Monday, September 17, 2012

निर्वाण के हो?



बौद्ध धर्ममा निर्वाणको अर्थ निभ्नु जस्तो लाग्छ। तृष्णाको निभ्नु वा अन्त हुनु । वासनाको शान्त हुनु । तृष्णा र वासना बाट नै दुःख हुन्छ । दुःखबाट पूरै छुटकाराको नाम हो- निर्वाण।
भगवान बुद्धले भन्नुभएको छ- 'भिक्षुहरु! संसार अनादि छ । अविद्या र तृष्णाबाट संचालित भएर प्राणी यताउती भट्कि रहन्छन्। त्यस्को आदि-अंतको केहि थाहा हुंदैन । भवचक्रमा भएको प्राणी अनादिकाल देखि बारम्बार जन्मन्छ-मर्दै आएकोछ ।
संसारमा बारम्बार जन्म लिएर प्रिय को वियोग र अप्रियको संयोगको कारण रोई-रोई अपार आँसू बहाएकाछन् । दीर्घकाल सम्म दुःखको, तीव्र दुःखको अनुभव भएकोछ। अब  सबै संस्कारहरुबाट  निर्वेद प्राप्त गर, वैराग्य प्राप्त गर, मुक्ति प्राप्त प्राप्त गर।'
जिघच्छा परमा रोगा, संखारा परमा दुखा।
एव ञत्वा यथाभूतं निब्बानं परम सुखं॥

भगवान बुद्ध भन्नुहुन्छ रोगहरुको जड़ जिघृक्षा हो । ग्रहण गर्ने ईच्छा, तृष्णा। सारा दुःखहरुको मूल हो संस्कार। यस तत्वलाई जानेर तृष्णा र संस्कारको नाश बाट नै मनुष्यले निर्वाण पाउन सक्छ ।

सचे नेरेसि अत्तानं कंसो उपहतो यथा।
एस पत्ती सि निब्बानं, सारम्भो तेन विज्जति॥

भगवान बुद्ध सल्लाह दिनुहुन्छ यदि तिमी फुटेको शिशा जस्तै आफूलाई नीरव, निश्चल या कर्महीन बनाउ तब बुझ्नु तिमीले निर्वाण पायौ । कारण, कर्महरुको का आरम्भ अब तिमीमा छैन र त्यस्को न रहनाले जन्म-मरणको चक्कर पनि छुट्यो ।

No comments:

Post a Comment