Wednesday, September 19, 2012

भोजन असल भए स्वास्थ्य असल


पूर्ण भोजनको  साथमा यदि तपाईले असल स्वास्थ्यको कल्पना गर्नुभएकोछ भने, तब आफ्नो भोजनमा कुनै काँचो सब्जी या फललाई अवश्य समावेश गर्नुहोला । विशेषज्ञहरु भन्दछनकि काँचो फल र हरीयोतरकारी भोजनलाई पचाउनमा सहयोग गर्नुको साथमा शरीरको लागि आवश्यक पोषक तत्व पनि उपलब्ध गराउंछ। विशेषज्ञहरुको अनुसार काँचो शव्जी र फलहरुको कुनै विकल्प पनि छैन ।
आहार विशेषज्ञ डॉ. अमिता सिंहले भन्छनकि काँचो फल र शव्जी बाँकि भोजनको लागि बाटो सफा गर्छ काँचो फल र शव्जीहरु  रेशाहरुले भरीएको हुनाले बाँकि भोजनको लागि पाचन तंत्रमा बाटो सफा गर्छ । उदाहरणगि यदि तपाईं  पिज्जा वा चाउमिन खादै हुनुहुन्छ भने, खानुभन्दा अघि सलाद खानु धेरै राम्रो हुन्छ । यदि तपाई आइसक्रीम खाँदै हुनुहुन्छ भने त्यो भन्दा अघि एउटा स्याउ खानुस । आजभोली स्याउको मौसमछ सस्तो पनि भएकोछ जुम्ला डोल्पाको स्याउ बजारमा पाईएकोछ न्युनतम ७०।७५ प्रति किलो पाईएको छ जो अति गुलीयो रसीलो स्वादीलोछ ।
यो प्रक्रियाले गरिष्ट भोजनलाई सजिलै पचाउन मद्दत गर्छ ।' उन्ले भनेकाछन 'यिनमा भएको रेशा पेटमा गएर फैलिन्छ, जस्ले कम खानमै पेट भरीएको महसूस हुनथाल्छ । यस्तो हुनाले आवश्यक भन्दा धेरै खान बाट बचिन्छ। रेशा भोजनलाई पाचन तंत्रमा अगाडी बढाउनमा सहयोग गर्छ ।
त्येक दिन भोजनको साथमा एक कच्चा फल अथवा काँचो शव्जी खानाले शरीरलाई तंदुरुस्त बनाउंछ यो निर्विवनद सत्यछ किनकि शव्जी र फलहरुमा उच्च मात्रा पाचक एंजाइम मौजूद हुन्छ, जो बांकि भोजन पचाउन मद्दत गर्छ ।'
'काँचो फलहरुमा  विटामिन र खनिज पनि भरपूर मात्रामा हुन्छ। हुन त बाजार विटामिनको अनेकौं औषधीहरु नभएको होईन आज भोली त सप्लीमेन्ट्री फूडको रुपमा पाईन थालेकोछ । औषधीले शरीरलाई विटामिनको आपूर्ति त गर्छ, तर विटामिनको प्राकृतिक स्रोत लाई उपलव्ध गराउने त कुरा भएन ।

No comments:

Post a Comment