मेरी बहिनी शुशिला शाक्य अधिकारी कबियत्री भईन्
लौ पढनुस यो कबिता
शुशिला शाक्य अधिकारी |
आमा
मेरो कहाँ गयौ
धर्तीमा हरायौकि आकाशमा बिलायौ ।
हावामा
हरायौकि पानीमा बिलायौ ।
कहाँ
कहाँ खोजुँ म तिमीलाई ।
धर्ती
च्यातेर हेरुँ कि आकाश फाडेर हेरुँ ।
हावामा
स्पर्ष गरेर हेरुँकि पानीमा छामेर हेरुँ ।
केहि
आवाज त देउ आमा कि म यहाँछु भनेर ।
म
जताततै भौंतारिंदै खोजी हिंडछु ।
मेरो
आमा कहाँ गयौ भनेर ।
मेरो
आखाबाट झर्ने प्रत्येक आँसुका थोपाहरु सित सोधें ।
के
तिमीले मेरो आमालाई देख्यौ कि कतै भेट्यौ कि ।
तर आँसु
केवल झरी रह्यो बग्दै गयो एकनाशै चुप भैरह्यो ।
म भने आँसु
बगाउंदै चारैतिर खोज्दैछु ।
हिंडिरहेकिछु
गन्तव्य बिहिन जस्तै आमा आमा भन्दै ।
चारैतिर
हेरें सबै छन् तर मेरो आमा छैन त ।
अनि म
झा डाँको छोडेर भक्कानो फुटाएर रुन्छु ।
आमालाई
खोज्दा खोज्दै थाकिसकें कहां कहाँ खोजू आमा ।
ए मेरो
आँसु भनिदेउ न तिम्रो आमालाई देखेकेकोछु भनेर ।
झुठो नै
भएपनि भनिदेउ न तिमर् आमालाई देखेकोछु भनेर ।
म पनि
चुपलागेर बस्छु कहिं खोज्न जांदीन ।
अनि मरो
मन शान्त हुन्छ ।
अब त
मेरो आमालाई एक ठाउंमा मात्रै खोज्न बांकिछ ।
प्रत्येक
गर्भवती आमाको पेटमा खोजुंकि
त्यहाँ
त पक्कै हुनुपर्छ । तर मेरो आमा त मेरै मन भित्र रहेछ ।
No comments:
Post a Comment