Friday, April 13, 2012

अशोक सम्राट (एक संक्षिप्त परिचय)



 धम्माराखित, धर्माराजिका, धम्माराजिका, धम्मारद्न्य, चक्रवार्तीं, सम्राट, राद्न्यश्रेष्ठ, मगधराजन, भूपतिं, मौर्यराजा, आर्याशोक, धर्माशोक, धम्मशोक, असोक्वाध्हन, अशोकवर्धन, प्रजापिता, धम्मानायक, धर्मनायक नामले चिनिने (राजकाल ईसापूर्व 273-232 ) प्राचीन भारतमा मौर्य राजवंश को चक्रवर्ती राजा थिए । उनको समय मौर्य राज्य उत्तर मा हिन्दुकुश को श्रेणिहरु देखि लिएर दक्षिणमा गोदावरी नदी को दक्षिण तथा मैसूर सम्म तथा पूर्वमा बंगाल देखि पश्चिममा अफ़गानिस्तान सम्म पुगेका थिए । यो त्यसबेला सम्म  सबैभन्दा ठूलो भारतीय साम्राज्य थियो । सम्राट अशोकलाई आफ्नो विस्तृत साम्राज्य भन्दा राम्रो कुशल प्रशासन तथा बौद्ध धर्म को प्रचार को लागि जानिन्छ ।

जीवनको उत्तरार्धमा अशोक भगवान गौतम बुद्धको भक्त भए र उनकै स्मृतिमा उन्ले एक स्तम्भ खड़ा गरे जो आज पनि नेपालमा भगवानको जन्मस्थल - लुम्बिनी - मा मायादेवी मन्दिर को नजिक  अशोक स्तम्भ को रुपमा राखिएको देख्न सकिन्छ । उनले बौद्ध धर्मको प्रचार भारतको अतिरिक्त श्रीलंका, अफ़ग़ानिस्तान, पश्चिम एशिया, मिस्र तथा यूनानमा पनि गराएका थिए

 अशोकको प्रारम्भिक जीवन
अशोक मौर्य सम्राट ई पू ३०४मा जन्म भएको थियो उनि पाटली पुत्र पटनामा बिन्दुसार तथा रानी धर्माको पुत्र थिए । यिनि मौर्य वंशका हुन् भनिन्छ कि धर्मा एक ब्राह्मणको छोरी थिईन् । एक दिन उस्लाई सपना देखियो कि उस्को छोरा एक ठूलै सम्राट बन्नेछ । त्यसपछि उसलाई राजा बिन्दुसार आफ्नो रानी बनायो । तर धर्मा कुनै क्षत्रिय कुलकि थिईनन् अतः उसलाई कुनै विशेष स्थान राजकुलमा प्राप्त थिएन । अशोकको कैयौं भाईहरु थियो (सौतेनी आमा बाट)-बहीनीहरु पनि थिए । बचपनमा उनमा कडा प्रतिस्पर्धा हुन्थ्यो । अशोकको बारेमा भनिन्थेयो कि उ बचपन देखि नै सैन्य गतिविधिहरुमा प्रवीण थिए । दुईहजार वर्ष पछि, अशोकको प्रभाव एशिया मुख्यतः भारतीय उपमहाद्वीपमा देखि नै देख्न सकिन्छ। अशोक कालमा उकेरा गया प्रतीतात्मक चिह्न, जसलाई हामी 'अशोक चिह्न' को नामले पनि  जान्दछौं, आज भारतको राष्ट्रीय चिह्न भएकोछ। बौद्ध धर्म को इतिहासमा गौतम बुद्धको पश्चात् अशोकको नै स्थान आउंछ भनिन्छ।
 साम्राज्य विस्तार
अशोकको जेठो भाई सुसीम त्यससमयमा तक्षशिलाको का प्रांतपाल थियो तक्षशीला अहिले पाकिस्तानमा पर्छ । तक्षशिलामा भारतीय-यूनानी मूलको अनेकौं रहन्थे । यसले त्यो  क्षेत्र विद्रोह को लागि उपयुक्त थियो । सुसीमको अकुशल प्रशासनको कारण पनि त्यस क्षेत्रमा विद्रोह उक्सीरहेको थियो । राजा बिन्दुसारले सुसीमले भनेर राजकुमार अशोकलाई विद्रोहको दमन गर्न कोलागि त्यहां पठाईयो । अशोक आएको खबर थाहा पाएर नै विद्रोहिहरुले उपद्रव समाप्त गरिदियो र विद्रोह बिना ति युद्ध समाप्त भयो । तैपनि यहाँ बिद्रोह एकपटक फेरि अशोकको शासनकालमा भएकोथियो तर यसपटक त्यसलाई बलपूर्वक मिचिदिए ।
अशोकको राज्य
अशोकको यस प्रसिद्धबाट उसको भाई सुसीमलाई सिंहासन नपाईने खतरा बढ़्यो । उसेले सम्राट बिंदुसारलाई भनेर अशोकलाई निर्वासमा राख्यो । अशोक कलिंग तिर गयो । त्यहाँ उस्लाई मत्स्य कुमारी कौर्वकी सित प्रेम भयो । हालै पाईएको प्रमाणहरु अनुसार पछि अशोकले उसलाई तेस्रो वा दोश्रो रानी बनाएको थियो ।
यसै समयमामा उज्जैनमा विद्रोह भयो । उस्लाई सम्राटले निर्वासनबाट बवलाएर विद्रोहलाई दमन गर्न पठाईदिए । तैपनि त्यसको सेनापतिहरुले विद्रोहलाई दमन गरे तर त्यसको पहिचान गुप्त नै राखीयो किनकि मौर्यहरु द्वारा फैलाईएको गुप्तचर जालबाट त्यसको बारेमा थाहा पाएपछि त्यसको भाई सुसीम द्वारा उसलाई मारीने डर थियो । उ बौद्ध सन्यासि भिक्षुहरु सितमा बस्यो । यसै दौरान उस्लाई बौद्ध विधि-विधानहरु तथा शिक्षाहरको थाहा भयो । यहाँ निर एक सुन्दरी जस्को नाम देवी थियो उनि सित प्रेम भयो जसलाई उसले स्वस्थ्य भएपछि विवाह गरे ।
केहि वर्षपछि सुसीम सित वाक्क भएकाहरुले अशोकलाई राजसिंहासन हडप गर्नकोलागि प्रोत्साहित गर्यो किनकि सम्राट बिन्दुसार वृद्ध तथा रोगी हुंदै गएकोथियो । जब उ आशरम मा॒ थियो तब उस्लाई यो खबर् प्राप्त भयोकि उस्को आमालाई उस्को सोतेनी भाईहरुले मारीदिए । तब उ राज महल मा गएरर आफ्नो सबै सोतेनी दाजुभाईहरुलाई मारीदिए आफू सम्राट भए।
सत्ता सम्हाल्ने बित्तिकै अशोकले पूर्व तथा पश्चिम दुबै दिशामा आफ्नो साम्राज्य फैलाउन शुरु गरे । उस्ले आधुनिक असम बाट ईरानको सीमा सम्म साम्राज्य विस्तार गरेर केवल आठ वर्षमा गरे ।
 कलिंगको लड़ाई
कलिंग युद्ध उस्को जीवनको एक निर्णायक मोड़ साबित भयो । यस युद्धमा भएकोए नरसंहारबाट  आत्माग्लानी हीनतताबोधले भरीयो र उस्ले बौद्ध धर्म अंङ्गिकार गरेर शस्त्रअस्त्र त्याग गरे ।

बौद्ध धर्म अंगीकरण
तेश्रो शताब्दीमा सम्राट अशोक द्वारा बनाईएको मध्य प्रदेश मा साँची को स्तूप
कलिंग युद्धमा भउको क्षति तथा नरसंहारबाट उस्को मन लड़ाई गर्ने मन उराठ भयो दया करुणाले भरीयो र उ बफुले गरेको कृयाकलाप बाट व्यथित भयो । यसै शोकमा उ बुद्धको उपदेशहरुको नजिक आउंदै  गर्यो र उस्ले बौद्ध धर्म स्वीकार गरे ।
बौद्ध धर्म स्वीकार गरेपछि उस्ले आफ्ने जीवनमा व्यवहारमा कार्यान्वयन गर्ने अभ्यास गरे । उस्ले शिकार तथा पशु-हत्या गर्न छोडिदिए । उस्ले ब्राह्मणहरु अन्य सम्प्रदायहरुको सन्यासिहरुलाई मज्जै सित दान गरे । जनकल्याणको लागि उस्ले चिकित्सालय, पाठशाला तथा सड़कहरु आदिको निर्माण गराए ।
अशोक सम्राटले बौद्ध धर्मको प्रचारको लागि आफ्नो धर्म प्रचारक ,नेपाल, श्रीलंका, अफ़ग़ानिस्तान सीरिया, मिस्र तथा यूनान सम्म पठाए । उन्ले यस कामकोलागि आफ्नै पुत्र र पुत्रिलाई यात्राहरुमा पठाएकाथिए । अशोकको धर्म प्रचारकहरुमा सबैभन्दा बढी सफलता उसको पुत्र महेन्द्रलाई भयो। उस्को छोरा महेन्द्रले श्रीलंकाको राजा तिस्सलाई बौद्ध धर्ममा दीक्षित गरे,जस्ले बौद्ध धर्मलाई आफ्नो राज धर्म नै बनाए। अशोक सित प्रेरित भएर  उनले  आफ्नो उपाधि देवनामप्रिय राखे ।
नेपालको लुम्बिनीमां सम्राट अशोकले आफ्नो पहिचानको बुद्ध यहाँ जन्मेको हो भन्ने जानकारीको स्तम्भ स्थापना गरेजस्लाई अशोक स्तम्भ नामले चिनिन्छ । यहि स्तम्भले गर्दा शाक्यमुनी बुद्ध नेपालमा जन्मेको हो भनेर संसारमा सन्देश फैलिएकोहो ।
 मृत्यु
अशोक सम्राटले लगभग ४० वर्षसम्म शासन गरे त्यसपछि लगभग २३२ ईसापूर्वमा उस्को मृत्यु भयो । उस्को कैयौं सन्तान तथा श्रीमतीहरु थिंयो तिनिहरुकँ बारेमा धेरै जानकारी  थिएन । उस्को छोरा महेन्द्र तथा पुत्री संघमित्राले बौद्ध धर्मको प्रचारमा बिशेष योगदान दिएकाथिए ।
अशोकको मृत्यु पछि मौर्य राजवंश पनि लगभग ६०० बर्ष सम्म चल्यो ।
अवशेष
मगध तथा भारतीय उपमहाद्वीपमा कैयौं स्थानमा उस्को अवशेष पाईएकोछ । पटना (पाटलिपुत्र) को नजिक कुम्हरारमा अशोककालीन अवशेष भेटीएकोछ । लुम्बिनीमा पनि अशोक स्तंभ देख्न सकिन्छ । कर्नाटकको कैयौं स्थानहरुमा उन्को धर्मोपदेशहरुको शिलोत्कीर्ण अभिलेख पाईएकोछ ।
सन्दर्भ सामग्रिः ईन्टरनेट विकिपिडिया हिन्दिबाट अनुवाद

No comments:

Post a Comment