भोली भेरी कर्णाली बन्दको आह्वान
१९ चैत्र २०६८, सुर्खेत
प्रधानमन्त्रि डा. बाबुराम भट्टराइको सरकारबाट जनताले धेरै अपेक्षा गरिएपनि एकै महिनामा २/२ पटक पेट्रोलियम पदार्थको मुल्य बढाएर जनताको ढाड सकेको राष्ट्रिय जनमोर्चाका छैटौ जिल्ला कमिटीका अध्यक्ष बालकृष्ण सुनारले बताउनुभएको छ । आफ्ना माग प्रति सरकारले कुनै प्रतिकृया नदिएको भन्दै भोली एकदिने भेरी कर्णाली बन्दका लागि सुर्खेतको वीरेन्द्रनगरमा गरिएको मसाल जुलुसलाइ सम्बोधन गदै अध्यक्ष सुनारले यस्तो बताउनुभएको हो । यस्तै जनताको ढाड सेक्ने गरि गरिएको मुल्य बृद्धि तत्काल फिर्ता लिन पनि उहाँले आग्रह गर्नुभयो । स्थानिय स्तरका विकास निर्माणको कार्यको लागि करोडौ रुपयाको विनियोजन भएपनि सम्बन्धित ठाउँसम्म नआउदा विकास निर्माणका कमहरु अलपत्र परेकोले छिटो भन्दा छिटो स्थानियस्तरको निर्वाचन गर्नुमा उहाँले जोड दिनुभयो । यसैगरि भेरी कर्णाली रक्तिमका सदस्य मिरा थापाले राज्य चाहिएको होइन अधिकार चाहिएकोले संघियताको नाममा देशलाइ टुक्राउने काम गरिएको र अपराधिक घटनाहरु दिनप्रतिदिन बढ्दै गइरहेको बताउनुभयो । यस्तै अनेरास्ववियु छैटौका अध्यक्ष धिरन थापाले भारतीय विस्तारबादले नेपाललाइ टुक्राउनका निम्ती चहलखेल गरिरहेको आरोप लगाउनुभयो । संघियताका कारण देश टुक्राउने, विखण्डन गर्ने र हामी नेपाली भएर बाँच्न समेत नपाइनेमा उहाँले दुख व्यक्त गर्नुभयो । राष्ट्रिय जनमोर्चाले भोली एकदिनका लागि भेरी कर्णाली बन्द आव्हान गर्नु अघि वीरेन्द्रनगरमा राँके जुलुस प्रदर्शन गरेको छ । भेरी कर्णालीस्थित सबै जिल्लाका शैक्षिक संस्था, बजार, यातायात, कलकारखाना, लगायत उद्योगधन्दा बन्दको आव्हान गरकेा छ ।
No comments:
Post a Comment