Friday, April 6, 2012

सीम्ता दराको यात्रा स्मरण



             
    बजेडीचौर सीम्तामा एक दिवसीय उत्सवछ ऐतिहाँसिक रमणीय स्थलछ जाउं सर भनेर मलाई जागरण एफ एमका निर्देशक नवराज शर्माले मलाई २१ गते खबर गर्नुभयो । उहाँले कोटको थुम्को र गुफा बडो रोचक र नेपालको सम्भवतः सबै भन्दा उंचाईमा रहेको महत्वपूर्णछ भन्नुभएको थियो । त्यो भन्दा अघि फेसबुकबाट गुफाको बयान सुनेरै कहिले जानपाईएला भन्ने उत्सुकता थियो । पर्यटन व्यवस्थापन समिति राजनैतिक दलका नेताहरु पत्रकारटोली जाने भन्ने थाहापाएर म बडो उत्सुक र रोमान्चित भएं । २२ गते बिहान ६ ३० नवराजजीको  ईलेक्ट्रोनिक्स सौगात पसलमा पुगें ७ बजे प्रस्थान गर्ने भनिएको कुर्दा कुर्दै जीपको व्यवस्थापनले गरेको सवारी साधन लडाईमा जाने जस्तो जीप ९ बजे वीरेन्द्रनगरबाट प्रस्थान गरीयो जस्मा हामी दीपक बुढा कमल न्यौपाने राजेन्द्र शाही सुर्खेत पत्रका सम्पादक ललित बसेल नवराज शर्मा लगाएत ९ जना थियौं ।गाडीको अवस्था देख्दा मलाई यो बेला भने पत्रकारहरुलाई अलि हेलाँ गरेको महसुस भयो । छिन्चु पुगेपछि पर्यटन व्यवस्थापन समितिका अध्यक्ष एवम् स्थानीय विकास अधिकारी हिरालाल रेग्मीज्यू लगाएत सबै सित भेट भएपछि खाजा खाएर प्रस्थान गर्यौं । म पनि एक बुढो पत्रकार भई टोपलेकोले सबैको मायाँ र सम्मान पुर्वक सल्ली बजार भेरीको फेरी छेउमा पुगेपछि फेरि बिग्र्को २ दिन भेसकेको रहेछ । गाडी तर्न नसक्ने अवस्था भयो । यो अवस्थाको जानकारी किन हुन सकेन भन्ने कौतुहलता नै भयो । गाडी घुमाएर राकम झेलुङ्गेपुलमा पुगीयो । अब कसरी सीम्ता पुग्ने सम्स्या आईलाग्यो जेहोस जामुने बजारमा पुगेर खाना खाने अनि के गर्ने भन्ने पत्रकारटोलीमा छलफलभयो । ३बजे फर्किएन भने समाचार अपडेट हुन नसक्ने भएकोले १ बजे पुगेर कार्यक्रम समपन्न गरेर ३ बजे फर्कने योजना फेल खायो । जामुने बजारमा खाना खाईसकेपछि पत्रकारहरु फर्कने कि के गर्ने भन्ने छलफल भयो । थुम्कोमा जान ट्रेक्टरको व्यवस्था भयो पत्रकारहरुलाई जसरी पनि ५ बजे सम्म फर्काउने नीधोभयो ।
स्थानीय विकास अधिकारी सबै भन्दा पहिला ट्रेक्टरमा चढ्नुभए पछि हामी सबैजना चढ्यौ । मर्ता क्या न कर्ता भनेजस्तै भयो । जिन्दगीमा पहिलो पटक ट्रेक्टरमा यात्रा रोमान्चक र रमाईलो नै भयो ट्रेक्टर द्रुत गतिमा दौडीयो तर एक ठाउंमा साँघुरो बाटो भएकोले ट्रेक्टर अघि बढ्न नसक्ने अवस्था भएपछि हिंडेर जानुपर्ने बाध्यता भयो केहि मोटर साईकलबाट लागे । लगभग २घण्टा उकालो लागपछि मेरो बेहालत भयो सें सें गर्दै उकालो लाग्न गाह्रो भयो । बल्लतल्ल साथीहरुले टीठ मानेर मोटरसाईकलबाट मलाई कार्यक्रम स्थलमा पुग्दा कार्यक्रम सुरु भैसकेको थियो । राजनैतिक दलका नेताहरुबाट भाषण भिषण गर्न थालेका थिए । नेपाली कांग्रेसका प्रतिनीधी ने क पा एमालेका  एनेकपा माओवादीका जितबहादर राना बाट प्रतिबद्धता मन्तवय भयो र मुख्य अतीथि रेग्मीज्यूले पनि उत्साहित भएर भाषण गर्नुभयो । स्थानीय गर्रा नृत्य र सोरठी नृत्य प्रस्तुत भयो लगभग झमक्क साँझ परेपछि ७बज्यो कोट थुम्कोमा पुगीयो । मैले गुफा तिर जाने आँट गरीन स्था बि अ रेग्मी लाग्नुभयो बाटो अलि डरलाग्दो अप्ठेरो थियो । कार्यक्रम संचालक कबिन्द्र शाहीमा उत्साह र उमङ्ग थियो नेता तथा स्थानीय विकास अधिकारीलाई बेस्सरी चाकरीको भाषामा हौस्याए । रेग्मीजीले स्थानीय जनताको सकृयतामा आफ्नो साथ रहने र सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो । कार्यक्रम संचालक शाहीजीले २०६९ सालमै सीम्ता महत्सव सम्पन्न गर्न आँट गरे । माथि थुम्कोबाट म हिंडन नसक्ने देखेर मोटर साईकलबाट भिरालो अनि सांघुरो अँध्यारोमा खतरनाक यात्राको नेतृत्व सहकारी प्रमुख आनन्द सारुले गर्नुभयो त्यस्तो साँघुरो अप्ठेरो जङ्गलको बाटोमा धन्न हाँकेको हो मेरो त सात्तो नै गयो मोटर साईकल हाक्न त खप्पीसै हुनुहुदो रैछ ।
मलाई भने भोकले लखतरान्न पारीसकेको थियो । साथीहरु अथवाको र रमाईलो गरे खाना र सुत्ने व्यवस्था भयो । कालो काफलको स्वच्छ मदिरा र कुखुराको परिकारले बाटोको हांडाई थकाई बिर्सीयो । म भने शाकाहारी त्यहि अनुसार खाना खाईवरी आराम गरीयो । ३ ठाउंमा बिभाजन भयो जि बि स टोली रानैतिक टोली र पत्रकार टोली म रानैतिक टोलीमा परें । राती १० बजे सुत्ने तरखर भयो सुताई के हुन्थ्यो घराई प्रतियोगिता नै भयो मैले यो प्रतियोगितामा सहभागि नहुनेत कुरै भएन । २३ गते बिहान ६बजे वीरेन्द्रनगर फर्कने तरखर भयो र ओरालो लाग्यौं । खुट्टाको ब्रेक लगाउंदा लगाउंदा पिडौंला दुख्न थाल्यो राकम पुगेर झोलुङ्गे पुल तरेर साबिक बमोजिम लडाईमा जाने जस्तो गाडीमा चढेर लाग्यौं ११ ।३० बजे जहरेमा खाना खायौं स्थानीय विकास अधिकारी पछिनै हुनुहन्थ्यो । यो एक दिवसीय महत्सवलाई कार्यक्रमको उत्साहको पहिचान भन्दा फरक परोईन । यो क्षेत्रलाई आन्तरिक पर्यटनको विकास गर्न सर्बप्रथम बाटो व्यवस्थित हुनु नित्तान्त आवश्यक छ । बाटो अव्यस्थित अवस्थामा महोत्सव गर्नु भनेको त आन्तरिक पर्यटकहरुलाई झुक्याउनु र दुःख दिनु मात्रै हुन्छ । कुनै पनि योजना तर्जुमा गर्दा विचार पुगाउन सकिएन भने अनावश्यक झमेला मात्रै हुन्छ । स्थानीय जनता सकृय भएर आफनो ठाउंको विकासलागि मरि मेट्नु प्रशंसनीय हो ।





No comments:

Post a Comment