मान्छेहरु भन्छन्
कि धर्ममा लेखेकोछ कि मरेपछि मान्छे आफ्नो कर्मको आधारमा स्वर्ग या नर्कमा पुग्छ
रे । के यो सत्य हो ?
संसारका सबै सम्प्रदायका धर्ममा स्वर्ग र नर्कको कुरा गर्दछ । स्वर्ग
अर्थात त्यो स्थान जहां असल आत्माहरु रहन्छन् र नर्क त्यो स्थान हो जहाँ खराब
आत्माहरु रहन्छन् रे । भनिन्छ कि पापी मान्छेलाई नर्कमा यातनाहरु दिनको लागि
पठाईन्छ र पुण्यात्माहरुलाई स्वर्गमा सुख भोग्नको लागि पठाईन्छ । कस्तो हो स्वर्ग
नर्क ।
स्वर्गलाई इस्लाममा जन्नत भनिन्छ र नर्कलाई दोजख या जेहन्नूम भनिन्छ ।
यसै प्रकारले हरेक सम्प्रदायमा यो धारणा छ कि ईश्वरले स्वर्ग र नर्कको रचना गरेको
हो जहां व्यक्तिलाई उनको कर्महरुको आधारमा राखिन्छ ।तर बौद्ध मतमा स्वर्ग नर्क र
ईश्वरको चर्चा पाईदैन । हिन्दूहरुको पुराणहरुमा मृत्युको देवता यमराज आत्माहरुलाई
दण्ड या पुरस्कार दिन्छ । यमराजको मंत्री चित्रगुप्त सबै आत्माहरुलाई कर्महरुको
लेखाजोखा राख्छ अनि यमको यमदूत तिन्लाई स्वर्ग या नर्कमा पठाईन्छ रे । साह्रै
भयानक छ गरुड पुराण । तैपनि मान्छेले बदमासी र पाप गर्न छोडदैनन । सायद अमुक
व्यक्तिले यस्तो पाप कर्म गरेकोले यस्तो सजाय पायो भनेर जानकारी हुने भए गर्ने
थिएन कि ।
सम्प्रदायका तीन आधार : धर्म सम्प्रदायलाई जिवित बनाई राख्न र मान्छेको
नैतिकतालाई कायम राख्न तीन आधार देखाएकोछ- १.ईश्वर २.स्वर्ग-नर्क र फाईदा । यि
तिनै नै वेद विरुद्ध मान्न सकिन्छ । जब मानव असभ्य र जंगली थियो भने मान्छेलाई
सभ्य र नैतिक बनाउनको लागि केहिले यि भय र लोभको रचना गरे र मान्छेलाई एक परिवार र
समाजमा राखे। डरायो ईश्वर र नर्क सित र लोभ देखायो स्वर्गको, अप्सराहरुको
। जस्ले समाजलाई ईश्वर, स्वर्ग, नर्कबाट
तर्साएर नयाँ नियम बताए तिनलाई फाईदा मान्न थाले ।
वेद यस प्रकारको कपो कल्पीत को बिरुद्धमा देखिन्छ । वेद आध्यात्मको
सच्चा मार्ग नै भन्छ । वेद अनुसार निश्चित नै व्यक्तिलाई आफ्नो कर्म, भाव
र विचार अनुसार सद्गति र दुर्गतिको सामना गर्नुपर्छ । जस्तै रक्सी पिउनेको चेतना खस्न
थाल्छ तब त्यसलाई अधोगति भनिन्छ र ध्यान गर्नेको चेतना उठ्छ र त्यसलाई उर्ध्वगति
भनिन्छ । वेद गतिलाई मान्छ । यदि तपाई असल गति र स्थितिमा हुनुहुन्छ भने तपाईं
स्वर्गमा दुर्गतिमा छ भने नर्कमा । यसैलाई बौद्ध धर्ममा शीलमा रहेकाहरु असल
स्थितिमा हुन्छ भनिन्छ अर्थात दश सुकर्म गर्नेहरु असल अवस्थामा दश कुकर्म गर्नेहरु
नरकीय अवस्थामा भनिएकोछ ।
के
तपाईंलाई मृत्यु पछि के हुन्छ ? । कानून बिपरित काम गर्यो भने राज्यले
सजाय दिन्छ त्यस्तै प्रकृतिको विपरित काम गर्यो भने प्रकृतिले सजाय दिन्छ र
प्रकृति अनुरुप काम गरेमा पुरस्कृत हुन्छ । सबै संस्कार अनित्यछ भनेर वेद र बौद्ध
ग्रन्थमा फरक मत देखिन्छ । शाक्यमुनी बुद्धले आफ्ना शिष्यहरुलाई उपदेश दिने क्रममा
कहिं कतै पनि ईश्वरको बारेमा चर्चा गर्नु भएको छैन । नत डण्ड सजाएको त्रासनै
देखाउनु भएकोछ । बरु प्रकृतिको नियमानुसार र चल्नुपर्ने बताउनु भएकोछ । सुकर्म गरे
स्वर्ग यहिंछ कुकर्म गरेपनि नर्क पनि यहिंछ भन्ने मलाई लाग्छ । तर मानिसको जन्म
भने परिवर्तन भैरहन्छ बिभिन्न योनिमा जन्मनु पर्छ भन्ने विश्वास लाग्छ । मानिसको
पुनरजन्म हुन्छ भनेर बौद्ध ग्रन्थको आधारमा भन्न सकिन्छ भने केहि घटित घटनाहरुबाट
पनि पुनरजन्म हुन्छ भन्ने देखिन्छ।
भवतु सब्ब मङ्गलम् ।
No comments:
Post a Comment