भगवानले र्सबाधिक बर्षावास बस्नु
भएको कोशलमा श्रावस्ती नगर थियो । त्यस नगरमा एक निर्धन दुखि कूलमा जन्मेकि युवती थिईन् जस्को नाम गौतमी तिस्स
थिईन साहै् दूवली पातली कृशकाय भएकिले कृशा भनेर बोलाईन्थ्यो पछि गएर यहि नाम चलन थाल्यो
। कर्मको संयोग भनौं वा भाग्यले एक धनी परिवारको युवक सित बिहे भयो । कृशाको जीवनयापनमा
सुख आईपरेको देखियो । लोग्नले खुबै माया गर्थ्र्यो कृशा पनि खुसि थिईन् तर परिवारका अरु खुसि थिएनन् । सासु
ससुरा र अन्य मान्यजनको दिन रात सेवा गर्दा पनि खुसि भएको देखिनन् । गरीब परिवारकि छोरी भएकिले हेलां
भएकि थिईन् ।परिवारका अरु सदस्यले बिभिन्न व्यंग गर्दा कृशालाई साह्रै चित्त दुख्थ्यो
र सोंच्थीन् यसरी धनी परिवारमा आएर हेलां हुनु भन्दा त गरीब परिवार मै बिहे भएको भए
हुन्थ्यो । जेभएपनि लोग्नेले मायां गर्ने भएकोले सन्तोष गरेकि थिईन् । बिहे भएको केहि
बर्ष बितिसक्दा पनि कुनै सन्तान नभएकोले पनिे हेलां भएकि थिईन् । यो अभागिनी अलच्छीनीले
कूलको कल्याण नगर्ने भै यत्तिका बर्ष हुंदा पनि एउटा बच्चा जन्माउन सकेकि छैन भनेर
कुरा सुन्नु परेको थियो । तर बिचरी कृशाले के गरोस बच्चा जन्म नहुनु उस्को के दोष चुपलागेर आंसु बगाउंदै सहनु बाहेक
के उपाय हुन्थ्यो र । उस्को भाग्यले कोल्टे फेर्यो कृशा गर्भवती भईन् अनि दशमहिना भएपछि एउटा सुन्दर
छोरालाई जन्मायो । अनि त वंश चलाउने घरमा नयां पाहुना आएपछि घरका सबै जना खुसि हुन
थाले । सबै जना खुसि भएर घरमा बच्चाको रोदनले गुन्जाएमान भयो अनि त कृशालाई सबैले मान
सम्मान गर्न थाले मायाँ गर्न थाले । बच्चा हेर्दाहेर्दै हिंडन र बोल्न थाले । बच्चा
पनि सबैको प्रिय नहुने त कुरै भएन । बच्चाको कारणले पनि कृशा सबैको प्यारी भईन् । कृशाको
खुसियालीमा भाग्यलाई ईर्ष्या लागेछ वा आंखा लागेछ उस्को दुःखको दिन फेरि आरम्भ भयो
। बच्चा घरको पछाडीको बगैचामा खेलिरहेको अवस्थामा बिषालु र्सपले डस्यो । बच्चा हेर्दा
हेर्दै नीलो कालो भएर फिंज निकाल्न थाल्यो कृशा रुन कराउन थालिन ।बच्चालाई झारफुक गरे
सारा उपाए गरे तर हांसिरहेको बच्चाको इहलिला समाप्त भयो। कृशाको एक मात्र आधार छोरा
मरेकोले उनि बहुलायी जस्ती भएर रुन कराउन थालीन् । टोल छिमेककाले बच्चा मरिसक्यो अब
कृयाकर्म गर्न लैजानु पर्छ । कृशाले मरेको बच्चालाई छात्तिमा टांसेर होईन मेरो बच्चा
मरेको छैन लैजान दिन्न केवल बेहोस भएकोछ व्युंझन्छ लौन कोही मेरो बच्चालाई व्युंझाईदिनुहोस भन्दै
रोएर बिलाप गर्न थाल्छिन् । लौन कोही बचाईदेओ मेरो बेहोस भएको छोरालाई ।
गाउंले तिम्रो छोरा मरिसक्यो भन्दा कृशा
पटक्कै मानिन । तिम्रो मरेको बच्चालाई कसैले बचाउन सक्तैन सकिहालेपनि महावैद्य भगवान
बुद्धले मात्रै सक्छन् जाउ तिमी गौतम बुद्धलाई गएर भन ।
कृशाले
मरेको छोरालाई छात्तिमा च्यांपेर बुद्धको अगाडी गएर बिलाप गर्छिन्- हे भगवान † मेरो छोरा म
बाट छिनेर लैजान खोज्दैछन् । मेरो छोरा बेहोस भएकोछ लौन कुनै औषधी दिएर व्युताई दिनुहोस
† भगवान भन्नुहुन्छ
- छोरी † व्यर्थको विलाप
नगर यो निष्प्राण भैसकेकोछ । कृशा भगवानलाई बिलाप गर्दै भन्छिन् भगवान † यो निष्प्राण भएपनि हजूर त महाभिषक हुनुहुन्छ अरुले भन्छन्
हजूरसित संजीवनी छरे मेरो छोरालाई जसरी भए पनि व्युंताई दिनुहोस † भगवानले कृशाको अवस्था देखेर विचार गर्नुहुन्छ कृशालाई अरु कुरा गरेर मान्ने स्थिति छैन यिनि
पनि पटाचारा जस्तै शोक विव्हल भएकिछिन् र भन्नु हन्छ -कृशा † भन्नेले ठिकै भन्छन् हो म महाभिषक नै हुं तिमीलाई एउटा औषधी
अवश्य दिनेछु । कृशालाई खुसि लागेर भन्छिन् लौन भगवान दिनुहोस औषधी । भगवानले भन्नुहुन्छ
-कृषा † जाउ गाउंबाट एक चिम्टी सर्स्र्युं
मान्छे नमरेको घरबाट लिएर आउ । कृशा बच्चालाई छात्तिमा टांसेर श्रावस्ती नगरको घर घर
सर्स्र्यु खोज्न थालिन् । नगरका मान्छेहरु
कृशाको विलाप देखेर भन्थे कृशा तिम्रो छोरा व्युंताउन एक चिम्टि
मात्रै होईन एक पाथी पनि दिन्छु तर नमरेको घर नै कहां छ । जुनसुकै घरमा मान्छे मरेकै
हुन्छ । सबै मान्छे मर्छन् बच्चा मात्रै होईन बुढा पनि मर्छन सबैले मर्नै पर्छ । तिमी
म सबै एकदिन मछौं मर्नु र बांच्नु हाम्रो
शक्ति भन्दा बँहिर छ । वास्तवमा भगवानले कृशालाई सत्य सम्झाउन
एक चिम्टि सर्स्र्युं मान्छे नमरेको घरबाट लिएर आउ भन्नुभएको थियो । कुरा समान्य भए
पनि एक चिम्टि सर्स्र्यु मगाउनु दुखियारीको हृदयमा धर्मको चेतना जगाउनको लागि प्रेरणा
प्रयाप्त हुनगयो । कृशालाई होश खुल्यो ए सांच्ची मान्छे नमरेको घर र्नै कहां होला र
। अनि कृशाले मरेको बच्चालाई कृया कर्म गर्न आफ्नो छात्तीबाट हटाएर दियो । कृशा भगवान
समक्ष पुग्छीन् । भगवानले सोध्नुभयो - कृशा † ल्यायौ सर्स्र्युं - कृशाले भनिन्
- भगवान † सर्स्र्युं त
पाइएन हराएको होस अवश्य पाएं । मैले ज्ञान पाएं भगवान सबै मान्छेले एक दिन मर्नुपर्छ
। अनि भगवानले कृशालाई धर्मोपदेश दिनु उचित समय देख्नुभएर भन्नुभयो - कृशा † मृत्यु सबै प्राणीको
धर्म स्वभाव हो । केवल गरीब,केवल गाउंको मात्रै,केवल एउटा कूलको मात्रै मृत्युको बिषय नभएर सबैको बिषय हो । प्राणी जन्मेपछि
मर्नुपर्छ हाल बेहोस र अज्ञानी मान्छे जन्म जन्मान्तर सम्म जन्म र मृत्युको खेलमा अल्झिरहन्छन्
। कृशा श्रद्धा र कृतज्ञताले बिभोर भएर भगवान समक्ष प्रवज्याको लागि अनुरोध गरिन् ।
भगवानले अनुमती दिनुभयो । कृशा गौतमी प्र्रमुख शिष्याहरु मध्य एक शिष्या भईन् । लोकको
सेवामा लागिन् । उन्ले अरुलाई सम्झाउन थालिन् ।सबै संस्कार अनीत्यछ । जन्म भएछि एक
दिन मर्नै पर्छ उत्पत्ती भएपछि अवश्य ह्रास हुन्छ ।
भवतु सव्व मङ्गलम् ।
No comments:
Post a Comment