धातु भावना सम्बन्धी उपदेश भगवान बुद्धले आयुष्मान राहुललाई दिनुभएको
मज्झिमनिकायको महाराहुलोवाद सुत्तमा यसरी उल्लेख भएकोछः
राहुल! पृथ्वी समान भावनाको (ध्यान)गर
पृथ्वी समान हुने भावनाको भावना गर्दा राहुल! तिम्रो
चित्तमा स्पर्शले थाहाहुने बलियो गरेर समातेर राख्न सकिदैन जस्तैकि राहुल! मान्छेले शुद्ध वस्तु पनि फाल्दछन अशुद्ध पनि
फाल्नेगर्दछन् । पिसाब, मल, कफ, सिंगान, रगत
ईत्यादि सबै फाल्ने गर्दछन् । यसो गर्यो भनेर पृथ्वी दुखि हुंदैन ग्लानी पनि
गर्दैन र घृणा पनि गर्दैन । त्यसै गरेर राहुल! तिमीले
पृथ्वी समान हुने भावना राख । तिम्रो चित्तमा थाहापाउने स्पर्श बलीयो गरि
समातीराख्न सक्तैन ।
राहुल! कति शरीर (अध्यात्म) प्रति
शरीर (शरीर बाहिर प्रत्यात्म) बलीयो चाम्रो साह्रो भैराख्ने पदार्थको स्वभावछ
। जस्तै किः कपाल, आखि भौं, नङ्ग, छाला,
मासु बस्तु ईत्यादि छन् । राहुल! यस्तो
सबैलाई अध्यात्म पृथ्वी धातु भनिन्छ । जतिपनि अध्यात्म पृथ्वी धातु छन् अनि जतिपनि
शरीर बाहिर भैराख्ने कडा स्वभाव भएको बस्तु छन् सबै बाह्य पृथ्वी धातु हो । अध्यात्म
बाह्य पृथ्वी धातु दुबै नै पृथ्वी धातु हुन । यसलाई यो मेरो होईन, यो म
होईन, यो मेरो होईन यस प्रकार पाएर हेर्नुपर्छ ।
यथार्थपुर्वक राम्ररी बुझेर हेर्ने गर्दा । पृथ्वी धातु तिरबाट उदास हुन्छ ( आकर्षक
नहुने हुन्छ) पृथ्वी तर्फबाट चित्त बिरक्त ( टाँसिएर काम नगर्ने) हुन्छ ।
राहुल ! जतिपनि
शरीर प्रति शरीरमा भैराख्ने पानी र पातलो पदार्थछ त्यो सबै जल धातु ।जस्तै कि
पित्त,खकार,घाउमा
हुने पिप,पसिना इत्यादि जतिपनि शरीर भित्र भैराख्ने हो
त्यो सबै आध्यात्मिक जल धातु । शरीर
बाहिर हुने बाह्य जल धातु आध्यात्म बाह्य जल धातु दुबै जल धातु हो । यसलाई मेरो
होईन, यो म होईन. यो मेरो
आत्मा होईन यसप्रकार यथार्थपुर्वक बुझेर हेर्नुपर्छ । राहुल ! जतिपनि शरीर प्रति शरीरमा भैराख्ने तातो र तताउने
स्वभाव हुनेछ सबै अग्नी धातु हुन । जस्ले
पोलेको नपोलेको अनुभव भएर आत्तिनेहुन्छ । जिर्ण
मसीनो गरेर खाएर पिएको वस्तुलाई पचाउने काम गरिरहन्छ यस्तो स्वभाव भएको सबै
अग्नी धातु हो । यसलाई मेरो होईन, यो म होईन. यो मेरो आत्मा होईन यसप्रकार यथार्थपुर्वक बुझेर
हेर्नुपर्छ ।
राहुल ! जतिपनि शरीर प्रति शरीरमा भैराख्ने वायु छ त्यो
सबै वायु धातु । जस्तै कि माथिबाट(मुखबाट)निस्कने वायु तलबाट निस्कने वायु पेटमा बस्ने
वायु । शरीरको ठाउं ठाउंबाट चलाएमान भैरहने वायु सबै वायु धातु ।शरीर भित्रको
अध्यात्म वायु धातु शरीरको बाहिरको वायु धातु हो यसलाई मेरो होईन, यो म होईन. यो
मेरो आत्मा होईन यसप्रकार यथार्थपुर्वक बुझेर हेर्नुपर्छ ।
यसरी सम्झाएको कुरालाई सम्झेर भावना गर्ने कामले निपूर्ण भएमा रुप,शव्द,गन्ध,रस,स्पर्श,धर्म आरम्मण र रुप,वेदना,संज्ञा,संस्कार,विज्ञान र स्कन्धमा टाँसिएर बस्ने दुःख उत्पन्न
गराउन हो भन्नेलाई बुझ्नसक्ने हुन्छ । आम्मरण र उपादान स्कन्ध तर्फबाट चित्तलाई
प्रभावित गर्न नदिई आफ्नो शरीर धातु स्वभावले रचना भएको हो भनेर बुझेर म,मैले,मेरो
भाव आत्मभाव अलग्ग भएर साक्षिभाव क्रियाभावले काम गर्न सक्ने पनि हुन्छ ।
No comments:
Post a Comment