गुरु नानकले एक अनौठो धर्म सम्प्रदायलाई जन्म दिएकाछन, जस्मा
गृहस्थ र संन्यासी एक हों र त्यहि मान्छे आफूलाई सिख भन्ने हकदार छ, जो
गृहस्थ हुंदा पनि संन्यासी होस, संन्यासी हुंदा पनि गृहस्थ होस ।
सिख हुनु बडव कठीन छ। गृहस्थ हुनु सरलछ । संन्यासी हुन सरल छ,
छोड़ेर जाउ जंगलमा। सिख हुनु कठिनछ किनकि सिखको अर्थ हो- संन्यासी,
गृहस्थ एक साथ। रहनु घरमै र यस्तो बस्नु जस्तै होईन। बस्नु घरमै र यसरी
बस्नु जस्तै हिमालयमा छौ। गर्नु पसल,तर ख्याल राख्नु
परमात्माको । गिन्नु रुपैया, नाम लिनु उस्को ।
नानकलाई जो पहिलो झलक प्राप्त भयो परमात्माको,जसलाई
सतोरी भनु, त्यो पाईयो एक पसलमार, जहां उनि
तराजू ले गहूं र अन्न तौलंदैथिए । अन्न तौलदै अरुलाई दिंदै थिए । तराजूमा राख्दै
उता राख्दै । बोल्थे- एक, दुई, तीन...दस,
ग्यारह, बाह्र... फेरि पुग्यो त्यो तेह्रमा । पंजाबीमा
तेरहको जो रूप छ, त्यो 'तिम्रो'। उस्लाई
सम्जना भयो परमात्मा को। 'तेरा', दाईन,
दाऊ-धुन बन्यो।
फेरि उ तौलंदै गए, तर संख्या तेरह्बाट घि सरेन । भर्दै,
तराजूमा राख्दै तराजबाट राख्दै भन्छ 'तेह्र'।
भर्दै, तराजूमा राख्दै र भन्छ तेह्र । किन कि आखिरी पड़ाव आईहाल्यो । तेह्र
भन्दा अगाडी कुनै संख्याछ ? गन्तब्य
आईपुग्यो। 'तेह्र' मा सुबै समाप्त भयो
। मान्छ्लाई लाग्यो कि नानक सामान्य दुनियादार होईन ।
मान्छेहरुले रोक्न पनि चाह्यो, तर उ त कुनै अर्कै
लोकमा छ ।उ भन्दै जाँदैछ 'तेरा'।राख्दैछ,
तराजूबाट तौलंदै छ, र तेह्र भन्दा १४मा पुग्दैन । तेह्र
भन्दा अघि बाटै छैन । बस दुईमात्रै , या तिमी 'मै'
या 'तिमी'। म बाट शुरुआतछ,
तिमीमा समाप्त हुन्छ ।
नानक संसारको विरोधमा छैन। नानक संसारको प्रेममा छ,किनकि उनि भन्छन
कि संसार र त्यसलाई बनाउने दुई हैन। तिमीले यसलाई पनि प्रेम गर, तिमीले
यसैमा उसलाई प्रेम गर । तिमीले यसैमा उसलाई खोज ।
नानक जब युवा भए, तब घरकाले भने, बिहे गर।
उन्दे 'हुंदैन'
भनेन ।
सोच्दै त रहेहोलान घरकाहरु कि यस्लै हुन्न भन्ला । बचपनबाटै यस्को बानी अलि फरकनैछ
अरु भन्दा । नानकको बुवा साह्रै हैरान थिए । उनलाई कहिल्यै बुझ्न सकेन के हो भनेर ।
भजनमा, कीर्तनमा, साधु-संगतमा केवल...।
पठाएकव थियो छोरालाई अर्को गाउंमा सामान किन्न। बीस रुपैया दिएका थिए
। सामान त किने, तर बाटोमा साधु भेटीए,उ भवका थियो।बुवाले
जाँदा भनेका थिए, सस्तो चीज किनेर ल्याउनु र यस गाउंमा ल्याएर
महङ्गोमा बेच्नुपर्छ । ब्यापारकव तरिका नै यहि हो । अर्को गाउंमा सस्तोमा किन्ने,
यहां आएर महङ्गोमा बेच्ने । यहां जे पाईन्छ सस्तोमा किन्ने, अर्को ठाउंमा गएर
नाफा लिएर महङ्गोमा बेच्ने । यहिनै लाभको बाटो हो । तब कुनै यस्तो
चीज किनेर ल्याउनु,जस्मा नाफा राम्रो होस ।
नानक फर्कन्थे सामान किनेर, भेटभयो साधुहरको
एक जमात। ति साधु पांच दिन देखि भोका थिए । नानकले सोध्यो,भवकै बसेकाछौ ।
उठ, केहि गर
। गाउं तिर किन जाँदैनौ ? तिनले भने, यही हाम्रो
ब्रत हो। जब उस्को मन होला उ देला । तब हामी आनंन्दित छौं । भोकले केहि फरक पर्दैन
।
तब नानकले सोंचे कि यसभन्दा नाफाको कुरा के होला कि इन परम साधुहरुलाई
यो भोजनबांडी दिउं जो मैंले किनेर ल्याएकोछु? बुवाले यहि त भन्नु
भएको थियो कि नाफाको काम गर भनेर ।
उले सबू सामान साधुहरुलाई दिए। साथी थिए एकजना साथमा, उस्को
नाम बाला थियो। उस्ले भन्यो के गरेको यो, तिम्रो दिमाग त
खुस्केन। नानकले भन्यो, यही त भनेका थिए बुवाले केहि नाफाको काम गर । यो
भन्दा धेरै नाफा के होला र ? बांडेर खुशि हुंदै घर फर्क्यो ।
बुवालेर् भने बाबु यसरी त व्यापार समाप्ट्टे हुन्छ । नानकले भने, 'आतपाईले
यो सोंच्नुहुन्न कि यस भन्दा नाफा लाभ
अरकेमा होला र ? लाभ कमाएर फर्केकोछु ।'
तर यो
नाफ लाभ कसैले देख्दैन । नानकको बुवा कालू मेहतालाई केहि देखिन्न । उनलाई
त लाग्यो ब्यापार सबै बरबाद भयो,छोरो खत्तम भयो । साधु
संगतमा यव नराम्रोरी बिग्रियो । अब बेहोस भयो । सोचे कि बिहे गरिदिएर बन्धनमा
राख्यो भने ठीक होला ।
प्रायः मान्छे यस्तै
सोंच्छन् कसैलाई गृहस्थ बनाउनु छ भने स्वास्नीको मायाजालमा बांध्नुपर्छ।तर नानक प्रति यो उपाय काम लागेन उ कुनै कुराको बिरोधमा
छैन। बुवाले भने बाबु बिहे गर, '।' नानकले
भन्यो ठीक छ। बिहे भयो, तर उस्को बानी व्यहोरामा कुनै फरक भएन। बच्चा
जन्मियो, अहं फरक
भएन ।
यो मान्छेलाई बिगार्ने कुनै उपाय नै थिएन, किनकि संसार
र परमात्मामा उस्लाई कुनै भेद नै थिएन । तिमी बिगार्छौ कसरी उस्लाई ? जो
मान्छे धन छोड़ेर संन्यासी भयो, उस्लाई बिगार्न सक्छौ-
धन देउ । जो मान्छे स्वास्नी छोड़ेर संन्यासी हभयो, एक सुन्दरी
उस्कोअघि पुग्यो, बिगार्न सक्छौ ।तर जोकुनै छोडेर गएकैछैन,
उस्लाई
तिमी कसरी बिगार्न सक्छौ । उस्को पतनको कुनै बाटो नै छैन ।
त्यसैले नानकलाई भ्रष्ट गर्न सकिंदैन । भगवान बुद्धलाई पनि बिगार्न धेरै प्रयत्न
गरीयो सुन्दरी राज्य धनकव थुप्रै प्रलोभन देखाईयो । जस्ले स्वय्म आफ्नो राज्य
सुन्दरी श्रीमती छोरा त्यागेर आयो उस्लाई कस्ले कसरी के भनेर बिगार्न सक्छ । बस
नानकलाई कसैले सकेन बिगार्न ।
भवतु सब्ब मङ्गलम् ।
No comments:
Post a Comment