|
संसारका महान बुद्धिजीवी, उदाहरणार्थ अरस्तू,
प्लेटो, लियोनार्दो दविंची, शेक्सपीयर, डारविन, पी.एच.हक्सले,
इमर्सन, आइन्सटीन, जार्ज
बर्नार्ड शा, एच.जी.वेल्स, सर जूलियन
हक्सले, लियो टॉलस्टॉय, शैली,
रूसो आदि सबै शाकाहारी नै थिए ।
विश्वभरीका डॉक्टरहरुले प्रमाणित गरेकाछन कि शाकाहारी भोजन उत्तम स्वास्थ्यको लागि सर्वश्रेष्ठ छन् । फल-फूल, सब्ज़ी, विभिन्न प्रकारको दालहरु, बीउ एवं दूधबाट बनेको
पदार्थहरु आदिबाट मिलेर बनेको संतुलित आहार भोजनमा पनि जहरीलो तत्व उत्पन्न गर्दैन । यसको प्रमुख कारण यो
छ कि जब कुनै जानवर मर्छ तब
त्यो मृत-पदार्थ बन्छ तर सब्ज़ी हुंदैन । यदि कुनै सब्ज़ीलाई आधा काटौं
र आधा काटेर ज़मीनमा गाड़िदियो
भने त्यो पुन: सब्ज़ीको रूपमा उत्पन्न हुन्छ।
किनकि त्यो एक जीवित पदार्थ हो।तर यो कुरा एक भेड़ा,खसी कुखुराको लागि
भन्न सकिंदैन । अन्य विशिष्ट खोजहरुबाट जानकारी प्राप्त भएकोछकि जब कुनै जनावरलाई
मारीन्छ तब त्यो यति भयभीत हुन्छ कि भयबाट उत्पन्न ज़हरीलो तत्व उसको सारा शरीरमा फैलिन्छ
र त्यो ज़हरीलो तत्व मांसुको रूपमा ति व्यक्तिहरुको शरीरमा
पुग्छ, जस्लाई
मान्छे खान्छन । हाम्रो शरीर ति ज़हरीलो तत्वहरुलाई पूर्णतया निकाल्न सक्दैनौ
। परिणाम
स्वरुप उच्च रक्तचाप, हृदय र मिर्गौला कलेजो ईत्यादिको बीमारी मांसाहारिहरुलाई
चाँडैनै आक्रांत गर्छ । यसैले यो नित्तान्त आवश्यक छ कि स्वास्थ्यको दृष्टिले
हामी पूर्णतया शाकाहारी होऔं ।
पोषण :
अब आउनुहोस, केहि ति तथाकथित तथ्यांकलाई पनि हेरौं जो मांसाहारीको पक्षमा दिएको हुन्छ। जस्तै, प्रोटीनको नै कुरा लिउं । प्रायः यो उदाहरण दिईन्छ अण्डा एवं मासुमा प्रोटीन पाईन्छ रे, जो शरीरको लागि एक आवश्यक तत्व हो भनिन्छ, यो कुरा धेरै नै पाईन्छ किनकि मांसाहरिको संख्या बढीछ। तर यो कुरा कति सम्म ग़ल्तीछ योबाट प्रमाणित हुन्छ भारत सरकारको स्वास्थ्य बुलेटिन संख्या ''२३'' को अनुसार नै ''१०० ग्रा''. अण्डामा जहाँ ''१३ ग्रा.'' प्रोटीन होला,त्यहीं पनीरमा ''२४ ग्रा.'', मम्फलीमा ''३१ ग्रा.'', दूधबाट बनेको कैयौं पदार्थमा त यो भन्दा पनि धेरै एवं सोयाबीन भटमासमा ''४३ ग्रा.'' प्रोटीन हुन्छ । अब आउनुस क्यालोरी कै चर्चा गरौं । जहाँ ''१०० ग्रा.'' अण्डामा ''१७३ क्यालोरी'' माछामा ''९१ क्यालोरी '' र कुखुराको मासुमा ''१९४ क्यालोरी '' प्राप्त हुन्छ त्यहिं गहुं र दालहरको त्यहि मात्रामा लगभग ''३३० क्यालोरी ''सोयाबीन भटमासमा ''४३२ क्यालोरी '' र मम्फलीमा ''५५० क्यालोरी'' र मक्खनबाट निस्केको दूध एवं पनीरबाट लगभग ''३५० क्यालोरी'' प्राप्त हुन्छ । अनि अण्डाको सट्टामा दाल आदि शाकाहार सस्तो पनिछ । अब हामी निर्णय गर्न सक्छौ कि स्वास्थ्यको लागि के वस्तु ज़रूरी छ ।अनि कोलस्ट्रोललाई नै लिउं जो कि शरीरको लागि लाभदायक छैन । ''१०० ग्राम'' अंण्डामा कोलस्ट्रोल को मात्रा ''५०० मि.ग्रा.''हुन्छ र कुखुराको मासुमा ''६०'' हुन्छ भने त्यहिं कोलस्ट्रोल सबै प्रकार को अन्न, फलहरु, सब्ज़िहरु,मम्फली आदिहरुमा 'शून्य' हुन्छ। अमेरीका को विश्व विख्यात पोषण विशेषज्ञ डॉ.माइकेल क्लेपरको भनाईछ कि अंण्डाको पहेंलोभाग विश्वमा कोलस्ट्रोल एवं जमेको चिल्लोको सबैभन्दा ठूलो स्रोत हो जो स्वास्थ्यको लागि घातक हुन्छ । यस्को अतिरिक्त जनावरहरको पनि केहि उदाहरण लिएर हामी यस कुरालाई प्रमाणित गर्न सक्छौं कि शाकाहारी भोजन स्वास्थ्यको लागि लाभदायकछ । जस्तै गैंडा, हात्ती घोड़ा, ऊँट। के यिनि बलीया जनावर छैनन् ? यदि छ भने, तब यस्को मुख्य कारण हो कि ति शुद्ध शाकाहारी हुन् । यस प्रकार शाकाहारी भोजन स्वास्थ्यप्रद एवं पोषण प्रदान गर्ने हो भनेर निर्विवाद भएन त ।
स्वाभाविक भोजन:
मनुष्यको संरचनाको दृष्टिले हेर्ने हो भने पनि हामी देख्छौं कि शाकाहारी भोजन नै हाम्रो स्वाभाविक भोजन हो। गाई, बाँदर, घोड़ा र मान्छे यि सबैको दाँत सपाट बनेका हुन्छन,जस्ले शाकाहारी भोजन चपाउन सरल हुन्छ, जबकि मांसाहारी जानावरहरुको लामो जीभ्रो र तीखो दाँत हुन्छन्, जस्ले मासु च्यातेर खान सक्छन् । तिनिहरुको आँत पनि तिनका शरीरको लम्बाई भन्दा दुगुना या तिगुना हुन्छ जबकि शाकाहारी जनावरहरुको एवं मनुष्यको आँत तिनका शरीर को लम्बाई भन्दा सात गुना हुन्छ । अर्थात, मनुष्य शरीरको रचना शाकाहारी भोजनको लागि नै बनेकोछ,मांसाहारीको लागि होईनरहेछ ।
भवतु सब्ब मङ्गलम् ।
सन्दर्भ सामग्रिःवेभदुनियाँ
|
No comments:
Post a Comment