मान्छे आजभोली टेन्शन टेन्शन नभन्ने बिरलैहोला बिभिन्न समस्या
बाधाहरुबाट टाउको फुट्ला जसतोभयो नभन्ने कमै होलान त्यसैले पनि मान्छेको शरीर
आत्मविश्वास पनि कमजोर हुन्छ । आफूले भनेको जस्तो भएन जे पनि आफ्नै बिरुद्धमा शव्द
व्यवहार देखेर सुनेर तनावग्रस्त हुन्छ मान्छे। घर परिवारमा आफूले भने जस्तो केहि
हुन सकेन छोराले भनेको मानेन बुहारीले टेह्रेन छोरी पनि आफ्नो पक्षमा छैन व्यापार
चौपट भयो कार्यलयमा हाकीम सित कुरा मिलेन यि सबै कारण बनेर तनावग्रस्त भयो रक्तचाप
बढ्यो भनेर चिन्त हुन्छन् । तर ध्यानको शक्तिले मस्तिष्कको शक्ति बढ़ाएर स्वयम्लाई
शक्तिशाली बनाउन सकिन्छ । ध्यान एक यस्तो सर्बोत्तम शक्ति सम्पन्न उपाय हो अचम्मै
लाग्छ । म एक रक्तचापको बिरामी मष्तिष्कलाई आराम गर्ने बिभिन्न औषधी सेवन
गर्नुपर्ने व्यक्ती । प्रत्येक दिनको मेरो रक्तचाप १८०।१२० नर्मल भनेको १६०।१००
हुन्थ्यो २क्तचाप बढेर २८०।१६० पनि भएथ्यो । यो सबै आफ्नै कारण रहेछ । आज भोली
मैले रक्तचापको कुनै औषधी सेवन गर्दीन केवल ध्यान गर्छु ।
सावधानी : ध्यानको शक्ति बढ़ाउन शाकाहारी भएमा धेरै लाभ हुने रैछ ।अर्को
कुरा शुद्ध सुपाच्य भोजनले ध्यानलाई शक्तीशाली बनाउन सहयोग गर्छ दूध र घ्यू पनि
ध्यानको लागि बाधा हुने रैछ । यो शाकाहारी केवल खाने-पीउनेमा मात्रै होईन हरेक
पक्षमा शाकाहारी भएको साह्रै राम्रो। अर्थात लगाउने लुगाहरुमा वा ओढने वस्तु ऊन,
सिल्क, छालाको जुत्ता वा ज्याकेट लगाउनाले पनि ध्यानलाई बाधा गर्छ । लुगामा कपासजन्य भए पनि ध्यानलाई बलीयो बनाउंछ
। ओढने पनि उनको कम्बलको ठाउंमा कपासको सिरक राम्रो हुन्छ ।
अहिले
ध्यानको लागि सर्बोत्तम उपाय विपश्यना नै ठहर भएकोछ विपश्यना ध्यान कुनै साम्प्रदायिक
होईन कुनै मूर्ती कुनै देवता या भगवानको ध्यान होईन : केवल
आफूले आफूलाई बिशेष तरिकाले हेर्ने ध्यान विपश्यना रहेछ । विपश्यना शिविरमा सहभागि
हुंदा बिहान ४ बजे देखि रातीको ९ बजे सम्म एक एक घण्टाको जुन ध्यान भावना सिखिन्छ
र अभ्यास गरिन्छ सम्पूर्ण तनावबाटै मुक्त भईन्छ।१० दिनको ध्यान भावना गर्दा मरमसला
बिहिन भोजन र फलफूलयुक्तले ध्यानलाई शक्ती प्राप्त हुंदो रैछ । धुम्रपान मध्यपानको
लत भएकाहरुलाई ४ दिन त गाह्रो भएको अनुभव हुन्छ । धेरैले १० दिनको ध्यान भावनाबाट
निस्केर शाकाहारी नै भएको पाईएकोछ धुम्रपान र मध्यापानबाट मुक्त भएको पाईन्छ ।
शुद्ध भोजनले ध्यान समाधी बलीयो हुन्छ र शरीरलाई पनि बल प्रदान गर्छ । विपश्यना
ध्यानको लागि कुनै शुल्क लाग्दैन यो पूराना ध्यानीहरुको दानबाट संचालन भएकोहुन्छ ।
शिविरको १०औं दिनमा दानको भावना उत्पन्न हुन्छ गच्छे अनुसार दान दिन्छन् ।
विशेष : १० दिनमै पनि ध्यानको शक्तिको महशुश हुन्छ । व्यक्ति स्वयंलाई
ऊर्जावान र हरेकसमय स्वस्थता हुन्छ । मस्तिष्क राम्रो सित सक्रिय हुन्छ सकारात्मक
सोचको विस्तार हुन्छ । ध्यानको शक्तिलाई सम्हाल्नु पनि आवश्यकछ अन्यथा कतिले त
नियम र खानपानमा ध्यान नदिएर ध्यान मात्रै गर्नाले शक्तिको लाभ हुंदैन । जथाभावी
मासु माछा मध्यपान धुम्रपान गर्ने अनि ध्यान गर्नाले कुनै लाभ हुंदैन अनि ध्यानले
केहि भएन भन्छन् । ध्यान गरेर शक्ति सम्पन्न हुन कम्तीमा पञ्चशील पालन गर्न
नित्तान्त आवश्यकछ । यो शीलले समाधी बलीयो हुन्छ अर्थात ध्यान राम्रो हुन्छ मन
नियन्त्रण हुन्छ यसो भएमा प्रज्ञा प्राप्त हुन्छ ।
ध्यानको
शक्तिको लाभ : मस्तिष्कको शक्तिलाई ध्यानको सहायताले कैयौं गुणा बढ़ाउन सकिन्छ र
जीवनको लक्ष्य प्राप्त गर्न सकिन्छ ।
*ध्यानले
तनाव मात्रै होईन, पीठ्युको पिडा,टाउको दुख्ने, अनीद्रा, पक्षघात, मांसपेशिहरुको,
मधुमेह र दम जस्तो रोगहरु ठीक हुने बलीयो सम्भावना हुन्छ ।
*स्मरण
शक्ति बढाउन, मन-मस्तिष्कलाई एकाग्र गर्न, आत्मविश्वास
बढ़ाउन र आजको प्रतिस्पर्धी वातावरणको दबावहरु सित जुझ्नको लागि ध्यानको शक्ति
महत्वपूर्ण सिद्ध हुन्छ ।
अनुभवकै
आधारमा भन्नुपर्दा मलाई धेरै लाभ भएकोछ म तनावबाट लगभग मुक्त भएकोछु क्रोध हुने
तनावकै कारण हो । मनलाई स्वस्थ राख्न सकिन्छ ।
भवतु सब्ब मङ्गलम् ।
एकदम हो
ReplyDelete