Friday, April 13, 2012

धम्मवाणी


धम्मवाणी
शील संग्रह
शील
               शीलको महिमा
               अप्रतिम छ शीलको बल  उत्तम छ शील अस्त्र
               श्रेष्ठ छ शीलको आवरण,अद्भुत छ शीलको कवच बस्त्र ।
               शीलगंधको समान अन्य गंध कहां होला,
               जो जसरी पवन तिर त्यसै गरी उल्टो बग्दछ ।
               मणी रत्नले सुसज्जित राजा पनि शोभायमान हुंदैन
               जसरी शीलको आभुषणले सुसज्जित हुन्छन् ।
               संयम शीलको प्रमाण हो,शीलल् चित्तलाई आान्द गर्दछ
               सबै बुद्धका तीर्थ हुन ,त्यसैले शीललाई बिशुद्ध गरौं ।
               शीलको सुरक्षा
               जसरी चराले अण्डालाई,चौंरी गाईले पुच्छर लाई ,
               आमाले एक्लो पुत्रलाई सुरक्षा प्रदान गर्दछ ।
                उसै गरी शीललाई सुरक्षा गर त्यसैगरी
               सदाचरण गौरवले आचारण भर ।

              
               शीलको अतिक्रमण
               यि जो प्राणी हिंसा,चोरी ,झूठ र परस्त्रि गमन भनिन्छ
               बुद्धिजिवी यसलाई प्रशंसा कदापी गर्दैनन् ।
               स्त्रि सर्ंर्सगमा लिप्त रहने सित शील नै कहां हुन्छ र -
               प्राणीको मासु खानेमा दयानै कहां हुन्छ र-
               झूठो बोल्ने सित सत्य कहां छ र -
               मस्त सुत्ने अल्छि सित शिल्प उर्जा नै कहां हुन्छ र -
               महा क्रोधी सित धनै कहां हुन्छ र -

चित्त
                चित्तको सुरक्षा
                भिक्षुहरु
                सुरक्षित गरिएको चित्त महा-लाभकारी हुन्छ ।
                मानसिक आवेसले आफूलाई बचाउ,
                मनले संयमित भई,मानसिक दुराचार त्यागि
                आफूलाई मानसिक सदाचारी बनाउ ।
       
                लोभ र क्रेाध रहित चित्त भई बस,
                स्मृतिवान एकाग्री चित्त भित्र पुल्कीत हुन्छ ।
       
                मेरो मन आज्ञाकारी औ विमुक्त छ ।
                दीर्घकाल देखि मैले सुरक्षित बनाई राखें ।
                वशमा बनाई राखेकोछ,रत्तिभर पाप छैन
       
                हे दैव अब चाहे जति बर्षे हो बर्ष।
                जस्लाई बुझ्न कठिन छ,जो तिक्ष्ण चलाक छ ,
                जहां चाहृयो त्यहिं पुग्दछ ।
                समझ्दारलाई चाहिन्छ चित्तलाई सुरक्षित गर
                चित्त बडो सुखदायि हुन्छ ।
       
                अतित्मा दगुर्ने   विक्षिप्त चित्त समाधिलाई ,
                बाधा, मार्ग अवरोध,खतरा हुन्छ त्यसको साथ पाई।
       
                भविष्यको योजनामा तल्लिन चित्त पनि
                खतरा र मार्ग अवरोध हुन्छ   भनि ।
                जहां मन लाग्यो,कामना र सुख हुन्छ ,
                त्यहीं पुग्ने यो चित्त हो ।
       
                उस्लाई त्यसैगरि वशमा राख्छ जसरी अंकुशे माउत्तेले
                मात्तिएको हात्तीलाई वशमा गर्छ ।
       
                हे अज्ञानी जटाले त्रि्रो के हुन्छ -
                मृगछाला धारण गर्नाले तिमीलाई के लाभ हुन्छ -
                चित्त तीम्रो मयलले भरिएकोछ ।
                बाहिर बाहिर शरीलाई मलेर के हुन्छ ।
                जुन मनुष्यको आंकांक्षा समाप्त भैसकेको छैन,
                उस्को शुद्धि न त नाङ्गै बस्नाले हुन्छ ,
                न त जटा धारण र माटो दल्नाले हुन्छ
                न त ब्रत बस्नाले , न त कठोर भुईंइंमा सुत्नाले हुन्छ ।
                न त खरानी धस्नाले हुन्छ न त उंधो मुण्टो गर्नाले हुन्छ ।

                जस्को चित्त अस्थिर छ र्सर्द्धमलाई जान्दैनन्
                जस्को श्रद्धा भताभुङ्ग छ ,उस्लाई प्रज्ञा परिपूर्ण हुन सक्तैन ।
       
                हजारौं युद्धमा हजारौलाई पराजय गर्ने योद्धा भन्दा
                आफैलाई जित्न सक्ने योद्धा उत्तम युद्ध विजेता हुन्छ ।
                जसरी शैल पर्वतलाई हावाले केहि गर्न सक्तैन ।
                त्यसै गरि समझदारहरु-बलियो साधक)
                निन्दा प्रशंसाले प्रभावित हुंदैन ।
       
                व्यक्ति आफै मालिक हो अरु नै कहां हुन्छ र-
                आफूलाई वशमा गर्ने नै दुर्लभ स्वामित्व प्राप्त गर्दछ ।
                व्यक्ति स्वयं आफ्नो मालिक हो ।
       
                स्वयं आफ्नै शरणमा छ,त्यसैले आफैलाई संयमित गरि
                जसरी असली घोडाको व्यापारी घोडालाई गर्छ ।
                जसरी स्वर्णकारले  सुनबाट चांदी निकाल्छ ।
       
                ब्राम्हण उस्लाई भनिन्छ जस्ले पापलाई बगायो ।
                श्रमण त्यो हो जस्को चर्या समतापूर्ण र प्रवज्जित भनिन्छ
                जस्ले चित्तको मयल भगायो ।
       
तीन
दुःख र सुखको बारेमा
                अरुले जस्लाई सुख भन्यो आर्यहरु -सन्तहरु)ले दुःख भन्यो ।
                जस्लाई अरुले दुःख भन्यो आर्यहरु त्यसलाई सुख भन्यो ।
                जस्ले आफूलाई कल्याण गर्नुछ ,परम शान्ति पाउनु छ,
                उस्ले आफूलाई योग्य बनाउ,सरल अति सरल र मृदुभाषी होउ ।
                आफूलाई अभिमान बिहिन बनाउ ।
                बर्तमानबाट दिक्क भएर मान्छे सुखको प्रार्थना गर्दछ ।
                सुखि मान्छेले अझै सुखको कामना गर्दछ ।
                संतप्त व्यक्तिले उपेक्षा भाव राखे त्यहि सुख प्राप्त गर्दछ ।
                विपश्यि साधक उऋण सुखलाई,सम्पदाको अस्तित्व र सुखलाई,
                सम्पदाको उपभोग्य सुखको अनित्य स्वभावलाई,
                विपश्यना साधना द्वारा प्रज्ञाले जान्दछ ।
                शील सम्पन्न भएको सुखलाई पनि,
                विपश्यना द्वारा जानेर  बुझि लिन्छ कि दुबैमा के अन्तर छ
                उऋण सुख , सम्पदा सुख औ भोग सुख तिनै मिली
                निर्दोष शील सुखको सोह्रौं कला बराबर पनि छैन ।

                       चार
                शत्रु- मित्र सेवाभाव
                रागको समान आगो छैन,द्वेष समान कठोर छैन,
                मोहको समान बन्धन छैन,न त तृष्णाको समान नदी छ ।

                जसरी स्वर्ण्कारले  सुनबाट चांदी निकाल्छ ।
       
                ब्राम्हण उस्लाई भनिन्छ जस्ले पापलाई बगायो
                श्रमण त्यो हो जस्को चर्या समतापूर्ण र प्रवज्जित भनिन्छ
                जस्ले चित्तको मयल भगायो ।
       
                वैरभावले वैरभाव शान्त हुंदैन,
                अवैरभावले मात्रै वैरभमव शान्त हुन्छ
                यहि नै सनातन देअि चिलआएको धर्म हो ।

                जस्को मन अहिंसा प्रति रत रहन्छ ,
जो सबै प्राणी प्रति मैत्री राख्छ
                उस्को कसै सित वैर रहंदैन ।

                बिना बाधाको ,बिना वैरको बिना बिरोधको तल माथि दाया बायां
                सबै दिशामा सबै लोक प्रति मनमा असिम मैत्रीभाव जगाउ ।
पांच
 सत्य र्-दर्शन
चारै आर्य सत्यलाई हेर्न नसकेको कारणले नै लामो समय सम्म ति ति योनीमा आवागमन भैरहृयो । अब त यि चारै आर्य सत्यलाई देख्यौ फस्वरुप भवनेत्री र भवतृष्णा नष्ट भयो । दुःखको जड नष्ट भयो अब पुनर्जन्म हंदैन । जब कुनै ब्राम्हण तापसलाई ध्यान गर्दा धर्म प्रकट हुन्छ । तब उस्को समस्त शंका टाढा हुन्छ कि ति सबै उत्पन्न हुने स्थितिको कारण जान्दछ । उस्को सबै शंका टाढा हुन्छ किनकि त्यस्को नष्ट हुने कारण पनि जान्दछ ।मा। सेनालाई पराजित गरेर । त्यस्तै प्रतिष्ठित हुन्छ जसरी समस्त अन्धकारलाई परास्त गरेर सूर्य र्अन्तरिक्षमा प्रतिष्ठित हुन्छ ।

जसरी धर्ती भित्रसम्म गाडिएको नगर द्वार चारै तिरको हावाले कांप्दैन म भन्छु त्यसै प्रकारले त्यो सत्पुरुष पनिअचिल भैरहन्छ जो चारै आर्य सत्यको गहिर्राई साक्षात्कार      गर्दछ । सबै डण्ड सित डराउंछनजीवित भैरहन सबैलाई मनपर्छ त्यस्तै गरेर आफै सम्झेर हत्या नगरोस र हत्याको प्रेरण पनि नगरोस ।संयमित भएर हिंड,संयमित भएर उठ संयमित भएर बस र सुत ।भिक्षु संयमित भएरै खुम्च संयमित भएरै खुट्टा पसार ।तल माथि दायां बायां जहां सम्म लोकको गति छ त्यहां सम्म धर्महरु र पांच स्कन्धहरु नाम र रुप उदय र व्यको सम्यक दर्शन गर ।
यि जो जाति धर्म,जराधर्म र व्याधि धर्म छ त्यसलाई जितेर अजर अमर छ क्षेमपूर्ण छ त्यसको खोजमा लाग्छु । यि पुरुषोत्तम सम्यक सम्बुद्ध  द्वारा यस प्रकार अधिकारी नियुक्त गरिंदा ।मैले र्सबज्ञता प्राप्त       गरेर देब- मनुष्यलाई तार्ने सहायक बनुं ।
महा-कारुणिक भगवानले सबै प्राणी हित सुखको लागि सम्पूर्ण पारमिताहरु पूरा गरे सम्बोधि प्राप्त गरे ।सत्य त उकै छ अर्को छंदैछैन जस्को बारेमा मान्छेहरु आपसमा सांच्चै विवाद गरोस ।तैपनि यि बिभिन्न मतका श्रमण आफ्नो तर्फाट बिभिन्न सत्यको घोषणा गर्छन त्यसैले यि सबै एकै कुरा गर्दैनन् । जस्तै कुमालेको सबै माटाको  भांडो फुटी जाने हो त्यसै गरि मरणशील प्राणी को जीन हो ।
                      
                       तृष्णा
भिक्षुहरु एक मोहलाई त्याग गर
तब तिम्रो अनागामी -मुक्त)को जिम्मा लिन्छु ।
जस्को सबै पर कर्म क्षिण भयो र नयां कर्मको उत्पत्ती हुंदैन ।
पूर्व जन्म प्रति जस्को चित्त पूर्तया मुक्त भएकोछ
त्यो क्षिण बिज,तृष्णा मुक्त धीर -पुरुष)लाई त्यसरी नै निर्वाण प्राप्ती हुन्छ
जसरी तेल र बत्ति समाप्त हुन्छ ।

बाहिर भित्र जे पनि सम्बेदना महसुस हुन्छ,
त्यो चाहे सुखद होस या दुःखद होस ।
अदुःखद वा असुखद साधकले उस्को मिथ्या भ्रान्तिलाई नष्ट गर्छ ।
अनुभव महसुस गर्दछ कि वास्तवमा दुःख सम्मिलित छ ।
जहां स्पर्ष शम्प्रजन्य संम्बेदना हुन्छ ,
त्यहां उस्को अनित्य स्वभावलाई अनुभव गरेर त्यसबाट विरक्त हुन्छ ।
यस प्रकार अभ्यास गर्दै साधक त्यस स्थितिमा पुग्दछ ,
जहां उस्ले सम्पूर्ण सम्बेदनाहरुको क्षय र तृष्णालाई
उन्मुलन गरेर परम उपशान्त हुन्छ ,
परिनिर्वाण प्राप्त गर्दछ ।

तृष्णाले पाप उत्पन्न हुन्छ ,तृष्णाले नै जन्म लिन्छ ।
तृष्णा नष्ट गरि दिए पाप नष्ट हुन्छ तब दुःख नष्ट हुन्छ ।
लोकीय क्षेत्रमा आनन्द रस लिनु त्यसबाट सम्बन्धित
बितर्कमा विचरण गर्नु बन्धन हो ।
तृष्णाको बन्धनले सबै बन्धन काटिन्छ ।

लोकमा यो बिषमयी तृष्णा जो कसैलाई अभिभुत गर्दछ
उस्को शोक त्यसै बढन थाल्दछ जसरी बर्षऋतुमा विरण घांस बढछ ।
भिक्षुहरु यो हो दुःख समुदय आर्य सत्य
यो तृष्णा पटक पटक उत्पन्न हुने स्वभावको ,
रागरंजन र आनन्दन र आनन्द संग संयुक्त हुने
कहिले यहांको कहिले त्यहांको रस चाखि चाखि अभिनन्दन गर्दैगर्ने
कस्तो यो तृष्णा हो - यो हो काम तृष्णा भव तृष्णा र विभव तृष्णा ।
उन्मत्त चंचल भई बानी गर्ने मनुष्यको तृष्णा
       
मालुवाको हांङ्गा झै बढछ ।
बनमा फलको र इच्छाले एक हांङ्गा छोडी अर्को हांगा समात्ने बादर जस्तै
त्यो एक भवबाट अर्को भवमा मडारी भुलि  रहन्छ ।
जन्म पनि दुःख ,बुढ्यौेली पनि दुःख रोग औ मृत्यु पनि दुःख
प्रिय सित बिछोड अप्रिय सित मिलन दुःख हो ।
 संक्षेपमा भनिन्छ उपादान अथवा आशक्तिमा आधारित ।
पंचस्कन्धको यो जीवनधारा नै दुःख हो ।
तृष्णाले आकुल व्याकुल मान्छेहरुको माझ,
अहो म आनातुर भएर बडो सुखले बांचेकोछु ।
आतुर मान्छेमा मअनातुर भै बस्दछु ।

मेरो बच्चा, मेरो धन यस अनर्थको चिन्तामानै मान्छे छटपर्टाई रहन्छ ।
जब यो तन र मन आफ्नो नै आफ्नो हुंदैन तब कहां मेरो बच्चा र मेरो धन -

भिक्षुहरु यो "रुप" किन भनिन्छ किनकि यो-रुप्पती) विकृत हुन्छ
त्यसैले रुप भनिन्छ - केबाट विकृत हुन्छ -
गर्मीले , भोकले विकृत हुन्छ,प्यासले,लामखुट्ट टोकाईले विकृत हुन्छ ।
,हावा,घाम, किरार्,र्सपको र्स्पर्शले विकृत हुन्छ ।
भिक्षुहरु किनकि यो विकृत हुन्छ त्यसैले रुप भनिन्छ ।
गीलो छालाले ढाकेको नौ ढोकाको सुन्दर देखिने यो शरीर
सबैतिरबाट सडेगलेको दर्ुगन्ध बगिरहन्छ ।
यो हाडहरुको नगर बनेको जुन मासु  रगतले लिपेकोछ
जस्मा जरा,मृत्यु अभिमान र डाह ढाकिएकोछ ।
पहिलाको वल तीन रोग थिए , र्
इच्छा भोक र बुढ्यौली पशु हत्याले रोगी भए ।

पराक्रम- प्रमाद
लामो आश्वास र  लामो प्रश्वास,
ओछा आश्वास र ओछा प्रश्वास
यि चारै भिक्षु -साधक) नाकमुनी अनुभव भई नै रहन्छ ।
दृढ पराक्रममा लागि राख ,नअडिएर अगाढी बढदै गर
       
म जान्दछु कि तिमी बुद्ध हुनेछौ । यो ध्रुव सत्य हो ।
शीलमा प्रतिष्ठित प्रज्ञावान व्यक्ति ,
समाधि र विपश्यना ज्ञानको अभ्यास गर्दछ ।
यस पुरुषार्थमा पाकेको दक्ष साधक आफ्नो मनको जटा काट्छ ।
जुनआफुले गरेको पापको बर्तमान कुशल कर्मले ढाक्दछ ।
त्यो बादलयुक्त चन्द्रमा जस्तै यसलोकलाई प्रकाश प्रदान गर्दछ ।
बालकको जस्तै बुद्धि भएको व्यक्ति ,पापकर्म गर्दा होश राख्दैन ।

यद्यपि समय पाएर पनि यहि आफ्ना कर्मको कारण
त्यो दुबुद्धिले तप्छ जस्तै आगोमा ताप भएको हो ।
त्रिपिटक ग्रन्थलाई जतिनै पाठ गरेपनि अहमले ग्रन्थ अनुसार आचरण गदैनन्
अर्काको दोषमात्रै हेर्न श्रमणत्वको सहभागि हुंदैन ।
जब कोहि जान्ने मान्छे अहमलाई नम्रताले पराजित गर्दछ,
तब त्यो प्रज्ञा रुपी बार्दलीमा चढेको शोक रहित मनुष्य,
शोकग्रस्त भई बिक्षिप्तहरु यस्तै करुणाभावले देख्दछ ।
जस्तै पहाड माथि उभिएको मान्छेले तल भएको मान्छेलाई देख्दछ ।

जसमा सत्य ,धर्म,अहिंसा,संयम र बल छ ,
त्यहि बिगतको बलले धृतिसम्पन्न स्थवीर भनिन्छ ।
त्यो व्यक्ति अर्थवान हो -ठिक स्वार्थ सिद्ध गर्यो)
त्यो धार्मिक हो ,त्यो दक्ष हो,त्यो चतुर हो,संसारमा  रमाउंदै पनि
त्यो धर्मयुक्त र्रअर्थयुक्त काम गर्दछ ।

चाहे त्यो ब्राम्हण होस या क्षेत्री होस,
बैश्य होस या शुद्र होस,निच तुच्छ होस या उच्च,
जो कसैको धर्म जान्न सक्यो सत्यको लागि त्यहि उत्तम पुरुष हो ।
जसरी उत्तम जातीको घोडा लडेर पनि तुरुन्त उठ्छ पनि
त्यसैगरि सम्यक संबुद्धको दर्शन-सम्पन्न श्रावक भनि।

सम्यक रुप र ध्यानको आश्रति हुन्छ र आफ्नो बितर्कलाई शान्त गर्दछ 
तब त्यो भन्दा माथि परम आनन्दको अनुभुति हुंदैन ।

मैलै आफेनो सम्पदाको स्वयमले उपभोग गरें आफ्नो आश्रति र भाईहरुलाई
पालन पोषण गरि सुरक्षा गरें राम्रा भन्दा राम्रो शिक्षा दिएं ।
पंचबली - पांच प्रकारको दान कर्म )दिएं ।
मैले शीलवान,संयमि ब्रम्हचारीहरुको सेवा गरें । यस्को पोषण पनि गरे ।
कुनैपनि जान्ने गृहस्थि त्यसैले भोग सम्पदाको कामना गर्दछ । 
मेरो कामना पूरा भयो ।
मैले सबै काम यस्ते गरें जस्को फल स्वरुप कुनै पश्चाताप छैन ।
यस्तै आफ्नो सर्त्कर्मको स्मरण गर्दै । सबै गृहस्थ आर्य धर्ममा स्थित हुन्छ ।
यसलोक मा मान्छेहरु यस्को प्रशंसा गर्दछ र मृत्यु हुंदा र्स्वर्गको अनुभुति हुन्छ ।
जुन श्रद्धालु गृहस्थमा सत्यर्,धर्म,धर्ैयता र त्याग यि चार गुण हुन्छन् ।
त्यो न त यो लोकमा चिन्तित हुन्छ न त मरेर परलोकमा चिन्तित हुन्छ ।


                नमस्कार
                आमा बुवा पूर्व दिशा,आचार्य-गुरु) दक्षिण दिशा, छोरा छोरी पश्चिम दिशा
                मित्र आमात्य उत्तर दिशा,नोकर सेवक तल दिशा हो, श्रमण ब्राम्हण माथि दिशा
                वास्तवमा जो गृहस्थ हो उस्ले यि दिशाहरुमा नमस्कार गर्नु पर्दछ ।
                नमस्कार छ तिमीलाई श्रेष्ठ पुरुष नमस्कार छ तिमीलाइ उत्तम पुरुष
                तिम्रो आश्रव क्षिण भयो । तिमी दक्षिण तर्फहौ पुज्यवर
                पापकारी-पुण्यकारी
                पालिमा-
इध तप्पति पेच्च तप्पति,पाकारी उभयत्थ तप्पति ।र्
इध नन्दति पेच्च नन्दति, कतपुत्र्त्र्ाोउभयत्थ नन्दति ।।

               अर्थ-    यस लोकमा संतप्त हुन्छ,मरेर पनि परलोकमा संतप्त हुन्छ
                पाकारी दुबै ठाउं संतन्प हुन्छ ।
                       यस लोकमा आनन्दित हुन्छ,मरेर पनि परलोकमा आनन्दित हुन्छ
                       त्यो पुण्यकारी दुबै ठाउं आनन्दित हुन्छ ।

                       श्रोतापन्नको बिशेषता
                       श्रोतापन्नमा पुगेको परमपद द्रष्टा साधक शरीरले , वचनले
                       या  चित्तले पाप कर्म गर्दछ भने त्यसलाई लुकाउन सक्दैन ।
                       भगवानले भन्नुभएकोछ -
                       निर्वाणको साक्षात्कार गर्ने व्यक्तिको लागि
                       आफ्नो दुष्कर्मलाई गोपनीय राख्न सम्भव छ ।
                       सांच्चै यो पनि श्रेष्ठ रत्न हो ।
                       आर्य श्रावक संघमामा यस सत्यको भनाईले मङ्गल होस
                       सत्य विजयी
                       यहां र्-धर्मको क्षेत्रमा) शील नै प्रमुख हो,प्रज्ञावान नै उत्तम हो ।
                       शील र प्रज्ञाले नै मनुष्यहरु र देवताहरुमा बिजयी हुन्छ ।
                       स्वयम यस्तो ब्रम्हयान बनेर धैर्य पुरुष लोकबाट पार हुन्छ ।
                       परमअवस्था प्राप्त गरेर जय विजयको ठाउं बनाउंछ ।
                       त्यो शरीर प्रति सचेत नभएर  परिसिमित चित्तको जीवन जिउंछ ।
                       त्यो व्यक्ति समाधि र प्रज्ञा द्वारा प्राप्त विमुक्तिलाई त्यस अवस्थाको यथार्थ                                         साक्षात्कार गर्न सक्दैन जस्ले उस्को
                       सबै अकुशल पाप बृत्तिहरुको नाश होश ।

                       मूर्खले पहिला आफ्नो नाश गर्छ त्यस पछि अरुको
                       जसरी चरा मार्ने शिकारीले आफ्नो सुखको नाश गर्छ ।
                       प्राणीको वास्तविकता
                       जसरी यातायातको साधनका हरेक पर्ुजाहरु जोडेर गाडी भनिन्छ ।
                       त्यसै गरि शरीर र पांच स्कन्ध जोंडिंदा व्यवहारको लागि त्यसलाई प्राणी भनिन्छ ।
                       वास्तवमा यि पांच स्कन्धबाट पृथक कुनै प्राणी छैन ।

लक्षण
संयमित पुरुषको -
जो धैर्य पुरुष शरीर बाट संयमित छ ,वचन र मन ले संयमित छ
त्यो नै पूर्रणातया संयमित हो ।
जात न सोध आचरण सोध-जस्लाई कसैले पुज्दैन)त्यस्तो काठबाट आगो जन्मीन्छ ।
त्यस्तै गरि तुच्छ मानिने व्यक्ति कूलमा जन्मेर पनि कुनै व्यक्ति उत्तम धिमान मुनी हुन्छ जो लाजमानिने कामहरुबाट परै रहन्छ ।
ब्राम्हण को हो -
पालीमा- "यस्स कायेन वाचाय,मनसा नत्थी दक्कटं ।
                        संवुटं तिहि ठानेहि,तमहं ब्रुमि ब्राम्हणं ।।

               अर्थ -   जो शरीरले,वचनले र मनले दुष्कर्म गर्दैन,
          जो यि तिन क्षेत्रमा संयमयुक्त हुन्छ।
          त्यसैलाई मैले ब्राम्हण भन्दछु ।
       
         "आसा यस्स न विज्जन्ति,अस्मिं लोके परम्हि च ।
           निरासयं विसंयुत्तं,तमहं बु्रमि ब्राम्हणं ।।"
अर्थ-जस्को मनमा यस लोक र परलोकको कुनै आसा आकांक्षा रहेन ।
        जो यि आंकक्षाहरु बाट मुक्त भयो म त्यसैलाई ब्राम्हण भन्दछु ।
        जिव र अजिव सबै प्राणी प्रति जस्ले हिंसा त्यागि दियो ।
        जो नकसैको हत्या गर्छ न गराउंछ म त्यसैलाई ब्राम्हण भन्दछु ।
        पालिमा -"न जटाहि गोत्तेन, न जच्चा होति ब्राम्हणो ।
        पालिमा -"न जटाहि गोत्तेन, न जच्चा होति ब्राम्हणो ।
           यम्हि सच्चं च धम्मो च सो सूचि सो ब्राम्हणो ।।"
अर्थ - न त जटा ले, न त गोत्रले , न त जन्मले नै ब्राम्हण हुन्छ ।
        जस्मा सत्य र धर्म छ त्यहि पवित्र र त्यहि ब्राम्हण हो ।।
        पण्डित को -
        यि पार्थिव आंखाहरुले जुन स्थुल सत्यलाई प्रत्यक्ष देख्न सकिन्छ ।
        जुन सुक्ष्म सत्य यि पार्थिव आंखाहरुको सिमा भन्दा परै छ ।
यि दुबै लौकिक र पारलौकि सत्यहरुको धर्म साधना द्वारा साक्षात्कार गरेर जो धैर्यय व्यक्ति दुबै लाभ ग्रहण  गर्दछ त्यहि  सांच्चै पण्डित भनिन्छ ।
        मुनी को -
जो शरीरको भित्र चिन्तनको स्तरमा छैन बरु विपश्यना द्वारा अनुभुतिहरुको स्तरमा नरक,पशु,असूर,मनु ,देव र ब्रम्हा आदिको सही ज्ञान प्राप्त गर्दै । काया-शरीर),चित्त,चैतसिक,निर्पाण संबन्धि परमार्थ सत्यहरुको स्वयम् साक्षात्कार गरेर तृष्णाको बाढी र -अज्ञानको सागर) तरेर -जीवमुक्त अवस्थामा स्थित ) असंग  र्सवथा अनाशक्त अनाश्रव र छिन्न ग्रन्थी भएको होस जान्नेहरु यस्लाई मुनी भन्दछन् ।

 भिक्षु को -
 भिक्षुहरु बढदै गर । अनोकौको भलाईको लागि,सुखको लागि । देबव र मनुष्को कल्याणको लागि ,हितको लागि,सुखको विचरण गदै गर । मानसहरुलाई धर्मको उपदेश गर्दै गर । यस्तो धर्म पहिला कल्याण्कारी,मध्यमा पनि कल्याणकारी र पछि पनि कल्याणकारी छ । सबै तिर कल्याणकारी छ। त्यस धर्मको शव्दर्,अर्थको साथ भाव र व्यंजनाको साथमा प्रकट गर ।यस्तो धर्म ।बलमात्र परिशुद्धि नै परिशुद्धि छ । अशुद्धिको कुनै स्थान छैन ।
इसतो परशुद्धिलाई ब्रम्हाचारण द्वारा ब्रम्हाचारण प्रकाशन गर ।
 यस्तो परम परिशुद्धिलाई धर्माचरण द्वारा ज्ञापन गर ।
        यस साधक भिक्षुमा कामकोर् इच्छा,द्वेष


मङ्गल भाव
मङ्गल कामना
 तिमीलाई सबै रोगबाट मुक्ति होस , सबै चिंन्ताबाट छुटकारा पाओस ।
शाक्यपुत्रले बोधिबृक्षको तल जसरी मार माथि विजय प्राप्त गर्यो ।
त्यस्ते प्रकारले तिमी पनि विजयलाभि बन ।
 जय मङ्गल लाभि बन

यो सबै प्राणाी दुख ग्रस्त छ दुःखलु मुक्त होस ।
जो भय ग्रस्त छ त्यो भयमुक्त होस ।
जो जो शोक ग्रस्त छ उ शोक मुक्त होस

 सबैलाई मङ्गल आफूलाई मङ्गल
म एक्लै तरेर के हन्छ -केवल यसैमा पुरुषार्थ के हेरुं ।
मलाई त र्सबर्ज्ञता प्राप्त गरेर ।
 देव र मनुष्यहरु तर्न सहायक बन्नुं छ ।

गरे भलो हुन्छ भलो
जो साथीहरु सित झगडा गर्दैन ।
सत्कारक बाट सत्कार पाउंछ ।
अभिवादन गर्नेलाई अभिवादन गर्दछ ।
यस्ले यश र किर्ति प्राप्त गर्दछ ।

पहिला अङ्गुलीमाल रगतले रङ्गीएको हात थियो ।
 अहो बुद्ध प्रति मेरो शरणमनलाई हेर ।
 मैले भवको अधार नै उखालेर फ्यांकें ।

आमाबुवाको सेवा गर्नु,छोरा छारीको पालन पोषण गर्नु ।
 आकुल व्याकुल नगर्ने निष्पाप व्यवसाय गर्नु उत्तम मङ्गल हो ।

अनेकौ विद्या हांसिल गर्नु , शिल्पकलामा पारंगत हुनु ।
नियम अनुशासनमा अनुशिक्षित हुनु र वार्तालापमा शुभाषित हुनु मङ्गल हो ।

मूर्खहरुको संगत नगर्नु ,बुद्धिमानको संगत गर्नु ,
 पुज्यहरुको पुजा गर्नु उत्तम मङ्गल हो ।
तप -साधना),ब्रम्हचर्यको पान गर्नुर् ।
आर्यसत्यको दर्शन गर्नु ।
 निर्वाणको साक्षात्कार गर्नु उत्तम मङ्गल हो ।
सबै सत्वा प्राणी ,सबै जन्मेका प्राणी ।
सबै मङ्गल कै दर्शन गरौं
रत्तिभरी पनि पापमा नलागौं ।
धर्मपथ  आनन्द पथ
 जब कुनै साधक  शोक बिहिन

मार्गमा श्रेष्ठ मार्ग आष्टाङ्गकि मार्ग,
सत्यमा चतुयार्य सत्य,र्
धर्ममा विरागता श्रेष्ठ हो
मनुष्यमा चच्छुमान बुद्ध हो ।
जहां प्रत्येक क्षण सबै जलि रहेको छ त्यहां हांसो कस्तो हो -
कस्तो मनोरन्जन र आनन्द -

 ए अन्धकारमा रुमलिएका सोझाहरु हो
तिमी ज्ञानको प्रकाश किन खोज्दैनौ -
अशुभलाई अशुभ जानेर साधना गर्नेहरु र्
इन्द्रियहरुमा सुसंयत भोजनको मात्रा जान्ने तिमी
श्रद्धावान र उद्योगीलाई हल्लाउन सक्तैन ।
जस्तै अडिग पहाडलाई हावाले हल्लाउन सक्तैन ।

यो जीवन सांच्चै कति अल्प छ कति लघु छ ।
मानिसले पूरै एकसय बर्षपनि बांच्न पाउंदैन ।
बांचे पनि जर्जर भएर मृत्यु नै हुन्छ ।
जसरी गोठालोले चराउंदै लैजान्छ ।
त्यस्तै गरेर बुढेसकाल र मृत्यु प्राणीहरुको आयुलाई हांकेर लैजान्छ ।

जस्तै कुम्हालेले बनाएको माटाको भांडा ठूलो स्यानो
कांचो होस या पाकेको सबै फुटेर नष्ट हुन्छ ।
त्यस्तै गरेर प्राणीको जीवन नष्ट हुन्छ ।

तन्नेरी होस या बृद्ध होस ,मूर्ख होस या विद्वान होस सबैले मर्नेपर्छ ।
मृत्युराज क्षेत्रीय,ब्राम्हण,वैश्य र शुद्र कसैलाई छोडदैन सबैलाई लैलाजान्छ ।
मैले   न त मृत्यलाई अभिनन्दन गर्छु।
न त जिवित हुन अभिनन्दन गर्छु जब समय आउंछ ।
समृति सम्प्रज्ञान सहित यो शरीर छाडी दिन्छु ।

१४ अनित्यता
"सब्बे संखारा अनिच्चा" ति यदा पय्यांय परस्सति । 
अथ निब्बिदन्ति दुख्खे, यस मग्गो विशुद्धिया ।।
"सबै संस्कार अनित्य छ"जे उत्पन्न हुन्छ त्यो नष्ट हुन्छ नै ।
यदि यो ध्रुवसत्यलाई विपश्यना-प्रज्ञा)ले द्वारा देख्छ जान्दछ
तब उ दुःखबाट मुक्त हुने बाटो थाहा पाउंछ ।
यस्तै छ यो विमुक्तिको बाटो ।
पालीमा -"सब्बे संखारा दुख्खाति" ति यदा पय्यांय परस्सति ।
 अथ निब्बिदन्ति दुख्खे, यस मग्गो विशुद्धिया ।।
सबै संस्कार दुःख हो जे उत्पन्न हुन्छ ,त्यो नाशवान हुनाले दुःखनै हो।
यस सत्यलाई जब कोहि प्रज्ञाले देखेर जान्दछ त्यो दुःखबाट मुक्त हुन्छ
यस्तै हो विशुद्धि मुक्तिको मार्ग ।
सांच्चै सबै संस्कार अनित्य छ ,उत्पन्न हुने सबै परिस्थिति ,वस्तु र व्यक्ति अनित्यनै हो । उत्पन्न हुने नष्ट हुने यस्को धर्म स्वभाव नै हो । उत्पन्न भएर त्यस्को पूर्णतया क्रम समाप्त हुन्छ तब त्यस्को नाम परम सुख हुन्छ । यि स्वभावहरु कसैको अधिनमा छैन ।
अनात्म बोध
" सब्बे धम्मा अनत्ता"ति यदा पय्यां परस्सति ।
अथ निबिदन्ति दुखे ,यस मग्गो विशुद्धिया "
सबै धर्म अनात्म हो म मेरो होईन यस सत्यलाई कोही प्रज्ञा द्वारा जान्दछ तब दुख मुक्तको बाटो प्राप्त गर्दछ यहि विशुद्धि मार्ग हो ।
१५
विकार
क्रोधी मान्छेले आफ्नो हित अहित जान्दैन ।
क्रोधी मान्छे धर्म मान्दैन ।
जस्लाई क्रोधले जित्यो उ अंधकारमा  हुन्छ ।
लोभले लिप्त मान्छे पनि आफ्नो हित जान्दैन ।
उस्ले धर्म पनि जान्दैन ।
जस्लाई लोभले जित्यो उ संधै अंधकारमै रहन्छ ।

धर्ममा आशक्त मान्छे विवादमा हुन्छ ।
जो अनाशक्त छ उ किन विवादमा पर्छ -
जस्ले आफ्नो गुण र दोषलाई जान्दछ ।
उ नै पण्डित हो हो नै जान्ने हो ।
जो पर्राईको गण दोष जान्दछ ।
उहि पण्डित हो उहि जानकार हो ।
कर्म
 पाली-"न जच्चा वसलो होती , न जच्चा होती ब्राम्हणेा ।
       कम्मुना वसलो होती ,कम्मुना होती ब्राम्हणो 
अर्थ- न त जन्मले कोहि चण्डाल  हुन्छ न त जन्मले नै ब्राम्हण ।
      कर्मले नै चण्डाल हुन्छ र्,कर्मले नै ब्राम्हण ।
       
        आफुले गरेको पापले नै आफुलाई मैलो गर्छ ।
        स्वयम पाप नगरे मान्छे बिशुद्ध भैरहन्छ ।
        शुद्धि अशुद्धि त मान्छेको आफ्नै हो ।
        कोहि अरुको भलोले कसरी शुद्ध गर्ला ।
        अशुद्ध आफै हुने हो अरुले गरेर होईन ।
         शुद्ध पनि आफै हुने अरुले गरेर हुने होईन ।
       
        न त अनन्तमा , न त सागरको गहिर्राईमा ।
        न त पर्बतको  गहिरो गुफामा पसेर
        कुनै त्यस्तो स्थान भएन अकुशल संस्कार पाप कर्मले बच्न सकियोस ।
       
        जस्ले संसारमा हिंसा ,चोरी गर्दछ ।
        मदिरापान र व्यभिचार र झुठो बोल्दछ ।
        उस्ले उहि संसारमा आफ्नो खाल्डो खन्दछ ।
       
        कसैलाई कठोर बचन नबोल ।
        चाहे उस्ले जतिनै कठोर बोलोस ।
        कठोर बचन बोल्यौ भने आफै डण्डित हुन्छौ ।
        किनकि कठोर बचनको आरम्भ नै दुःख हुन्छ ।
       
        बच्चा बुद्धि हुने मूर्ख आफ्नै शत्रु बनेर आचरण गर्छ ।
        यस्तो पाप कर्म गर्छ जस्ले आफैलाई दुःखी बनाउंछ ।
        जुन कुशल कर्म गर्नुछ अहिलेनै गर्नुपर्छ ।
        भोली भनेर पन्छिएर बस्नुहंदैन ।
        मृत्युले कसैलाई पर्खन्न र दया गर्दैन ।
        अब उठेर बस सुतेर के हुन्छ लाभ ।
        जस्लाई कांढा बिझेकोछ उस्लाई न्रि्रा कस्तो -
       
        धेरैले यो अमृत पाईसक्यो ।
        अझै पनि पाउन सकिन्छ ।
        उस्ले प्राप्त गर्दछ जस्ले कुशल प्रयास गर्दछ ।
        बिना पयत्न गरि फल नै कहां र्झदछ ।
        जो मर्ूख व्यक्ति धर्म श्रवण गरेर पालन गर्दैन ।
        जति नै आसा गरे पनि केहि पाउंदैन ।
        जस्ले सुनेर आचरण गर्छ ।
        उहि सत्यदर्शी प्रज्ञावान हुन्छ ।
       
        १६.
बाणी
        जुनसुकै स्थितिहरु कारणले उत्पत्ती हुन्छ ।
        जो बुद्धिमान व्यक्ति र्सर्द्धमलाई देख्छ उस्ले मलाई देख्छ ।
        जस्ले सद्धर्म देख्दैन उस्ले मलाई देखेर पनि देख्दैन ।
        भिक्षु यि जो आर्य आष्टाङ्गकि मार्गछन् यहि ब्रम्हचर्य मार्ग हो ।
        यि जो राग- क्षेय, द्वेष - क्षय, मोह- क्षेय छ ।
         यहि ब्रम्हचर्यको परिणती हो ।
       
        जे जान्नु थियो त्यसलाई मैले जाने ।
        जे अनुभव गर्नु थियो त्यो मैले अनुभव गरें ।
        त्यसैले ब्राम्हण म बुद्ध हुं ।

        मैले सबै दुःखको परिपूर्णता ज्ञान प्राप्त गरें ।
        दुःखको कारण तृष्णालाई समाप्त गरें ।
        आष्टाङ्गकि मार्गको पालन गरें ।
        जे गर्नु थियो त्यो सबैले गरें ।
        म कृत कृत्य भएं मुक्त भएं ।
        जस्लाई स्वयम अनुभुति द्वारा देख्न सकिन्छ ।
        जो तत्कालै फल दिने वाला छ ।
        जो तृष्णाको क्षय -नाश) गर्नेवाला छ ।
        जस्लाई धारण गर्नाले अहित हुन सक्दैन ।
        यस्तो धर्म जस्ले मलाई दियो त्यस्को कुनै उदाहरण छैन ।
        उत्तम बाणी
        बाणी यस्तो होस जो अरुको को कल्याण होस ।
        अधर्म होईन धर्मको बाणी होस ।
        बाणी प्रिय होस अप्रिय नहोस ।
        बाणी सत्य होस असत्य नहोस ।
        विवादमा भय ,अविवादमा कुशलक्षम देख्दै
        एकताबद्ध राखोस र मृदुभाषी होओस ।
        यहि बौद्धको अनुशासन हो ।
        मौनको महत्व
        जस्को काया -शरीर) मौन छ,जस्को बाणी मौन छ ।
        जस्को चित्त मौनछ ,यस्तो मौन सम्पन्न हुन्छ ।
        त्यस्तो आश्रव बिहिन र्सवस्व त्यागी मुनी हुन्छ ।
       
        १७.
 बोधी
        सत्य बोध
        पटक पटक दुःख र शोक मग्न हुनेले यति आंसु बगायो ।
        जस्को तुलनामा सागर पनि कम बनायो ।
        यस्लाई बुझ तिमीले किन बेहोसीमा डुबेका छौ ।
       
               १८
 बुद्धको शिक्षा                    
        मैले केवल दूःखको प्रज्ञापन -प्रशिक्षणर्)गर्दछु ।
        जो व्यक्ती शरीरमा हुने संबेदनाहरुको अनुभव गर्छ ।
        उसैलाई सत्य सिखाउंछु दुःख के हो भनेर ।
        उसैलाई सत्य सिखाउंछु दुःखको उत्पत्ती भनेर ।
        उसैलाई सत्य सिखाउंछु यो दुःख निरोध भनेर ।
        उसैलाई सिखाउंछु यो दुःखको निरोधगामिनी प्रतिपदा हो भनेर ।


        कुनै अकुशल कर्म नगर्नु पुयण् कर्म संचित गर्नु ।
        सदा र्सवदा चित्तमा पंचशीलले भर्नु ।
        आफ्नो चित्तलाई धुंदै गर्नु यहि बुद्धहरुको शिक्षा हो ।
        बाणी र मनलाई संधै संयमित राख्नु ।
        शरीरले कुनै अकुशल कार्य नगर्नु ।
        यि तिन कर्मलाई बिशोधनले भर्नु ।
        बुद्धले भनेका अठ मार्गको अनुशरण गर्नु ।

        असीम अप्रमेय बुद्धर्,धर्म र संघलाई सम्झेर प्रशन्न हुनु ।
        शरीरलाई प्रिति र प्रमोदले भर्नु ।
        सदा उल्लास उमंगमा रहनु ।

        १९
 निर्वाण
        साधक सम्यक सावधान र सचेत भई
        जब जब शरीर र चित्तको उत्पत्ती र क्षय
        विपश्यना द्वारा अनुभुति गर्दछ ।
        तब तब प्रिति र प्रमोद रुपी आध्यात्म सुखको उपलव्धी
        पाएर अमृतको पदको साक्षत्कार गर्दछ ।
       
        आरोग्य परम लाभ हो भने सन्तुष्टि परम धन हो ।
        विश्वासनै परम बंधु होभने निर्वाण परम सुख हो ।
        ति सबै अनुहार जो विनम्र भई सर्त्कर्ममा लाग्दछन् ।
        सुदन्त आत्म संयमको जीवन जिउंदछ ।
        चाहे त्यो शुद्र होस या वैश्य र क्षत्री वा ब्राम्हण ।

        जस्को कायानुस्मृति नित्य उपस्थिति सजग हुन्छ ।
        अर्थात कायानुपश्यना -शरीर)लाई हेर्दै गर्दछ ।
        कायामा हुनै सबै परिस्थितिलाई बुझ्दछ ।
        ति साधक कहिल्यै कर्म गर्दैनन् ।
              
        सदा सुकर्म गर्दछन् । स्मृतिवान भई चित्त धमिलो गदैनन् ।
        जस्मा दिन होस वा रात ,कायागतिको स्मृति गर्दछ ।
        बुद्धको उ संधै श्रावक भई उपदेशित हुन्छ ।
भवतु सब्ब मङ्गलम् ।



       

















1 comment:

  1. तपाईं एक व्यवसाय सुरु गर्न र आफ्नो बिल तिर्न वा तपाईंको प्रोजेक्ट लाई वित्त गर्न ऋण चाहिन्छ? के तपाईंले सोच्नुभएको छ कि तपाईं कसरी आफ्नो व्यवसाय विस्तार गर्न सक्नुहुन्छ र यसलाई नयाँ स्तरमा लैजान सक्नुहुन्छ जहाँ तपाईं आफ्नो आय बढाउन सक्नुहुन्छ? यदि हो भने यहाँ आज हाम्रो लागि सही समाधान हो, किनकि हाम्रो व्यवस्थापन विलियम्स लियो ल्यान्डर्स तपाईले आर्थिक सहयोगको प्रस्ताव गर्न तयार हुनुहुन्छ, कृपया हामीलाई सम्पर्क गर्नुहोस्: williamsloanfundshelp@gmail.com

    ReplyDelete