Saturday, December 22, 2012

सेक्स र सम्प्रदाय (धर्म), संभोग बाट समाधि सम्भव छ ?



हाम्रो देश नेपालका बिभिन्न मन्दिरहरु टुंडालहरुमा, बिभिन्न गुफाहरुमा पुरातत्व संग्रहालयहरुमा र कामशास्त्र तथा कामसूत्रको अतिरिक्त चित्र मूर्तीहरु हिन्दू देवी-देवताहरुको कथाहरुमा यस कुराको प्रमाण हो कि हिन्दू सम्पर्दाय धर्म सेक्सको विरोधी होईन । तंत्रशास्त्रमा पनि सेक्समा बिशेष जोड दिएको पाईन्छ ।
वात्स्यायनको कामसूत्रको आधार पनि प्राचीन कामशास्त्र र तंत्रसूत्र हो। शास्त्रहरुको अनुसार सम्भोग पनि मोक्ष प्राप्त गर्ने एक साधन हुन सक्छ,तर यो कुरा केवल ति मान्छेमा लागू हुन्छ जो साच्चैमा मुमुक्षु हो भनेमा अत्युक्ति नहोला ।
चार पुरुषार्थ: हाम्रो परम्परामा जीवनको उद्देश्य पुरुषार्थ हो। पुरुषार्थ चार प्रकारको मानिन्छ- धर्म, अर्थ, काम र मोक्ष। यि चारलाई दुई भागमा बाँडेकोछ , पहिलो- धर्म र अर्थ। दोश्रो- काम र मोक्ष।
कामको अर्थ हो सांसारिक सुख र मोक्षको अर्थ हो सांसारिक सुख-दुःख र बन्धनबाट मुक्ति। यि दुई पुरुषार्थ काम र मोक्षको साधन हों अर्थ र धर्म। अर्थबाट काम र धर्मबाट मोक्ष साधिन्छ ।
हिन्दू ग्रन्थका अनुसार शिव र पार्वतीको मिलन:  भनिन्छ कि भगवान शिवको प्रिय शिष्य नन्दीले सर्वप्रथम कामशास्त्रको रचना गरे जस्मा एक हजार अध्यायहरु समावेश थियो। अब सोंचौं खाली सेक्समा एक हजार अध्याय! महर्षि वात्स्यायनले आफ्नो विश्व विख्यात रचना कामसूत्रमा यहि शास्त्रको संक्षिप्त रूप प्रस्तुत गरेकोछ । यस भन्दा अघि श्वेतकेतु र महर्षि ब्राभव्यले यस शास्त्रलाई सम्झेर यसलाई आफ्नै तरीकाले लेखेका थिए, तर उन्के शास्त्र कहाँ हरायो।
हिंदू जीवन दर्शनमा कामको भूमिका एवं त्यसको महत्वलाई सरल भावले स्वीकारेकोछ । त्यसलाई न त गोपनीय राख्यो र न वर्जित नै गर्यो अर्थात बहिष्कार । यति महत्वपूर्ण कुरा जसबाट संसारको श्रृष्टि जन्मन्छ र मर्छ यसबाट कसरी बच्न सकिन्छ र, त्यसैले धर्म र अर्थ पछि काम र मोक्षको महत्व छ।
काम शास्त्र: काम संस्कृत शब्द हो जस्को अर्थ हो आनन्दको इच्छा या आकांक्षा। कामलाई सोझै भन्ने हो भने सम्भोग या सेक्स भनिन्छ जो कि मान्छे मात्रै होईन सबै प्राणीको लागि आधारभूत आवश्यकता हो भनेमा अत्युक्ति नहोला। हिन्दुहरको प्रेमको देवता कामदेवको नामले यस शब्दको उत्पत्ति मानीन्छ । भारतीय तथा नेपाली कामशास्त्र काम अर्थात सम्भोग र प्रेम गर्ने कलाको शास्त्र हो है।
भनिन्छ कि नन्दीले भगवान शिंव र पार्वतीको पवित्र प्रेमको सम्वादहलाई सुनेर कामशास्त्र लेखेका थिए रे । नन्दी नाम को साँढे भगवान शंकरको वाहन मानिन्छ सबैलाई थाहा भएको कुरा हो । के कुनै साँढेले एक हजार अध्यायहरुको शास्त्र लेख्न सक्छ ?  तंत्रको जानकार छन् उनको भनाई छ कि सिद्ध आत्माको लागि शरीरको आकारको महत्व छैन। सर्ब शक्ति सम्पन्नले जे जस्तो पनि गर्न सक्छ । आजभोली हिन्दी टेलीसिरीयलले पनि महादेवको बारेमा प्रस्तुत गरिरहेकोछ । राम्रो कुराको अनुशरण गर्नु त साह्रै राम्रो कुरा हो तर त्यसो हुन सकेको छैन ।
कामसूत्र  : महर्षि वात्स्यायनले कामसूत्रको रचना गरे । यसलाई विश्वको प्रथम यौन शिक्षा ग्रन्थ मानिन्छ। कामसूत्र को रचनाकारको भनाई छ कि दाम्पत्य उल्लास एवं संतृप्ति को लागि यौन-क्रीड़ा आवश्यक छ। वास्तवमा सेक्स नै दाम्पत्य सुख-शान्तिको आधारशिला हो। कामको सम्मोहनको कारण नै स्त्री-पुरुष विवाह सूत्रमा बाँधिन निश्चित गरिन्छ । अतः विवाहित जीवनमा कामको आनन्दको निरन्तर अनुभूति हुंदै गर्नु नै कामसूत्रको उद्देश्य हो । जानकारहरु यो सल्लाह दिन्छनकि विवाह पूर्व कामशास्त्र र कामसूत्रलाई नि:संकोच पढ़नु पर्छ वा जानकारी पाउनु नित्तान्त आवश्यकछ । वास्तवमा नेवार समुदायको छोरीहरुलाई मासिक धर्म हुनु अगावै बेल विवाह गरिदिएर सिंउंदोमा सक्कली सिन्दूर लगाएर हरमोनको उत्तेजना तापक्रम सेलाउने काम गर्छ र पुरुष सित कुबेलामा सम्बन्ध हुनबाट बच्दछ । अर्को कुरा मासिक धर्म हुनु भन्दा अगावै १२ दिन गुफा राखेर यौन शिक्षा तथा परम्परागत धर्मलाई शिक्षित गराउने उद्देश्य भएता पनि अहिले त्यसो हुन सकेकोछैन ।

संभोग बाट समाधि : यो शव्द चर्चित ओशो रजनीशबाट व्यापकता भएको हो । जब सम्भोगको चरम अवस्था हुन्छ त्यति बखत विचार हराउंछ । यस चरम अवस्थामा आनन्दको अनुभूति हुन्छ त्योह समाधिको चरम आनन्दको एक झलक मात्र हो भनिन्छ । सम्भोग को अन्तिम क्षणमा होशपूर्ण रहनाले नै थाहा हुन्छ कि ध्यान के हो । यो समयमा एकाग्रता हुन्छ निर्विचार हुन्छन् यहि नै समाधिको लागि पहिलो पाईला हो भनेर ओशो भन्नुहुन्छ ।

हाम्रो समाज सम्भोग वा यौनको कुरा गर्नु अश्लिलता मान्दछ । अत: सम्भोगको चर्चा गर्न लाज मान्नु या त्यस बारे लेखिएको लेख वा पुस्तकहरु अध्ययन  नगर्नु अर्थात एक विषयमा अशिक्षित रहनु हो । कामशास्त्र या कामसूत्र यसैले लेखिएकोथियो मानिसमा सेक्स प्रति भएको भ्रम हटोस र ति यस शक्तिको आफ्नो जीवनलाई सत्यम, शिवम् र सुंदरम बनाउनमा राम्रो प्रयोग गर्न सकोस । हुन त आज भोलीका युवाहरु काम शास्त्र नभएर अश्लील चलचित्र हेरेर जानकार भएको मान्छन् । बिभिन्न प्राणीहरुको आआफ्नै किसिमको सम्भोग कला हुन्छ सम्भोग कलाको अज्ञानताले कतिपय परिवारको बिछोड पनि हुने गरेको न सुनिएको होईन मेरो विचारले त यसलाई सम्भोग बिज्ञान हो । सम्भोग अनुभूत आवश्यकता हो यो पनि मानिसको लागि आवश्यक भोजन जस्तै हो तर यसो भन्दैमा समाज परिवारको मर्यादा उलंघन गर्नु हुंदैन ।
भवतु सब्ब मङ्गलम् ।
सन्दर्भ सामग्रिःवेभदुनियाँबाट

1 comment: