनि टाढा राख्छ, आफु झूठो बोल्दैन र अरुलाई पनि झूठो बोल्न दिंदैन, आफूले पनि चुक्ली गर्दैन अरुलाई पनि गर्न दिंदैन, आफु पनि कडावचन बोल्दैन  अरुलाई पनि बोल्न लगाउंदैन, आफु पनि निन्दा चर्चा गर्दैन अरुलाई पनि गराउंदैन, आफु पनि लोभी हुंदैन र अरुलाई पनि निर्लोभी हुन सिकाउंछ, आफु द्वेषी हुंदैन अरुलाई पनि निर्द्वेषी हुन सिकाउंछ, आफु पनि सम्यकदृष्टिको हुन्छ अरुलाई पनि सम्यकदृष्टिको हुन लगाउंछ । भीक्षु हो यसैलाई झनै सत्पुरुष भनिन्छ । यसको ठीक विपरीत गर्ने गराउने असत्पुरुषहो । सत्पुरुषको जन्म जहां हुन्छ त्यहाँ सुख शान्ती हुन्छ । जुन घरमा सत्पुरुषको जन्म हुन्छ ।त्यो घरमा हित, कल्याण र सुख हुन्छ । कसैको घरमा सत्पुरुषको जन्म हुन्छ लोक हितार्थ कल्याणार्थ सुखार्थ हुन्छ ।यस्को विपरित असत्पुरुषको जहां जन्म हुन्छ त्यहां आफै बुझौं के हुन्छ ।
यहां पुरुषहरुको मात्रै चर्चा भयो भनेर महिलाहरुले गुनासो गर्न सक्छन् यहि गुण धर्म आर्यधन महिलामा पनि हुनुपर्छ सिद्धार्थको पत्नी यशोधरामा यि सत्पुरुषको आर्यधन थियो । सप्तरत्न धन र सप्तरत्न आर्यधनमा भिन्नता ।सप्तरत्न आर्यधनको बारेमा माथि चर्चा भैसक्यो । अब सप्तरत्न धनः १) सुन,) चाँदी,) मोती,) मणी,) वैदूर्य,) हिरा र ७) मुंगा । बौद्ध ग्रन्थ सुत्तपिटकको दीघनिकाय महासुदस्सन सुत्तमा भगवान बुद्धले चक्रवर्ती राजाहरुमा हुने सात प्रकारका रत्नको बारेमा यसरी उल्लेख भएकोछ ।
  
) चक्र रत्नःसहस्र आरा भएको, नेमि नाभि भएको र सबै प्रकारले परिपूर्ण दिव्य चक्ररत्न
 ) हस्ती रत्नःसर्वथा श्वेत, सप्त प्रतिष्ठित, ऋद्धिमान, आकाशमा पनि विचरण गर्न सक्ने, उपोसथ हस्तिराज भन्ने हस्तिरत्न
 ) अश्व रत्नःबिल्कुलै सेतो, कालो टाउको भएको, मुञ्ज जस्तो केश भएको, ऋद्धि सम्पन्न, आकाशचारी बलाहक अश्वराज भन्ने अश्वरत्न
,) मणी रत्नःवैलूर्य शुभ्र, राम्रो जातको, अष्टांश गरी कुंदेको, सफा, निर्मल, चमकदार, मोहक एवं सर्वालंकार सम्पन्न, एकयोजन सम्म चारैतर्फ आभा वा प्रकाश फैलिएको मणिरत्न .
 ) स्त्री रत्नःबिल्कुलै अभिरुपा, दर्शनीय, चित्तलाई प्रशन्न गर्ने, परम सौन्दर्यमयी, न धेरै होंची, न धेरै दुब्ली, न धेरै मोटी, न धेरै काली,, न धेरै गोरी मनुष्य वर्गभन्दा माथिकि परन्तु देववर्णभन्दा केहि कमकी, शरीर शीत ऋतुमा शीतल हुने, जिउबाट चन्दनको र मुखबाट कमलको जस्तो वासना आउने स्त्रीरत्न ।
 ) गृहपती रत्नःकर्म विपाकको कारण दिव्यचच्छु उत्पन्न भएको, स्वामित्व भएको वा नभएको जमिनमुनि गाडिराखेको खजाना पत्ता लगाउन सक्ने सहायक गृहपतिरत्न र
 र ७) परिणायक रत्नः पण्डित, व्यक्त, मेधावी र स्वीकारणीय बस्तुलाई स्वीकार गराउने र छाड्नु पर्ने बस्तुलाई छाड्न लगाउन समर्थ भएको अनुशासक परिणायकरत्न ।
सांसारिक यी अमूल्य धनहरुभन्दा पनि मूल्यवान र बहुमूल्य हुने गर्दछ सप्तरत्न आर्यधन ।

                           भवतु सब्ब मङ्गलम ।

Thursday, April 26, 2012

पाक शिक्षा (अनुभवमा आधारित)




लेखकः जीवन शाक्य

रमादेवी शाक्य
 


पाक शिक्षा आजको परिप्रेक्षमा प्रत्येक व्यक्तिले जान्नुपर्ने आवश्यक बिषय हा। यो शिक्षा महिलाले मात्रै जान्नुपर्ने भन्ने छैन सबैले जान्नु पर्छ । हामीले हामीसित भएको घरायसी वा स्थानीय श्रोत साधनको परिचालन गर्न नजानेर र त्यस्को सदुपयोग गर्न नजानेर बस्तु खेर गईरहेकोछ । कुनै पनि खाद्य बस्तुलाई तरिकाबद्ध मरमसला हालेर बनायौं भने स्वादिष्ट मात्रै होईन पौष्टिक पनि हुन्छ ।
अब हाम्रो वरिपरि भएको फलफूल हरियो तरकारीको अचार बनाएर धेरै दिन सम्म खान मिल्ने गराउन सकिन्छ । आउनुस यस्को अभ्यास गरौं ।

करेला -तिते० अचारःकरेलाको अचार तुरुन्तै खानु पर्ने र केहि दिन सम्म खान मिल्ने अचार दुई   प्रकारको बनाउन सकिन्छ ।

, - करेलाको भरुवा अचार ः
आवश्यक सामग्रीः
करेला -अलि ठूलो०              १ के।जी।
भुटेको कलौंजी                   २५ ग्राम
भुटेको सोंप                     ५०ग्राम
भुटेको धनिया                    २००ग्ा्रम
भुटेको जिरा                     ५०ग्राम
ुर्सानी धुलो                     ५० ग्राम
खाने तेल                      ५०० मि।लि।
सुकाएको आंपको धुलो            ५० ग्राम नभएमा कागतीको रस
बनाउने बिधिः

आम्रपाली (काल्पनिक मौलीक लघु कथा)




 जीवनकुमार शाक्य
मेरो कोठाको उत्तरपट्टीको झ्यालको पर्दा खोल्दा स्वयम्भूको दर्शन गर्न पाईन्छ ।यहि मेरो जिन्दगिको सबै भन्दा महत्वपूर्ण दृष्य हो । काठमाण्डौ आएर यो फ्ल्याट किनेर कोठामा पसे देखि तल झरेकोपनि छैन र झर्नु पनि परेको छैन । मेरो स्यानो संसारमा मेरा सहयोगिहरु एकजना बहिनी छन् एउटा दाई छन् तर यि मेरो आमाले जन्माएका होईनन् । मैले कहिले देखि आफ्नो उपनाम आम्रपाली राखेछु भन्ने हेक्का सम्म पनि छैन । मेरो एउटा नियम छ म सित कोहि मोलतोल गर्न आउनु पर्दैन सबै दाईले मिलाउंछन् । त्यो दाईको घर कहांहो के जातको हो मैले अहिले सम्म सोधेकि पनि छैन केवल नाम थाहाछ संयोग रे । अनि बहिनीको नाम नम्रता रे उन्को पनि घर र थर केहि सोधेको छैन । नम्रताको काम केवल खाना बनाउनु र घरको सरसफाई गर्नु हो । कहिलेकाहीं मैले पनि सघाउंछु । संयोगदाईलाई एउटा मोबाईलको व्यवस्था गरिदिएकोछु । म कहां आउने बिहानै ६ बजे आए पछि सांझ सातबजे प्रस्थान गर्नुपर्छ र सांझ आएपछि बिहान ६ बजे प्रस्थान गरि सक्नुपर्छ । यस्को लागि दुर्इ किसिमको दर राखेकिछु । बिहान आउनेले एक हजार तिर्रपर्छ र सांझ आउनेले पन्ध्रसय तिर्नुपर्छ । एक हप्ता बस्न चाहनेले पांच हजार दिएपुग्छ । ग्राहकलाई सबै सुबिधा उपलव्ध गराएकिछु । को आउंदैछन् कस्तो व्यक्ति आउंदैछन् क्यामेराको व्यवस्थाले सबै थाहापाउंछु । म कहां सामान्य देखि बिशिष्ट व्यक्तिहरु सबै आउंछन् । मलाई छिल्लिएको पटक्कै मन पर्दैन । जो आउंछन् सबै भन्दा पहिला नुहाएर फ्रेस हुने अनि तातो चिसो के मन पर्छ कफि,चिया,चीसो पेय् पदार्थमा केवल कागतीको सर्बत मात्रै । त्यसपछि खानेकुरा के मन पर्छ म कहां केवल शाकाहारी सामग्रीको मात्रै व्यवस्था छ । अनि मदिरा मा व्हिस्की र जिन लगाएत अन्य व्यवस्था गरेकि छु चार पेग भन्दा बढी पटक्कै व्यवस्था छैन । शारिरीक सर्म्पर्क गर्न चाहेमा बढिमा दुर्इपटक सम्म मात्रै तर साधन प्रयोग अनिवार्यछ ।

Wednesday, April 25, 2012

घरेलु उपचारहरु



 केहि चर्चित रोगहरुको घरेलु उपचारहरु
आजभोली डाईबिटीज अथवा सुगर अथवा मधुमेहका रोगी नभएको मानिस कमै होलान हाम्रो खानपान वा आहार बिहार नमिल्नाले सुगर रोगले पिडित हुनुपरेकोछ । कसैलाई घरेलु उपचारको विश्वास लाग्छ तकसैलाई लाग्दैन जसलाई लाग्छ प्रयोग गरेर हेरौं ।
, कांक्रो१ करेला१ गोलभेडा१ को जुस बनाउने खाली पेटमा पिउनाले नियन्त्रित हुन्छ । तपाईंको घर आँगनमा घ्यूकुमारीको बिरुवा छ भने भित्रको गुदीमात्रै बिहान १।१ चम्चा खानाले पनि लाभ हुन्छ ।
, जमुनाको बियाँ धूलो बनाएर एक एक चम्चा बिहान बेलुका खाली पेटमा पानीको साथमा खानाले डाईबिटीज नियन्त्रण हुन्छ ।
, नीमको पात कम्तीमा ७ पात चपाएर वा पिसेर कुनै तरिकाले खानाले सुगर नियन्त्रण हुन्छ ।
यो रोग लागेको लाई यस्ता लक्षणहरु पनि देखा पर्छ ।
पानीको बढी प्यास लाग्ने पिसाब बढी लाग्ने सम्भोग गर्न मन नलाग्ने । गरेपनि छाला चर्केर समस्या हुने ।
 कुनै औषधी प्रयोग नगरे पनि चीनी भएको चिया पटक्कै नपिउने । मीठाईको प्रयोग कम गर्ने । एक छाक भात खाए पनि एक छाक रोटी वा गहुंको दलिया खांदा सुगर नियन्त्रण हुन्छ भन्ने अनुभवछ ।
पायल्स (बवासीर)को बारेमा
दिसा गर्दा रगत निस्कने दुख्ने हुन्छ । यो कब्जीएतको कारणाले उतपन्न हुने रोगहो । गरीष्ट खाना चिल्लो पिरो अदुवा भएको शव्जी खानाले पनि बवासीरले धेरै दुख दिन्छ ।
उपायहरु
, नरीवलको जटालाई जलाएर खरानी बनाउने चालेर राख्ने तीन तीन ग्राम यो धुलो दहीको मही वा मठ्ठा सित खानाले लाभ हुन्छ ।
, चुम्बकीय उपचार पद्दती अनुसार उत्तरी ध्रुबको शक्त्तीशाली चुम्बकमा प्रत्यकदिन बढीमा १ञ५ मिनेट बस्नाले निको   हुन्छ । यो उपचार गर्न चुम्बकीय उपचारको बारेमा जानकारी भएको सित निर्देशन लिनु राम्रो हुन्छ ।
सचेत हुनेः यो रोग हुनेले अदुवा पटक्कै नखाने । भुटेको तारेको र पीरी एकदम कम गर्ने ।

आयुर्वेद ( उपचार पद्दती)


विश्वमा प्रचलित विभिन्न चिकित्सा पद्धतिहरु मध्ये आयुर्वेद चिकित्सा पद्धति सबैभन्दा पुरानो र भरपर्दो चिकित्सा पद्धति हो, जुन शाश्वत, अनन्त र अनादि छ । रोग लागेको ब्यक्तिको रोग प्रशमन र स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा गर्ने बहुआयमिक सिद्धान्तको उद्घोष गदै पूर्वीय सभ्यताको प्रादुर्भाव सँगै विकसित भएको छ । विश्वमा दिन प्रतिदिन बढ्दै गइरहेको नयाँनयाँ रोगहरुको निवारणको लागि र स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षाको लागि केवल एउटा चिकित्सा पद्धतिबाट मात्र सम्भव नहुने कुरा विश्व स्वास्थ्य संगठनले समेत स्वीकारी सकेको यस पनि परिप्रेक्ष्यमा आयुर्वेद चिकित्सा पद्धतिको महत्व दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
आयुर्वेद जीवन सँग सम्बन्धित एउटा विज्ञान हो । जसमा जीवनको संरक्षण संवद्र्धन सम्बन्धी सम्पुर्ण ज्ञानहरु उल्लेख गरिएको छ । आयुर्वेद जीवनको संरक्षण संवद्र्धनको लागि अनिवार्य साधन भएको हुदाँ यसको चिन्तनमनन, अध्ययन र अनुसन्धानको प्रक्तिया योग्यता र आवश्यकता अनुरुप चल्दै आएको छ । आयुर्वेद सम्बन्धि ग्रन्थहरुको रचना, दुर्लभ ग्रन्थहरुको संरक्षण, अनुवादन, लेखन र अनुसन्धानको क्रम मन्द गतिले भएपनी चलेको पाईन्छ । अंग्रेजी तथा हिन्दी भाषाहरुमा बढ्दो आयुर्वेदिय वाङ्मयको तुलनामा नेपाली भाषामा स्तरीय ग्रन्थहरुको रचना र अनुवाद निकै कम भएको अवस्थामा केहि प्रयास गर्नु आवश्यक सम्झेको छु ।
जडिवुटि तथा घरेलु उपचार

Sunday, April 22, 2012

अंगुलीमाल (पूर्णांकी नाटक) जीवनकुमार शाक्य



संक्षिप्त कथाः
बुद्ध शासनकालमा  कोशल राज्य (हाल भारतको उत्तर प्रदेश) श्रावस्तीमा अंगुलीमाल भन्ने खुंखार डांकु थियो । उस्को नामले मात्र पनि गाउंवासीहरु शहरवासीहरु थर थर कांप्थे । उस्ले थुप्रै व्यक्तिहरुको निशस्त्र व्यक्तिहरुलाई हत्या गरेर आतंक मच्चाएको थियो । कुनै पनि व्यक्ति जतिसुकै खराब भए पनि असल शिक्षा पाएमा सुधार हुन सक्छ र जस्तोसुकै असल भए पनि गलत शिक्षाले कुमार्गमा जान सक्छ भन्ने कुरा यस पाठमा शिक्षा प्राप्त गर्न सकिन्छ । यस पाठमा ज्योतिष वाणी पनि सत्य हुन्छ र कार्मिक सम्बन्ध अनुसार प्रतिफल प्राप्त हुन्छ भन्ने शिक्षा लिन सकिन्छ ।
कोशल नरेश प्रशेनजितको राजगुरु अन्तकको पुत्रको जन्म हुंदा शस्त्रको भण्डारमा एउटा अचम्मको बिजुली चम्केको जस्ता उज्यालो छरिएको थियो । राजगुरुको पुत्र जन्म भए पछि ज्योतिषलाई बालकको भविष्य बारेमा जानकारी लिंदा उ भयंकर डांकु हुने योग देखिन्छ । केहि भएपनि सुधार होलाकि भन्ने आसाले बालकको नाम अहिंसक राखिन्छ । राजालाई चाकरी गर्न राजगुरुले बच्चालाई मार्नु पर्ने विचारको प्रस्ताव राख्छ ।
तर राजा प्रशेनजितले बुद्ध शिक्षा पाएको हुंदा अबोध बालकलाई बिना कुनै अपराध मार्नु हुंदैन भनेर उच्च असल शिक्षा पाएमा सुधार हुनसक्छ भनेर अध्ययनको लागि असल विव्दान गुरुहरुको व्यवस्था गरिन्छ  ।बालकको बुद्धि तिक्ष्ण,शुशिल कर्मठ,आज्ञाकारी,स्मरण शक्ति भएकोले कम समयमानै उ प्राथमिक चरणको शिक्षा हांसिल गर्दछ । उच्च शिक्षाको लागि अहिंसकले तक्षशिलामा उच्च शिक्षाको लागि जाने आकांक्षा राख्छ । यस बखत मातृ स्नेह प्रकट भएकोछ । अंहिंसकको आमा मन्ताणी ब्राम्हणीले आफुबाट टाढा पठाउन चाहंदैन । राजगुरु अन्तकले उच्च शिक्षा हांसिल गरे पछि विचारमा शुद्धि भएर वास्तविक अहिंसकनै हुन्छ कि भन्ने आसाले छोरालाई उच्च शिक्षाको निम्ति तक्षशिलामा पठाउने चाहना राजा समक्ष प्रस्तुत गर्दछ । राजा प्रसेनजितले स्विकृति दिन्छ राजकोषबाटै सबै खर्च व्यहोर्ने गरि तक्षशिला पर्ठाईन्छ ।
तक्षशिलामा पुगेपछि गुरुकुलका पूराना विद्यार्थी शिष्यहरुसित चांडै घुलमिल हुन्छ । उ आज्ञाकारी तृक्ष्ण बुद्धि भएको स्मरण शक्ति भएको हरेक शिक्षामा पारंगत हुंदै जान्छ  । जुनसुकै प्रश्नको सरल उत्तर दिएर पूराना विद्यार्थीहरुलाई उछिन्छ ।
 यसैले आचार्य र आचार्य श्रीमतीको अंहिंसक प्रिय शिष्य हुन्छ । अन्य शिष्यहरुलाई इर्ष्याको बिषय बन्छ । कसैले पनि उस्लालाई हरेक पक्षमा हराउन सक्तैन । त्यसैले बिभिन्न षडयन्त्र गरेर अंहिसकलाई तक्षशिला गुरुकुल बाट बाहिर पठाउनको लागि आचार्यलाई गुरुमासित अनुचित सम्बन्ध छ भनेर सबैले झुठ्ठा कुरा लगाउंछ । असत्य कुरा पनि बहुमतले भने पछि सत्य जस्तै हुन जाने हुंदो रहेछ भनेर यस पाठमा देखिन्छ ।
आचार्यले सांच्चै पनि हरेकपल शिष्य अंहिंसक आफ्नो ।श्रीमतीको साथमा देखेर भ्रमित हुन्छ । आचार्यलाई क्रोध हुन्छ बुद्धिमत्ता तरिकाले आफ्नो श्रीमती सित अनुचित सम्बन्ध राख्नेलाई मृत्युको सजाए दिनुपर्छ भन्ने सोंचेर यज्ञको लागि एक हजार मान्छेको औंलाहरु आवश्यक भएको र गुरु दक्षिणाको रुपमा दिनुपर्छ भन्ने माग राख्छ । गुरुको गलत दक्षिणा मांगलाई आज्ञाकारी शिष्य अहिंसकले पुरा गर्न शस्त्रअस्त्र लिएर जंङ्गल प्रवेष गर्छ । आउने जानेहरुको हत्या गरेर औंलाको माला लगाएको हुन्छ ।
अहिंसक नामको यूवा अंगुलीमाल डांकुको रुपमा परिवर्तन भएर कोशल राज्यमा आतंक छाउंछ । राजाले आफ्नो जनतालाई डांकुबाट बचाउन सेनाव्दारा नसकेपछि अंगुलीमालको भयबाट बचाउन राजा स्वयम् अंगुलीमाललाई पक्राउ गरेर ल्याउन तयार हुन्छ । बुद्धको ध्यान दृष्टिबाट आज कस्को कल्याण गर्ने भनेर हेर्दा अंगुलीमाललाई देख्छन् । अंगुलीमालको समिपमा बुद्ध जान्छ । अचम्मको कुरा हुन्छ बुद्धलाई टाढैबाट देख्ने बित्तिकै प्रभावित हुन्छ । अंगुलीमालले चेतावनी दिन्छ ए श्रमण पर्ख अब त्रि्रो मृत्यु हुंदैछ , तर बुद्धले वास्ता नगरि अगाडी बढछ अंगुलीमाल पछि पछि दगुर्छ तर भेट्टाउन सक्तैन । बुद्धले भन्छ वत्स म युगौं देखि स्थिरछु तिमी अस्थिर छौ । अंगुलीमालले भन्छ -मृत्य हुनेको अन्तिम इच्छा पूरा गर्छु तिम्रो के इच्छा छ -बुद्धले रुखको हांगा काटेर त्यस्मा फेरि जोडेर जस्ताको तस्तै गर्न भन्छ । तर असम्भव जस्ले सृजना गर्न सक्तैन उस्ले ह्रास गर्ने कुनै अधिकार छैन । बुद्धको वचनले अंगुलीमाल शरणमा पर्छ । अंगुलीमाल केश मुण्डन गरेर चिवर बस्त्र धारण गरेर प्रवज्जित हुन्छ । शस्त्र अस्त्र व्दारा नहार्ने खुंखार हत्यारा बुद्धको एउटा वचनले परास्त हुन्छ । शस्त्र अस्त्रले पराजित गर्न नसकेको लाई कस्तो वचनले दमन गर्न सकेको होला भनेर राजा अचम्म हुन्छ । उ भिक्षु हुन्छ ।अंगुलिमाल प्रवज्जित भएर भिक्षु भएपछि गाउंलेहरु निशस्त्रलाई ढुङ्गा हानेर प्रतिशोधले  मारि दिन्छ । मृत्युको बदला मृत्युको रुपमा सजाए दिन्छन् । एउटा हिंसक व्यक्तिले अरहत्व प्राप्त गर्दछ ।