दक्षिणी चीनमा आईप्याड खरिदका लागि किड्नी बेचिएको घटनामा पाँच जना पक्राउ परेका छन् । पक्राउ गरिएकाहरुमा एक सर्जन समेत रहेको छन् ।उनले गत वर्ष अपरेशन गरेर किड्ने निकालेको आरोप छ । ती सर्जनले किड्नी प्रत्यारोपणका लागि ३५ हजार डलर लिएको चिनियाँ सरकारी सञ्चार माध्यम सिन्हृवाले जनाएको छ । किड्नी निकालिएका छात्रको स्वास्थ्य अहिले बिगि्रएको छ । १७ वर्षीय उनले उपनाम वाङ्ग रहेको बताइएको छ । किड्नीको बदलामा उनलाई करिव ३ हजार डलर दिइएको बताइएको छ ।
उनले
किड्नी बेचेर आएको पैसाले इलेट्रोनिक ग्याजेट किनेका थिए । चीनमा एप्पलको
आइफोन र आइप्याड निकै लोकपि्रय छ । तर, यसको मूल्य शहरी कामकाजी मानिसको
पहुँचभन्दा बाहिर छ ।
यही
कारण चिनियाँ युवाहरु किड्नी बचेर इलेट्रोनिक ग्याजेट किन्ने गरेको पाइएको
छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार करिव १५ लाख मानिसको
अंग प्रत्यारोपण गर्न आवश्यक छ । जसमा मृत्युदण्डको फैसला सुनाइएका
कैदीहरुको अंग प्रयोग गरिन्छ । तर, पाँच वर्षका लागि बन्द
गर्ने निर्णय हालै लिइएको छ ।
साभारःअनलाईन
खबर
No comments:
Post a Comment