बौद्ध ग्रन्थको त्रिपिटक
भनेको के हो सबै भन्दा अघी बुझ्ने पर्छ जान्नुपर्छ होला । सामान्य अर्थमा त्रि को
अर्थ तीन, पीटक को
अर्थ टोकरी हो ।अर्थात सुत्तपिटक,
विनयपिटक र अभिधम्म पिटकलाई नै त्रिपिटक भनिन्छ । सुत्त पिटकमा भगवानव्दारा उपदेशित
वाणीहरु संग्रह गरीएकोछ । विनय पिटकमा भिक्षुहरु तथा गृहस्तहरुको लागि बनाईएको नियमहरु
संग्रह गरीएकोछ र बौद्ध विव्दानहरु भिक्षुहरुको संगायानबाट निर्णय गरीको सार
संग्रह गरीएकोछ । त्रिपिटकमा मुख्य गरेर भगवान बुद्धको धर्मवाणी संग्रहित छन् जो
भगवान बुद्धको मुखार विन्दबाट निस्केको वचनहरु हुन, जो
साधारणतया मानव मात्रको लागि र विशेषतया विपश्यी साधकहरुको लागिए प्रभूत पावन
प्रेरणा र महामाङ्गगलिक मार्गदर्शनको लागि भएकाछन । सम्पूर्ण त्रिपिपिटकमा ८४,०००चौरासी
हजार धर्म शिक्षापद (धर्म स्कंध) छन् जस्मा ८२०००बयासी हजार भगवान बुद्धको र २०००दुईहजार
ति भिक्षुहरुका हुन्, जो भगवानको निकटतम परम शिष्य थिए ।
महास्थविर आनन्दले
भनेकाछन्- मैले ८२००० उपदेश भगवानबाट ग्रहण गरेकोहुं र २००० अन्य भिक्षुहरुबाट हो।
यस प्रकार मलाई ८४००० उपदेश स्मरणछ, जो मलाई धर्मतिर प्रवृत्त गर्दछ ।
आनन्द को हुन ? त
भन्दा भगवानका आफ्नै काका अमृतोदनका छोरा जो एकै दिन जन्मेका थिए ति नै हुन् जस्ले
अन्तिम समय सम्म भगवानको सेवा टहल गरे ।
- भिक्षुहरुको
वाणी पनि भगवानको वाणी नै समावेश गरिएकोछ ।उनले जे पनि भनेकाछन्, भगवानट
नै सिकेर नै भनेकाहुन् । यस विषयमा आयुष्मान उत्तरको कथन छ- हे देवेन्द्र! जो सुभाषित छ,
ति
सबै ति भगवान अरहंत सम्यक सम्बुद्धका हुन् । उनैबाट लिएर मैले तथा अन्यले बोल्दछन ।
- उन्ले जै जति भगवानबाट सुने, सिके
र आफ्नो अनुभवमा उतारे, त्यहि भने । जसरी भगवान तथागत 'यथावादी
तथा कारी' थिए, त्यस्तै नै उनका यि प्रबुद्ध शिष्य पनि थिए। त्यसकारण यि
सन्तहरुको वाणी पनि बुद्ध वाणीको सदृश्य नै अत्यन्त गरिमामयी छन् । स्वयम् अनुभूत
सत्य वाणी हो अतः सारा त्रिपिपिटकलाई बुद्ध-वाणी नै भन्नु समुचित हो ।
त्रिपिटकको सम्पादन,
संगायन : तथागत द्वारा उपदेशित सद्धर्मलाई शुद्ध रूपमा चिरस्थायी
राख्नको लागि स्वयम् तथागतले यो आदेश दिनुभएको थियो कि- ...जुन धर्महरुलाई मैले
स्वयम् अभिज्ञात( अभ्यास) गरेर तिमिहरुलाई
उपदेशित गरेकोछु, तिमीहरु सबै मिलेर विवाद नगरि अर्थ र व्यंजन सहित त्यसको संगायन गर
जसले कि यो धर्माचरण चिरस्थायी होस...।
अतः भगवान बुद्धको
महापरिनिर्वाण पश्चात देर-सबेर बुद्ध-वाणीको संपादन, संगायन भएकै
हो, तैपनि
त्यसलाई यति चाँडै आयोजित
गर्नुको एक विशेष कारण भयो ।
वृद्धावस्थामा
प्रवजित भएका एक नयाँ भिक्षु सुभद्रले आफ्नो बाल बुद्धिको कारण भगवानको
महापरिनिर्वाणको सूचना पाएरर हर्ष प्रकट गर्दै यो घोर अमाङ्गलिक घोषणा गरे ।कि
-हामी बिलकुल
मुक्त भयौं अब त्यो महाश्रमणबाट। उस्को यस्तो आदेशले सदा पीड़ित रहिरहन्थे 'यो
उचित हो, यो अनुचित हो।' अब हाम्रो जे इच्छा हुन्छ त्यहि गर्छौं,
जे इच्छा हुंदैन त्यो
गर्दैनौ । हीलोबाट उम्रेको कमलको फूल जस्तै कहिले काहिं घोर अमङ्गल मध्य पनि महामङ्गलको
प्रादुर्भाव हुन्छ यहि भयो ।
सुदूरदर्शी
महास्थविर महाकश्यपले भिक्षु सुभद्रको यि अभद्र शब्दहरुलाई सुनेर तत्क्षण यो
निर्णय गरे कि लोक कल्याणार्थ बुद्धवाणीलाई चिरकाल सम्म अविकल रूपमा सुरक्षित राख्नको
लागि तुरुन्तै संगायनको आयोजन गर्नुपर्छ अन्यथा यस प्रकारको अपरिपक्व स्वार्थीहरु यसबाट
आफ्नो मननपर्ने कुराहरु निकाल्छन र मनलेचाहेको जोड़िदिन्छन् ।
यसैले उनले हामीमाथिर
अनुकम्पा गरेर पाँचसय सत्य साक्षी महास्थविरहरुलाई एकत्र गरेर तीन महीनाको भित्र
भित्र नै राजगृहमा प्रथम संगायनको आयोजन भयो जसमा सबै बुद्धवाणी आफ्नो शुद्ध रूपमा
सम्पादिन एवम् संग्रहित गरीयो । आज सम्म त्यहि भगवानको वाणिहरु मनुष्यजगतको सुखको
लागि अभ्यास गर्ने बाटो भएकोछ ।
No comments:
Post a Comment