चारवटा ध्र्रुवसत्य बौद्ध दर्शनमा यि चार आर्य सत्य सर्बोपरि
छ यस्को जानकारी बिना बौर्द्धदर्शनको जानकारी अधुरै हुन्छ अर्थात बौद्धमत बारे केहि
जानेकै छैन भन्दा पनि हुन्छ । अतः यस बारे संक्षिप्तमा भए पनि जानकारी प्रस्तुत गर्ने
ढृष्टता गरेकोछु । बुद्धले भारतको बाणारसी -बनारस)मा बुद्ध ज्ञान प्राप्त गर्नुभएपछि ऋषीपतन मृगदाबन जहांआफ्ना पुराना
मित्रहरु पंचबर्गीय भिक्षुहरु थिए कौण्डण्य,वप्प,भद्रीय,महानाम,अश्वजीत । यि पंचबर्गीयहरु
सिर्द्धार्थले नियम तोडे भनेर साथ छाडेका थिए ।
त्यहां पुगे पछि बुद्धले प्रथम पटक
धर्मचक्र प्रवर्तन गर्नुहुंदा दिनु भएको उपदेश -हे भिक्षुहरु † प्रवज्जित भिक्षुहरुले दुई प्रकारका हीन धर्म
सेवन गर्नु हुंदैन । त्यो के भने १,अनर्थको काम कामरागमा लिप्त हुने धर्म । जस्ले अज्ञानपुर्वक अनावश्यक झमेलायुक्त
काममा फस्नु ।
२,आफ्नो शरीरलाई
पिडा दिने धर्म खराब अनर्थ । यही दुई धर्म छाडेर तथागतले
मध्यम मार्ग प्राप्त गरें । त्यही मध्यम मार्ग-दिव्य चक्षु प्राप्त हुने,यथार्थ ज्ञान प्राप्त हुने
रागव्देष मोह नभएर शान्त भएर जाने अभिज्ञान र निर्वाण पद लाभ हुने धर्म हो । मैले यि
कुराहरु पत्ता लगाएं । त्यो हे भिक्षुहरु † त्यो मध्यम मार्ग कस्तो हो भने
- सम्यकदृष्टि,सम्यक संकल्प,सम्यक वाचा,सम्यक कर्मान्त, सम्यक
आजिव,सम्यक व्यायाम,सम्यकस्मृति र सम्यक
समाधि हो ।
प्रथम दुःख आर्यसत्य - यस संसारमा दुःखछ भन्ने ध्रुव सत्य हो। दुःखभन्दा -जन्मनु दुःख
हो ,बृद्ध हुनु ,रोग लाग्न दुःख हो
,मृत्यु हुनु , प्रिय बस्तु प्राप्त नहुनु,
अप्रीय बस्तु प्राप्त हुनु ,अप्रीय सित साथ हुनु
र्,इच्छा गरे अनुरुप पूरा नहुनु आफ्नो प्रतिकूल हुनु अर्थात पंच उपादस्कन्ध
नै दुःख हो । मैले यो ज्ञान जाने ।
दोश्रो दुःख समुदय सत्य हो- यो संसारमा दुःखको कारण छ यो एउटा ध्रुव -आर्य सत्य हो । दुःखको मूल कारण
तृष्णाहो । लोभ चैतसिक वा तिष्णा हो ।
व्याख्या- जन्मने
फेरि चाहना,खुसी हुने चाहना,हरेक पक्षबाट
खुसी हुने अभिलाषानै दुःख समुदय आर्य सत्य
हो । अर्को सरल अर्थमा भनने हो भने जे हुन्छ त्यस्को केहि न
केहि कारण हुन्छ बिना कारण केहि हुने वाला छैन । कुनै रोग लाग्नुको कारण हुन्छ कुनै
परिस्थितिको कारण हुन्छ । कुनै कारण बिना परिस्थति उत्पन्न हुनै सक्दैन ।
।
तेश्रो दुःख निरोध आर्य सत्य हो -दुःखको निरोध
गर्न सकिन्छ । अवश्य पनि दुःखको कारण पत्ता लगाई सकेपछि दुःखको निवारण गर्न सकिन्छ यहि नै
दुःख निरोध आर्य सत्य हो । उदाहरणको लागि खानामा नुन चर्को भएमा नुनपानी थपेर सुधार
गर्न सकिन्छ बिलिनो भएमा नुन थपेर ठिक अवस्थामा ल्याउन सकिन्छ ।
चौथो दुःख निरोमार्ग आर्य सत्य हो । दुःख निरोध गर्ने उपाय छ । दुःखलाई निवारण गर्न सकिन्छ
त्यो आर्य आष्टाङ्गकि मार्ग हो । दूःखलाई निरोध गर्ने मार्ग आठवटा छन् जस्लाई आर्य आष्टाङ्गकि मार्ग भनिन्छ
। यो मैले जानें । अर्थात आठवटा नियमको पालना गरियो भने दुःख हुनुबाट बच्न सकिन्छ अज्ञानबाट
दुःख आई परिहाल्यो भने त्यस्को निवारण गर्न सकिन्छ । आर्य र अनार्य कुरा अर्कै हो ।
जस्ले चार आर्य सत्यलाई बुझ्न सफल हुन्छ उस्ले दुःख निवारण गर्न सक्छ ।
शाक्यमुनी बुद्धले मध्यम मार्गको बारेमा व्याख्या गर्नु भएकोछ
। चतुयार्य सत्यको ज्ञानमा मध्यम मार्ग महत्वपूर्ण छ ।
यो नै चतुयार्य सयको ज्ञान हो भन्ने मेरो बुझाई रहेकोछ ।भनेर
शाक्यमुनी बुद्धले देशना गर्नुभयो ।
यो चार
आर्य सत्यलाई बुझन सकियो मनन गर्न सकियो अभ्यास गरियो भने बर्तमान समय महत्वपूर्णा समयहो भनेर त्यसलाई सदुपयोग गर्न सक्छौं । अन्यथा बिगतलाई
सम्झेर चिन्ता गरेर शोक गरेर समय खेर फाल्छौं ।
No comments:
Post a Comment