Wednesday, April 11, 2012

राष्ट्रीय शाक्य समाज नेपालको दोश्रो राष्ट्रीय अधिवेशन

चैत्र २८ काठमाण्डु
ने सं ११३२ चउलागा पंचमी

                                         राष्ट्रिय शाक्य समाज नेपालको दोश्रो अधिवेशन आज सम्पन्न भयो । हिजो अधिराज्यको बिभिन्न ३६ जिल्ला मध्य  काठमाणडौ, भक्तपुर ,ललितपुर, नुवाकोट, धादिङ्ग, मोरङ्ग, सुनसरी, भोजपुर, काभ्रे, मकवानपुर, चितवन, दाङ्ग,पाल्पा, रुपन्देही, सुर्खेत जिल्ला लगाएत ३० जिल्लाका शाक्य कुलपुत्र कुलपुत्रीहरु बाजागाजाका साथ नगर परिक्रमा गरि उद्घाटन समारोह भएकोथियो । उक्त्त अवसरमा शाक्य ,  नेवा, बौद्ध, नेपालको झण्डाहरु फहराएर नयाँ नेतृत्व चयन भएको थियो ।नेपालमा शाक्यहरु यति स‌ख्यामा छन् भनेर यकिन तथ्यांक निर्क्योल हुन नसकेपनि देशका बिभिन्न जिल्लामा छरिएर रहेका आफ्नो संस्कृति संस्कार जगेर्ना गर्दा गर्दै पनि भाषा तथा संस्कृति गुमाउनु परेको अवस्था देखिन्छ । नेपाल मण्डल बाहिर गएका शाक्यहरुकोले बिभिन्न समस्याहरुको सामना गरेर पनि बुद्धवंशको शाक्यकूलको रक्षा गर्ने सक्दो प्रयास भएको देखिन्छ ।२०६२ सालमा स्थापना भएको यो समाजले संगठनात्मक उचित व्यवस्थापन गर्न नसके पनि प्रोफाईल तयार गर्ने झीनो प्यास गरेको देखिन्छ । शाक्यहरुले बौद्ध परम्परालाई यथोचित जगेर्ना गर्ने प्रयास गरिरहेको देखिन्छ । अधिवेशनमा बन्द सत्र लगाएत सहभागिहरुको छलफलको प्रतिवेदन प्रस्तुत भएपनि कार्यान्वयन पक्ष अलि कमजोर भएको देखियो । सहभागिहरुलाई बस्ने र भोजनको निःशुल्क व्यवस्था गरिएको थियो भने सहभागिहरुले आफ्नो जातीय संस्थाको उन्नतीको लागि आफ्नै खर्चमा टाढा बाट सहभागि भएकाथिए । नेतृत्व चयनमा लगभग साबिकै बमोजिमका अध्यक्ष प्रेमबहादुर शाक्य, उपाध्यक्ष तीर्थमान शाक्य, महासचिव  सुवर्ण शाक्य, उप महासचिव डा लक्ष्मण शाक्य , कोषाध्यक्ष अमृतमान शाक्य, सह कोषाध्यक्ष१, सदस्य५, ५ क्षेत्रबाट ५ सदस्य अध्यक्षबाट मनोनित २ महिला सदस्य मनोनित गरि१९ पदाधिका रीहरुको निर्विरोध चयन भएको थियो।
अधिवेशनले शाक्यहरुले गर्नु पर्ने कार्यहरु मनाउने पर्ने चाड पर्ब संस्कृतिहरु संस्कारहरु बौद्ध परम्पराअनुसार हुनुपर्ने बुंदाहरु पारित गरेकोछ । जसमध्य कुनै शाक्य कुलपुत्रवा कुलपुत्रीले शाक्य परम्परा धर्म संस्कृति बिरु गर्द्धमा कार्य गरेमा वा उलंघन गरेमा सदस्यता प्रदान गर्न नहुने विचार प्रस्तुत भएको थियो ।
जेष्ठ नागरिकको सम्मान


No comments:

Post a Comment