Thursday, December 13, 2012

धन रुपैयाले के पाईन्छ के पाईन्न


आज संसार हरेक मान्छेहरु धन अथवा रुपैयाको पछि लागेकाछन् । जसरी भएपनि उद्देश्य केवल रुपैया कमाउछ । ढाँटेर होस छलकपट गरेर होस खराब कर्म गरेर होस ईज्जत बेचेर होस,धन बाहेक कोहि नचाहिने अवस्था देखिन्छ  तर के यो धन रुपैयाले साँच्चै सबै प्राप्त गर्न सक्छ र के तपाईलाई काम लाग्न सक्छ, के धन नै सबै थोक हो त धनको लागि मान्छेले आफ्नो ईमान्दारी बेचेकाछन् सबै थोक केवल धन मात्रै मानेकाछन् ल स्यानो चर्चा गरैं न है रुपैया धनको बारेमा....

* रुपैयाले घर किन्न सकिएला- गृह होईन ।
* रुपैयाले घड़ी किन्न सकिएला- समय होईन ।
* रुपैयाले मित्र पाउन सकिएला- मित्रता होईन ।
* रुपैयाले केटा पाउन सकिएला - छोरा होईन ।
* रुपैयाले बिछौना पाउन सकिएला निद्रा होईन ।
 * रुपैयाले भोजन पाईला- सन्तुष्टी होईन ।
*  रुपैयाले  चश्मा पाईला  तर आँखाको दृर्ष्टी होईन।
* रुपैयाले नोकर पाईला सेवक त होईन ।
* रुपैयाले केटी पाईएला श्रीमती होईन ।
* रुपैयाले  बन्दुक पाईएला- हिम्मत होईन ।
* रुपैयाले किताब पाईएला- शिक्षा होईन।
* रुपैयाले शिक्षक पाईएला बुद्धी होईन ।
* रुपैयाले सेवा पाईएला सेवाभाव होईन ।
* रुपैयाले  आराम पाईएला शान्ती होईन ।
* रुपयों से आराम मिल सकता है- शांति नहीं।
* रुपैयाले रगत किन्न त पाईला तर मिलान होईन ।
* रुपैयाले औषधी किन्न पाईएला स्वास्थ्य होईन ।
* रुपैयाले चिकित्सक पाईला स्वास्थ्य होईन ।
* रुपैयाले प्रवचन पाईला प्रज्ञा होईन ।
* रुपैयाले देवता वा भगवानको मूर्ती पाईएला भगवान होईन ।
 रुपैयाले के पाईन्छ के पाईन्न सबै यहाँहरुलाई थाहाछ विचार गरेर मन्थन गरेर हेरौं र बर्तमानको समयलाई सहि सदुपयोग गर्न सकौं ।

No comments:

Post a Comment