सामग्री : २५० ग्राम पालक, ७५ ग्राम सोयाबीन,
पनीर १०० ग्राम, पिसेको मूङ्गको दाल ३० ग्राम, ब्राउन
ब्रेड १ स्लाइस, अलिकति काटेको अदुवा लहसुन, एक स्यानो
चम्मच जीरा, 1/2 चम्मच चना मसला, हरीयो
धनिया १० ग्राम, हरीयो खुर्सानी २, नून
स्वादानुसार।
बनाउने विधि : सोयाबीनलाई सबैभन्दा पहिला १०।१५ मिनेट पानीमा
भिज्नदिउं । अब काटेको पालक, लहसुन, हरीयो
धनिया, खुर्सानी,
मूङ्गको दाल, ब्रेड तथा जीरा, नून,
चाट मसाला र भीजेको सोयाबीनलाई एकूसाथ मिसाएर स्यानो स्यानो चप जस्तै
बनाउं ।
तत्पश्चात एक फ्राईप्यानमा अलिकति तेल हालेर तताउं,अनि
तैयार गरेको चप उल्टाई पल्टाई खैरो हुन्जेल तारौं । हरीयो धनियाँको चटनी अथवा
टमाटरको चट्नी चटपटे सोयाबिनको चप खाएर स्वाद लिउं ।
जय होस ।
No comments:
Post a Comment