भगवान बुद्ध जब पाटलिपुत्रमा आउनुभयो, तब हरेक व्यक्ति आआफ्नो सम्पत्तीको स्थिति अनुसार वहाँलाई उपहार दिने
योजना बनाउन थाले । राजा बिंबिसारले पनि बहुमूल्य हीरा, मोती र रत्न वहाँलाई चढाए। भगवान बुद्धले एक हाथले सहर्ष स्विकार गर्नुभयो ।
यसपछि मंत्रीहरु, सेंठ,व्यापारी
साहुमहाजनहरुले आआफ्नो उपहार चढाए र भगवाबुद्धले ति सबैलाई
एक हातले स्विकार गर्नुभयो ।
यहिबेला एकजना बुढी आमै लट्ठी टेक्दै त्यहाँ आईन।
भगवानबुद्धलाई अभिवादन चढाएर भनिन, 'भगवन्, जुन समय हजूर
आउने समाचार पाएँ, त्यहिबेला मैले
यो अनार खाँदै थिएँ। मसित अरुकेहि वस्तु थिएन त्यसैले आधामात्रै खाएर त्यसैलाई धोई
पखाली ल्याएकि हुं। यदि हजूरले मेरो यो स्यानो उपहार स्विकार गर्नुभए आफूलाई
भाग्यमानी सम्झनेथिएँ ।
भगवान बुद्धले दुबै हात थापेर अनार ग्रहण
गर्नुभयो । राजा बिंबिसारले जब यो देखे तब उनले भगवान बुद्धस सित भने, 'भगवन्, क्षमा गर्नुहोस! एक प्रश्न सोध्न मन
लाग्यो। हामी सबैले हजूरलाई यति बहुमूल्य र ठूलठूला उपहार दिएँ जस्लाई तपाईंले एक
हातले ग्रहण गर्नुभयो तर यो बुढीले दिएको यो जाबो जुठो फललाई भने आफ्नो दुबै हातले
ग्रहण गर्नुभयो यस्तो किन ?'
यो कुरा सुनेपछि भगवान मुस्कराएर भन्नुभयो राजन्! तपाईं सबैले अवश्य आफ्नो बहुमूल्य उपहार दिनुभएकोहो तर यो सबै
तपाईंको सम्पत्तिको दशौं अंश पनि छैन। तपाईंले यो दान दीनहरु र गरीबहरुको भलोको
लागि केहि गर्नुभएन त्यसैले तपाईंको यो दान
'सात्विक दान'को श्रेणीमा आउन सक्दैन ।
यस्को उल्टो यि बुढी आमैले आफ्नो मुखबाट आफुले
खान लागेको फलनै मलाई दिए। चाहे त्यो बुढी आमै
निर्धन हुन तर यसलाई सम्पत्तिको कुनै लोभछैन। यही कारणहो कि यिन्को दान मैले
हृदय खोलेर दुबै हातले स्विकार गरेकोहुं ।
राजा बिंबिसार लाजले भुतुक्कैभए ।
No comments:
Post a Comment