गोविन्द केसी
दैलेख, २० चैत ।
विश्व सम्पदा दिवसको पूर्व सन्ध्यामा पहिलो पटक दुल्लुमा विशेष कार्यक्रम भएको छ । हेरिटेज नेपालको आयोजनामा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका दैलेखमा १ सय ५६ सांस्कृतिक सम्पदाहरू मध्ये ३४ वटा लोप भैसकेका जनाएको छ ।
दुल्लुमा सम्पन्न सम्पदा दिवसमा १५ लोक संस्कृतिहरुको बेजोड प्रस्तुती देखाईएको थियो । विशेषगरी दैलेखमा पुरै सम्पदा लोप भैसकेकाहरुमा ढुङ्गे देवल ८४, धारा ७, नाउला ३, प्रस्तर अभिलेख १४, वीरखम्बा २९, दरबार भग्नावशेष ३, प्राचीन मन्दिर १३, धातु प्रतिमा १ र किल्लागढी २ मध्ये ३४ सम्पदा रहेका छन् । ११ संरक्षित अवस्थामा, ७८ लोपोन्मुख, ३३ उच्च जोखिम र ३४ वटा लोप भैसकेको विश्व सम्पदा दिवसमा बताइएको हो । लोप भएका सम्पदाहरुमा भूर्ती, कालिका, पादुका, दुल्लु, किमुगाउ“, कुईकाना, तर्ताङ्गका गरी २४ वटा ऐतिहासिक कलात्मक देवल रहेका छन् । त्यस्तै, दुल्लुस्थित भूमेथान धारा, दैलेखको मूलधारा, पादुकाको रुप्से धारा, तर्ताङ्गको वीरखम्बा, दुल्लु र बेलासपुरका तीन वटा दरबार पनि लोप भैसकेका छन् ।
सम्पदा संरक्षणमा स्थानीय सहभागिता जुटाउने, विश्व सम्पदा सूचीमा समावेश गराउन पहल गर्ने र सांस्कृतिक पर्यटनका माध्यमबाट जिल्लाको आर्थिक विकास गर्ने उद्देश्यले हेरिटेज नेपालले दुल्लु भब्य रुपमा सम्पदा दिवस मनाएको हो । सदरमुकाममा पनि कार्यक्रम गरिने जनाईएको छ ।
हालसम्म कसैले पनि पढ्न नसकेको दुल्लु सैनिक परिसरभित्रको शिलालेखको वैज्ञानिक परीक्षण गरिनेछ । अध्ययनका लागि लिपि विशेषज्ञ दिनेशराज पन्त, कर्णाली प्रदेशको इतिहास विज्ञ प्रा.डा. राजाराम सुवेदी, पश्चिम नेपालको किल्ला, वास्तुकला र संस्कृतिविज्ञ प्रा. डा. डिल्लीराज शर्मा, पुरातत्वविद् श्री प्रकाश दर्नाल, वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी, लोकसाहित्यका ज्ञाता जयराज पन्त लगायतका विज्ञको टोलीले दुल्लुको किर्तिस्तम्भमा लेखिएको कुरा नेपाली र संस्कृति भाषामा लोकार्पण गरेका छन् । यसलाई कीर्तिस्तम्भ भन्दा ठूलो र पुरानो मानिन्छ ।
कर्णाली प्रदेशको मध्यकालीन इतिहासको जिवित प्रमाणको रूपमा रहेको कीर्तिस्तम्भ, नेपाली भाषाको पुरानो शिलालेख जस्ता उत्कीर्ण अभिलेखहरू खिइएर पढ्न नसकिने अवस्थामा रहेकाले संरक्षणका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पहल गर्न दुल्लुमा कार्यक्रम राखिएको आयोजक संस्था हेरिटेज नेपालका अध्यक्ष विश्व केसीले बताए ।

साभारःकांक्रेबिहार
No comments:
Post a Comment