Thursday, December 6, 2012

प्रज्ञा र प्रज्ञा धन



प्रज्ञा भनेको सरल अर्थमा भन्नुपर्दा ज्ञान हो । यसलाई अग्रेजीमा ज्ञानलाई knowledge र प्रज्ञालाई Wisdom भनिएकोछ हेर्दा एउटै एउटै भए पनि भावना फरकछ । चच्छु भनेको आँखा त हो तर भित्रि मनको हेराईलाई मैले चच्छु भन्दछु । ज्ञान त चोर फटाहा र दुराचारीलाई पनि ज्ञान नभई उस्ले कुकर्म गर्नै सक्तैन चोर्ने ज्ञान कला नभई चोर्न सक्तैन तर चोर्नु प्रज्ञा होईन चोर्नबाट बचाउनु वा चोर हुनबाट बचाउनु प्रज्ञा हुन सक्छ । अर्थात अर्को अर्थमा भन्ने हो भने बिशेष प्रकारको उच्चज्ञान नै प्रज्ञा हो वा बुद्धी विवेक हो भन्ने बुझिन्छ । प्रज्ञाले ठीक बेठीक राम्रो नराम्रो कुशल अकुशल पाप धर्मलाई राम्रोसंग छुट्याउन सकिन्छ । मूर्ख मानिस जति नै राम्रो सुन्दर मान्छे राम्रो धर्मको सत्संग पाए पनि उस्ले केहि राम्रो लिन सक्दैन। यसको विपरित प्रज्ञावान व्यक्तिले पण्डितहरुको सत्संग पाए पनि धेरै कुरा सिक्न सक्छन धेरै कुरा लिन सक्छन । बुद्ध वचन धम्मपदमा यसरी पनि आएकोछ -
"महुज्ञम 'पि चे वञ्ञु-पण्डित पयिरुपासति ।
खिप्प धम्मं विजानाति - जिव्हा सूपरसं यथा ।।"
अर्थात जिब्रोले त्युन तरकारीको स्वाद पाएझैं विज्ञजनले लक्षणमात्र भएपनि पण्डितहरुको सत्संग पायोभने धर्मको रस बुझिहाल्छ ।
प्रज्ञाको लक्षण
 विशुद्धीमार्ग ग्रन्थ अनुसार प्रज्ञालाई राम्ररी जान्ने अर्थमा लिईएकोछ । विशेष रुपले जान्नु विशिष्ट आकारलाई नाना प्रकारले जान्नु प्रज्ञा हो । एउटा टेबुलमा राखिएको रत्न वा कुनै वस्तुको उपमा लिउं । एकजना बच्चाले एकजनाले कृषकले एक जना स्वर्णकारले देख्दा उक्त रत्न भिन्ना भिन्नै रुपले लिने र बुझ्ने हुन्छ । जसरी एउटा बच्चाले कसरी लिन्छ केवल खेलौना बिचित्रको रुपमा लिन्छ । कृषकले यसलाई कसरी प्रयोजन गर्ने भनेर लिन्छ तर स्वर्णकारले रत्नको महत्व मूल्य सक्कली नक्कली तौल सबै परिक्षण गरेर जान्दछ । ठीक त्यसरीनै प्रज्ञा भएको व्यक्तिले हरेक कुरा राम्ररी जाँचेर हेर्दछ । आज भोली सुन जस्तो फरक नपर्ने झलझली परेको गहना बजारै भरि पाईन्छ भनिन्छ पनि "सोने से कम नहिं खोनेसे गम नहिं" तर एउटा सामान्य मान्छेले पाएमा सुनको गहना भेट्टाएं भनेर मख्ख पर्छ तर त्यहि वस्तु गहना एक स्वर्णकारले भेट्टाए भने ए यो त नक्कली हो भनेर महत्व दिंदैन । कस्को प्रज्ञाहो कस्को ज्ञान हो ।कस्को प्रज्ञा हुन्छ कस्को हुंदैन केलाएर हेर्नेहो भने थाहा हुन्छ । सुप्रशिद्ध ग्रन्थ मिलिन्द प्रश्नमा नागसेन स्थवीर भिक्षु र राजा मिलिन्दको बीचमा प्रज्ञाको लक्षण बारेमा राम्रो सम्बादछ । चर्चाको क्रममा राजा मिलिन्दले भिक्षु नागसेन संग यसरी प्रशन् गर्छ- भन्ते ! प्रज्ञाको पहिचान के हो ? भिक्षु नागसेन भन्नुहुन्छ - महाराज! काट्नु प्रज्ञाको पहिचान हो र देखाईदिनु पनि प्रज्ञाको पहिचान हो ।" राजा मिलिन्दले फेरि प्रश्न गर्छन भन्ते देखाईदिनु कसरी प्रज्ञाको पहिचान हो ?
भिक्षु नागसेनले स्पष्ट पार्दै भन्नुहुन्छ -महाराज !  प्रज्ञा उत्पन्न हुनाले अविद्यारुपी प्रकाश उत्पन्न हुन्छ , ज्ञानको प्रकाश उत्पन्न हुन्छ चार आर्य सत्य सफासंग देख्न सकि दिएर समझन्छ । त्यसपछि योगिले अनित्य दुःख र अनात्मलाई सम्यक रुपले प्रज्ञा ज्ञानव्दारा जान्दछ । " राजा अझै स्पष्ट हुन चाहन्छ र भन्छन् उपमा दिएर सम्झाउनुहोस । भन्ते- महाराज ! जसरी कुनै व्यक्ति  हातमा बत्ती लिएर अध्यारोमा कोठामा जान्छ उज्यालो हुन्छ अर्थात प्रकाश फैलिन्छ र सबै वस्तु देखिन्छ विद्या रुपी आर्य सत्य सफाः प्रकाश उत्पन्न हुन्छ । ज्ञानको प्रकाश उत्पन्न हुन्छ चारै आर्य सत्य सफासंग देखिन्छ त्यसपछि योगिले अनित्य दुःख र आत्मालाई सम्यक रुपले प्रज्ञा (ज्ञान) व्दारा जान्दछ ।" महाराज यसरीनै देखाईदिनु प्रज्ञाको परिचयहो ।
महाराज मिलिन्द भन्छन् - भन्ते नागसेन साधु! साधु! राम्रो सित बुझाईदिनुभयो ।
प्रज्ञा तिन प्रकारको हुन्छ । १ श्रुतमयी प्रज्ञा २ चिन्तन मयी प्रज्ञा ३ भावनामयी प्रज्ञा । १ श्रुतमयी प्रज्ञा- प्रवचन सुनेको पुस्तक पढेको भरमा भएको ज्ञान लाई  श्रुतमयी प्रज्ञा भनिन्छ । २ चिन्तन मयी प्रज्ञा- चिन्तन मनन गरेर प्राप्त हुने ज्ञान लाई  चिन्तन मयी प्रज्ञा भनिन्छ । ३ भावनामयी प्रज्ञा- आफ्नो अभ्यास परिश्रम व्दारा प्राप्त हुने ज्ञानलाई  भावनामयी प्रज्ञा भनिन्छ । बुद्धले सुनेको होईन आफ्नै प्रयास अभ्यास व्दारा प्राप्त गर्नुभएको ज्ञान  भावनामयी प्रज्ञा हो । सबैभन्दा ठूलो प्रज्ञा भनेको अनुभव व्दारा प्राप्त  भावनामयी प्रज्ञा हो सबै भन्दा महत्वपूर्ण प्रज्ञा हो ।

No comments:

Post a Comment