बनाउने सामग्री : ५०० ग्राम चामल, ५०
ग्राम मासको दाल, २५ ग्राम चनाको दाल, ५०
ग्राम चीज, २ हरीयो लामो खुर्सानी स्यानो स्यानो काछेर, तेल र नून।
बनाउने सामग्री बिधि: सबै भन्दा पहिला चामल, मासको
दाल र चनाको दाललाई रात भरी पानीमा छुट्टा छुट्टै भिजाएर राखौं । तिनैलाई नून
मिसाएर राम्रो सित पिसौं, यो मिश्रण पकौड़ीको पेस्ट जस्तै होस । अब
तावा तताएर एक चम्मच तेल फैलाई दिउं, अनि
स्यानो पन्यु वा ठूलो चम्मचले एक चम्मच पेस्टलाई बिस्तारै तावामा
हालेर फैलाई दिउं मसीनो गरेर । माथिबाट चिली फ्लेक्स र चीजलाई मसीनो छर्किदिउं । ढकनीले
ढाकिदिउं अब हेरौं तल्लो भाग खैरो खैरो हुन थालेपछि डोसा कुरकुरे बिस्तारे रोल
गर्न । ल तैयार चीज चिली डोसालाई चटनी सित खान सकने भयो । चामलको पीठो मात्रै
पानीले बाक्लो बाक्लो हुने गरी तावामा अलिकति तेल हालेर फैलाएर अण्डा खानेले अण्डा
हरीयो तरकारी खानेले तरकारी छर्केर पनि बनाएर
खान सकिन्छ ।
योमरीःनेपाल सम्बत ११३३ थिंलाथ्व १५ योमरी पुन्ही पूर्णीमा
सामग्रिः नयाँ चामल १ किलो चाकु(भेली) १ किलो तील आधा किलो
।
बनाउने बिधिःचामललाई दिनभरी वा रात भरी भिजाएर मसीनो हुनेगरि कुट्ने र
तातो पानी हालेर रोटीको लागि जस्तै पीठो मुछ्ने स्यानो स्यानो डल्ला बनाउने पीठोको
डल्लोको बिचमा खाल्डो बनाएर तासको हुकुमको आकार बनाउने । तीललाई सफा गरेर हल्का
कुट्ने धुलो नहुनेगरि त्यसपछि । भेली पकाएर तील राखेर चलाउने । अब डल्लो पारेको
पीठोमा दुई चम्मच हालेर प्वाल बन्द गर्ने । सबै तयार भएपछि मःम पकाउने भाँडोमा
बफाउने ।१० मिनेट जति बफाएपछि पाक्छ । तात्तालोमा भन्दा सेलाएर खाएको स्वादीलो
हुन्छ । तील र भेलीको ठाउंमा खुवा राखेर पनि बनाउन सकिन्छ ।
बि सं २०६९ मंसीर २८ गते पर्दछ।
जीवनकुमार शाक्य
No comments:
Post a Comment